जति व्यस्त सह्याे नकारात्मक साेचबाट त्यतिनै टाढा रहन सकिन्छ । त्यसैले आफुलाइ जतिसक्दाे व्यस्त राख्नुहाेस् । काम गरेर, नाचेर, गाएर, आफ्नाे रूचिकाे काम गरेर समयकाे सदुपयाेग गर्नुहाेस् । कामकाे समय तालिका मिलाएर काम गर्नुहाेस् र बाँकी रहेकाे समय खाली बिताउनु भन्दा आफ्नाे हेरविचार गर्नुहाेस् ।

बिहान छिटाे उठेर या बेलुकाकाे समयमा केही छिन् बगैँचामा या हरियाली भएकाे ठाउँमा बस्नुहाेस् । विभिन्न अध्ययनहरूका अनुसार, हरियाली भएकाे ठाउँमा कम्तीमा बिस मिनेट बस्दा दिमागमा आएकाे नकारात्मक साेच र तनाव हट्दैँ जान्छ । त्यस्तै, प्रथना पनि गर्न सकिन्छ, जसले दिमागलाइ शान्त बनाउन मद्दत गर्छ ।

हरेक दिन बिहान पत्रपत्रिका पढ्ने गर्नुहाेस् । आफुलाइ मन पर्ने भनाइ लेखेर आफ्नाे काेठामा देखिनेगरी राख्नुहाेस् । फुर्सदकाे समयमा किताबहरू र अन्य सामाग्रीहरू पढ्नुहाेस् । हरेक दिन बेलुकापख त्याे दिनमा घटेका राम्रा कुराहरू सम्झिनुहाेस् । आफ्नाे जिवकाे लक्ष्य र त्यसकाे लागी तपाइले त्याे दिनमा गरेका कामहरूका बारेमा लेख्नुहाेस् ।

त्याे दिनमा आफुबाट कुनै गल्तीहरू भएकाे भए, आफुले आफुलाइ माफी दिनुहाेस् । त्यसलाइ जिवनकाे पाठकाे रूपमा लिनुहाेस् र त्याे गल्ती नदाेर्याउने प्रण गर्नुहाेस् ।व्याक्तिगत र वातावरणकाे सरसफाइमा ध्यान दिनुहाेस् । यसले तपाइकाे वरिपरी मात्र हाेइन तपाइकाे दिमागलाइ पनि सफा राख्र मद्दत गर्छ ।

प्रशस्त मात्रामा पानी पिउनुहाेस् र स्वस्थ खाना खानुहाेस् ।कसैसँग कुरा गर्दै हुनुहुन्छ भने ठुलाे आवाज भन्दा तर्कलाइ महत्व दिनुहाेस् । कसैसँग ठुलाे आवाजमा नबाेल्नुहाेस्, आफुले भनेकाे कुरा किन भनिरहेकाे छु भन्रे कारण दिनुहाेस् । आफ्नाे आवेेगलाइ हाेइन विचारलाइ प्रस्तुत गर्नुहाेस् । र, याे स्विकार्नुहाेस् कि सबैकाे विचार फरक फरक हुन्छ ।

बाटाेमा भेटघाट भएका, गाडीमा भएका व्याक्तिहरूसँग मुस्कुराउनुहाेस् । कृपया, धन्यवाद, जस्ता शब्दहरूकाे प्रयाेग गर्नुहाेस् । ति शब्द बाेल्दा ती शब्दकाे भावना व्यक्त गर्नुहाेस् । सहयाेगकाे खाचाे भएका व्याक्ति देख्नुभयाे भने सहयाेग गर्नुहाेस् । तपाइका यी बानीले तपाइकाे दिमाग, मनलाइ स्फुर्त बनाउँछन् । तपाइ आफै मुस्कुराउन थाल्नुहुनेछ ।

भिडियाे हेर्नुहाेस्ः

थप जानकारीः

दिमाग स्वस्थ राख्ने ६ टिप्स

जीवनमा उतारचढाव आइरहन्छ । जसको दिमाग स्वस्थ हुन्छ, उसले यस्ता उतारचढावलाई सहजै स्वीकार्छ । दिमागलाई स्वस्थ राख्नका लागि आफूसँग रहेका सामान्य अस्वस्थ व्यवहार पन्छाउनुपर्छ । आफ्नो व्यवहार, भावना र विचार नियन्त्रण गर्न सकियो भने सफलता नजिकिँदै जान्छ ।

