प्रख्यात भनाइ नै छ, “सँसार परिवर्तन गर्नु छ भने, पहिले आफुबाट सुरू गर” । त्याे परिवर्तन, त्याे सुधारले हामीलाइ सफलता दिलाउँछ। र, आफुमा सुधार ल्याउन सक्याैँ भने, आफ्नाे जिवन राम्राे बनाउन सक्याैँ भने मात्र हामीले हाम्राे परिवार, हाम्राेृ समाजलाइ सुन्दर बनाउन सक्छाैँ ।

यसरी ल्याउन सकिन्छ आफुमा सुधार

जिवनका आफ्ना प्राथमिकताहरूलाइ छुट्याउनुहाेस् । तपाइ आफ्नाे जिवनमा के चाहनुहुन्छ, स्पष्ट भएर आफ्ना प्राथमिकताहरू तय गर्नुहाेस् । आफ्ना प्राथमिकता तथा लक्ष्यसँग सम्झाैँता नगर्नुहाेस् । भाग्यमा हाेइन कर्ममा विश्वास गर्नुहाेस् । तपाइले जे पाउनु भएकाे छ, जे पाउँदै हुनुहुन्छ र जे पाउनुहुनेछ, त्याे तपाइकाे कर्मकाे परिणाम हाे ।

सकारात्मक साेच राख्नुहाेस्, कडा मेहनत गर्नुहाेस् र आफुमाथि विश्वास राख्नुहाेस् । आफ्नाे प्रगति विवरण मुल्याङ्कन गर्ने बानी बसाल्नुहाेस् । यसाे गर्दा तपाइले आफुले समयकाे सदुपयाेग गरे/नगरेकाे, अवसरकाे सदुपयाेग गरे/नगरेकाे र अगाडी बढे/नबढेकाे थाहा पाउनुहुन्छ ।

जसले गर्दा तपाइले आफुमा सुधार ल्याउने चाहना राख्नुहुन्छ । कुरालाइ भन्दा बढी कामलाइ महत्व दिनुहाेस् । अनुत्पादनशील काममा कम समय खर्चिनुहाेस् । कसैलाइ भेट्नु छ भने, त्यही भेटकाे लागी दिनभर खर्चिनुपर्ने आवश्यकता हुदैँन । आजकल कतिपय कुरा फाेन मार्फत तथा इन्टरनेट मार्फत पनि हुन सक्छन् ।

भेट्नै पर्ने स्थितिमा आफ्नाे समयलाइ ख्याल राख्नुहाेस् । आफुलाइ अरूसँग नदाज्नुहाेस् । तपाइ जस्ताे हुनुहुन्छ, विशेष हुनुहुन्छ । आफुलाइ अरूसँग दाजेर घमण्डी बन्रे या निराश हुने आवश्यकता नै छैन । मात्र आफ्ना बलिया र कमजाेर पक्ष पत्ता लगाउनुहाेस् । ति कमजाेर पक्षलाइ कसरी सुधार्ने भन्रेतर्फ ध्यान दिनुहाेस् ।

आफ्नाे काम सकेसम्म आफै गर्ने गर्नुहाेस् । यसाे गर्दा तपाइमा जिम्मेवारी बाेध आउँछ, आत्मनिर्भर बन्नुहुन्छ र कामकाे अनुभव समेत हुन्छ । यसले तपाइलाइ अफ्ठ्यारा परिस्थितिसँग लड्न समेत सिकाउँछ । अरूलाइ सहयाेग गर्ने बानीकाे विकास गर्नुहाेस् । धन्यवाद, माफी जस्ता शब्दले आफु सानाे भइदैन, आफ्नाे व्याक्तित्व उजागर हुन्छ भन्रे मानशिकता बनाउनुहाेस् ।

किताब पढ्ने बानी बसाल्नुहाेस् । किताबमा पढेका कुरालाइ आफुले विश्लेषण समेत गर्नुहाेस्, जसले गर्दा तपाइकाे साेच्न सक्ने क्षमतामा वृद्दि हुन्छ । त्यस्तै, आफ्नाे मनमा लागेका कुराहरू लेख्ने बानी गर्नुहाेस् । आफ्नाे व्याक्तित्व विकासमा ध्यान दिनुहाेस् । स्वास्थ्य खाना, शारिरीक अभ्यास, दिनकाे समय तालिका आदिलाइ महत्व दिनुहाेस् ।

नकारात्मक साेच राख्ने, यत्तिकै समय खेर फाल्ने, अरूकाे कुरा काट्ने जस्ता व्याक्तिबाट टाढा रहनुहाेस् । आफ्नाे कामकाे क्षेत्रका मानिसहरूसँग सम्बन्ध बढाउनुहाेस् ।

भिडियाे हेर्नुहाेस्ः

थप जानकारीः

असल अभिभावक कसरी बन्ने ?

कुनै पनि बालबालिका ठूलो मान्छे बन्न घरबाट सकारात्मक सहयोग र शिक्षा हुनुपर्दछ भन्ने उदाहरण हो यो । आजका अभिभावकले हाम्रा बालबालिकाको बारेमा विद्यालयबाट यस्तो पत्र आएमा यति सकारात्मक भएर आफ्ना छोराछोरीमाथि साहस भर्न सक्छौं कि सक्दैनौं ?

मनोविज्ञान बुझ्ने

हरेक बालबालिकाको मनोविज्ञान र क्षमता अनि रुचि फरक-फरक स्तरको हुन्छ । सबै अभिभावक र विद्यालयको चाहना उस्तै हुन्छ । सबैले बराबर अंक प्राप्त गरून्, जुन असम्भव प्रायः हुन्छ । अर्कोतिर कक्षा १० मा पुगेका बालबालिकाको उमेरका कारण, शरीरमा हुने वृद्धि विकास, हर्मोनको कारण एवं मनोविज्ञान विल्कुल फरक तरिकाको हुन्छ । यो उमेरमा हुने शारीरिक र मानसिक परिवर्तनले उनीहरूको ध्यान अध्ययनमा मात्र नजाने, मनमा अनेक सोचाइ आउने हुन सक्छ ।

उनीहरूको सोचाइ बुझेर अभिभावक र विद्यालयले व्यवहार गर्न जानेन भने नकारात्मक र दुःखद स्थिति भोग्नुपर्ने बेला पनि यही हो । एकातिर अभिभावकको सपना र विद्यालयको चाहना अनि अर्कोतिर यो उमेरका बालबालिकाको मनोभावना सबैको सामन्जस्य भएन भने परिणाम सुखद नभएर दुःखद हुन सक्छ । त्यसैले यसमा अभिभावक, विद्यालयको वातावरण, शिक्षकको भूमिका अनि स्वयं बालबालिकाको पढाइप्रतिको सकारात्मक सोचाइ र आफ्नो तर्फबाट सक्दो प्रयास महत्त्वपूर्ण हुन आउँछ ।

महँगो विद्यालयमा धेरै शुल्क तिरेर पढाउने अभिभावकलाई सबै जिम्मेवारी विद्यालयको हुन्छ भन्ने धारणा पनि भेटिन्छ । कति अभिभावकलाई जसरी हुन्छ कक्षा १० मा पेलान दिएर एसएलसीमा उत्कृष्ट अंक ल्याउनुपर्छ भन्ने मान्यताले थिचेको छ । किनकि भोलि छोराछोरी डाक्टर, इन्जिनियर केके बनाउने हो, तीन घन्टाको एसएलसी नतिजाले निर्धारण गर्दछ ।

घरको वातावारण शान्त र सहज बनाउने

छोराछोरी असल बनून्, ठूला मानिस बनून् भन्ने अभिभावकको चाहना नराम्रो पटक्कै होइन । सरसर्ति हेर्दा हामीले तर त्यसको लागि अभिभावकको भूमिका के हुनुपर्दछ, त्यो महत्त्वपूर्ण पक्ष हो । घरको वातावरण शान्त, प्रेमपूर्ण, सहज हुनुपर्दछ ताकि परिवारका सदस्यबीच जुनसुकै कुरा अभिव्यक्त गर्न सकिने वातावारण होस् एकअर्कामा ।

घरमा परिवारबीच, आमा-बाबाबीच मनमुटाव भइराख्छ भने छोराछोरीले पढाइमा ध्यान दिन सक्दैनन् । आमाबाबाबीचको टकराव, मनमुटाव र झगडाले उनीहरूलाई असर गरिरहेको हुन्छ । छोराछोरीप्रति जुन अपेक्षा राखिएको छ, त्यो पूरा भएको देख्न, उनीहरूका सबै कुरा बुझेर आफ्नो व्यवहार सकारात्मक बनाउनुपर्दछ अभिभावकले ।

वातावरण र परिस्थिति सहज बनाउँदै वर्तमानमै सुखी र खुसी पारिवारिक जीवन बिताउन चाहेका छौं कि अहिले तनाव लिएर भविष्य खुसी बनाउने निर्णय गरेका छौं, त्यता ध्यान पुर्‌याउन नसकेको हो कि ? वर्तमान समेट्न नसक्दा भविष्यका सपनाले दिएका कष्टकर अनुभूति समाजमा नसुनिने होइनन् र पनि सन्तुलनको जीवन, सन्तुलनको पारिवारिक भूमिका र छोराछोरीप्रतिको सपना र अपेक्षा सन्तुलित नभएर पछुताउने अभिभावकको कमी पनि छैन यहाँ ।

छोराछोरीको इच्छा र क्षमताअनुसार आफ्नो करियर निर्धारण गरून् भन्ने अभिभावकभन्दा आफूले पूरा गर्न नसकेका सपना छोराछोरीले पूरा गरिदिऊन् भन्ने चाहना रहेको धेरै अभिभावकबाट सुन्न पाइन्छ । आफ्ना सपना र अपेक्षाअनुसार छोराछोरी बनून् भन्नको लागि घरबाटै शिक्षा, संस्कार र व्यवहार सिकाइएको छ कि छैन त्यो महत्त्वपूर्ण पक्ष हो ।

आवश्यक निगरानी राख्ने

हामी वास्तविक चासो मात्र राख्छौं छोराछोरीप्रति कि अनावश्यक दबाब दिने काम गर्दछौं ? नियमित रूपमा छोराछोरीलाई पनि समय दिने र विद्यालयसँग छोराछोरीको विषयमा बुझ्ने र कमजोरी पक्ष सुधार्ने काम गरेका छौं कि नतिजा अपेक्षाअनुसार नआउँदा मात्र विद्यालयलाई दोष दिने र छोराछोरीलाई हप्काउने गरेका छौं ? किनकि कक्षा १० मा पुगेका छोराछोरीलाई अभिभावकको प्रशस्त समय र निगरानी आवश्यक पर्दछ अनि उनीहरूलाई हौसला पनि त्यत्तिकै जरुरी हुन्छ ।

हामी छोराछोरीको सिर्जनात्मक क्षमताको पनि तारिफ गर्दछौं कि नतिजा र प्रतिशत धेरै खोज्छौं ? हामी नतिजालाई मात्र ध्यान दिने कि छोराछोरीको साथीसंगत र विद्यालयले दिइने शैक्षिक वातावरण पनि कस्तो छ भनेर बेलैमा ध्यान दिने गर्दछौं ? आफ्ना छोराछोरीले राम्रो अंक ल्याउँदा विद्यालय राम्रो भन्ने र आफ्ना छोराछोरीले राम्रो अंक ल्याउन नसक्दा विद्यालयलाई दोष दिने गरेका त छैनौं ? आफ्ना छोराछोरीको मनोविज्ञान नबुझी अरूका छोराछोरी र उनीहरूका साथीसँग तुलना गर्ने र नजानिँदो तरिकाले आफ्नै छोराछोरी हेप्ने काम त गरेका छैनौं ? किताबी शिक्षा मात्र शिक्षा होइन, नैतिक शिक्षामा हामीले ख्याल गरेका छौं कि छैनौं ?

आफ्ना छोराछोरीमा आत्मबलको कमी छ कि साहसी छन् ? अनुशासनको कमी छ कि ? खराब बानीहरूको विकास पो भएको छ कि ? झूटो बोल्ने बानीको विकास भएको छ कि ? अध्ययनमा रुचि घटेको छ भने के कारणले ? यस्ता कुरामा अभिभावकले बेलैमा होस पुर्‌याउनुपर्ने हुन्छ ।

मित्रवत् व्यवहार गर्ने

छोराछोरीसँग साथीजस्तो मित्रवत् व्यवहार गर्ने । प्रेमपूर्ण व्यवहार गर्ने किनकि प्रेमले नै संसार जित्छ । उनीहरूका कुरा सुन्ने र उनीहरूका भावना बुझ्ने अभिभावकको प्रमुख काम हो । जसले गर्दा बेलैमा आफ्ना छोराछोरीको अवस्था, रुचि, क्षमता र बानीबारे जान्न सकिन्छ । उनीहरूलाई समय नदिने, भावना नबुझ्ने अनि गल्ती गरिसकेपछि पिट्ने, हप्काउने र सजाय दिने असल अभिभावकको गुण होइन ।

कक्षा १० मा पुगेका छोराछोरीको उमेर भनेको सुन्दर देखिन खोज्ने, स्मार्ट बन्न खोज्ने उमेर हो । यसलाई अभिभावकले बुझेर हौसला र आवश्यक सल्लाह दिनुपर्दछ । परीक्षा र नतिजामा मात्र ध्यान दिने होइन, उनीहरूका इच्छा र स्वतन्त्रतालाई पनि ध्यान दिनु असल अभिभावकको गुण हो ।

छोराछोरीलाई समय दिने

आजभोलिका अभिभावक सबै नै व्यस्त छन् र पनि प्रत्येक दिन १०-१५ मिनेट समय छुट्ट्याएर छोराछोरीसँग विद्यालयको बारेमा बुझ्ने, साथीहरूका बारेमा बुझ्ने र गृहकार्य केकति छ आफूले सहयोग गर्न सकिन्छ कि सोध्ने गर्नुपर्दछ । जहिले पनि आफू व्यस्त भएकाले बताउने र समय नदिने अनि छोराछोरीलाई आफैं मेहनत गर भनेर अराउने, केकति पढ्यौ, कति समय पढाइमा दियौ, टीभी हेर्‌यो कि हेरेन, कम्प्युटरमा धेरै बस्यो कि फेसबुक चलायो कि जस्ता प्रश्न बर्साएको कुनै पनि केटाकेटीलाई मन पर्दैन ।

ती सबै कुरा कम गरेर पढाइमा बढी समय दिऊन् जस्तो लाग्छ भने आफूले समय दिएर सकारात्मक तरिकाले दिनभर उनीहरूका क्रियाकलापबारे बुझेर आवश्यक सुधार गर्न सकिन्छ । विद्यालयले आयोजना गरेका कार्यक्रममा उपस्थित हुने, आफ्ना छोराछोरीलाई पढाइमा मात्र होइन, अतिरिक्त क्रियाकलापमा पनि भाग लिन हौसला प्रदान गर्ने गर्नुपर्दछ ।

१० कक्षामा पुगेका छोराछोरी रिसाए भने त्यो बेला तत्काल प्रतिक्रिया नदिने र उनीहरूलाई शान्त हुने मौका दिनुपर्दछ । राम्रा-राम्रा शिक्षावद्र्धक पुस्तकहरू किनेर पढ्न दिने । उनीहरूको सन्तुलित खानपान र सरसफाइ अनि साथीसंगतको बारेमा ध्यान दिने गरियो भने छोराछोरी खराब मार्गमा जानै सक्दैनन् । छोराछोरीको मात्र होइन, अभिभावकको मनोविज्ञान पनि सकारात्मक हुनु जरुरी छ ।

आहार, आचार र विचारमा ध्यान दिने

हाम्रो स्वभाव कस्तो छ, हामी कस्तो व्यवहार गर्छौं भन्ने कुरा हाम्रो आहार, आचार र विचारले निर्धारण गर्दछ । हामीजस्तो खाना (आहार) लिन्छौं, त्यस्तै रगत बन्छ र त्यस्तै विचार उत्पन्न हुन्छ, तिनै विचारको परिणाम हाम्रो स्वभाव बन्छ । हामीले नचाहँदा-नचाहँदै पनि छोराछोरीप्रति दुःख पुर्‌याइरहेका हुन्छौं, नजानिँदो तरिकाले उनीहरूको मनोविज्ञानमा असर पुर्‌याइरहेका हुन्छौं भने त्यसमा हाम्रो आहार, आचार र विचारले पारेको असर हो भनेर बुझ्नु जरुरी छ ।

विचारले स्वभाव निर्धारण गर्दछ र त्यसैअनुसारको व्यवहार अभिभावकले छोराछोरीसँग र छोराछोरीले अभिभावकसँग प्रस्तुत गर्छन् ।त्यस्तै साथीहरूसँग रिसाउने, झर्कने, कसैले भनेको कुरा स्वीकार गर्न नसक्ने, शिक्षकसँग मुखमुखै लाग्ने, तुरुन्तै जवाफ फर्काउने स्वभाव पनि विचारका परिणाम हुन् । छोराछोरीले पहिलो संस्कार अभिभावकबाटै सिकेका हुन्छन् ।

त्यसैले उचित खानपान, योग, ध्यान, अनुशासन छोराछोरी र अभिभावक दुवैमा जरुरी छ । उनीहरूको लवाइ, खुवाइ, बोल्ने भाषा, चालचलन र अनुशासन घरको व्यवहारले प्रभाव पर्ने हुँदा घरबाट यी कुरा ख्याल गरिनुपर्दछ । सकारात्मक सोच, शारीरिक व्यायाम, योग, ध्यान र सन्तुलित भोजनले मन प्रफुल्ल हुन्छ, शान्त हुन्छ र शान्त मनले पढाइलाई सहयोग गर्दछ । त्यसैले यी कुरामा अभिभावकले ध्यान दिनैपर्दछ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।