सफलता या असफलता भन्रे परिणाम आएपछी मात्र हामीले आफुलाइ मुल्याङ्कन गर्ने गर्छाैँ । त्याेे नतिजालाइ मुल्याङ्कन गर्दा हामीले अहिलेकाे वर्तमान परिस्थिति र परिणामलाइ हेर्छाैँ । तर, वास्तवमा त्याे नतिजा हाम्रा वर्षाैँ देखिका बानीहरूकाे नतिजा हाे ।

आफ्ना नराम्राे बानीहरू कसरी हटाउने ?

सबैभन्दा पहिले त आफ्ना बानीहरूकाे बारेमा विचार गर्नुहाेस् । कुन बानीले तपाइकाे काममा, याेजनामा, लक्ष्यमा, स्वास्थ्यमा, जिवनमा असर गरिरहेकाे छ भन्रे कुराहरू पहिल्याउनुहाेस् । हामीले कहिलेकाही आफुले साेचे अनुसार काम भएन या यत्तिकै स्वास्थ्य बिग्रियाे भन्रे गर्छाैँ ।

तर त्याे दिनसम्म आइपुग्नकाे लागी हाम्रा बानीहरूले भुमिका खेलेकाे हुन्छन् र हामी ति बानीले गरिरहेकाे असर बारे अनभिज्ञ हुन्छाैँ । त्यसैले पहिले आफुलाइ सुधार गर्नुपर्ने या हटाउनुपर्ने बानी कुन कुन भन्रे स्पष्ट रूपमा थाहाँ पाअाैँ । हाम्रा नराम्रा बानीहरू नै हाम्राे सपनाका मुख्य बाधकहरू हुन् ।

त्यसैले जब दिमाग ति नराम्रा बानी तर्फ आकर्षित हुन्छ, त्यतिबेला हामीले उसलाइ लक्ष्य सम्झाउनुपर्छ । यसकाे लागी विभिन्न तरिका अपनाउन सकिन्छ । जस्तै, हरेक दिन राती आफ्नाे डायरीमा आफ्नाे लक्ष्य, आफुले दिनभरीमा गरेका काम, अब गर्नुपर्ने काम र भाेलीकाे समय तालिका लेख्न सकिन्छ ।

आफुलाइ सबैभन्दा बढि प्रेरित गरेकाे भनाइ भित्तामा या आफुले सधै देख्ने ठाउँमा टाँस्न सकिन्छ । काम गर्दै गर्दा, एक्ससाइज गर्दै गर्दा आफुलाइ मन पर्ने कुनै मन्त्र या प्रेरक मतव्य सुन्न सकिन्छ । हरेक दिन आफुलाइ एनामा हेरेर ‘म काे हुँ ? मैले के गरिरहेकाे छु ?’ भन्रे आफैमा प्रश्न गर्नुपर्छ ।

बानी एकै पटक हटाउँछु भनेर सकिँदैन । नराम्राे बानीकाे ठाउँमा राम्राे बानी अपनाउन पनि त्याे राम्राे बानी अलि अलि गर्दै गएर त्यसलाइ विकसित गराउनुपर्छ । एकैपटक मैले याे बानी हटाउँछु भन्रे हाे भने मानसिक दबाब बढ्छ, फ्रस्टेसन हुन्छ र एक/दुइ दिनमै फेरि पुरानै अवस्थामा आइन्छ ।

बिहान आठ बजे उठ्ने बानी हटाउनु छ भने एकै पटक पाँच बजे उठ्ने बसाल्छु भनेर हुँदैन । सुरूमा सात बजे, सात बजेकाे बानी परेपछी छ बजे र छ बजेकाे बानी परेपछी पाँच बजे उठ्ने बानी बसाल्न सकिन्छ । नराम्राे बानी हटाएर राम्राे बानी अपनाउनुकाे फाइदा के ? हरेक दिन एउटा याेजना बनाउनुपर्छ ।

