हामी भविष्य सुरक्षित गर्ने भन्दै आज दाैडीरहेका हुन्छाैँ । तर भविष्यकाे लागी आज दाैडी रहँदा आजकाे लागी विशेष हने केही छुटे कि ? हेर्न बिर्सिन्छाैँ । र, भविष्यमा ति छुटेका कुरा सम्झेर पछुताे मान्छाैँ । त्यस्तै, आज हामीले अवमुल्यन गरेका कतिपय कुराहरू भविष्यमा मुल्यवान लाग्न थाल्छन् ।

निर्णय फेरिरहने बानी

निर्णय फेरिरहने बानीले गर्दा व्याक्तिका साना-साना धेरै बाटाेहरू बन्छन् । उ आफ्नाे गन्तव्यमा पुग्नकाे लागी लाग्ने समय त्यही बाटाे फेर्दैमा बिताउछ । यसले गर्दा भविष्य पनि अस्थिर रहन्छ र पछुताउनु पर्ने अवस्था आउँछ । त्यसैले आफ्नाे निर्णयमा अडिग बनेर धर्यताका साथ अगाडी बढ्नुपर्छ । धर्यता सफलताकाे लागी एउटा आधार स्तम्भ हाे ।

आफ्नाे निर्णय आफैले नलिने

हरेक व्पयाक्तिबाट केही न केही सिकिन्छ र सिक्नु पनि पर्छ । केही व्याक्तिबाट सल्लाह सुझाव लिनुपर्छ । तर निर्णय लिदा सधै आफुले लिनु पर्छ । आफुलाइ स्वयम आफुले बाहेक अरूले राम्राेसँग चिन्र सक्दैनन् । आफ्नाे क्षमता र विचार आफुलाइ थाहाँ हुन्छ । सपना आफुले देखिएकाे हुन्छ । तर अरूकाे निर्णयमा हिड्दा क्षमता, विचार भन्दा बाटाे फरक हुनसक्छ । सपना पछाडी नै रहन्छ र जिन्दगीभरकाे लागी पछुताे हुन्छ ।

अनुत्पादनशील काममा समय खर्चिने

गफ गरेर बस्नु रमाइलाे हुन्छ । त्याे समयमा अरूकाे आलाेचना गर्नु झन् सजिलाे र आफ्नाे बुद्दिकाे प्रदर्शन पनि हुन्छ । त्यस्तै सामाजिक सँजालमा च्याट गरेर, भिडियाे गेम खेलेर बस्नु रमाइलाे हुन्छ । तर यी बानीले भविष्यमा ठेलाे पछुताे बनाउँछन् । हाम्राे महत्वपुर्ण समय यत्तिकै खेर गएकाे भन्रे हामीलाइ पछी मात्र महसुस हुन्छ । गफ गर्नु, गेम खेल्नु, सामाजिक सँजालमा रहनु नराम्राे हुँदै हाेइन । तर समयकाे हेक्का नै नराखेर त्यसमै व्यस्त हुनु आफ्नै जिवनकाे बर्बादी हाे ।

अरूलाइ खुसी पार्न खाेज्नु

धेरै मानिसहरूले अरूलाइ खुसी बनाउनकाे लागी आफ्नाे खुसीकाे बलि दिइरहेका हुन्छन् । सबैलाइ खुसी बनाउने काेसिसले व्याक्ति आफु पिडित बनिरहेकाे हुन्छ । उसका आफ्ना चाहना, सपना सबै भित्र गुम्सिन बाध्य हुन्छन् । याे जिवनकाे ठुलाे पछुताे बन्छ । आफ्नाे व्याक्तिलाइ खुसी बनाउनकाे लागी आफ्नाे खुसिकाे बलि चढाउनु पर्दैन । किनकी, जाे आफ्नाे हाे उसले तपाइकाे पनि खुसी चाहन्छ र जाे आफ्नाे हाेइन उ तपाइले जति नै खुसी बनाए पनि एकदिन तपाइमा खाेट देखाएर तपाइबाट टाढा जान्छ ।

अरूले के भन्लान् भनेर साेच्ने बानी

हाम्राे समाजमा धेरै व्पाक्तिहरूकाे ठुलाे राेग भनेकाे ‘अरूले के भन्लान्’ भनेर साेच्ने बानी हाे । याे राेगले हाम्राे जिन्दगी नै खाइदिन सक्छ। समाज भनेकाे हामी आफ पनि हाैँ । अरूलाइ हानी नाेक्सानी पुग्दैन भने त्यसमा ‘अरूले के भन्लान्’ भन्रे साेचकाे आवश्यकता नै हुँदैन । यही अरूले के भन्लान् भन्रे साेचले हामीले धेरै अन्याय सहेका हुन्छाैँ, हाम्रा सपना नष्ट गरेका हुन्छाैँ, चाहनाहरूलाइ पन्छ्याएका हुन्छाैँ । र, त्याे भविष्यमा ठुलाे पछुताे बन्छ ।

