रोग प्रतिरोधक क्षमता बढाउने भन्नेबित्तिकै भिटामिन एप्लिमेन्ट सेवनमा धेरैको ध्यान जान्छ । तर, आफ्नै वरपर रहेका सर्वसुलभ कुरालाई भने बिर्सन्छौं । यदि ती कुराहरुको मात्रै प्रयोग गर्न सकियो भने रोग प्रतिरोधक क्षमतामा बृद्धि गर्न धेरै सोचिरहनै पर्दैन ।

बदाम

दैनिक ८ देखि १० वटा बदाम भिजाएर खानाले शरीरको रोग प्रतिरोधक क्षमता बढ्नुका साथै मस्तिष्कलाई तनावसित लड्न शक्ति समेत प्राप्त हुन्छ । यसबाट प्राप्त हुने भिटामिन ईले शरीरमैं रहेका नेचुरल किलर सेल्स बढाउन मद्दत गर्छ। विषाणु र क्यान्सरयुक्त कोशिकालाई नष्ट गर्न सघाउछ ।

बदामले शरीरमा बी टाइपको कोशिकाको संख्या बढाउने काम गर्छ। यी कोशिकाले एन्टिबडिज निर्माण गर्छन्, जसले शरीरमा भएका हानिकारक ब्याक्टेरियालाई नष्ट गर्न सहायता गर्छ। बदाममा पाइने भिटामिन ईले छालालाई स्वस्थ बनाउनुका साथै रिंकल समेत बस्न दिँदैन ।

सुन्तला

सुन्तला, कागती, अनार, कटहर आदि फलमा भिटामिन ‘सी’ पर्याप्त मात्रामा पाइन्छ। यसले हरेक रुरोगसँग लड्ने श्वेत रक्तकोशिका निर्माण गर्न मद्दत गर्छ । यस्ता फलको सेवनबाट बन्ने एन्टिबडिज कोशिकाको सतहमा एक प्रकारको आवरण बनाउँछ, जसले शरीरभित्र भाइरस पस्न दिँदैन ।

त्यसैगरी कोलेस्ट्रोल बढाउँछ र ब्लडप्रेसरलाई पनि नियन्त्रणमा राख्छ। यसले हृदयको धमनीमा बोसो जम्ने प्रक्रियालाई कम गर्छ। यी फलमा पाइने नेचुरल केमिकल कम्पाउन्डले शरीरको रोग प्रतिरोधक क्षमतालाई समेत सक्रिय बनाउँछ।

लसुन

लसुनले धेरै मात्रामा एन्टी अक्सिडेन्ट बनाएर मानव शरीरको इम्युन सिस्टमलाई बिरामसित लड्ने शक्ति प्रदान गर्छ। यसमा सलिसिन नामक तत्व पाइन्छ, जसले शरीरलाई इन्फेक्सन र ब्याक्टेरियासित लड्ने शक्ति प्रदान गर्छ। प्रतिदिन भोजनमा लसुनको प्रयोग गर्नाले पेटको अल्सर र क्यान्सरबाट जोगिन सकिन्छ । दैनिक लसुन सेवन गर्नाले ब्लडप्रेसरलाई नियन्त्रणमा राख्न सहयोग पुग्छ र यसबाट लामो समयसम्म शरीरको इम्युन सिस्टम पनि बलियो रहन्छ।

पालुंगो

पौष्टिक तत्वले परिपूर्ण यो तरकारीलाई सुपर फुड पनि भनिन्छ । यसमा फोलेट नामक तत्व पाइन्छ । जसले शरीरमा नयाँ कोशिका बनाउनुका साथै ती कोशिकामा रहेका डिएनएको मर्मत गर्ने काम पनि गर्छ साथै यसमा भएको फाइबर आइरन, एन्टी अक्सिडेन्ट तत्व र भिटामिन सीले शरीरलाई हरेक तबरबाट स्वस्थ राख्छ । उमालेको पालुंगो सेवन गर्नाले पाचन प्रणालीले सही ढंगमा काम गर्छ र कब्जियतको समस्या पनि कम भएर जान्छ ।

मसरुम

शरीरको रोग प्रतिरोधक क्षमता बढाउन मसरुम अत्यन्त लाभदायक हुन्छ । यसले श्वेत रक्त कोशिकालाई सक्रिय बनाएँछ । यसमा सेलेनियम नामक मिनरल, एन्टी अक्सिडेन्ट तत्व भिटामिन सी, रिबोफलेविन तथा नाइसिन नामक तत्व पाइन्छ । मसरुममा एन्टी भायरल, एन्टी ब्याक्टेरियल तथा एन्टी ट्युमर तत्व हुन्छ। प्रतिदिन ३० ग्राम मसरुम सेवन गर्न सके इम्युन सिस्टम बलियो रहन्छ। सलाद, सुप र पास्तासित यसको राम्रो प्रयोग हुन सक्छ।

ब्रोकाउली

ब्रोकाउलीमा भिटामिन ए र सीबाहेक ग्लुटाथियोन नामक एन्टी अक्सिडेन्ट तत्व पाइन्छ । यसले इम्युन सिस्टमलाई बलियो बनाउँछ । स्टिम गरेर यसलाई सलादका रुपमा सेवन गर्दा शरीरलाई पर्याप्त मात्रामा प्रोटिन तथा क्याल्सियम प्राप्त हुन्छ ।

थप जानकारीः

हाडे बदाम कस्तो अवस्थामा खानु हुदैन ?

बदाममा पाइने पोषणयुक्त फाइबरले पाचन प्रक्रियालाई सक्रिय बनाएर छालामा हुने अत्यधिक तेललाई निकाली छालालाई नरम बनाई चाउरी पर्नबाट जोगाउछ । नियमित बदाम खाँदा अनुहार लगायत शरीरका अन्य भागमा दाग आउँदैन । शरीरमा उचित मात्रामा ब्लड सुगरको मात्रा कायम गरेर हर्ट स्ट्रोक वा मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउन मद्दत गर्छ ।

धेरै जसोले आफ्नो दिमाग तेज बनाउनका निम्ति बदामको सेवन गरेको पाइन्छ । तर, कुनै कुनै अवस्थामा भने बदाम स्वास्थ्यकर हुदा हुदै पनि हाम्रो शरीरमा बिषको काम गरिरहेको हुन्छ । हाम्रो शरीरमा विभिन्न रोग लागेको बेलामा हामीले बदामको सेवन गर्नु उचित हुदैन ।

र, यसबारे धेरै जसोलाई थाहा नहुने हुदा हामीले अन्जनमा आफुलाई हानी पुर्याईरहेका हुन्छौं । यसमा फाइबरको मात्रा धेर हुने भएको कारणले एसिडिटी, अपच तथा ग्यास्ट्रिक भएको बेलामा सेवन गर्नु उचित हुदैन । यसले अझ गम्भीर समस्या उत्पन्न गराउन सक्छ । मोटोपनाको समस्याले चिन्तित हुनु हुन्छ भने बदामको सेवन गर्नु हुदैन ।

यसमा क्यालरी र फ्याटको मात्रा निकै धेरै हुने भएको कारणले यसले अझ तौल बढाउने गर्छ । उक्त रक्त चापको समस्या छ वा उक्तरक्त चाप नियन्त्रण गर्ने औषधिको सेवन गरिरहनु भएको छ भने बदामको सेवन नगरेको नै ठिक हुन्छ । यस्तो समयमा बदामको सेवन गरेमा हाम्रो स्वास्थ्य समस्या अझ बढ्न सक्छ ।

यदि पित्त थैलीको समस्या वा मृगौला सम्बन्धि कुनै पनि समस्या छ भने यस्तो समयमा बदामको सेवन गर्नु हाम्रो स्वास्थ्यको लागि हानिकारक हुने पाइएको छ ।स्वास्थ्य छु भनेर नियमित रुपमा धेरै बदामको सेवन पनि गर्नु हुदैन । दैनिक ५ देखि १० ओत सम्म सेवन गर्दा हाम्रो शरीरमा तेस्तो खासै कुनै असर भने देखाउने गर्दैन ।

दुब्लो हुनुहुन्छ भने बदामको नियमित सेवन गर्नाले हाम्रो तौल नियन्त्रणमा आउने गर्छ । तर, आवश्यकता भन्दा बेसी यसको सेवनले हाम्रो स्वास्थ्यलाई त हानी पुर्याउछ साथै हाम्रो औषधिको बिल समेत बढाउने गर्छ ।

 

बदाम खानुका फाइदै फाइदा :

बदाम प्रोटिनको श्रोत मानिन्छ। यसमा प्रशस्त मात्रामा प्रोटिन रहेको हुन्छ। जुनसुकै मौसममा बदाम खान सकिन्छ।शरीरको वृद्धि विकासका लागि प्रोटिन नभइ नहुने तत्व हो।यदि दूध उपलब्ध छैन भने त्यसको सट्टामा पनि बदाम खान सकिन्छ। बदाम बढ्दो उमेरका केटाकेटी तथा वृद्धवृद्धाका लागि राम्रो मानिन्छ।

नियमित बदाम खाँदाका यस्ता छन् फाइदा।

मोटोपना घटाउँछ :

बदाम खाँदा पेट छिटो भरिने भएकाले तुरुन्तै अर्को खाने कुरा खान मन लाग्दैन।जसले गर्दा शरीरले अनावश्यक क्यालोरी लिन पाउँदैन। यसले गर्दा मोटोपन भएकाहरुको सजिलै तौल घट्न सक्छ।

रोगप्रतिरोधात्मक शक्ति बढाउँछ :

नियमित बदाम खाँदा मुटुसम्बन्धी समस्याबाट बच्न सकिन्छ। बदाम खाने व्यक्तिमा डिप्रेसनका समस्या एकदम न्यून हुन्छ।

क्यान्सरबाट बचाउँछ :

बदाममा ‘फाइटोस्टेरोल’ नाम गरेको तत्व हुन्छ। यसले सामान्यतया ट्युमरलाई नियन्त्रण गर्छ र क्यान्सर हुनबाट जोगाउँछ।एक अध्ययनअनुसार हप्ताका दुई पटक बदाम खाने महिलामा ५८ प्रतिशत र पुरुषमा २७ प्रतिशत कोलोन क्यान्सरको खतरा कम हुन्छ।

मिनरल्स :

बदाममा प्रशस्त मात्रामा मिनरल्स हुन्छ। यसले शरीरमा फ्याट,कार्बोहाइड्रेट,मेटाबोलिजम र क्याल्सियलाई सन्तुलन मिलाउने काम गर्छ। नियमित बदाम खाँदा मधुमेहको जोखिम कम हुन्छ।

फोलिक एसिड :

बदाममा प्रशस्त मात्रामा फोलिक एसिड रहेको हुन्छ। यसले महिलामा प्रजनन् क्षमता बढाउँछ।यसका साथै गर्भमा रहेको शिशुको वृद्धिविकासमा पनि ठूलो भूमिका खेल्छ।विभिन्न अध्ययनले देखाएको छ कि गर्भवती हुनुअघि वा पछि नियमित बदाम खाएका आमाबाट जन्मिने शिशु स्वस्थ जन्मिन्छन्।यसका साथै जन्मिएका शिशुमा मुटुसम्बन्धी खतरा निकै कम हुन्छ।

छाला चम्किलो :

बदामले आैषधिको काम पनि गर्छ। यदि अनुहारको छालामा फुस्रो वा दाग छ भने बदामको प्रयोग गरी सुन्दर छाला बनाउन सकिन्छ।नियमित बदाम खाएमा छालामा हुने सुख्खा वा खस्रोपनाबाट बचाउँछ।

भिटामीन सी :

बदाममा भिटामिन सी पाइन्छ। यसले घाँटी खसखस हुने वा सुख्खा हुनबाट बचाउँछ। साथै नियमित बदाम खाएमा रुघाखोकीको जोखिम कम रहन्छ।

स्वस्थ कपाल :

नियमित बदाम खाँदा कपालको सुन्दरतामा वृद्धि हुन्छ। बदाममा कपाल लामो र सुन्दर बनाउने तत्व रहेको हुन्छ। यसको सेवन गर्दा कपाल झर्ने टुक्रने तथा फुस्रो हुने समस्या आउँदैन। त्यसैले बदामको नियमित सेवन गर्नु बुद्धिमानी मानिन्छ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः