सँसारका हरेका व्याक्तिसँग दिनमा २४ घण्टा हुन्छ । तर काेही समय नभएकाे गुनासाे गर्दै अल्झिरहेका हुन्छन् भने काेही समयकाे रफ्तारसँगै अगाडी बढिरहेका हुन्छन् । बाहना बनाउनेहरू गुनासाे गर्नमा व्यस्त हुन्छन् भने अवसर हेर्नेहरू आफ्नाे सपनाकाे सिँढी चढ्नमा व्यस्त हुन्छन् ।

छाेड्नुहाेस् यी बाहना जसले तपाइलाइ अगाडी बढ्नबाट राेकिरहेका छन्ः

मसँग पर्याप्त समय छैन ।

आफ्नाे कामकाे लागी समय नहुनु भनेकाे केवल बाहना हाे । जिवनका आफ्ना प्राथमिकताहरू छुट्यायनुहाेस् । अरूलाइ खुसी पार्नकाे लागी आफ्नाे प्राथमिकतालाइ नजरअन्दाज नगर्नुहाेस् । भाेलीकाे लागी आज राती नै समय तालिका बनाउनुहाेस् ।

मसँग स्राेत छैन ।

धेरैकाे भनाइ हुने गर्छ, म यस्ताे गर्न चाहन्छु, तर मसँग पैसा छैन, स्राेत छैन । यदि आफुले खाेजे जस्तै पैसा र स्राेत नमिल्दासम्म काम गर्नुहुन्न भने तपाइकाे सपना सधै सपना नै रहन्छ । आफुसँग तत्काल भएकाे स्राेतकाे सक्दाे उपयाेग गर्नुहाेस् । जहाँ हुनुहुन्छ, जति सक्नुहुन्छ आफुले चाहेकाे कामकाे सुरूवात गर्नुहाेस् । त्यपछी तपाइकाे बाटाे बन्दै जान्छ, स्राेतहरू फेला पर्दै जान्छन् ।

मलाइ सहयाेग गर्ने मान्छे छैनन् ।

तपाइकाे सपना तपाइले देख्नु भएकाे सपना हाे र त्यसकाे लागी तपाइ एक्लै उभिने सहास गर्न सक्नुपर्छ । अर्काे कुरा, जिन्दगी भनेकाे यात्रा हाे, मानिसहरू आउछन्, जान्छन् । सिँगाे यात्रा त तपाइ एक्लैकाे साहसले गर्नुपर्छ । र सत्य याे हाे कि, जसलाइ सहयाे गर्ने वरिपरि काेही हुँदैनन्, त्याे व्याक्ति आत्मनिर्भर बन्छ र जिवनकाे जस्ताेसुकै माेडमा अगाडी बढिरहन सक्ने हिम्मत राख्छ ।

त्यस्ताे नभएकाे भए मैले राम्राे गर्थेँ ।

याे वाक्य धेरै जनाकाे मुखबाट सुन्ने गरिन्छ । बाहना बनाउनेहरू याे वाक्यलाइ आफ्नाे मष्तिक र जिब्राेमा राखेर हिड्छन्, निराश हुन्छन् । र जाे दृण सँकल्पका साथ लागेका हुन्छन्, उनिहरूले त्यसलाइ आफ्नाे पाठ बनाउँछन्, आफुमा निखारता ल्याउनकाे लागी अवसर बनाउँछन् ।

काम सजिलाे भएकाे भए हुनेथियाे ।

उद्दमी, लेखक तथा प्रेरक वक्ताकाे रूपमा प्रसिद्द जिमा राेमले भनेका छन्, “काम सजिलाे भएकाे भए हुने थियाे नभन । मैले अझँ जानेकाे भए हुने थियाे भन ।” आफुलाइ सजिलाे लाग्ने काम मात्र गर्याे भने व्याक्तिले कहिले पनि प्रगति गर्दैन । प्रगति गर्नकाे लागी व्याक्तिले आफुले आफुलाइ चुनाैति दिनुपर्छ ।

थप जानकारीः

क्यान्सर के हो, कसरी बच्ने ?

क्यान्सरलाई धेरैले डरलाग्दो रोगको रुपमा लिन्छन् । समयमै ख्याल गरेन भनेर क्यान्सर फैलंदै गएर अकालमा ज्यान पनि जान सक्ने भएकाले यो डरलाग्दो रोग नै हो । क्यान्सर किन हुन्छ र यसबाट बच्न के गर्नुपर्छ भनेर उज्यालो सहकर्मी विना न्यौपानेले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका क्यान्सर रोग विशेषज्ञ, डा. आविश अधिकारीसँग कुराकानी गर्नुभएको छ :

सबैले बुझ्ने भाषामा क्यान्सर भनेको के हो ?

क्यान्सर एउटा दीर्घ रोग हो । जुन शरीरको कुनै पनि अंगमा हुन सक्छ । यो एक प्रकारको घाउ हो जुन फैलिंदै जान्छ र अन्त्यमा बिरामीको मृत्युको कारण बन्छ । अहिले संसारमा वार्षिक एक करोडको क्यान्सरका कारण मृत्यु हुने गरेको तथ्याङ्क छ । नेपालमा हरेक बर्ष ४० हजार जना क्यान्सरका बिरामी थपिने गरेको भए पनि धेरै जनाले उचित उपचार पाएका छैनन् ।

हाम्रो शरीर करोडौ सुक्ष्म कोषहरुले बनेको हुन्छ । ती कोषहरूले हाम्रो शरीर बनाउँछन । जब तीमध्येका केही कोष बिग्रिन्छन, तिनीहरूले आफ्नो काम गर्न छोड्छन् र अप्राकृतिक तरिकाले बढ्न थाल्छन् । त्यसरी बढ्दै गएपछि त्यो अंगमा घाउ बन्छ, जसको उपचार गरिएन भने त्यो अंगले राम्ररी काम गर्न सक्दैन र क्यान्सरका लक्षण देखिन थाल्छन् ।

क्यान्सर यो अर्थमा डर लाग्दो रोग हो, किनभने ती बिग्रेका कोषहरु अरु अंगहरूमा सर्दै जान्छन् र अरू अंगहरूलाई पनि असर गर्दै जान्छ् । यसलाई फैलिएको क्यान्सर भनिन्छ ।

क्यान्सर लाग्ने कारण के के हुन् ?

सामान्य अवस्थामा काम गरिरहेका कोषहरूमा केही परिवर्तन आउँछ र ती बढ्न थाल्छन् । अनि क्यान्सर हुन्छ । ती कोषहरूमा आउने त्यो डरलाग्दो परिवर्तनका कारण बिभिन्न छन् । हामीलाई थाहा भएका कारणहरूमध्ये मुख्य कारण चुरोट, खैनी हो ।नेपाली महिलाहरूमा भेटिने एउटा मुख्य क्यान्सर पाठेघरको क्यान्सर हो, जसको कारण ह्युमन प्यापिलोमा भाइरस हो ।

बाँकी क्यान्सरका कारणहरूमा जंकफुड, विषाक्त पदार्थ हालिएका खानेकुरा, कीटनाशक छरेर उमारिएका तरकारी फलफूलको सेवन, वंशाणुगत कारणहरू तथा प्रदुषण हुन् । केही क्यान्सरहरूको कारण अहिलेसम्म पत्ता लागेको छैन ।

क्यान्सरका लक्षणहरू के के हुन् ?

क्यान्सरका लक्षण कुन अंगको क्यान्सर हो, त्यसै अनुसार फरक हुन्छन् । यस्ताखालका लक्षणहरू महिना दिनभन्दा लामो समयसम्म भए डाक्टरलाई देखाउनु पर्ने हुन्छ । अरु लक्षणहरु यस्ता छन् :

कमजोरी हुने र तौल घट्ने

शरीरका कुनै पनि अंगमा गिर्खा गाँठाहरू आउने

छालामा नयाँ कोठी पलाउनु वा भएका कोठी ठूलो हुँदै जाने

मुखमा र जिब्रोमा लामो समयदेखि घाउ हुने

खाना निल्दा दुख्ने र स्वर फेरिने

सास फेर्न गाह्रो हुने, खोकी लाग्ने वा खकारमा रगत देखा पर्ने

लामो समयदेखि ग्यास्टिक, पेट पोल्ने वा उल्टी हुने

कारण पत्ता नलागेको ज्वरो आइरहने

दिसामा रगत देखिने हुन्छ ।

 

क्यान्सर लाग्नै नदिनको लागि के गर्न सकिन्छ ?

यसका लागि निम्न कुरामा ध्यान दिनुपर्छ :

सूर्तिजन्य पदार्थ र जाँडरक्सीको प्रयोग नगर्ने

पान सुपारीहरु नखाने

अस्वस्थ्यकर खानपिनको बानी व्यवहारमा सुधार गर्ने

अविवाहित महिलाहरूले ह्युमन प्यापिलोमा भाइरसको भ्याक्सिन लगाउने

सामान्य समस्या भए पनि लामो समयसम्म रहिरहे डाक्टरसँग जाँच गराउने ।

अझै महत्वपुर्ण कुरा के छ भने अविवाहित महिलाहरूले ३ पटक ह्युमन प्यापिलोमा भाइरसको भ्याक्सिन लगाएमा पाठेघरको क्यान्सर ९५ प्रतिशतसम्म रोक्न सकिन्छ ।

चुरोट खैनी खाने सबैलाई क्यान्सर हुने, अनि नखानेलाई क्यान्सर नहुने हो त ?

क्यान्सर सबैलाई हुन सक्छ तर सूर्तिजन्य पदार्थ (चुरोट खैनी) खानेलाई मुख, घाँटी र फोक्सोको क्यान्सर हुने सम्भावना धेरै हुन्छ । एकजना सूर्तिजन्य पदार्थ प्रयोग नगर्ने मान्छेलाई क्यान्सर हुँदा, २० जना चुरोट खैनी खानेलाई क्यान्सर भइसकेको हुन्छ ।

क्यान्सर लागे पछि के के कुरामा ध्यान दिने त ?

तुरन्त क्यान्सर रोग विशेषज्ञसँग भेटेर सही उपचार सुरु गर्ने

आयुर्वदले क्यान्सर निको हुँदैन त्यसैले अन्धविश्वासमा नलाग्ने

क्यान्सरको डाक्टरसँग बसेर उपचार र त्यसका प्रभावबारे राम्रोसँग कुरा गर्ने ।

नेपालमा अहिलेसम्म क्यान्सरको अवस्था कस्तो रहेको छ त ?

नेपालमा क्यान्सरको अवस्था दुःखलाग्दो छ । रोगीहरूको सँख्या बढिरहेको छ, सरकारले सूर्तिजन्य पदार्थको उत्पादन र बेचबिखनमा रोक लगाउन सकेको छैन । सरकारी क्यान्सर अस्पतालमा सबै सुविधा अहिले उपलब्ध छैनन् । त्यसैले क्यान्सर लागेर उपचार गराउनु भन्दा लाग्नै नदिनेतिर लाग्नुपर्छ ।

क्यान्सर कति प्रकारका हुन्छन् ?

क्यान्सरसम्बन्धी पछिल्लो अध्ययनअनुसार मानिसमा हुने क्यान्सरहरू १ सयभन्दा बढी प्रकारका छन्। तर त्यसमध्ये केही क्यान्सर भने अत्यधिक मात्रामा मानिसमा हुने गरेको पाइन्छ भने केही क्यान्सर न्यून मात्रामा हुने गर्दछ। यो रोग मानव शरीरको कुनै पनि अंगमा हुन सक्दछ। नेपालमा पाइने प्रमुख क्यान्सरमा फोक्सोको क्यान्सर, स्तन क्यान्सर, आन्द्राको क्यान्सर, टाउको र घाँटीको क्यान्सर र पाठेघरको मुखको क्यान्सर ५ प्रकारका रहेका छन्।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको
स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।