हाम्राे प्रगती र खुसीकाे बाधक हामी आफै हाैँ । हाम्राे साेच, हाम्राे व्यवहार हाम्राे बानी, हामीले लिने निर्णयले हाम्राे सफलता र खुसीमा प्रमुख भुमिका खेल्छन् ।

स्वतन्त्रता प्रतिकाे गलत बुझाइ

स्वतन्त्रता भनेकाे अझ राम्राे बन्न पाउने, अगाडी बढ्न पाउने अवसर हाे । स्वतन्त्रतासँगै दायित्व पनि आएकाे हुन्छ । तर कतिपय अवस्थामा हामीले स्वतन्त्रतालाइ गलत अर्थमा लिन्छाैँ । स्वतन्त्रता भनेकाे आफुले जे मन लाग्याे त्यही गर्न पाउने अधिकार हाे भन्रे सम्झिन्छाैँ । जब स्वतन्त्रतालाइ यसरी गलत रूपमा लिन थाल्छाैँ, हाम्राे जिवन तहस नहस हुन समय लाग्दैन ।

‘अरूले के साेच्लान्’ मानसिकता

आवश्यक अनुशासन भन्दा पनि हामी अरूले के साेच्लान भन्रे मानसिकताले काम गर्छाैँ, बाेल्छाैँ । र, याे साेचले हाम्राे याेजना, हाम्राे सपना सँगै सम्झाैता गर्न समेत पछि पर्दैनाैँ । अरूले के साेच्लान् भन्रे कुरा दिमागमा बढी ल्याउन थालियाे भने हामी आफै आफ्नाे प्रगतिकाे बाधक बनिरहेका हुन्छाैँ, हामी आफ्नै खुशीकाे शत्रु बनिरहेका हुन्छाैँ ।

‘अरूले के गरिरहेका छन्’ पछ्याउने मानसिकता

मानिसका सबैका आ-आफ्ना विशेषता हुन्छन् । हामीले अरूले के पढि रहेका छन्, के गरिरहेका छन्, कसरी गरिरहेका छन् भन्नेमा बढि समय बिताउछाैँ र त्यही अनुसार नक्कल गर्न थाल्छाैँ । अरूकाे नक्कल गरेर तपाइ केही पर पुग्न सक्नुहाेला तर तपाइले हासिल गर्नुपर्ने जुन उचाइकाे सफलता हाे, त्यहाँसम्म पुग्न सक्नुहुन्र ।

सफल व्यवसायी ज्याक मालेले भनेका छन्, “अरूकाे नक्कल गर्याैँ भने तिमी हराउँछाै” । आफु काे हुँ, आफ्नाे क्षयमता के छ ? आफ्नाे रूचि के छ, के गर्न चाहनुहुन्छ ? पत्ता लगाेनुहाेस् । तपाइकाे क्षमता अनुसार, तपाइकाे सिप अनुसार अरूले गरिरहेकाे काम नै पनि फरक तरिकाले गर्न सक्नुहुन्छ ।

थप जानकारीः

आत्मविश्वासलाई कसरी बलियो बनाउने

आत्मविश्वास सफल व्यक्तिको पहिचान हो । तपाईले तपाईको बारेमा महशुस गर्ने भावना हो आत्मविश्वास । आत्मविश्वासी मानिसले जहिले पनि आफनो बारेमा राम्रो सोच्दछ भने उनीहरु जिवनप्रति सकारात्मक हुनुको साथै अझै धेरै कुरा प्राप्त गर्न सकिन्छ भन्नेमा विश्वस्त हुन्छन् ।

यो त्यो अनुभव पनि हो जस्ले मानिसलाई आफु आफनो वशमा रहेको कुरा आभाष गराउँदछ । तपाईको आत्मविश्वासले अरु धेरै अवसरहरु तपाईको जिवनमा ल्याउने गर्दछ । आज म यहाँहरुसँग हामी भित्र भएको आत्मविश्वासलाई कसरी जगाउने र बढाउन सकिन्छ भन्ने विषयमा विचार राख्न चाहन्छु ।

सकारात्मक वातावरणमा रहनुहोस् :

