तपाइकाे आज एउटा नयाँ सुरूवात हाे । न त या हिजाे थियाे, न त भाेली नै हुनेछ । प्रत्येक आज एउटा नयाँ सुरूवात हाे, यसरी साेचेर हेर्नुहाेस्ः

हिजाेका तिता अनुभवहरूलाइ भुलाउनकाे लागी हिजाे रात परेकाे हाे र ती अनुभवलाइ शिक्षाकाे रूपमा रूपान्तरण गर्नकाे लागी आज सुर्य उदाएकाे हाे । त्यसैले हिजाेले आजलाइ बिग्रन नदिनुहाेस् ।

हिजाे असफल भएकाे कामले निराश नबन्नुहाेस् । तपाइकाे लक्ष्य पुरा गर्नकाे निम्ती नयाँ तरिकाले साेच्न आजकाे दिनले सुन्दर अवसर दिएकाे छ ।

हिजाेकाे कथा नै पढेर र अरूलाइ सुनाएर आजकाे दिज नबिताउनुहाेस् । आज तपाइकाे जिवनकाे नयाँ कथा रच्नकाे लागी खाली कागजकाे रूपमा पुरा दिन तपाइकाे अगाडी छ ।

जन्मिएर ताते-ताते गर्न सम्म नसक्ने तपाइ आजकाे दिनसम्म आइपुग्नु भएकाे छ । आजकाे दिन सम्म तपाइकाे परिवारले तपाइ माथी गरेकाे माया, पालनपाेषण, विश्वास र तपाइकाे प्रयास आज तपाइ निराश बनेर जिवनबाट हरेस खानकाे लागी हाेइन ।

आज अफ्ठ्याराे परिरहेकाे छ ? आज पनि फेरी सुर्य अस्लाउनेउ र भाेली बिहान फेरी उदाउने छ, आशा राख्न सिक्नुहाेस् ।

थप जानकारीः

दम रोग के हो ? उपचार कसरी गर्ने ?

फोक्सो को श्वासनली मा आएको संकुचन का कारण श्वासप्रश्वास मा हुने कठिनाई, सास फुल्ने समस्या तथा श्वासप्रश्वास मा तिब्रता आदि को समुच्च रुप लाई दम भनेर चिनिन्छ । यो एक चिरकाल सम्म दुःख दिइरहने दीर्घ रोग हो । तर दम भएको मान्छे लाई जति बेला पनि श्वास प्रश्वास मा समस्या हुन्छ भन्ने छैन ।

जति बेला दम ले समाउँछ तेति बेला बढ्ता कठिनाई महसूस हुन्छ ।विश्व स्वास्थ्य संगठन का अनुसार विश्व का करीब २५ करोड मानिस दम को समस्याले आक्रान्त छन् । दम रोगका कारण हजारौं ले वर्षेनी ज्यान गुमाउनु परेको अवस्था छ । मृत्यु हुने मा ८० प्रतिशत जति नेपाल जस्ता कम विकसित तथा विकासोन्मुख मुलुक का नागरिक पर्ने गर्दछन् ।

बालकहरु मा पनि देखिने यो रोग बालकहरु हुर्कंदै जाँदा घट्दै गएको देखिएको छ । यद्यपि यो रोग जुनसुकै उमेर समूह का मानिसलाई पनि हुन सक्छ । दम का कारण हुने अस्वस्थता र मृत्युदर लाई न्यूनीकरण गर्न समय मै निदान र प्रभावकारी उपचार विधि अपनाउनु जरुरी हुन्छ ।

दम किन हुन्छ ?

