सफलताकाे लागी लगनशीलता र धर्यताकाे आवश्यकता हुन्छ । लगनशीलता र धर्यताकाे कमीले नै धेरै मानिसहरूले आफुले सुरू गरेकाे काम बिचमै छाेड्ने गर्छन् ।

यस्ताे हुन्छ लगनशील व्याक्तिः

आज देखेकाे सपना भाेली उठ्नासाथ पुरा हुदैँन । लगनशील व्याक्तिले याे कुरालाइ बुझेकाे हुन्छ । लगनशील व्याक्तिले काम छिटाे सक्ने भन्दा काम राम्राेसँग सक्ने कुरालाइ ध्यान दिन्छ । उसले परिमाणलाइ हाेइन, गुणात्मकतालाइ महत्व दिन्छ । लगनशील व्याक्ति धर्यवान हुन्छ ।

उसलाइ थाहाँ हुन्छ, अत्तालिएर मानिस झन् पछी धकेलिन सक्छ । त्यसैले लगनशील व्याक्तिले कहिले पनि केही काम अत्तालिएर गर्दैन। हरेक कुराकाे सुक्ष्म अध्ययन गर्नु , आफुलाइ अपडेट गरिराख्नु, केही नयाँ कुराहरू सिकिराख्नु जस्ता गुणहरू लगनशील व्याक्तिका हुन् ।

लगनशील व्याक्तिले कहिले पनि केही कुरामा बाहना बनाउदैन । उसले केही गर्नकाे लागी आफ्नाे वातावरण या परिस्थितिलाइ दाेष दिएर बस्दैन । केही गर्नु छ भने जस्तासुकै वातावरण हाेस् या परिस्थिति हाेस् उसले त्याे काम गरेरै छाेड्छ । लगनशीत व्याक्तिले जस्ताे सुकै समस्या किन नहास् त्यीताे समस्यामा पनि अवसर देख्ने गर्छ ।

लगनशील व्याक्तिले समयकाे महत्वलाइ बुझेकाे हुन्छ र उसले जहिले पनि आफ्नाे कामलाइ प्राथमिकतामा राखेकाे हुन्छ । धैर्यता र ढिलासुस्तिकाे फरकपनलाइ उसले बुझेकाे हुन्छ । उसले कुनै पनि अवसरलाइ गुमाउदैन र जस्ताेसुकै चुनाैतिकाे पनि सामना गर्ने गर्छ ।लगनशील व्याक्ति जहिले पनि अनुशासनमा बस्ने गर्छ र अरूलाइ पनि अनुशासनमा रहनकाे लागी प्रेरित गर्छ ।

उ आवेगमा आउने नभइ नम्र व्यवहारले नेतृत्व गर्नेमा विश्वास राख्छ । लगनशील व्याक्तिले कुनै पनि काम सुरू गर्दा सानाे कामबाट सुरू गर्ने गर्छ, तर पछि उसले त्यही सानाे कामलाइ ठुलाे याेजनाकाे रूपमा अगाडी बढाएर लैजान्छ । लगनशीत व्याक्ति असफलतामा आत्तिने र सफलतामा घमण्ड गर्ने गर्दैन । उसले सफलता भनेकाे एउटा समग्र यात्रा हाे भन्रे बुझेकाे हुन्छ ।

भिडियाे हेर्नुहाेस्ः

थप जानकारीः

सफलता र सन्तुष्टि

सामान्य भाषामा भन्नुपर्दा कुनै पनि निर्धारित लक्ष्यमा पुग्नुलाई सफल भएको मानिन्छ । कुनै पनि व्यक्ति आफूले तोकेको उद्देश्य पूरा गर्न सकेको अवस्थालाई सफलता प्राप्त गरेको भनेर बुझ्ने गरिन्छ । वास्तवमा भन्नुपर्दा कुनै पनि निर्दिष्ट लक्ष्य हासिल हुनुलाई सफलतासँग जोडेर हेर्ने गरिन्छ ।

सफलताको यही अवधारणा नै जनमानसमा पाइएको छ । बाहिरबाट हेर्दा कुनै उच्च ओहदामा पुगेको, सम्मानित पद धारण गरेको अनि राम्रो आम्दानी गरेको तथा धनसम्पति कमाएको व्यक्तिलाई हामीले सफल व्यक्तिका रूपमा मान्ने गरेका छौं । कुनै पनि व्यक्ति जिन्दगीभर नै सफलता प्राप्तिका निमित्त दौडिरहेको हुन्छ ।

आफूले बनाएको लक्ष्य प्राप्तिका निम्ति ऊ अनवरत रूपमा लागिरहेको हुन्छ ।  सफल हुँदा ऊ खुसी हुन्छ भने आफूले भनेअनुसारको काम नभइदिँदा अनि काम गरेअनुसारको नतिजा प्राप्त नभइरहँदाको अवस्थामा कहिलेकाहीं उसमा नैराश्यता पनि पैदा भएको हुन्छ । संसारमा जोसुकै व्यक्ति पनि सफलता प्राप्तिका निम्ति नै आफ्नो जिन्दगीलाई समर्पित गरिराखेका हुन्छन् ।

सम्बन्धित क्षेत्रमा कसरी सफल बनिएला, कुन सूत्र प्रयोग गरेमा सजिलैसँग सफल भइएला अनि केके कार्य गरे अरूभन्दा छिटो सफलता प्राप्त गर्न सकिएला भनेर विभिन्न तरिका, सूत्र तथा विधिहरू प्रयोग गर्नतर्फ व्यक्तिहरू लागेका हुन्छन् ।

सफल हुन केके गर्नुपर्ला भन्ने सन्दर्भमा व्यक्तिहरूले विभिन्न उपाय अपनाउने गर्छन्, जस्तो कि विभिन्न क्षेत्रमा सफलता प्राप्त गर्ने व्यक्तिका जीवनीसँग सम्बन्धित रही लेखिएका पुस्तकहरूको अध्ययन गरेर, विभिन्न तालिम तथा कार्यक्रमहरूमा भाग लिएर अथवा सफलता हासिल गरेका व्यक्तिहरूको निकटमा रही कार्य गरेर आदि ।

व्यक्ति जसरी पनि सफल हुनु छ अनि अरूलाई केही काम गरी देखाउनु छ, यसैका लागि ऊ जिन्दगीभरि मेहनत गरिराखेको हुन्छ । हुन पनि सफलता प्राप्तिले व्यक्तिमा काम गर्ने नयाँ जोस, जाँगर, उमंग तथा उत्पे्ररणामा वृद्धि गराइराखेको हुन्छ भने बेग्लै किसिमको आनन्द र आत्मसन्तुष्टि पनि त्यसबाट प्राप्त भैराखेको हुन्छ, जसबाट व्यक्तिको आत्मविश्वास पनि बढ्न पुग्छ भने काम गर्ने थप ऊर्जा शरीरमा जागृत हुन पुग्छ ।

यी सबै राम्रा प्रभावहरू सफलता प्राप्तिले व्यक्तिमा देखिएका हुन्छन् । जुन सफलता प्राप्त गर्नका निम्ति व्यक्ति जिन्दगीभरि लागिपरेको हुन्छ, त्यसलाई आत्मसात् गर्न पाउँदाको क्षण निजलाई असिम आनन्दको पनि अनुभूति भएको हुन्छ र ऊ सम्झन्छ, मेरो सम्पूर्ण आनन्द र सन्तुष्टि नै यही हो भनेर ।

तर व्यक्तिले प्राप्त गरेको सफलता समयक्रमसँगै बिस्तारै धमिलो हुँदै जान्छ अर्थात् अब उसले प्राप्त गरेको सफलता पुरानो हुँदै गएको हुन्छ, सधैं रहिरहँदैन । सफल हुँदा प्राप्त भएको जोस, जाँगर, उत्पे्ररणा तथा ऊर्जामा बिस्तारै कमी आउन थाल्छ । यतिखेर व्यक्तिले पुनः अर्को क्षेत्रमा सफल हुनका निम्ति लाग्नुपर्ने समय आइसकेको हुन्छ ।

तर, सफलता भन्ने विषय बारम्बार सजिलैसँग प्राप्त भइरहँदैन । कुनै बेला सफल भइएला, कुनै बेला सफल नभइएला, एकाध अपवाद छन् कि कुनै–कुनै व्यक्तिले लगातार सफलताको स्वाद लिइरहेका हुन्छन्, तर सबैमा त्यस्तो हुँदैन । जब सफलताका निम्ति छटपटाइरहेको व्यक्ति सबै विधि, सूत्र, तौरतरिकाको प्रयोगका बाबजुद पनि सफल हुन सक्दैन, तत्पश्चात् व्यक्तिमा मानसिक रूपमा नै आघात पुग्न जान्छ ।

यतिखेर उसले के गर्ने, के नगर्ने, के सही, के बेठिक आदि छुट्ट्याउन सक्दैन, ऊ विक्षिप्त अवस्थामा पुगेको हुन्छ । यो सबैभन्दा नाजुक र पीडादायक अवस्था हुन्छ व्यक्तिका निम्ति ।

 

जहिले पनि सफल बन्नका निम्ति विभिन्न विधिको व्याख्या गरिएको हुन्छ र सिकाइन्छ, सफल हुनैपर्छ र सफल अवश्य बन्न सकिन्छ भनेर तर कहिले पनि सिकाइँदैन, यी सम्पूर्ण उपाएका बाबजुद पनि यदि सफल नभएमा कुन तरिकाहरू प्रयोग गरी आफूलाई विक्षिप्त हुनबाट बचाउन सकिन्छ भनेर अनि लगातार असफलताबाट पार पाउनका निम्ति कुन विधि अपनाएमा मानसिक आघात हुनबाट बच्न सकिन्छ भनेर ।

यो साँच्चै गम्भीर विषय सफलताको कथा सुनाउँदा छुटिरहेको हुन्छ । अनि जिन्दगीभरि सफलताका लागि लडिरहँदा कुनै सफलता हात पार्न नसकीकनै आफ्नो इहलीला समाप्त भएका कैयन् इतिहास सुनाइँदैनन्, किनभने यो विश्वास गरिन्छ कि यसवाट व्यक्ति आफ्नो मेहनत र परिश्रम गर्नबाट डराउँछ र हच्किन्छ भनेर ।

तर, कहिल्यै सिकाइँदैन— व्यक्तिलाई जिन्दगीभर सफलताका निम्ति तड्पिरहने होइन कि जिन्दगीलाई आनन्दसँग जिउने खालको बनाउनुपर्छ भनेर । जुन आनन्द व्यक्तिले अनुभूति मात्रै गर्ने हो र त्यो आनन्द प्राप्ति गर्न व्यक्ति अरूको नजरमा सफल हुनु पर्दैन र व्यक्ति आफूले सफलता प्राप्त गर्दा होस् या सफल नहुँदा होस्, त्यो आनन्द महसुस गरिरहेकै हुन्छ, जसबाट व्यक्तिलाई सदैव काम गर्ने जोस, जाँगर, उत्साह, उमंग, ऊर्जा आदि क्षणिक नभई निरन्तर प्राप्त भैराखेको हुन्छ ।

यो नै सबैभन्दा अमूल्य कुरा हो । कुनै पनि व्यक्तिमा यस्तो प्रकारको गुण कायम राख्न सकिए व्यक्ति अनि निजले कार्य गर्ने संस्था दुवै नै लाभान्वित हुनेछन् । किनभने यो गुणबाट व्यक्तिमा निराशा र बेचैनीको अवस्था कहिल्यै सिर्जना हुँदैन । व्यक्तिलाई घरदेखि नै त्यही सिकाउने गरिन्छ कि जसरी पनि सफल हुनैपर्छ, स्वाभाविक हिसाबले होस् अथवा जबरजस्ती हिसाबले, इच्छा भएर होस् या नभएर पनि।

तर कहिल्यै भनिँदैन कि रमाइलो गरी काम गर्नुपर्छ, आनन्दसाथ अध्ययन गनुपर्छ, मन लागेर सिक्नुपर्छ, मन पर्ने क्षेत्रमा नै पूरा समय खर्चिनुपर्छ भनेर एकोहोरो भनिन्छ, मात्र सफल हुनुपर्छ, जसबाट व्यक्तिमा सानैदेखि अस्वस्थ प्रतिस्पर्धाको सोच दिमागमा बस्न पुग्छ कि उसले परीक्षामा अरूले भन्दा राम्रो नम्बर ल्याउनैपर्छ र अरूलाइ जित्नैपर्छ भनेर ।

तर ऊ प्रथम भएर पनि कति ज्ञान हासिल गरेको हुन्छ।त्यो मतलब गरिँदैन । अनि अर्को व्यक्ति प्रथम नभएर पनि कति बुझेर अध्ययन गरेको छ र कति ज्ञान ऊभित्र बसेको छ भन्ने विषयलाई बेवास्ता गरिन्छ । जसरी पनि सफलता प्राप्त गर्नैपर्छ भन्ने सोचको जन्म यसरी सानैदेखि भएर पछिसम्म संस्थामा कार्य गर्दाको समयसम्ममा देखिइरहन्छ । तर यसबाट निम्तिन सक्ने नकारात्मक पक्षलाई त्यतिखेर बेवास्ता गरिन्छ, जसबाट नै नसोचेको घटनाहरू प्राप्त हुन पुग्छन् ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।