गल्ती महसुस गर्ने, तनाव नलिने

गल्ती कसले गर्दैन ? जानेर पो गर्नुहुँदैन । नजानेर हुने गल्तीका लागि धेरै मान्छे पछुताउँछन् । तर, यो बानी राम्रो होइन । एकचोटी भएको गल्तीलाई सम्झिरहँदा दिमागको क्षय हुन्छ । त्यसैले गल्ती नदोहो¥याउनेमा प्रतिबद्ध भएर पुराना गल्तीमा नअल्झिने सोच बनाउनुपर्छ ।

अर्काको नजरबाट आफूलाई नहेर्ने

धेरै मान्छेले जिन्दगीमा दोहो¥याउने गल्ती हो यो । अरुले ‘राम्रो’ भन्दा मख्ख पर्ने र ‘नराम्रो’ भनेपछि खिस्रिक्क हुने प्रायः को बानी हुन्छ । यही गल्तीले मान्छेलाई निरन्तर पछारिरहेको हुन्छ । सधैँ अरुले हौसला प्रदान गर्दैनन् र सबै आफ्ना अनुकूल हुँदैनन् । अरुको नजरमा आफूलाई सही नदेखेकै अवस्थामा आफू गलत नहुन पनि सकिन्छ । त्यसैले सही सुझावलाई ग्रहण गर्ने तर उनीहरुको नजरिया अनुसार आफूलाई मूल्यांकन नगर्ने बानीले दिमागलाई स्वस्थ राख्न मद्दत गर्छ ।

परिवर्तनसँग नडराउने

मान्छे ठीकठाक अवस्थामा छ भने ऊ परिवर्तनदेखि डराउँछ । यथास्थितिमै रमाउन वातावरण सिर्जना गर्न थाल्छ । जसले गर्दा दिमागमा नयाँ सोच सिर्जना हुँदैन । परिस्थितिको परिबर्तनलाई अवसरको नयाँ दैलो ठान्नेहरु मात्रै यो दुनियाँमा तेज बुद्धि भएकामध्ये परेका छन् । सफलताको माथिल्लो सिँढीमा उनीहरु नै पुगेका छन् । मान्छेको दिमाग परिवर्तनलाई सदा स्वागत गर्छ । तर, समयसँगै आफूलाई बदल्न चाहन्छ । हामी यथास्थितिमा राख्न खोज्छौँ, जसले गर्दा बुद्धिको विकासमा असर पु¥याउँछ । परिवर्तनसँग डराउने होइन, डटेर सामना गर्ने विचारले दिमाग बढाउँछ ।

एक्लोपन महसुस नगर्ने

धेरै मान्छे अधिकांश समय साथीसँग कटाउन रुचाउँछन् । यो दिमाग क्षय गर्ने सबभन्दा ठूलो कारण हो । किनकि साथीहरुमाझ दिमागले नयाँ कुरा सोच्ने र एकोहोरिने अवसर पाउँदैन । बिस्तारै त्यसरी सोच्ने ग्रन्थी बन्द हुँदै जान्छ । गहन कुरा सोच्न खोज्दा समेत एकाग्र हुन सकिदैन । त्यसैले एक्लोपनसँग डराउने होइन, त्यसको सदुपयोग गर्ने बानी बसाल्नुपर्छ । आफ्नो खुसीका लागि साथीमा निर्भर नभइ एक्लै रमाउनु पनि सफलताको कारक बन्न सक्छ । त्यसरी रहँदा नयाँ सोच आउने सम्भावना धेरै हुन्छ ।

अर्काको सफलतामा रमाउने

सामूहिक रोग हो, अर्काको प्रगतिमा जल्ने । आफ्नो सफलता भन्दा अर्काको असफलतामा रम्ने बानीले अन्ततःः दिमाग नै त्यही रुपमा बदलिन्छ । नकारात्मक कुरालाई महत्व दिने ग्रन्थी दिमागबाट चाँडो निस्किन थाल्छन् । अन्तमा गएर आफ्नो सफलताका लागि भन्दा अर्काको असफलताका लागि दिमाग चल्छ । आफू अघि बढ्ने समय अर्काको खुट्टा तान्न खर्चिंदा कहिल्यै सफलता हासिल गर्न सकिँदैन । अर्काको सफलतामा समेत रमाउने स्वभावको विकास गर्दा आफ्नो सफलताका लागि सोच्ने शक्तिको विकास हुन्छ ।