दम रोग बिभिन्न कारणले लाग्ने गर्दछ । तिमध्ये केही प्रमुख कारणहरु यस्ता छन् ।

१.वंशाणुगत आस्थमाः

विशेषगरी ३०/३५ वर्ष उमेर समूहका मानिसमा प्रायः देखिने यस्ता आस्थमा वंशजका कारण हुने गर्दछ । आन्तरिक कारणले नै हुने भएको यस प्रकारको आस्थमालाई इन्टि्रन्सिभ आस्थमा पनि भन्ने गरिन्छ । वंशाणुगत कारणले हुने भएकाले यस्ता आस्थमा पूर्ण निको पार्न कठिन हुने गर्छ । यो रोग उमेर ढल्कदो उमेरसँगै बढेर जान्छ ।

२.वातावरणीय प्रदुषणः

कयौं मानिसहरुलाई वायु प्रदुषणका कारणले एलर्जी र पछि आस्थमा हुने गर्दछ । जसलाई एक्सटि्रन्सिभ आस्थमा पनि भन्ने गरिन्छ । यस्तो आस्थमा केटा-केटी र बयस्कहरूमा हुने गर्दछ । धुलो, धुवाँ, प्रदुषणका कारण उत्पन्न हुने एलर्जीको समयमै उपचार नगरेको खण्डमा त्यसले स्वाँ-स्वाँ सहितको दम, खोकी निम्त्याउने गर्दछ र आस्थमा हुने गर्दछ ।

३.मौसमी परिवर्तनः

कयौं मानिसहरुमा मौसमी परिवर्तनका कारण पनि आस्थमा हुने गर्दछ । यस्ता एलर्जी विशेषगरी फागुन, चैत तथा असोज, कात्तिक महिनामा अर्थात् फूल फूल्ने मौसममा बढी देखा पर्ने गर्दछ । विशेषगरी फूल फूल्ने मौसममा फूलको परागको कणका कारण मानिसलाई एलर्जी हुने गर्दछ । जसले दम बढाउँछ ।

४. पेशागतः

मिल, मैदा उद्योग, कपडा उद्योग, सिमेन्ट उद्योग, बाटोघाटोमा काम गर्ने व्यक्तिहरुमा पनि आस्थमाको जस्तै समस्या देखिने गर्दछ । जसलाई चिकित्सकिय भाषामा ‘पेशागत दम खोकी’ भन्ने गरिन्छ । काम गर्ने क्रममा धुलो धुँवा उड्ने र श्वास फेर्नेबेला नाक मुखबाट फोक्सोसम्म धुलो गएर दम हुन्छ ।

५. मुटु रोगले हुने आस्थमा :

मुटु रोगीलाई सोही कारणले दम खोकी भएमा पनि आस्थमाका जस्तै लक्षण हुने गर्दछ । यस अर्थमा सबै दम खोकी आस्थमा नहुन पनि सक्दछन् । चुरोट खानेलाई पनि दम, खोकी हुन्छ । आई.एल.डी.मा पनि दम खोकी हुन्छ । त्यस्तै, क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सी.ओ.पी.डी.), टि.बी. अर्थात क्षयरोग, निमोनिया भएका विरामीहरुमा पनि दम तथा खोकीको समस्या देखा पर्ने गर्छ ।

तर ती आस्थमा होइनन् ।त्यसैले, आस्थमा हुन कि त पुस्तैनी वा वंशाणुगत समस्या वा परिवारका कुनै व्यक्तिलाूई त्यो समस्या भएकै हुनुपर्छ । त्यस्तै, मौसमी एलर्जी वा लामो समयसम्म कुनै प्रकारको एलर्जी भएर त्यसले गर्दा खोकी लागेको वा स्वाँ- स्वाँ भएको हुनैपर्छ ।

Young woman enjoying canola field in sunlight.

दम का लक्षण :

दम का बिरामी लाई सास फेर्न अप्ठ्यारो महसूस हुने गर्छ । धेरैजसो दम को समस्या राति वा बिहानीपख वा धूवाँधूलो को सम्पर्क मा आएको बेला देखिन्छ । तेसका अलावा सामान्य रुघाखोकी भएको बेला वा भाइरल इन्फेक्सन भएको अवस्था मा पनि दम जटिल बन्दै जाने हुन्छ । दम का सामान्य लक्षणहरु एसप्रकार छन्

साथै सास फेर्दा छातीबाट घ्यार–घ्यार आवाज आउने गर्छ । शुरुशुरु मा एस्तो लक्षण हप्ता वा अझै लामो अन्तराल मा एक पटक हुने गर्छ । तर, रोग जटिल हुँदै गएको खण्ड मा दिनहुँ जस्तो समस्या आइपर्छ ।

