के तपाईंको पाचन यन्त्रले कहिल्यै विश्राम पाएको छ ? किनभने तपाईं केही न केही खाइरहुनुहुन्छ । दिनमा तीन, चार पटक खानुहुन्छ । भोक लाग्छ, भरपेट खाइदिनुहुन्छ । हेर्दा स्वादिलो खानेकुरा भेट्नुहुन्छ, पेट चर्कनेगरी खाइदिनुहुन्छ । खानेकुरामा तपाईं पछि हट्नुहुन्न । जे पाइन्छ, खाइदिनुहुन्छ । जे आउँछ, मज्जाले पचाउँछ शैलीमा ।

यद्यपी हाम्रो शरीरले सबै कुरा पचाउन सक्दैन । यसरी अपच हुने खानेकुरा शरीरबाट बाहिर निष्कासन हुन्छ । त्यसमध्ये कति विकार भने शरीरभित्रै रहन्छ । यही विकार हो, शरीरलाई रोगी बनाउने ।

हामी शरीरका लागि आवश्यक खानेकुरा पनि सेवन गरिरहेका हुँदैनौं । कुन खानेकुरामा कुन किसिमको पोषक तत्व पाइन्छ, कसरी सेवन गर्दा ति पोषक तत्व प्राप्त हुन्छ, दिनमा कति पटक खानुपर्छ ? इत्यादि कुरामा त हामीलाई न चासो छ, न ज्ञान । अर्थात खानपानमा हामी त्यती सर्तक र सचेत छैनौं । यही कारण हाम्रो पाचन यन्त्र क्रमस शिथिल हुँदै जान्छ । कलोजो लगायतका अंगले सही ढंगले कार्यसंचालन गर्न छाड्छ ।

पाचन यन्त्र नै कमजोर भएपछि शरीरलाई आवश्यक पोषक तत्व पुग्दैन । शरीरलाई आवश्यक पोषक तत्वको अभाव भएपछि नै हो हामीलाई रोगले जित्ने । अर्थात शरीरले रोगसँग लड्ने क्षमता गुमाउँछ । यसर्थ पाचन यन्त्रलाई चुस्त, बलियो राख्नका लागि हामीले खानपानमा केही अनुशासन पालना गर्नैपर्छ ।

खानपान सम्बन्धी अनुशासनको कुरा गर्दा उपवास पनि आउँछ । सही र सन्तुलित खाना खाएर मात्र पुग्दैन, बेलाबखत पाचन यन्त्रलाई विश्राम पनि दिनुपर्छ । खाली पेट बस्नुपर्छ । यसलाई हामीले ब्रत, उपवास, फास्टिङ जे नाम दिएपनि हुन्छ ।

यो एक दिन, दुई दिन सम्मको हुन्छ, आफ्नो अवस्था हेरेर । शरीरको शुद्धिकरण गर्न विशेष किसिमको विधी अपनाउन सकिन्छ, खानपानलाई नियन्त्रण गरेर । यस्तो विधी अन्र्तगत भोकै बस्ने, फलफूल मात्र खाने, उसिनेको खानेकुरा मात्र खाने वा सुपाच्य भोजन मात्र गर्ने तौरतरिका अपनाइन्छ ।

अहिले साउन महिना पनि छ । साउनलाई हामी उपवासको महिना पनि भन्छौं । साउनको सोमबार कतिपय उपवास बस्ने गर्छन् । यसमा धार्मिक आस्था जोडिएको छ ।

धार्मिक आस्थाको हिसाबले होस् वा स्वास्थ्यप्रति सर्तक भएर, उपवास बस्नु फाइदाजनक छ । भरपेट खानुमा मात्र फाइदा छैन, भोको पेट बस्नुमा पनि फाइदा छ ।

हप्तामा एक दिन भोकै बस्नुको फाइदा

हप्तामा एक दिन भोकै बस्न सकिन्छ । यसका लागि हामीले यस्तो दिन छनौट गर्न सक्छौं, जुन दिन हामीले शारीरिक श्रम धेरै गर्नुपर्ने अवस्था हुँदैन । यसरी एक दिन खाली पेट बस्दा शरीरको आन्तरिक शुद्धिकरण हुन्छ । शरीरमा रहेको विषाक्त तत्व बाहिर निस्कन्छ । शरीर स्वस्थ्य हुन्छ ।

पेटको रोगबाट मुक्ति

हामी कुनै न कुनै किसिमको पेटको रोगबाट ग्रस्त छौं । खाना खान त लोभ गर्छौं, तर पेटले सहँदैन । पेट फुलिन्छ । अपच हुन्छ । धेरै खानेकुरा खाएमा पखला लाग्छ । खाना नखाएमा ग्याष्ट्रिकले सताउन थाल्छ ।

हप्तामा एकपटक भोकै बस्दा अपच, ग्याष्ट्रिक, कब्जियत, पखला, एसिडिटी, जलन आदिको समस्याबाट मुक्ती पाइन्छ ।

उच्च रक्तचाप र कोलेस्ट्रोलमा फाइदा

हप्तामा एक दिन भोको बस्दा कतिपय दीर्घ रोगमा पनि लाभ मिल्छ । खासगरी उच्च रक्तचाप नियन्त्रणमा सघाउ पुग्छ । यसका साथै कोलेस्ट्रोलको स्तर पनि घट्छ ।

मुटुलाई फाइदा

हप्तामा एक दिन खाली पेट बस्दा मुटुको समस्यामा पनि लाभ पुग्छ । किनभने खाली पेट बस्दा कोलेस्ट्रोलको स्तर घट्छ । कोलेस्ट्रोल नै हृदय रोगको जड हो ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

पेटको सम्बन्धी रोगहरुको उपचारका केहि घरेलु उपाय

अल्सर हुँदा दुखाई बढेर आउने, खाली पेट बस्न नसक्ने खायो कि पेट दुखिहाल्ने र कसै कसैलाई बान्ता हुने, खान मन नलाग्ने समस्या बढ्दै जाँदा दिसा कालो पनि हुनसक्छ । तर, सबैमा ग्यास्ट्रिक र अल्सरका लक्षण यस्तै नहुन पनि सक्छन् ।

यसो भनिरहँदा पेटका हरेक समस्या ग्यास्ट्रिक र अल्सरमात्र हुँदैनन् । युवा वर्गमा पेटको एक विशेष रोग वा समस्या बढ्दै गइरहेको छ । जसलाई IBS आइबियस (इरिटेबल बावल सिन्ड्रोम ) भनिन्छ ।

IBS आइबियस (इरिटेबल बावल सिन्ड्रोम)

पेटमा केही असहज महसुस भयो कि धेरै मानिस ‘ग्यास्ट्रिक भएको’ भन्दै अस्पताल, क्लिनिकमा आउने गर्छन् । हरेक पेटको रोग ग्यास्ट्रिक वा अल्सर हुँदैनन् ।

विशेष गरेर युवा वर्ग, अफिसमा काम गर्ने विद्यार्थी, पढेलेखेको वर्ग, अलि मानसिक तथा शारीरिक थकानमा काम गर्ने व्यक्तिमा यो समस्या देखापर्न थालेको छ ।

खानपिनको ख्याल नराख्ने, समयमा खान खाजा नखाने, घर बाहिर बढी खाजा खान खाने विशेष गरी यो पेटको समस्या लिएर आउनुहुन्छ । यसमा पेट फुल्ने, असजिलो र पेट दुख्ने हुन्छ। कोही कब्जियतको समस्या लिएर आउनु हुन्छ। कोही दिनमा ३, ४ पटक दिसा लाग्यो भनेर । दिसा गरेपछि हल्का आराम महसुस हुनेगर्छ ।

परीक्षण गर्दा सबै जाँच भिडियो एक्सरे, इन्डोस्कोपी, पेट को ( CT SCAN ) सी.टी स्क्यान, कोलोनोस्कोपीमा केही पनि खराबी देखिन्न ।

चिन्ता, टेन्सन, अत्तालिएको बेलामा समस्या बढेर आउँछ। केही काम गर्दा भन्दा नगर्दा यसै बस्दा बढी समस्या भएको भान हुन्छ ।

यसलाई आइबीयस (इरिटेबल बावल सिन्ड्रोम) भनिन्छ । यो समस्या थुप्रै मानिसमा देखिने गरेको छ। इरिटेबल बावल सिन्ड्रोम र ग्यास्ट्रिक दुबैमा कति पटक उस्तै लक्षण देखिन्छन् ।

धेरै पटक यी दुईबीच भिन्नता छुट्याउन गाह्रो हुन्छ । ‘ग्यास्ट्रिक’ भन्दै उपचार हुनेगर्छ। समस्याको सही पहिचान नहुँदा मानिस इरिटेबल बावल सिन्ड्रोममा पनि ग्यास्ट्रिककै औषधि खाइरहेका हुन्छन् ।

औषधि खाँदा हल्का निको भएको अनुभव पनि हुन्छ । कति बिरामी त औषधि खाँदा ठीक तर औषधि छोड्न साथ गाह्रो महसुस गर्नुहुन्छ । लामो समयदेखि ग्यास्ट्रिकको औषधि सेवन गर्दै हुनुहुन्छ र पूर्ण रूपमा समस्या निको भाको छैन वा औषधिमा बानी परेको छ भने ख्याल राख्नुस् हजुरलाई इरिटेबल बावल सिन्ड्रोम पनि हुन सक्छ ।

यसको उपचार ग्यास्ट्रिकको भन्दा केही फरक हुन्छ । विशेष गरेर युवा वर्ग, मानसिक तथा शारीरिक थकानमा काम गर्ने व्यक्तिमा यो समस्या देखा पर्न थालेको छ ।

खानपिनको ख्याल नराख्ने, समयमा खान खाजा नखाने, घर बाहिर बढी खाजा र खाना खाने ब्यक्तिहरु यो पेटको समस्या लिएर आउनुहुन्छ ।

यी पेटका समस्या IBS आइबीयस ( इरिटेबल बावल सिन्ड्रोम) किन बढ्दै छन् ?

१. चुरोट, रक्सी, खैनी, सुर्तीको प्रयोग सानै स्कूल, कलेजबाटै हुँदा ।

२. जंक फूड, चिल्लो, अमिलो, पिरो, अजिनोमोटो राखेको खाजा, चट्पट, पानीपुरी, दालमोठ, चाउचाउ, तेलमा, घिउमा फ्राइ गरेको, तारेको, पकौडा, समोसा, निम्किन, चकलेट, चना, केराउ, कोक नै स्थायी खाजाको रुपमा लिनाले ।

३. अफिसमा काम गर्ने, बाहिर काममा हिँड्नुपर्नेहरु खाली पेट बढी बस्ने, खानपिनको ख्याल नराख्ने, समयमा खान खाजा नखाने, घर बाहिर बढी खाजा खाने, खाजा राम्रो नखाने ।

४. दुई छाक टन्न खाने: यसले २४ घण्टालाई टार्न खोज्ने तर दिउँसो खाजा नखाने ।

५. दूध चिया बढी खाने, कफी खाने चलन अहिले युवा वर्गमा बढेको पाइन्छ ।

६. चकलेट, कोक, फ्यान्टाजस्ता कृतिम पेय पदार्थको बढी प्रयोग ।

७. साँझ बाहिर र चिल्लो, रातो मासु, तेलमा, घिउमा फ्राइ गरेको, तारेको माछा मासु फ्राइ गरेको बढी खाने, रक्सीको बढी प्रयोग आदि ।

८. घर बाहिर बढी खाने चलन।

यस्तो तरिकाको खानपानले पनि हाम्रो समाजमा अहिलेको अवस्थामा युवा वर्गमा पेटको समस्या बढ्दै गइरहेको छ। के खाने, के नखाने त्यो बुझ्नु आवस्यक छ। साथ साथमा निम्न कुरामा पनि ख्याल राख्नु उत्तिकै जरूरि छ।

पानी बढी पिउने, हरियो साग सब्जी, तरकारी खाने, गिलो गरेर दाल भात खाने, खाजा राम्रो खाने, ३/४ घण्टा को फरकमा केही खाइरहने।

खाली पेट बस्दै नबस्ने। तर, खान पायो भन्दैमा धेरै टन्नै पनि नखाने। कुनै पनि किसिमको मानसिक वा शारीरिक तनावबाट सकभर टाढै रहने।

हाँस्ने, बोल्ने, रमाउने। डाक्टरलाई बेला बेलामा देखाउने, आवश्यकता अनुसार औषधि बढ्ने, घट्ने पनि हुन सक्छन्।

रोगको सही पहिचान, डाक्टरको सल्लाह बमोजिम औषधी केही समय मिलाएर खानुपर्छ। यसो गर्न सके यी समस्याबाट टाढै रहन सकिन्छ ।

पेटका रोगहरुको उपचारका केहि घरेलु उपाय

१. दैनिक खानाअघि एकदाना अमला खाने, बेलको पाकेको गुदीको सर्वत सेवन गन ।

२.खानासँग सलादको रुपमा प्याज र अदुवाको टुक्रा खाने साथै पुदिनाको दशपत्र पिसेर एक चिया गिलाँस पानीमा बिहान /बेलुका सेवन गर्ने ।

३.तुलसीपत्र र अदुवाको रस बराबर मिलाएर खानाअघि सेवन गर्नाले अरुचि र ग्यास्ट्रिक आदि ठिक हुन्छ ।

४.साँझ बिहान दश ग्राम सुपको काँडा र काँचो नरिवलको रस सेवन गर्ने ।

५. सानो एकचम्चा मेथीको धुलो दुध वा दुधको तरसँग बिहान /बेलुका सेवन गर्ने ।

६. तीन चम्चा अदुवाको रसमा बराबर अदुवाको रसमा मिलाएर सेवन गर्ने ।

७. पेटमा ग्यास्ट्रिक वायु बढेमा वा आउ परेमा मेथिको चिया दिनमा दुईपटक सेवन गर्ने ।

८. पेटमा अल्सर भएमा वेसार र विरेनुन तातोपानी सँग दिनमा ३ पटक खाने ।

९. बेलुका बेसार दुधमा मिलाई पिएर सुत्ने बेलामा पिएमा ग्यास्ट्रिक ठिक हुन्छ ।

१०. अरुचि,अपचमा करेलाको अचार वा तरकारी खाने गर्नु ठिक हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।