च्याउ एक प्रकारकाे तरकारी हाे । याे एक सुक्ष्म जीवाणुले बनेकाे हुन्छ । याे माटाेमा उम्रने धागाे जस्ताे ढुसी हाे । यसलाइ अँग्रेजीमा फङ्गस भनिन्छ । यसकाे धागाे जस्ताे आकारकाे अवस्थालाइ माइसेलिएम भनिन्छ । यही धागाे जस्ताे ढुसीबाट च्याउ आकारकाे ठुलाे फ्रुटिङ बडी निस्कन्छ ।

च्याउमा पाइने पाैष्टिक तत्वहरू

च्याउकाे स्वाद अत्यन्तै स्वादिष्ट हुन्छ । च्याउमा मुख्य गरेर प्राेटिन, भिटामिन र विभिन्न खनिज पदार्थ पाइन्छ । च्याउमा हाम्राे शरीरका लागी नभइनहुने विभिन्न प्रकारकाे प्राेटिनहरू पाइन्छ । भिटामिनमा ए, बी, र सी पनि प्रशस्त मात्रामा पाइन्छन् । त्यस्तै क्याल्सियम, फाेस्फाेरस आदि खनिजपदार्थ पाइन्छन् । त्यसैले च्याउलाइ एक पाैष्टिक स्वास्थ्यवर्द्दक खानाकाे रूपमा लिने गरिन्छ ।

च्याउ कहाँ पाइन्छ ?

प्रकृतिमा अनेकाैँ जातका च्याउहरू जँगलमा त्यत्तिकै उम्रिरहेका हुन्छन् । जँगलबाट च्याउ टिपेर ल्याएर खाने र बजारबजारमा गइ बेचबिखन गर्ने गरिन्छ । आजकाल सँसारमा जँगली च्याउ भन्दा पनि कृत्रिम तरिकाले व्यावसायिक रूपमा च्याउ खेती गर्ने प्रचलन बढ्दैछ ।

विषालु च्याउ

जँगलमा उम्रने सबै च्याहरू खान उपयुक्त हुँदैन् र विषालु हुन्छन् । त्यस्ता च्याउहरूमा भएकाे विष पकाउँदा पनि नष्ट हुँदैन । जँगली च्याउहरूमा कुन च्याउ खान हुने र कुन खान नहुने सजिलै चिन्र सकिँदैन । त्यसैले जँगली च्याउ खान हुँदैन ।

विषालु च्याउ खाएपछि हुने असरहरू

-च्याउ खाएकाे करिब १० देखि २४ घण्टापछि चाैलानी पानी जस्ताे पखाला हुने, याे लक्षण २४ घण्टा वा बढी समयसम्म पनि देखापर्न सक्छ ।

-जलवियाेजन हुने,

-आघात हुने,

-कलेजाेका काेषहरूमा क्षति हुने,

-मृगाैलाकाे कार्यमा अवराेध तथा मृगाैलाका काेषहरूमा क्षति हुने,

-मृत्यु हुने ।

मृगाैलामा असर गर्ने च्याउहरू खाएकाे करिब २ देखि १० दिनभित्र निम्न असरहरू देखापर्न सक्छन्ः

-पेटमा असजिलाे हुने,

-टाउकाे दुख्ने, कमजाेर हुने, तिर्खा लाग्ने, माँसपेशीहरू दुख्ने, पेट दुख्ने र ढाड दुख्ने,

-शुरूमा धेरै पिसाब हुने, केही समयपछि पिसाबकाे मात्रा कम हुने वा पिसाब नहुने,

-मृगाैलाकाे कार्यमा अवराेध हुने ।

विषाले च्याृ खाएमा पेट बाउँडिने, बान्ता आउने, पखाला लाग्ने जस्ता लक्षणहरू देखापर्न सक्छन् । सिकिस्त अवस्थामा कलेजाे र मृगाैलाले काम नगर्ने हुन्छ । अन्त्यमा बिरामीकाे मृत्यु समेत हुन सक्छ । यस्ता घटना हाम्राे देशमा वर्षेनी भइरहेका छन् ।

विषालु च्याउ खानबाट बच्ने उत्तम उपायहरू

-हाम्राे गाउँघरका पुख्याैँली रूपमा खाँदै आएकाे मानिसहरूले खान हुने र नहुने च्याउ सजिलैसँग चिनेका हुन्छन् । याे जानकारी बाबु-बाजे, आमा-बुवाबाट उनीहरूका छाेराछाेरीहरूले सिक्दछन् ।

-च्याउ खानु, च्याउमा भएकाे विषबाट बच्ने उत्तम उपाय हाे ।

-विषालु च्याउबाट बच्ने सबैभन्दा राम्राे उपाय पहिचान नभएकाे च्याउ नखानु नै हाे ।

विषालु च्याउ खाएका बिरामीकाे उपचार

-विषालु च्याउमा हुने विष हटाउने कुनै विषनाशक अाैषधि हालसम्म नभएकाेले विषकाे असर शरीरमा फैलिन नदिनुनै उपचारकाे उत्तम उपाय हाे ।

-हाेशमा भएकाे बिरामीलाइ विषकाे मात्रा निकाल्न बान्ता गराउने, श्वासप्रश्वास गराउने जस्ता प्राथमिक उपचार गर्न सकिन्छ ।

-प्राथमिक उपचारबाट बिरामीकाे अवस्था सुधार नभएमा सकेसम्म छिटाे अस्पतालमा लैजानु पर्दछ ।

-याद राखाैँ विषकाे असर शरीरमा फैलिन नदिन बिरामीलाइ अस्पतालमा लैजानुनै उत्तम उपाय हाे ।

-शरीरबाट खेर गएकाे पानीकाे परिपुर्ति छिटाे गर्नु पर्दछ ।

विषालु च्याउ खाएर बिरामी भएका घटना

नेपालमा विषालु च्याउ सेवनबाट वर्षेनी केही मानिसहरूकाे मृत्यु समेत हुने वा केही मानिसहरू बिरामी हुने गरेकाे पाइन्छ । यसबाट बालकहरू अनाथ हुने, महिलाहरू बिधवा हुने, आर्थिक कार्यमा सँलग्न व्याक्ति गुमाउनु पर्ने जस्ता दुःखद् स्थिति आउने गरेकाे छ ।

विषालु च्याउबारे प्रचलित केही भ्रमहरू

-विषालु च्याउ चम्किला हुन्छन् ।

-विषालु च्याउले चाँदीलाइ कालाे बनाउँछ ।

-विषालु च्याउलाइ चामलसँग उमाल्दा राताे हुन्छ ।

-विषालु च्याउ पकाउँदा, अचार बनाउँदा विष हराउँछ ।

-विषालु च्याउका चेच्चा छतरी हुन्छ, खान हुने च्याउका चेप्टा हुन्छन् ।

खेती गरेर उृमारेका च्याउहरू मात्र खाने गराैँ । जङ्गली च्याउहरू राम्ररी पहिचान गरेर मात्र खाअाैँ  । अमुल्य जीवन नष्ट हुनबाट बचाैँ र बचाअाैँ ।

भिडियाे हेर्नुहाेस्ः

थप जानकारीः

विषालु च्याउ कसरी चिन्ने र विषबाट बच्न के गर्ने?

नेपालको दुर्गम तथा पहाडी क्षेत्रमा बिषालु च्याउ खाएर मर्नेको संख्या बर्षेनी बढ्दो छ। बर्षात्को समयमा हरेक बर्ष ३० देखि ४० जनाले ज्यान गुमाएको तथ्याङ्कले देखाउँछ। यो त अस्पतालमा आएकाहरुको मात्र आंकडा हो। कतिपय अवस्थामा त घर परिवार नै सखाप भएको पाइन्छ।

यो समस्या नेपालको मात्र होइन विश्वब्यापी नै छ। एक तथ्याङ्कसार अमेरिकामा पनि हरेक १ लाख जनामा पाँच जना विषालु च्याउ खाएरै अस्पतालमा भर्ना हुने गरेको पाइएको छ। यद्यपी त्यहाँ च्याउ खाएरै मुत्यु भएको तथ्याङ्क पच्चीस बर्ष यता भेटिएको छैन।

कस्ता च्याउ बिषालु हुन्छन् र कसरी चिन्ने ?

नेपालमा हजार भन्दा बढि च्याउका प्रजातीहरु पाइन्छन्। तीमध्य करिब ११० जातका च्याउ मात्र खान योग्य छन्। परम्परागत रुपमा १३ प्रजातिका च्याउ औषधि रुपमा प्रयोग गर्ने गरिएको छ भने ४५ प्रजातिका च्याउ विषाक्त भएको अनुमान छ। सामान्य देखेको भरमा मात्र च्याउ विषालु वा अविषालु भनेर छुट्याउन गाह्रो हुन्छ।

यसका लागि प्रशस्त अनुभव र बिज्ञताको खाँचो चाहिन्छ। नेपालमा खासगरि च्याउ पहाडि क्षेत्रमा पाइने र परम्परागत अनुभवका आधारमा नै यसको संकलन गर्ने गरिएको छ। कहिलेकाहिँ च्याउ आफैंमा बिषाक्त नभए पनि हामीले संकलन तथा र भण्डारण तरिकाले पनि विषाक्त बनाउँछ।

 

सामान्यतया अहिलेसम्मका अनुसन्धानका आधारमा निम्न तरकिाले विषालु प्रजातिका च्याउहरु छुट्याउन सकिन्छ।

-च्याउ भाँच्दा चोप निस्कियो भने र छुँदा त्सको रङमा परिवर्तन आएमा त्यो विषालु हो।

-बैजनी तथा गाढा रातो रङका च्याउ प्राय विषालु हुन्छन्।

-च्याउको माथि रहने छाता छाम्दा चिल्लो सतही भयो भने त्यो खानयोग्य हो तर खस्रो एबं तलमाथि उठेको देखिएमा बिषालु हो भनि अनुमान गर्न सकिन्छ।

-नमिठो गन्ध, तीतो स्वाद, धेरै झुस भएका र माटो तथा गोबर काठ दाउरमा उम्रेका च्याउ खाँदा बिचार पुर्याउनु पर्दछ।

-बिषालु च्याउको वरिपरि किराहरु नलाग्ने हुन्छ, त्यसैले यी च्याउहरु देख्दा राम्रा तथा चिटिक्क परेका आकर्षक देखिन्छन्।

-च्याउलाई कुखुराको अण्डा एबं दुधमा राख्दा केहि समय पश्चात दुध फाटेमा एबं अण्डा जमेमा पनि उक्त च्याउ विषालु हुनसक्छ।

यी च्याउ जाँच्ने सामान्य बिधी मात्र हुन्। यसैका मात्र आधारमा विषालु हो वा होइन भनि छुट्याउन गारो हुन्छ यसका लागि अनुभव र बिज्ञता नै आबश्यक छ। तर गाँउघर जहाँ च्याउ संकलन गरिदै आएको छ त्यहाँ अलिकति भएपनि सहजता होस् भनेर यहाँ प्रस्तुत गरिएको हो।

विषाक्त च्याउ खाँदा देखिने समस्या

च्याउको विषको असर च्याउको प्रकार, खाएको मात्रा, उमेर समूह, एवं संकलन गरेको स्थान आदिमा भर पर्दछ। च्याउमा धेरै प्रकारका टक्सिनहरु पाइन्छन् जस्तै अमाटोटक्सिन, ओरेलिन, सिलीकोविन आदि। अहिलेसम्म च्याउले शरीरमा पार्ने प्रभावका आधारमा १४ प्रकारको विषाक्तताको पुष्टि भएको छ।

बिषालु च्याउ खाइसकेपछि यो हाम्रो शरीरको कलेजोमा पुग्दछ र शरीरको पित्तसँग मिलेर नयाँ किसिमको तत्वको निर्माण गर्दछ, जसले बिस्तारै हाम्रो मृगौलाको काम गर्ने क्षमतामा कमी गराउँदै जान्छ। र अन्तमा कलेजो तथा मृगौला फेल हुन्छ र मानिसको मृत्यु हुन्छ। च्याउको बिषाक्तताको असर सामान्यदेखि अत्यन्त जटिलसम्म छ अर्थात् ९५ प्रतिशतसम्म घातक अवस्था पनि हुन्छ।

बालक तथा बृद्धहरुमा च्याउको बिषाक्तताको असर छिटो तथा धेरै देखिन्छ भने वयस्क ब्यक्तिमा अलि कमै हुन्छ। च्याउ खाएको ६ घण्टा देखि २४ घण्टा पछिसम्म पनि यसका असरहरु देखिन्छन्। कतिपय बिरामीले पेटको तल्लो भाग दुखेको, छटपटी भएको, आँखा वरिपरि अँध्यारो भएको महशुस गर्छन् भने कतिलाई पखाला लाग्ने र बान्ताहुने जस्ता लक्षण पनि देखिन्छन्।

च्याउको विषबाट बच्न के गर्ने ?

सकभर आफुले चिनेको र अभ्यस्त भएको च्याउ मात्र संकलन गर्ने वा बजारमा विक्रीवितरण गर्ने र खाने। संकलन गर्दा वा भण्डारण गर्दा पलास्टिकको झोला, फलाम एबं टिनको बाकसहरु प्रयोग नगर्ने वा च्याउलाई खुला राख्ने नगुम्साउने। सकभर दुई प्रजातिका फरक– फरक च्याउहरु सँगै मिसाएर नपकाउने र जुनसुकै च्याउ पनि पकाउनु भन्दा अघि १० देखि १५ मिनेट बफाएर पकाउने।उमाल्दैमा, फ्रिजिङ गर्दैमा र अन्य प्रोसेसिङ गर्दैमा च्याउको विष नाश हुँदैन, त्यसैले यो भ्रमबाट मुक्त रहने।

च्याउको विष लाग्दै गरेको अवस्था छ भने शरीररबाट यसलाई जतिसक्यो चाँडो बाहिर निकाल्न प्रयास गर्नुपर्दछ। यसका लागि बिरामी होशमै छ भने नुन पानी खाान दिएर बान्ता गराउने वा पखाला लगाउने कुनै बिधी अपनाउने। परम्परागत रुपमा प्रयोग गरिदै आएको लसुन ,दही तथा टिमुरको पनि प्रयोग गर्न सकिन्छ तर सबै भन्दा बुद्धिमानी छिटो भन्दा छिटो अस्पताल पुर्याउनु नै हो।

तसर्थ यसका लागि सरकारले पत्रपत्रिका, रेडियो तथा टेलिभिजन मार्फत जनतामा सचेतना फैलाउन जरुरी छ र बिभित्र निकायबाट च्याउको व्यावसायिक खेतिका बारेमा तालिम त दिइन्छ तर दुर्भाग्य च्याउको बिषाक्तताको बारेमा खासै बुझाउने चलन छैन। यस बारेमा सबेैले बेलैमा सोचेर च्याउ सेवनका कारण हुने मूत्यु र बिरामी दर घटाउनुपर्छ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।