घ्यार–घ्यार जस्तै खोकी र सास फेर्दा सुसेल्न खोजे जस्तो आवाज आउन सक्छ । सुख्खा खोकी को समस्या दिउँसो मा भन्दा बिहान र साँझ बिते पछि बढ्ता देखिन्छ । कसैकसैलाई भने दमको समस्या नभई खोकी मात्र लाग्ने पनि हुन्छ ।

दम एलर्जी को कारण बाट सृजित रोग भएका कारण बिरामीलाई रुघा लागिरहने, शरीर चिलाउने र हाच्छ्यूँ आइरहने पनि हुन सक्छ।

छाती कस्सिए जस्तो वा केही कुरा ले थिचिराखे जस्तो हुने, लामो सास तान्न खोज्दा र सास फाल्न खोज्दा बढ्ता गाह्रो हुने हुन्छ ।

दम को जोखिम बढाउने कारक तत्त्वहरु :

वातावरण मा भएको कुनै पनि एलर्जी बनाउने तत्त्वको सम्पर्क मा आउँदा श्वासप्रश्वास मा समस्या हुन्छ ।

यदि परिवार मा कसैलाई दम को बिमारी छ भने ।

एक्जेमा, राइनाइटिस जस्ता एलर्जिक रोगहरु छन् भने ।

धूलो धूवाँ को संसर्ग मा बस्ने तथा धूमपान गर्ने आदत छ भने ।

शरीर बढ्ता मोटो हुँदै गयो भने ।

प्रदूषित वातावरण मा बस्नु पर्यो भने ।

दम को निदान कसरी गरिन्छ ?

दम भएको हो कि भन्ने शंका भएमा तुरुन्त डाक्टर को परामर्श लिइहाल्नु पर्छ । डाक्टर ले दम हो कि होइन भन्ने पत्ता लगाउन निम्न परीक्षणहरु गर्ने छन् –

ठाउँ हेरेर क्लिनिकल जाँचबाट र केवल लक्षण को आधार मा रोग को निदान गर्नुपर्ने हुन्छ । तेस्तो अवस्था मा ल्याब टेस्टमा कुनै गडबडी नदेखिने पनि हुन सक्छ ।

संभव छ भने ‘पल्मोनरी फङ्सन टेस्ट’ पीएफटी गरेर यो रोगको निदान गर्न सकिन्छ । विशेषतः पीएफटी गर्दाको औषधि ले श्वास को प्रवाह मा सुधार भएको देखिएमा दम रोग को निदान गर्न सजिलो हुन्छ ।

रगत मा ‘इओसिनोफिल’ बढेको देखिएमा दमको सम्भावना रहन्छ ।

कहिलेकाहीं छाती को एक्स-रे तथा सिटी स्क्यान पनि गर्नु पर्ने हुन सक्छ । जसमा केही गम्भीर किसिम का परिवर्तनहरु देखिन सक्छन् ।

कसरी जोगिने ?

दम रोग श्वासप्रस्वाससँग सम्बन्धित भएकाले सावधानीका उपाय पनि यसैसँग सम्बन्धित छन् । धुवाँ, धुलोलगायतका वातावरणीय प्रदुषणबाट जोगिनु पर्दछ । त्यसका लागि गुणस्तरीय मास्कको प्रयोग गर्नुपर्दछ । भुत्ला वा रौं भएका पशुपंक्षीबाट टाढै बस्नुपर्दछ । यसका साथै चिसोबाट जोगिनुपर्दछ । जाडो समयमा दम रोगले झन् च्याप्छ ।

त्यसैले घर वा कोठालाई न्यानो पार्ने, न्यानो लुगा लगाउने गर्नुपर्दछ । सकेसम्म चिसोबाट बच्नुपर्दछ । फ्रिजमा राखिएका चिसो खानेकुरा पनि खानु हुँदैन । हाछ्युँ आउने, नाक, घाँटी खस्खसाउने समस्या छ भने तपाईंलाई एलर्जी हुनसक्छ । त्यसैले एलर्जी हुने काम वा चिजबाट टाढै रहनु बेश हुन्छ । यस्ता एलर्जी भइहाल्यो भने तुरुन्त उपचार गर्नुपर्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः