हामी सबै जीवनमा केहि बन्न केहि प्राप्त गर्न चाहान्छौ । जीवनमा सफल हुन चाहान्छौ तर धेरै मानिसमा एउटा नराम्रो बानि हुन्छ । धेरै मान्छेहरु हुन्छन जस्ले अरु अगि नबढोस भन्ने चाहान्छन अरुको रिस गर्छन अहंकार गर्छन । अरुको प्रगतिमा रिस गर्छन आफुले आफुमा अहंकार गर्छन । जब हामी रिसाउछौ , अहंकार गर्छौ हामी बिर्सिनछौ हामीलाई के भएको थियो , हामीलाई कुन पिडा थियो । यदि हामीले त्यती बेला कुनै गल्ति गर्यौ भने पनि अहंकारको कारण यति अन्धो हुन्छौ कि आफ्नो गल्ति समेत सुहिकार गर्दैनौ अनि पछि हामीलाई आफुमाथि पछुतो लाग्छ ।

अहंकारके के हो ? यसलाई कसरि त्याग्ने अनि जीवनमा अगि बढ्ने :

कस्तो बिचित्रको हुन्छ है यो अहंकार जब यसले शिर उठाउछ तब मान्छेले भुल्छ उसलाई कुन पिडा थियो उसलाई के भएको थियो । केवल याद रहन्छ त यो कि कसले के पायो ? को कति आगी बढ्यो ? जबकि साँचो कुरा त यो हो कि इर्ष्य, असत्य, रिस, क्रोध, लोभ, मोह जस्तो मानसिक बिचारले गर्सत हुनुनै रोग हो अहंकार हो । असलमै मान्छेको यो शत्रु इर्ष्य, असत्य, रिस, क्रोध, लोभ, मोह बाहिरबाट होइन उसको आफ्नो अहंकार देखी जन्मन्छ असलमै मान्छेको यो शत्रु बाहिरबाट होइन उसको अहंकार देखी जन्मन्छ ।

हामीले यो कुरा आफुलाई सम्झाउनु पर्छ अरे के फरक पर्छ यदि हाम्रो साथी हामीभन्दा चार कदम अगाडी बढ्छ हामी किन अहंकार गर्नु । आफ्नो यो मानसिक बिराम यो रोगलाई चिनुहोस । यो देखि सचेत रहनुस् । यसलाई आफुबाट टाढा राखने प्रयास गर्नुस तब मात्र तपाई जस्तो सुकै कठिन परिस्थिति संग जस्तो सुकै आपत् संग लड्न सक्नु हुन्छ । अहंकार केवल भ्रम हो । यदि हामीले यसलाई नियन्त्रण गर्न सकेनौ भने भविष्यमा ठुलो आपत् झेल्नु पर्ने हुन्छ । बिपतीको सामना गर्नु पर्ने हुन्छ ।

त्यसैले समय हुदानै आफ्नो अहंकारलाई त्याग्नुस् यसलाई सके सम्म आफुबाट टाढा राख्नुस् । हामी सबै जन्मेका छौ एक दिन हामी मरेर जानु छ यो जीवनको एक मात्र सत्य हो । तब किन ? किन अहंकारमा बच्नु अरुको किन रिस गर्नु ।

कसैले क्या खुब भनेका छन् :

जित कसको लागि हार कसको लागि
जीवन भर यो झगडा कसको लागि
जो आएको छ उ मर्छ एकदिन फेरी यो
अहंकार कसको लागि

हामीले केहि सम्बन्धि थप जानकारी दिइएका छाै

हामीले जीवनमा स्विकार्नै पर्ने सत्यहरू यस्ता छन्, जान्रुहाेस्

जीवनमा हामी सिधा हिड्न चाहान्छाैँ, तराइकाे चाैडा र पक्की बाटाेमा सरर गाडीमा गुडे जस्लै । तर, जीवनकाे बाटाेमा अकल्पनीय घुम्ती आउँछन्, उकालाे आरालाे आउँछ र कहिलेकाहीँ पहाडकाे बाटाे पहिराेले लगेर बाटाे थुनिए जस्तै, हाम्राे जीवनकाे बाटाे पनि थुनीयाे जस्ते लाग्छ । तर, जीवनका यी केही सत्यहरूलाइ बुझ्दै जाने हाे भने, याे सबै स्वभाविक लाग्छ र बाटाेकाे निकाशा खाेज्न थालिन्छ।

जीवनमा स्विकार्नु पर्ने सत्यहरू

तिम्राे आजकाे समय भाेली फर्केर आउदैन । र, मृत्यु शास्वत सत्य हाे, तिमी कतिबेला यस सँसारबाट बिदा हुनुपर्ने हाे, त्याे पनि थाहाँ छैन । त्यसैले, जे गर्नुछ, आजै गर । जे सुरू गर्नु छ, अहिले नै गर । सबैलाइ सम्मानजनक व्यवहार गर ।

अफ्ठ्याराेमा बेवास्ता गर्नेहरू धेरै हुन्छन् भने प्रगतिमा खुट्टा तान्नेहरू धेरै हुन्छन् । त्यसैले जस्ताेसुकै परिस्थितिमा पनि एक्लै उभिन सिक ।

सफलता र असफलता, सुःख र दुःख, स्थायी रूपमा रहदैनन् । जीवकाे जुनसुकै माेडमा पनि आफुलाइ सम्हाल्न र सुःखमा नमात्तिन र दुःखमा नआत्तिन सिक ।

तिमीले सबैलाइ खुसी बनाउन सक्दैनाैँ । तिमीले जतिनै राम्राे काम गर वा राम्राे व्यवहार गर, तिमीले आलाेचना खेप्नु नै पर्छ त्यसैले सबैभन्दा पहिले आफु खुशी हुने काम गर अनि त्याे खुसिमा खुसि हुनेहरूलाइ समेट्ने प्रयास गर ।

खुशी भनेकाे साना-साना कुराहरूमा हुन्छ । जीवनका प्रत्येक क्षण अमुल्य हुन्छन् । साना-साना कुराहरूमा अड्किएकाे खुशीलाइ बुझ।

तिमीले मेहनत र नियममा रहेर काम गरेता पनि सबै काम सफल नहुन सक्छन् । ति कामहरूले पढाउने पाठलाइ सिक, आफ्ना पाइला नराेक किनकी सबै काम असफल हुदैनन् ।

तिमीले भाेगी रहेका समस्याहरू अरूले पनि भाेगेका छन् । सबै आ-आफ्नै चुनाैतीसँग लड्न व्यस्त छन् । आफुलाइ दुखी र अरूलाइ खुसी देख्न छाेड । मुस्कुराउन सिक ।

सबै कुरा तिमीले साेचे जस्ताे कहिल्यै हुदैन । जे पाउँछाैँ, त्यसलाइ राम्राे बनाउने प्रयास गर ।

सत्य तितो हुन्छ, नपचे पनि नोक्सान गर्दैन

यस धर्तीका सबै चिजहरू गतिशील र नासवान छन् । वेला वेला अपसमा टकराउछन् र आफ्नो मति अनुसारको परिणति भोग्छन् । समय वलवान छ । सबै कुराको फैसला समयले नै गर्ने छ । कतिपयले आफूलाई समय भन्दा वलवान र चतुर भएको देखाउने कष्ट गर्छन्। त्यसैबाट विकृतिको पहाड निर्माण हुन्छ । अनि हामी भुल्न थाल्छौ भौतिक शरीर नासवान छ र यो कुनै पनि बेला नाश हुन्छ ।

