मानिस स्वस्थ रहनको लागि बिभिन्न कुराहरुमा ध्यान पुर्याउनु आवश्यक हुन्छ । हामी नेपालीको बानी नै छ कि बिहान् होस् या त साँझ, दैनिक एकै किसिमको खाना खाने । जबकी तपाईले जतिनै पौष्टिक तत्व भएका खाना खाएपनि त्यसले शरीरमा नकारात्मक असर पार्छ ।

धेरै नेपालीहरु दैनिक साँझ र बिहान समेत खानामा दाल, भात र तरकारीको प्रयोग गर्ने गरेका छन् । तर, विभिन्न अध्ययनहरुले यसरी दैनिक एकै प्रकारको खाना नियमित खानु स्वास्थ्यको लागि राम्रो नभएको बताएका छन् ।

समय अभावका कारण होस् या त अरु विविध कारणले हामीहरु घर बाहिर खाना खान जाँदा पनि घरमा खाने खानालाई नै प्राथमिकतामा राख्ने गरेका छौं । तर, चिकित्सकहरुको खोजलाई आधार मान्ने हो भने त्यस्तो बानीले हामीलाई समस्यामा पारिरहेको हुनसक्छ ।

चिकित्सकहरुले यसरी दैनिक एउटै खानेकुरा खाँदा त्यो खाना अस्वस्थकर हुने ५ कारण बताएका छन् । हाम्रो शरीरले जहिले पनि नयाँ स्वाद, आकार र बनावट खोजिरहेको हुन्छ । त्यस्तो अवस्थामा सकेसम्म दैनिक फरक खानेकुरा खानु स्वास्थ्यको लागि अति आवश्यक हुन्छ । चिकित्सकहरुले खाना र खाजामा समेत एकै किसिको पौष्टिक आहार हुन नहुने बताएका छन् । यसरी एकै प्रकारको खाना खाँदा हुने समस्यालाई उनीहरुले बुँदागत रुपमा यसरी व्याख्या गरेका छन् ।

पोषण (न्युट्रेशन )को कमी

हाम्रो शरीरलाई स्वच्छ राख्नको लागि शरीरमा सबै किसिमका पोषक तत्वहरुको जरुरत पर्दछ । त्यसमा पनि सही तरिकासँग शरीरको सञ्चालनको लागि कस्तो किसिमको पोषक तत्वलाई बढी महत्व दिने भन्ने कुरा चिकित्सकहरुको सल्लाह अनुसार गर्नुपर्ने हुन्छ ।

तर, दैनिक सन्तुलित आहारको लागि फरक किसिमको स्वाद र परिकार भने आवश्यक हुन्छ । हामीलाई चाहिने सबै किसिमका पौष्टिकहरु हाम्रो खाना र फलफूलबाट नै पाउने गरिन्छ । त्यसको लागि सबैभन्दा आवश्यक कुरा हो फलफूलहरुको नियमित सेवन । त्यसैले न्युट्रेशनको कमी पूरा गर्न मद्दत गरेको हुन्छ । तर, एकै किसिमको फलफूलपनि नियमित खानु हुँदैन । यसमा समेत विविधता ल्याउनु पर्दछ ।

पेटको स्वास्थ्यलाई नोक्सान पुर्‍याउँछ

यदि हामी दैनिक एकै प्रकारको खाना खान्छौं भने यसले हाम्रो पेटमा समस्या सिर्जना गर्नसक्छ । जसका कारण पेटमा रोगविरुद्ध लड्ने क्षमताको विस्तारै कमी हुँदै जान्छ । अर्थात् अलग प्रकारको पौष्टिक तत्वको प्रयोगले हाम्रो रोग प्रतिरक्षा प्रणालीमा बढावा दिनुका साथैं पाचन प्रणालीलाई समेत राम्रो गर्नेगर्दछ । यसको लागि आफ्नो पौष्टिक आहारमा फलफूलहरु, सागपात आदिको सहि प्रयोग गर्नुपर्दछ ।

वजन घटाउन समस्या

हामीले दैनिक खाने खानामा भिन्नभिन्न पौष्टिक तत्वको प्रयोग गरेनौं भने हाम्रो तौल घटाउने प्रयासमा समस्या सिर्जना हुनसक्छ । तौल धेरै भएर समस्या भएकाहरुले जतिसुकै प्रयास गरेपनि खानामा ध्यान दिने र दैनिक फरकफरक पौष्टिक आहार नखाने हो भने यसले कम गतिमा वजन घटाउने काम गर्दछ ।

जस्तोसुकै पौष्टिक आहार खाएपनि दैनिक रुपमा फरक खानेकुरा खानु पर्दछ । पीएलओएस वनमा प्रकाशित एक अध्ययनका अनुसार जो मानिस अधिक मात्रामा अलग अलग खानेकुरा खाने गर्दछ त्यस्तो मानिसहरु अरुको तुलनामा छिटो आफ्नो तौल कम गर्नमा सक्षम रहन्छ ।

दुब्लोपन र कुपोषणको शिकार

कुनैपनि व्यक्ति दैनिक एकै किसिमको खानेकुरा मात्रै खान्छ भने उसमा कुपोषण र दुब्लोपनको समस्या देखिने गर्दछ । यस्तो अवस्थामा नियमित एकै किसिमको खाद्यपदार्थहरु खाँदा सोही खानाको रंग, स्वाद र बनावटका कारण उसले खाना खान नै इन्कार गर्ने गर्दछ । खाएको खण्डमा पनि उसले त्यसमा स्वाद र मन लगाएर खाईरहेको हुँदैन । जसका कारण उनीहरुमा दुब्लोपनको समस्या हुने देखिएको छ ।

बढी पौष्टिकको समस्या वा कलेजोको समस्या

दैनिक एकै किसिमको खाना खाने मानिसहरुमा कलेजो सम्बन्धी समस्या पनि हुने बताईन्छ । कुनैपनि खाद्यपदार्थको दैनिक अधिक सेवन हुँदा एकातर्फ धेरै पौष्टिकका कारण पनि स्वास्थ्यमा समस्या आउने र त्यसले शरीरका अरु अंगहरुमा समेत समस्या सिर्जना गर्ने चिकित्सकहरु बताउँछन् ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

चिकित्सकका अनुसार खाना खाईसकेपछी तुरुन्त गर्न नहुने कामहरु यस्ता छन्

हामी केही यस्ता गल्तीहरू गर्ने गर्छौँ, जसको हाम्रो शरीरमा नकारात्मक असर पर्छ । यी गल्तीहरू मध्य एक यस्तो गल्ती छ, जसलाई दिनहुँ गर्नाले क्यान्सरको खतरा दुईगुणा बढ्छ । यसकारण चिकित्सकका अनुसार खाना खाईसकेपछी तुरुन्त गर्न नहुने कामलाई यहाँ चर्चा गरिएको छ ।

नुहाउनु

खाना खाईसकेपछी आधा घण्टाको भित्र नुहाउँदा डाइजेशन ढिलो हुन्छ । खाना पूर्ण रूपमा डाइजेस्ट नहुनुको कारणले एसिडिटी र कब्जियतको समस्या हुनसक्छ ।

फलफूल खानु

खाना खाईसकेपछी एक घण्टा भित्र फलफूल खाँदा एसिडिटी र इनडाइजेशन हुनसक्छ । यसो गर्नाले ओभरइटिंग हुनसक्छ, जसले मोटोपन पनि बढ्न सक्छ ।

स्मोकिंग गर्नु

खाना खाईसकेपछी तुरुन्त स्मोकिंग गर्नाले क्यान्सर र मुटु रोगको खतरा दुई गुणा बढ्छ ।

चिया पिउनु

खाना खाईसकेपछी तुरुन्त चिया पिउँदा चियाको पातमा पाईने एसिडिटी प्रोपर्टी एसिडिटीको समस्या बढाउन सक्छ । खाना खाएको १ घण्टा पछी चिया वा कफी पिउन सकिन्छ ।

ब्रश गर्नु

खाना खाईसकेपछी तुरुन्त ब्रश गर्नाले दाँतको इनेमल( माथिल्लो तह) निस्कन्छ । यसले दाँतमा ब्याक्टेरिया लाग्ने खतरा बढ्छ । यसकारण आधा घण्टा पछी ब्रश गर्न सकिन्छ ।

रातिको खानापछि के गर्ने के नगर्ने ?

१. बेलुकीको खाना खाइसकेपछि जंकफुड खाने गल्ती कहिल्यै गर्नु हुँदैन ।

२. कतिपयले खानापछि चिया-कफी लिने गर्छन्, जसलाई स्वस्थकर मानिँदैन । तर, सुत्नुअघि पिउने एक कप ‘ग्रिन टी’ले भने शरीरलाई स्वस्थ राख्न मद्दत पुर्‍याउँछ ।

३. साँझको खानापछि तत्काल सुत्नु पनि स्वास्थ्यका लागि फाइदाजनक होइन । यसो गर्दा शरीरको तौल बढ्नुका साथै शरीरमा मेटाबोलिजमको मात्रा कमी हुन जान्छ ।

४. बेलुकीको समय धेरै खानुलाई पनि राम्रो मानिदैन । बढी खाँदा ओभरइटिङको समस्या हुन जान्छ । जसका कारण शरीरमा क्यालोरी बन्न समस्या उत्पन्न हुन्छ ।

५. खाना खाइसकेपछि इभिनिङ वाक गर्दा शरीरलाई निकै फाइदा पुग्छ । यसो गर्दा पेटको एकै ठाउँमा खाना जम्मा हुन पाउँदैन र पेटको सम्भावित रोगबाट पनि बच्न सघाउ पुग्छ ।

खाना समय अनुसार खाने कि भोक लागेपछि मात्र ? जानौं फाईदा र बेफाईदा

हामी आजकाल शरिरको आवश्यकताका लागि भन्दा पनि समयका लागि खाना खाने भएका छौं । हामी यति ब्यस्त भएका छौं की खाना खानका लागि पनि कयौंले समय तालिका बनाएका हुन्छौं । तर समय ब्यवस्थापनको यो तरिका सबै तरिकाले हानी नै गर्ने भने अवश्य छैन ।

विहान १० बजे घडि हेर्दै भन्छौं, ‘अहो दश बजिसकेछ अब त खाना खानुपर्छ ।’ अनि अलि विहानको समयमा भन्छौं, ‘बल्ल सात बजेको छ के खाना खानु यत्ति छिटो ?’

अब विचार गर्नुहोस् । हामी आफ्नो आवश्यकता अनुसार चलेका छौं त ? खानाको कुरामा पनि हामीलाई घडिले कजाईरहेको छ । हरेक सेकेण्ड उत्तिकै महत्वपूर्ण ठान्ने हामी आफ्नो शरिरलाई महत्व दिएकै हुँदैनौं । फलस्वरुप आजकाल मानिसहरुलाई लाग्ने रोगका प्रकृतिहरु पनि बदलिएका छन् । मानिसलाई लाग्ने अधिकांश रोगहरु खानपानकै कारण लाग्ने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

त्यसो भए समयमै खाने कि भोक लागेपछि ? थाहा पाउनुस् भोजनको नियम

भोक लागेपछि खाना खानुका फाइदा

१. शरीरको आवश्यकता पुरा हुन्छ

२. शरीरले पौष्टिक तत्वलाई राम्ररी ग्रहण गर्छ

३. थकान कम हुन्छ

४. काममा ध्यान केन्द्रित गर्न सकिन्छ

५. खाना खानकै लागि समय कुरिरहनु पर्दैन

भोक लागेपछि मात्र खाना खाँदाका बेफाइदा

१. सही पोषकतत्व प्राप्त गर्न सकिन्न

२. आवश्यकताभन्दा बढि खाइन्छ

३. समय व्यवस्थापन गर्न गाह्रो हुन्छ

समयअनुसार खाना खाँदाका फाइदा

१. सेड्यूलमा चल्न शरीर अभ्यस्त हुन्छ

२. एसिडिटी र थकान हुँदैन

३. शरीरलाई खाना सोस्न समय प्राप्त हुन्छ

४. समय व्यवस्थापन गर्न सजिलो हुन्छ

समयअनुसार खाना खाँदाका बेफाइदा

१. भोक मर्छ

२. खाना नाश हुन्छ

३. पेटमा विभिन्न किसिमका समस्या हुन सक्छ

४.जबरजस्ती खाँदा खाना रुच्दैन

५. चाँडै थकान हुन्छ

खाना खादा के गर्नु हुन्छ र के गर्नु हुदैन ?

हामीले खाएका हरेक कुराहरुले हाम्रो जीवनमा प्रभाव पारिरहेको हुन्छ । खाएका वस्तुहरु धेरै मलमूत्रको रुपमा निश्कासन भए पनि त्यसको रसहरुले हाम्रो शरीर बढ्ने र शक्ति दिने गर्दछ । यही खाएको वस्तु अनुसारको नै बुद्धिको विकास हुने गर्छ । त्यसकारण बुद्धि भ्रम गराउने नशालु वस्तुहरु खानको लागि आयुर्वेद आदिमा निषेध गरिएको छ ।

१. खाना खाँदा बोल्नु हुँदैन । जुत्ता चप्पल लगाएर, उठेर, नराम्रा कुराहरु हेर्दै र सुन्दै खाना खानु हुँदैन ।

२. दक्षिण दिशातर्फ फर्केर खाना खान हिन्दुधर्म ग्रन्थहरुमा निषेध गरिएको छ । दक्षिण दिशातिर फर्केर खाएको खानाले शरीर र स्वास्थ्यमा विभिन्न प्रकारका समस्याहरु दिने गर्दछन् । त्यसकारण सकेसम्म खाना खाँदा पूर्व वा उत्तरतिर फर्केर नै खानुपर्छ । पश्चिमतिर फर्केर खानुलाई पनि ठिकै मानिएको छ ।

३. आयुर्वेदमा खाना खानु भन्दा ठीक अघि पछि र खाना खाने समयमा पानी खानु हुँदैन भनेको छ । खाना खाँदा पानी पिएमा त्यसले विषको काम गर्छ भन्ने मान्यता छ । यस कुरालाई भौतिक विज्ञानले पनि स्वीकारेको छ ।

४. खाना खाइसकेपछि बज्र आसनमा बस्नाले खाएको कुराहरु पच्दछ । खाना खाएपछि १०० पाइला हिँड्नाले शरीरलाई अनावश्यक मोटो हुन दिँदैन भन्ने कुरा आयुर्वेदमा भनिएको छ ।

५. खाने बित्तिकै सुत्यो भने अनेक प्रकारका रोगहरु लाग्छन् । मोहीले पाचन क्रियालाई मजबुत बनाउने भएकाले खाना खाएपछि मोही खानु उत्तम हुन्छ । खानेबित्तिकै ध्यान गर्न, व्यायाम गर्न, शरीरमा तेल लगाउन हुँदैन ।

६. चुठेपछि चिसो हातले आँखामा स्पर्श गर्नाले आँखा तेजिलो हुन्छ भन्ने शास्त्रीय मान्यता छ । खाना सकेसम्म चरेशको थालमा खानु उत्तम हुन्छ ।

७. आफूले नसक्ने खाना जुठो लगाएर फाल्नु हुँदैन, यसो गर्नाले घरमा दरिद्रता लाग्दछ भनिन्छ । नरुच्ने र नपच्ने खाना खानु हुँदैन । महर्षि चरकले दीर्घ जीवनको लागि कम खाना खानु भनेका छन् ।

८. यज्ञवल्क्यका अनुसार पेटको पाँच भागमध्ये तीन भाग अन्न, एक भाग पानीले भर्नुपर्छ भने एक भाग हावाको लागि खाली नै राख्नुपर्छ । यसरी भोजन गर्ने मानिस पेटका रोगहरुबाट पीडित हुनुपर्दैन र उसले स्वस्थ र शान्तसँग आफ्नो जीवनयापन गर्न सक्दछ भन्ने शास्त्रीय मान्यता छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।