अरुसँग तुलना नगर्ने

आफ्नो तुलना अर्काे कोहीसँग गर्नुहुँदैन । किनकि जन्मिने वातावरण, समय र अवस्था नै फरक भएपछि कुनै कुरामा समानता हुने सम्भावनै हुँदैन । आफूलाई अरुसँग दाँज्ने बानीले कहिल्यै बुद्धिको विकास हुन दिँदैन । आफू अरुभन्दा फरक हो र हुनुपर्छ भन्ने सोचाइले अन्ततः फरक बनाएरै छाड्छ । अरुसँग तुलना गर्दा कि त आफू कमजोर भएको महसुुस हुन्छ, कि त बलियो । दुइटै दिमागलाई नयाँ तरिकाले उपयोग गर्ने प्रक्रियाका बाधक हुन् । आफूसँग भएको कुरालाई उच्चतम प्रयोगका लागि सोच्ने बानीका कारण दिमाग सदा विकल्प ठम्याउनेतिर अघि बढ्छ ।

यसकाे बारेमा पनि जान्रुहाेस्ः

मस्तिष्कबारे २० अनौठा तथ्य

१. ५-१० मिनेटसम्म मस्तिष्कमा अक्सिजन कमी भयो भने सदाका लागि मस्तिष्कले काम गर्न छोड्छ ।

२. मस्तिष्क पूरै शरीरको २ प्रतिशत हो तर यसले पूरै शरीरका २० प्रतिशत रगत र अक्सिजनको प्रयोग गर्छ ।

३. मस्तिष्क ४० वर्षसम्म बढ्छ ।

४. सर्जरी गरेर हाम्रो मस्तिष्कको आधा भाग हटाउन सकिन्छ तर पनि पुराना यादमा कुनै असर पर्दैन ।

५. जुन बच्चाले पाँच वर्षको हुनुअघि दुईवटा भाषा जान्दछ, उसको दिमाग अरुको भन्दा फरक हुन्छ ।

६. मस्तिष्कका बारेमा सबैभन्दा पहिले ६ हजार वर्ष पहिला खोजी भएको थियो ।

७. ९० मिनेटसम्म पसिनामा डुबिरहेमा सदाका लागि मनोरोगी बन्छ ।

८. सानो बच्चा यसकारण धेरै समयसम्म सुतिरहन्छ किनकि शरीरले बनाएको ५० प्रतिशत गुल्कोज मस्तिष्कले उपयोग गरेको हुन्छ ।

९. बच्चा दुई वर्षको हुँदा जीवनकालकै सबैभन्दा बढी ब्रेन सेल हुन्छ ।

१०. एक दिनमा हाम्रो मस्तिष्कमा ७०,००० विचार आउँछन्, तीमध्ये ७० प्रतिशत विचार नकारात्मक हुन्छन् ।

११. स्मार्टफोनमा धेरैबेर कुरा गरे ब्रेन ट्युमरको खतरा हुन्छ ।

१२. शरीरको आकारअनुसार हेर्ने हो भने सबै प्राणीको भन्दा ठूलो मस्तिष्क मानिसको हुन्छ ।

१३. हामी ठूलो चिन्तामा हुँदा मस्तिष्कमा चोट लागेबराबरको असर हुन्छ ।

१४. चक्लेटको बासना थाहा पाउँदा मानिसको मस्तिष्कले आराम महसुस गर्छ ।

१५. कहानी पढेमा वा सुनेमा बच्चाको मस्तिष्कको विकास छिटो हुन्छ ।

१६. नशामा पुरुषको मस्तिष्कको बनावट सेक्स गर्दाको जस्तै हुन्छ ।

१७. एउटै कुरामा धेरै समय चिन्ता लिँदा हाम्रो मस्तिष्कको सोच्ने, सम्झने र निर्णय गर्ने शक्ति हराएर जान्छ ।

१८. हाम्रो मस्तिष्कको भण्डारण क्षमता असीमित हुन्छ ।

१९. मस्तिष्क बनाउन नियमित दही खानुपर्छ ।

२०. मानिसको मस्तिष्कमा कुनै पीडा थाहा पाउने नसा हुँदैन, त्यसैले यसले चोट थाहा पाउँदैन ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।