मृतु सत्य कुरा हो, यसलाई अनिश्चित काल सम्म बचाई राख्न सम्भव छैन । शास्त्रहरूले भन्छन् आत्मा अजर अमर हुन्छ । किनकि यो नासवान छैन । यो पुनरजन्म चक्र लीलामा समाहित हुँदै जान्छ ।आत्माहरू धेरै प्रकारका हुन्छन् । कुल अर्थात् धर्मको अनुसरण गर्ने आत्मा शरीरमा छ भने मानिसले साँचो वा झुटो के हो भनेर छुट्याउछ । समाजलाई बताउँछ । सत्मार्गमा हिँड्न प्रयास गर्छ ।

यो समूहमा चार प्रकारका आत्माहरू रहन्छन् । जसले समाजलाई राम्रो बाटोमा डो¥याउन कोसिस गर्छन् ।अर्को प्रकारको आत्माहुन्छ प्रेतात्मा । यस प्रकारको आत्माभएका मानिसहरू अरूलाई परेसानी गर्ने । झुटोको सहारा लिने, अरूलाई दुख दिएर फाइदा लिने, असत्यलाई सत्य बनाउन खोज्ने, गलत कर्मलाई सही ठान्ने । यो समूहमा पनि चार प्रकारको आत्मा रहेका हुन्छन् ।

यसले समाजमा विखण्डन निम्त्याउने, द्वन्द चर्काउने र मतिभ्रष्ट गराउने काम गरिरहेको हुन्छ । पृथ्वी लोकको स्वर्ग मानिने अमेरिकामा आएर पनि हामी प्रेतात्माको बाटोमा हिँड्न खोज्दै छौ । र कुनै न कुनै बहानामा परेसान आत्माहरूको वदमासीलाई चोख्याउन प्रयास गरिरहेका छौँ ।नराम्रो अर्थात् नरक तर्फ धकेल्ने आत्मालाई बढुवा गर्ने हाम्रो मति नै हो समाजलाई दुर्गन्दित र तहस नहस बनाउने ।

हामी जानी नजानी प्रेतात्माहरुलाई मलजल गर्दैर्छौ । थप प्रेतात्माहरु जन्माउन खोज्दै छौँ । पुनरजन्ममा विश्वास गर्नेहरु प्रेतात्माले कहिले पनि मुक्ति पाउन नसक्ने विश्वास गर्छन् । अपराधको भारीले यसै जुनीमा पनि उसको शरीर किचिन्छ । रोग–ब्याधि, दुख–पिडा र सकस भोग्दै मृत्यु वरण गर्छ । मरेपछिपनि आत्माले मुक्ति पाउँदैन ।सबैलाई थाहा छ आत्मालाई हाम्रा खुला आँखाले देख्न सकिन्न ।

त्यसैले खराब आत्माहरूको आयतन मापन गर्ने कुनै भौतिक सामग्री बन्नै सक्दैन । खराब आत्मा आयतन मापन गर्न सक्ने हो भने यसको खराब परिणाम आउन नै नदिने भौतिक उपाएको पनि खोजी गर्न सकिने थियो । तर भौतिक विज्ञानको उच्चतम विकास र वैज्ञानिकहरूको खोज अनुसन्धानले औँल्याएका सम्भाव्य आयाम भन्दा पनि यो धेरै परको कुरा भएकाले यसलाई भौतिक दुनियाँमा देखाउन सहज छैन ।

तर वैज्ञानिकहरू आत्माको खोजीमा जुटेका जुटै छन् ।मानिस जन्मन्छ । बुढो हुन्छ र मृत्यु हुन्छ । यो सबै देखिन्छ तर आत्मालाई महसुस गर्न सक्ने मात्र हो । आत्माले हाम्रो भौतिक सारिरमा परिवर्तन गराउँदै अन्ततः आफू बुढो नभई वाहिरन्छ । आधुनिक जमानामा यो कुरामा विश्वास गर्नेले अपाराध गर्न डराउछ । तर धेरैले यी कुरामा खासै विश्वास गर्दैनन् ।

त्यसैले त अपराध गर्न उद्धत भइरहेका हुन्छन् ।सामान्य उदाहरण मात्र दिन सकिन्छ । हामी कपडा पुरानो भएपछि परिवर्तन गरी नयाँ कपडा लगाउँछौ । त्यसै गरी आत्माले पनि प्राणीको भौतिक शारीर निश्चित समय पछि त्याग गर्दछ । र नयाँ जन्म लिँदै गरेको प्राणीमा प्रवेश गर्न पुग्छ । यो शाश्वत सत्यलाई हामीसबैले स्वीकार गर्न नसके पनि सत्य यही हो ।

जसरी एउटा बालकलाई आमाले यो तेरो बाबु हो भनेर चिनाउछिन र बालकले स्वीकार गर्दछ । त्यसै गरी यसको सत्यतालाई हाम्रा शास्त्रहरूले बताए अनुसार हामीले स्वीकार गर्नु पर्दछ । किनकि यो भन्दा माथि यसलाई प्रमाणित गर्ने कुनै आधिकारिक माध्यम छैन । त्यस्तै आत्माको उपस्थितिलाई बुझ्न माहापुरुसहरुसंगको सङ्गत र विभिन्न धर्मग्रन्थ पढ्नु बाहेक अर्को कुनै स्रोत छैन ।

कोही मानिस मर्दा वा हाम्रा आफन्तहरूले देह त्याग गर्दा हामीलाई निकै दुख लाग्छ । तर उ मरेको होइन उसको भौतिक शरीरलाई केवल आत्माले छोडेर अर्को जीवमा प्रवेश गरेको हो । यो पृथ्वी लोकमा प्रत्येक मिनेट १ सय ५ मानिसको भौतिक शरीर आत्माले त्याग गरिरहेको हुन्छ र एक मिनेटमा नै २ सय ५० नयाँ मानव जन्ममा आत्मा प्रवेश गरिसकेको हुन्छ ।

संसारमा अहिले दुई प्रकारका मानिसहरू छन् । अध्यात्मबादी र भौतिकबादी । भौतिकबादीहरुलाई अध्यात्मिकबादीहरु नास्तिक पनि भन्दछन् । यदि यी दुवै वादीहरूका कुरा मान्ने हो भने पनि हामी मानिसको मृत्युमा सोख गर्नु पर्ने कुनै कारण देख्दिन । किनकि भौतिक संसारमा मानिसहरूले बनाएका ठुला ठुला भौतिक संरचनाहरू केही समयको लागि अस्तित्वमा रहन्छन र केही समयपछि त्यसलाई ढलाइन्छ र त्यो प्रकृति मै लिन हुन्छ त्यस्तै मानिसको शारीरलाई पनि भौतिक मान्नु पर्छ जो कुनै निश्चित समयावधि सम्मको लागि मात्र काम लाग्ने हुन्छ ।

अध्यात्मलाई मान्ने हो भने जीवहरूको चोला मानिसले लगाउने कपडासँग तुलना गरिन्छ जसलाई मानिसले निश्चित समयमा परिवर्तन गर्दछन् । त्यसैले हामीले आत्माको अस्तित्वलाई स्वीकार गर्रौ वा नगरौँ दुवै परिस्थिमा भौतिक जीवनलिला समाप्त हुँदा शोक गर्नु पर्ने कारण छैन । तर जिबात्मा अजर अमर छन् ।

त्यसैले अर्को जीवमा गएर पुन जन्म लिन्छ । जसलाई हामी पुनरजन्म पनि भन्ने गर्दछौ । अन्ततः प्राणीको शरीर नाशवान छ तर आत्मा अबिनासी छ । राम्रो कर्म गर्ने मानिसको आत्मा सधैँ राम्रै गर्ने जीवहरूमा सर्दै जाने छ । प्रेतात्मा वा परेसान आत्माहरू पुनरजन्ममा पनि नराम्रो ठाउँमा नै प्रवेश गर्न पुग्नेछन् । यो जन्ममा राम्रो कर्म गर्न प्रयास गरौँ । मरेपछि आत्माले शान्ति पाउँछ ।

नोट: माथि उल्लेखित जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।