हामी त्यस्तै हुन्छौ, जस्तो हाम्रो वरपरको वातावरण हुन्छ । त्यसैले बढि समय आफुलाई सकारात्मक वातावरणमा राख्ने कोशिस गर्नुहोस्। जसरी पेटको लागी खानाको आवश्यक्ता पर्दछ, त्यसरीनै दिमागको लागी पनि विभिन्न किसिमको खुराकको आवश्यक्ता पर्दछ । र त्यो खुराक हो तपाईले अध्ययन गर्ने कुरा ।

त्यो कुरा पढ्नुहोस् जसले तपाई भित्र रहेको क्षमतामा तथा ज्ञान विकास गर्नको लागी मद्दत गरोस् । यस्तो अध्ययनले मानिसकोे आत्मविश्वास निर्माण गर्न मद्दत गर्दछ । त्यहि कुरा अध्ययन गर्नुहोस् जस्ले तपाईलाई जिवनमा तपाईको स्तर माथि उठाउन मद्दत गर्दछ। धेरै मानिसहरु धेरैजसो समय नकारात्मक सुचना तथा अनावश्यक कुराहरुपनि अध्ययन गरिरहेको हुन्छन् ।

जस्ले माानिसलाई भावनात्मक रुपमा कमजोर बनाउँदै लगिरहेको हुन्छ । यसको सिधा असर तपाईको आत्मविश्वासमा परिरहेको हुन्छ। हामी अझबढी आफुले आफुलाई कमजोर महशुस गर्न थाल्दछौं । सफल मानिसहरुको जिवनी तथा सकारात्मक विचार दिने कितावहरुको अध्ययनले हामीले प्राप्तगर्ने असफलतालाई कसरी व्यवस्थापन गर्ने उपाय दिनुका साथै मानसिक तथा भावनात्मकरुपमा हामीलाई अझ बलियो बनाउँदै लैजान्छ ।

यसको परिणमस्वरुप हामी आफुले आफैलाई अझ बढि आत्मविश्वासी भएको देख्छौ साथै हुन्छ तथा सकिन्छ भन्ने भावनाको पनि विकास भएको हुन्छ । सकारात्मकताले जहिले पनि तपाईको आत्मविश्वासलाई बलियो बनाउने काम गरेको हुन्छ ।

आफनो विगतको सफलतालाई सम्झिनुहोस् :

प्रायः मानिसको बानीनै हुन्छ आफनो विगतको असफलतालाई सम्झिने । जति बढि समय मानिस आफनो विगतको असफलताको अनुभवलाई सम्झिन्छ  र त्यत्तिनै उसको आत्मविश्वासमा पनि गिरावट हुन्छ । म गर्न सक्दिन, म मा खुवि छैन, म सँग पर्याप्त स्रोत र साधन छैन जस्ता नकारात्मक भावनाले त्यस मानिसलाई वर्तमानमा कुनै काममा सफल हुन दिंदैन ।

तर यस्को विपरित तपाई आफनो सफलताको अनुभवलाई सम्झिनुहुन्छ भने त्यसले तपार्ईलाई वर्तमानमा हिम्मत दिने काम गर्दछ । तपाईलाई तपाई सफल हुन सक्ने सम्भावनाहरुलाई अनुभव गर्द मद्दत गर्दछ । चाहे त्यो सफलता ठूलो होस् या सानो त्यसले खासै फरक पर्दैन ।

त्यसैले तपाईको दिमाग पनि एक किसिमको पुस्तकालय जस्तैनै हो । जहाँ धेरै अनुभवहरुको पुस्तक सुरक्षित गरि राखिएको छ । र्दुभाग्यवस धेरै मानिसलले असफलताको अनुभव लेखिएको पुस्तकको छनौट गर्ने गर्दछन् । जतिबढी उनिहरु आफनो असफलताको कुराहरु समझिंदै जान्छन्, उनिहरु आफु असफल मानिस भएको महशुस गर्दछन् ।

त्यसैले तपाईको दिमागमा भएकोे अनुभवका पुस्तकालय प्रति सचेत रहनु होस् । यदि तपाई आफनो जिवनमा अझ बढि आत्मविश्वास प्राप्त गर्न चाहनुहुन्छ भने सफलताको अनुभवलाई सम्झिने गर्नुहोस् ।

असफलतालाई सिक्ने अवसरको रुपमा लिनुहोस्ः

जब थोमस एल्वा एडिसन बिजुली बत्ति बनाउने प्रयोगमा हजारौं पटक असफल भए । उँहाको असफलताको परिभाषा अलि फरक थियो । उँहाले भन्नुभयो मैले यस्तो हजारौं तरिकाहरु पत्ता लगाए जस्ले बिजुली बत्ति बन्न मद्दत गर्दैन र अब म सफलताको धेरै नजिक छु। जिवनको अनुभवहरुको अर्थ हामी आफैले लगाईरहेको हुन्छौ ।

असफलताको अर्थ पनि तपाई असफल मान्छे भन्ने पक्कै होईन, यसको अर्थ हुन्छ तपाईले प्रयोग गर्नुभएको तरिका चाहि असफल भएको हो न कि तपाई । मैले मेरो जिवनमा कोहि पनि मानिस त्यस्तो भेटेको छैन जस्ले जिवनमा खालि ठूलो सफलतामात्रै प्राप्त गरेको होस् विना कुनै असफलता ।

असफलताले मानिसलाई सबै भन्दा ठूलो पाठ पढाउँछ यदि हामी सिक्न तयार हुने हो भने । जसरी सफलता साँचो हो त्यसरिनै असफलता पनि साँचो हो । यसलाई स्विकार गर्नुहोस् । धेरै मानिसहरु हुन सक्ने असफलताको डरले जिवनमा सफलताको लागी कोशिसनै गर्न छाडिसकेका हुन्छन् ।

जब असफलतालाई स्विकार गर्नुहुन्छ, त्यसको डर तपाईको मनबाट बिलिन हुन्छ र तपाई त्यसबाट सिक्दै सफलताको बाटोमा अगाडि बढ्न शुरु गर्नुहुन्छ । जब तपाई आफनो असफलताको प्रति दृष्टिकोण बदल्नुहुन्छ भने तपाई आफनो आत्मविश्वासलाई पनि मजबुत बनाउनु हुन्छ ।

कर्म गर्नुहोस् :

कुनै चिज सकारात्मक हुने तथा वातावरण बन्ने भनेर प्रतिक्षा नगर्नुहोस् । सहि समय कहिले पनि आउँदैन । र त्यो नै सहि समय हो जब तपाई र्निणय गर्नुहुन्छ र काममा जुट्नुहुन्छ । जिवनमा सकारात्मक काम गर्नको लागी नडराउँनुस् । असफलताको डर त्यत्तिबेला सम्म भईरहन्छ जव सम्म तपाई काम गर्न शुरु गर्नुहुन्न ।

जब तपाई काम गर्न शुरु गर्नुहुन्छ विस्तारै तपाई भित्र भएको असफलताको डरको भावना कमजोर हुँदै जान्छ र तपाईको आत्मविश्वार मजबुत । आत्मविश्वासका साथ गरिएका कामहरुमा सफलता प्राप्त गर्न सकिने सम्भावना पनि पक्का हुन्छ । र प्राप्त हुने अनुभवले तपाईको आत्मविश्वासलाई फेरी माथि लैजान मद्दत गर्दछ ।

आफनो विगतको सफलताको अनुभवलाई सम्झिनुहोस् र आत्मविश्वासको साथ काममा अगाडि बढ्नुहोस् । यदि कुनै चिज असफल भई हाल्छ भने पनि त्यसलाई सिक्ने सुअवसरको रुपमा लिननुहोस् । हेनरी फोर्डले एकचोटि भन्नुभयो, असफलता मात्रै त्यो अवसर हो जसको कारणले कुनैपनि काम अझ बढी विवेकपूर्ण तरिकाले फेरी शुरु गर्न सकिन्छ ।

माथि उल्लेखित सम्पुर्ण कामहरुले तपाईको आत्मविश्वासलाई अझ बढी दिगो र गाढा बनाउन पक्कै मद्दत गर्दछ । यी सबैकुराहरु हेर्दा सामान्य झै लाग्न सक्दछ । तर पनि हामी आफनो दैनिक बानीको कारणले फेरी पनि पुरानै शैलीमानै फर्किन्छौ र आफुले आफनो बारेमा नकारात्मक सोच्न शुरु गर्दछौ । त्यसैले माथि लेखिएको कुराहरुमा तपाईले न्यूनतम पनि ३ हप्ता प्रयोग गर्नुभयो भने विस्तारै यो तपाईको जिवनको नयाँ बानी बन्दछ । बलियो आत्मविश्वासले तपाईले तपाईको जिवनको कुनै पनि लडाई जित्न सक्नुहुन्हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः