हामी सबै अवसरकाे पर्खाइमा हुन्छाैँ । तर यत्तिकै बसेर अवसर आउँदैन । त्यसकाे लागी आफैले प्रयास गर्नुपर्छ । एउटा काममा अत्यन्तै व्यस्त रहनु भयाे भने तपाइलाइ अवसर कति बेला आयाे र गयाे पत्ताे हुँदैन । तपाइकाे हरेक दिन तनाव र एकाेहाेराे रूटिनमा बितिरहेकाे हुन्छ ।

त्यसैले आफ्नाे लागी समय निकाल्नुहाेस् । दिमाग फ्रेस बनाउनुहाेस् । रचनात्मक कराहरू साेच्नुहाेस् । भेटघाट, कार्यक्रममा सहभागीता आदिकाे लागी समय मिलानुहाेस् । सानै भएपनि काम पाउनुभयाे भने इमान्दारी पुर्वक काम गर्नुहाेस् । जब तपाइले काम गरेर अरूप्रति विश्वास दिलाउन सक्नुहुन्छ, तब त्यही नै तपाइकाे लागी अवसरहरू सिर्जना हुन थाल्छन् ।

र, त्यही काममा नै तपाइले आफ्नाे करियर देख्नुभएकाे छ भने सुरूवातमा पैसालाइ भन्दा कामलाइ बढी महत्व दिनुहाेस् । त्यसपछी तपाइले अरू अवसर पाउँदै जानुहुन्छ र आम्दानी पनि बढ्दै जान्छ । आफुले काम गर्ने क्षेत्रका मानिसहरूसँग चिनजान गर्नुहाेस् । ती मानिसहरूसँगकाे भेटमा आफ्नाे विचार राख्रे गर्नुहाेस् ।

आफ्नाे क्षेत्रमा काम गर्दै गरेका आफ्नाे उमेरका व्याक्तिलाइ साथी बनाउनुहाेस् । यसले गर्दा आफ्नाे कामकाे क्षेत्रका नयाँ अवसरहरूकाबारे जानकारी पाउन सक्नुहुन्छ । तपाइलाइ कसैले केही अवसर दियाे या आफ्नाे काममा कुनै पनि सहयाेग गर्याे भने उसलाइ भन्यवाद दिनुहाेस् ।

उसलाइ धन्यवाद पत्रकाे रूपमा एमेल गर्न सक्नुहुन्छ या भेटेर धन्यवाद स्वरूप केही दिन सक्नुहुन्छ । यसाे गर्दा तपाइकाे सम्बन्ध बनि रहन्छ । तपाइलाइ अवसर दिएकाे व्याक्तिमा पनि तपाइ प्रति सकारात्मक धारणा बन्छ । जसले गर्दा तपाइलाइ अरू अवसर मिल्ने सम्भावना रहन्छ र तपाइकाे नेटवर्क पनि पनि बिस्तार हुन्छ ।

अपडेट रहनुहाेस् । पत्रपत्रिका पढ्नुहाेस् । आफुले काम गर्ने क्षेत्रमा आइरहेका नयाँ-नयाँ कुराहरू खाज्नुहाेस् । त्यस्तै, हरेक दिन पढ्नुहाेस् । आफ्नाे रूचिका पुस्तकहरू सँकलन गर्नुहाेस् र हरेक दिन केही न केही पढ्नुहाेस् । सामाजिक सँजाल प्रयाेग गर्नुहुन्छ भने त्यहाँ फाेटाे भन्दा बढी आफ्नाे काम र विचारहरूकाे बारेमा पाेस्ट गर्नुहाेस् ।

त्यहाँ तपाइकाे साथी मध्यबाट नै कुनै अवसर आउन सक्छ। तपाइ सम्पुर्ण कुरा जानेकाे कहिल्यै पनि बन्न सक्नुहुन्र । समय अनुसार काममा, काम गर्ने तरिकामा, मानिसहरूकाे विचारमा, बजारकाे मागमा सबैकुरामा परिवर्तन भइरहेकाे हुन्छ । त्याे परिवर्तन अनुसार आफुलाइ हिडाउनुपर्छ । हरेक दिन केही कुरा सिक्नुपर्छ ।

अरूकाे नक्कल नगर्नुहाेस् । अरूकाे नक्कल गर्दा सुरूमा त तपाइ राम्राे देखिन पनि सक्नुहुन्छ, तर त्यसले तपाइ प्रति मानिसहरूकाे नकारात्मक धारणा बन्र सक्छ । त्यसैले सिर्जनात्मक बन्रुहाेस् । आफुले गरी रहेकाे काममा तपाइकाे आफ्नाे क्षयमता, साेचलाइ पनि देखाउनुहाेस् । यसले गर्दा तपाइकाे छुट्टै परिचय बन्र सक्छ र नयाँ अवसरहरू आउँछन् ।

भिडियाे हेर्नुहाेस्ः

थप जानकारीः

स्मरण शक्ति बढाउन के गर्ने ?

(१) खानपानमा ध्यान दिने

दैनिक शरीरलाई आवश्यक पर्ने पर्याप्त पानी पिउने । खानेकुरामा कार्बोहाइड्रेटयुक्त खानाको अभावले दिमागको क्षमता, ऊर्जा र मुड परिवर्तन गर्नुका साथै स्मरणशक्ति र श्रवण शक्तिमा पनि नकारात्मक असर पु¥याउँछ । जङ्क फुड अधिक मात्रामा खाँदा, फ्राई खानेकुरा खाँदा, बढी चिल्लो खाँदा, चुइङ्गमले पनि हाम्रो श्रवणशक्ति र स्मरण शक्तिमा ह्रास ल्याउने गर्छ ।

नुनले हृदयको चाल र रक्तचापलाई असर गर्नका साथै दिमाग र समग्र स्मरण शक्तिलाई असर गर्छ । चिनीको प्रयोग बढी गर्नाले पनि स्मरण शक्ति, सिक्ने क्षमता र श्रवण शक्तिमा ह्रास आउने गर्छ । चिया, कफी तथा धूमपानबाट टाढा नै बस्नु राम्रो । नशालु पदार्थ नखाने र मद्यपान नगर्ने । सन्तुलित पौष्टिक खाना नियमित समयमा खाने ।

मौसमअनुसारको फलफूल तथा तरकारीहरू खाने । अण्डा, माछा, दूध, दही, मही, चीज, मख्खन खाने । खानपानमा ध्यान दिन नसक्दा स्मरणशक्ति घट्दै जान्छ भनेपछि गएर विभिन्नप्रकारका मनोविकारहरू जस्तै, अल्जाइमर, डिमेन्सिया, डिप्रेसन र एन्जाइटीसमेतको जोखिम बढाउन सक्छ ।

(२) नियमित शारीरिक व्यायाम

नियमित व्यायाम गरेर वा घरका विभिन्न कामहरू गरेर स्मरण शक्तिलाई यथावत् राख्न सकिन्छ । स्वास्थ्यमा सुधार ल्याउन तथा दिमागमा रक्षात्मक प्रभाव सिर्जनाका लागि शारीरिक व्यायाम नै सबैभन्दा राम्रो र सजिलो उपाय हो । दैनिक शारीरिक व्यायामअन्तर्गत प्रातः भ्रमण, साइक्लिङ, पौडी खेल्नेलगायतका शरीर चल्ने व्यायामलाई लिइएको छ ।

आफ्नो समयअनुसार बिहान बेलुकी घुम्ने । शारीरिक सक्रियताले स्मरण शक्तिमा कमी आउन नदिन विशेष भूमिका खेल्छ साथै योगाभ्यास मेडिटेसन (ध्यान) अनुलोम बिलोम, कपालभाँती गर्दा पनि सहयोग मिल्छ ।

(३) सकारात्मक सोच

सकारात्मक सोच राख्ने र नकारात्मक संवेगलाई आफूमा हाबी हुन नदिने । याद राख्ने कुरामा गहिरो रुचि लिएर एकाग्रता भएर पूरै मन लगाएर याद गर्ने । एकपटकमा एउटा कुरा याद गर्न प्रयास नगर्ने, कुनै कुरालाई क्रमअनुसार याद गर्ने । त्यसलाई प्रत्येक २४ घन्टामा फेरि दोहो¥याउने । स्मरण शक्तिको विषयलाई लिएर सधै चिन्तित नहुने साथै रेडियो, टेलिभिजन एवम् पत्रपत्रिकाका ‘मेमोरी पावर’ बढाउने औषधि विज्ञापनको भर नपर्ने ।

(४) पर्याप्त निद्रा

व्यक्तिले मानसिक रूपमा स्वस्थ एवम् फुर्ती अनुभव गर्न दिनमा कम्तीमा ७ देखि ८ घन्टा सुत्ने गर्नु राम्रो मानिन्छ । अपर्याप्त निद्राले मन अस्थिर हुन्छ । दैनिक गतिविधिमा असर गर्छ । स्मरण शक्ति विकासका लागि राति अबेरसम्म जागेर नपढ्ने, राम्रोसँग निद्रा नपर्नुका धेरै कारण हुन सक्छन् जस्तैः मनमा पीर चिन्ता पर्नु, केही कुराको डरले सताउनु, कार्यालयमा तनाव वा धेरै कामको बोझ हुनु, अपर्याप्त निद्रा र थकानको कमी आदि ।

कहिलेकाहीँ निद्रा नपर्नुमा प्राकृतिक प्रकोप तथा मानवसिर्जित दुर्घटना, विनाश वा नजिकका व्यक्तिको मृत्यु पनि हुन सक्छ । पर्याप्त नसुत्दा रोग प्रतिरोधात्मक क्षमता घट्छ । डिप्रेसन, डायबिटिज, मुटुसम्बन्धी रोग, डिमेन्सिया निम्त्याउँछ । गुणस्तरीय निद्राले व्यक्तिहरू, विद्यार्र्थी र धावकको प्रस्तुतिलाई सकारात्मक प्रभाव पार्छ ।

पर्याप्त गुणस्तरीय निद्राले दिमाग फुर्तिलो बनाउँछ, ऊर्जामा तीव्रता दिन्छ, स्मरण शक्ति बढाउँछ । पर्याप्त निद्राले रोग प्रतिरोधी क्षमता बढाउँछ । स्वस्थ सेल डिभिजनलाई प्रोत्साहन गर्छ । शारीरिक शक्ति वृद्धि गर्छ । दिमागको कार्यमा सुधार ल्याउँछ । हर्मोन प्रणालीले राम्रो काम गर्छ । तनाव हटाउँछ र नकारात्मक आवेग घटाउँछ ।

(५) ध्यान

ध्यानको अभ्यासले हाम्रो शारीरिक र मानसिक स्वास्थ्य सुधार गर्छ । पछिल्ला वर्षमा मनोवैज्ञानिक मानसिकता र मध्यस्थतावरिपरिको केही पुरानो ज्ञानमा बढी चासो देखाएका छन् । ध्यान गर्ने तरिकाहरू व्यापक रूपमा भिन्न हुन्छन् तर ती सबैमा स्मृतिमा सकारात्मक प्रभाव पर्छ ।

(६) सानै उमेरदेखि मानसिक गतिविधिको उच्चस्तर राख्नुहोस्

अभिभावकले आफ्ना बच्चाहरू प्रायः दिनमा आफैँ पढाउँछन् । ती बच्चाहरूको उच्च आईक्यू हुन्छ । चार वर्षको उमेर वा त्यसभन्दा कम उमेरदेखि मानसिक गतिविधिको उच्चस्तरको प्रयोग केही वर्षसम्म गरेर तपाईं आफ्नो बच्चाको बुद्धिमत्ता (आईक्यू) चार पोइन्टले बढाउन सक्नुहुन्छ । तपाईंको बच्चासँग जति धेरै कुराकानी हुन्छ, त्यति नै उनीहरू बुद्धिमानी हुन्छन् ।

साधारण खेलहरूले वस्तुको नामकरण र सानो पजलहरू सँगै समाहित गर्ने, सामाजिक र शैक्षिक विषय बनाएर, बच्चाको बुद्धिमा सुधार गर्दछ । बच्चासँग कुरा गर्दा तिनीहरूको शब्दावली बढ्छ । यो उनीहरूको सामान्य बुद्धि स्तरका लागि महत्वपूर्ण हुन्छ । न्युरोसाइजिस्टद्वारा लामो समयदेखि गरेको अध्ययनले रमाइलो गतिविधि जस्तैः शब्दकोश, सुडोकु, चेसले व्यक्तिको संज्ञानात्मक क्षमताको सुधार गर्न मद्दत गर्छ ।

(७) शिक्षा विस्तार गर्नुहोस्

आफैँले पहिले बेवास्ता गर्दै आएका जटिल कार्यहरू जस्तैः अप्ठ्यारो पाठ्यक्रम, दोस्रो भाषा सिक्नु, असजिलो किताब पढ्ने ती सबै समस्या समाधानको सक्रियताका साथ हरेक दिन सिक्ने र बच्चालाई पनि समान काम गर्न सिकाउने । धेरै देशमा जोखिममा रहेका बच्चालाई गहन प्रारम्भिक शिक्षा प्रदान गर्न शीघ्र हस्तक्षेप कार्यक्रमले केही हदसम्म शैक्षिक उपलब्धि गरिरहेको देखिन्छ ।

तर, वास्तवमा बच्चाको सामान्य बौद्धिक क्षमता सुधार गरेको देखाइएको छैन । यी कार्यक्रमले बच्चाका लागि एक राम्रो उत्तेजक वातावरण प्रदान गर्छ । उनीहरूको शैक्षिक अनुभव तीव्र बनाउँछ ।

(८) धूमपान छाड्नुहोस्

धूमपान नगर्नु तपाईंको दिमागको स्वास्थ्यलाई सुधार गर्न सक्ने एउटा पहिलो कदम हो ।

(९) राम्रो सम्बन्ध स्थापित गर्नु

स्मृतिको एउटा विशेष प्रकार जुन हामीले सबै प्रकारको सम्बन्धमा अभ्यास गर्छौं, जुन ट्रान्सेक्टिभ मेमोरी भनेर चिनिन्छ । यो अवधारणा पहिलोपटक मनोवैज्ञानिक डानियल वेग्नरले १९८५ मा विकसित गरेका थिए ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।