जस्तै कि, ढिलाे उठ्ने बानी छ तर छिटाे उठ्ने बानीकाे विकास गर्नुपर्ने छ । छिटाे उठ्दा आफुलाइ सबैभन्दा फाइदा के कुरामा हुन्छ ? समय अभावका कारण आफुले गर्न नपाएकाे काम कुन छ ? त्याे काम गर्न सकिन्छ । जसले गर्दा त्याे छिटाे उठ्नुकाे पुरस्कार जस्ताे बन्छ र अर्काे दिन फेरी छिटाे उठ्न प्रेरित गर्छ । हाम्राे बानीहरू हाम्राे वातावरणका कारण प्रभावित हुन्छन् । त्यसैले नराम्राे बानी हटाउनकाे लागी आफ्नाे वातावरणमा परिवर्तन ल्याउनुपर्छ ।

जस्तै, चुराेट पिउने बानी हटाउनु छ भने चुराेट पिउने साथीहरूसँग केही दिन टाढा रहने, चुराेट घरमा नराख्ने र बिहान ढिलाे उठ्ने बानी छ भने बिहानकाे आलारम लाग्ने घडी या माेवाइल आफुसँग नजिक नराख्ने, घन्टी सेट गरेर टाढा राख्रे । जस्ले गर्दा त्याे घन्टी बन्द गर्न पनि उठ्न पराेस् । त्यस्तै, सकारात्मक साेच भएका र जिवनमा केही गर्नुपर्छ भन्रे मान्यता राखेर अगाडी बढिरहेका व्याक्तिहरूकाे सँगत गर्नुपर्छ ।

भिडियाे हेर्नुहाेस्ः

थप जानकारीः

यी पाँच बानी, जसले तपाई हानी गर्छ

हाम्रो कतिपय बानी हुन्छ, जसले स्वंम् हामीलाई हानी गर्छ । हाम्रो व्यक्तित्वमा, हाम्रो प्रगतिमा, हाम्रो सम्बन्धमा त्यस्ता बानी बाधक बन्छ । यद्यपी हामी ठान्दैनौ, त्यो खराब बानी हो । किनभने त्यसमा हामी सानैदेखि अभ्यस्त भएर आएका हुन्छौ ।

यदि नराम्रा बानीलाई त्याग्ने वा सुधार गर्ने हो भने, हाम्रो जीवन सहज र सुन्दर बन्ने हो । प्रगतिका लागि बाटाहरु खुल्छन्, सम्बन्धहरु सुमधुर हुन्छन् ।

१. अर्काको दुखमा इन्जोए गर्ने

मानविय स्वभाव के हुन्छ भने, अरुको पीडाबाट आनन्द लिने । जस्तो बाटोमा कसैले कुटपिट गर्दैछ भने हामी स्वादले रमिता हेर्छौ । अर्काको दुर्गतीको कुरा हौसिएर गर्छौ । अर्थात नकारात्मक कुराबाट आफ्नो लागि आनन्द लिने स्वभाव हामीभित्र हुन्छ । अरु अनुतिर्ण भएको, अरुले प्रगति नगरेको, अरुको आर्थिक टाट पल्टिएको, अरु रोगले थलिएको र अरुले कुटाई खाएको जस्ता कुरामा रमाउने बानीले अन्ततः हामीलाई नै हानी गर्ने हो ।

के गर्ने ?

यदि कसैले अरुको कुरा सुनाउँछ, नराम्रो कुरा गर्छ भने त्यसमा चासो राख्नु हुँदैन । तपाईलार्ए जसले अरुको बारेमा नराम्रो कुरा सुनाउँछ, उसले अरुलाई पनि तपाईको नराम्रो कुरा सुनाइरहेको हुन्छ । त्यसैले नकारात्मक कुरामा रमाउने होइन, बरु सकारात्मक कुरामा आनन्द लिने बानीको विकास गरौं । जस्तो कसैले राम्रो काम गर्‍यो, कसैले आर्थिक उन्नती गर्‍यो, कसैको जागिरमा उन्नती भयो भने उनीहरुको खुसीमा आफुपनि सामेल हुने अभ्यास गरौं ।

२. अरुसँग तुलना गर्ने

अक्सर हामी अरुसँग आफुलाई दाँज्छौ र दुखी हुन्छौं । हाम्रो स्वभाव के हुन्छ भने, अर्कासँग दाँजेर आफ्नो उचाई, औकात नाप्छौ । अरुसँग आफुलाई दाँजेर हेर्ने बानीले हामीमा आत्माग्लानी पैदा हुन्छ । यसले हामीलाई अगाडि बढ्नबाट रोक्छ ।

के गर्ने ?

हामी अरुसँग आफ्नो तुलना गरेर दुखी हुने होइन । किनभने अरुको जस्तै क्षमता, खुवी आफुसँग पनि हुनुपर्छ भन्ने छैन । भनिन्छ नि, संसारमा जन्मने कोहि पनि मान्छको तुलना दोस्रोसँग हुन सक्दैन । हरेकको आ-आफ्नै विशेषता, खुवी, क्षमता हुन्छ । बरु, आफ्नो खुबी पहिचान गरेर त्यही अनुसार अघि बढ्नुपर्छ ।

 

३. कुनैपनि काममा अर्काको भर पर्नु

कति मानिस आफ्नो कामको लागि पनि अर्कामा बढी निर्भर हुन्छन् । अरुले गरिदिन्छन् कि भन्ने मनोकांक्षा उनीहरुमा हुन्छ । त्यही कारण कुनैपनि काम आफै गर्न अग्रसर हुँदैनन् । यसरी अरुको भर पर्ने बानीले आफुलाई कहिल्यै आत्मानिर्भर बन्न दिदैन ।

के गर्ने ?

संभव भएसम्म आफ्नो काम आफै गर्ने । आवश्यक्ता भएको बेला अरुको सहयोग लिनुपर्छ, तर पूर्ण रुपमा भर पर्नु हुँदैन । चाहे त्यो घरको सामन्य काम होस् वा ठूला व्यवहारिक कुरा नै, आफ्नो काम सम्पन्न गर्न आफै जुट्नुपर्छ ।

४. बितेको कुरामा पछुतो गरिरहनु

जीवन जिउने क्रममा गल्तीहरु हुन्छन् । आफुले जानेर वा नजानेर गल्ती गरिन्छ । तर, त्यही गल्तीलाई सम्झेर बिलौना गरिरहने बानी राम्रो होइन । किनभने बितेका समयमा भएका गल्ती कमजोरीको पछुतो गर्नु कुनै समाधान होइन ।

के गर्ने ?

बिगतमा भएका गल्तीबाट पाठ सिकेर वा त्यसबाट थप उर्जा प्राप्त गरेर अगाडि बढ्नुपर्छ । किनभने हरेक गल्तीले हामीलाई व्यवहारिक रुपमा कुनै न कुनै पाठ सिकाइरहेको हुन्छ, ताकि त्यो नदोहोरियोस् ।

५. जुन कुरा आवश्यक छैन, त्यसमा केन्द्रित हुनु

हामी अनावश्यक कुरामा समय बर्बाद गरिरहेका हुन्छौं । हामीलाई मन नपरेको कुरा पनि गरिहेका हुन्छौ । कुन काममा बढी केन्दि्रत हुने, के काम गर्ने भन्ने स्पष्ट लक्ष्य नै बनाएको हुँदैनौ । यसले गर्दा दत्तचित्त भएर एउटै काममा केन्दि्रत हुन सक्दैनौ, जसले हामीलाई सहि दिशातर्फ डोहोर्‍याउँछ ।

के गर्ने ?

आफ्नो जीवनको लागि लक्ष्य तयार गर्ने । कुन समयमा के काम गर्ने, प्राथमिकताको आधारमा तय गर्ने । अनावश्यक काममा समय बर्बाद नगरौं, सहि काममा केन्दि्रत हुनुपर्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।