आफ्नाे कुरा खुलेर नराख्रे बानी

हरेक व्याक्ति भित्र केही न केही साेच भावना हुन्छन् । जबसम्म एउटा व्याक्तिले आफ्नाे साेच र भावना बाहिर ल्याउदैन, तबसम्म अर्काे व्याक्तिलाइ थाहाँ हुँदैन । आफ्नाे साेच र भावना खुलेर नभन्दा कतिपयका विचारहरूमा यत्तिकै खिया लाग्छन्, कतिपयका सम्बन्धहरू टुट्छन्, कतिले कसैप्रतिकाे आफ्नाे माया व्यक्त गर्दैनन् । र,यी कुराले जिन्दगीभर सताउँछन् ।

एकाेहाेराे बानी

एक वर्षभरिमा हाम्रा धेरै चार्डपर्वहरू आउँछन्, केही विशेष दिन आउँछन् । केही मानिसहरू ति चार्डपर्व, विशेष दिनकाे महत्व नलाग्ने बताउँछन् । जस्ताे दिनमा पनि सधैकाे दिनचर्यतालाइ निरन्तरता दिने, झाेक्रिएर बस्ने बानीका कारण उनीहरू एकाेहाेराे हुन्छन् । चार्डपर्वहरू हाम्राे त्याे एकाेहाेराेपनलाइ भँग गरेर हामीलाइ तनावमुक्त बनाउन, केही खुसी दिन, हास्न सिकाउन आएका हुन्छन् । एकाेहाेराे जिवन बाँचिरहेका व्याक्तिलाइ भविष्यमा आफुले बाच्न जानिनछु, खुशीहरू छुटेछन् भन्रे आभाष हुन्छ ।

भिडियाे हेर्नुहाेस्ः

थप जानकारीः

अध्ययनमा कसरी बानी लगाउने ?

१) उपयुक्त ठाउँ रोज्नुहोस्

डिस्टर्ब’ नहुने ठाउँको वातावरण तपाईंले रोज्नुपर्ने हुन्छ। त्यस्तो वातावरण, जसले तपाईंको ध्यान पढाइमै मात्र केन्द्रित गरोस्। त्यसका लागि पुस्तकालय एउटा उपयुक्त स्थान हुन सक्छ। पुस्तकालय त एउटा उदाहरण भयो, तपाईंको ध्यान अन्यत्र नमोडिने जुनसुकै ठाउँमा बसेर अध्ययन गर्न सक्नुहुन्छ।

तपाईंले अध्ययन गर्ने विश्वविद्यालय वा क्याम्पसमा पनि अध्ययनका लागि उपयुक्त स्थान हुन सक्छ। त्यस्ता स्थानहरूले तपाईंलाई अध्ययनका लागि प्रेरित गर्न सक्छन्। कहिलेकाहीँ कलेजका ‘क्याफ्टेरिया’हरू पनि अध्ययनका लागि रोज्न सकिन्छ। कहिलेकाहीँ क्याम्पसमा दिक्क लागेको बेला तपाईंले क्याम्पसभन्दा टाढा कतै गएर पनि अध्ययन वा गृहकार्य गर्न सक्नुहुन्छ।

२) सामाजिक सञ्जालबाट टाढा बस्नुहोस्

तपाईंलाई केही पनि कुराले ‘डिस्टर्ब’ गर्नु हुँदैन। सामाजिक सञ्जालले तपाईंलाई अल्मल्याउन सक्छ। कहिलेकाहीँ इमेलको प्रयोग आवश्यक पर्न सक्छ। तर, अहिलेका मानिसले सामाजिक सञ्जाललाई गफ गर्ने साधन मात्र बनाएका छन्। उनीहरू सामाजिक सञ्जालमा घन्टौंसम्म गफ गरेर बस्छन्। कहिलेकाहीँ त मोबाइल वा अन्य ग्याजेटको प्रयोग पनि सामाजिक सञ्जाल चलाउनका लागि मात्र प्रयोग भएको पाइन्छ। त्यसैले सामाजिक सञ्जालको कम प्रयोग गरेर आफ्नो समय बचाउनुहोस् र अध्ययनमा लाग्नुहोस्।

३) मोबाइल टाढा राख्नुहोस्

मोबाइलले पनि तपाईंलाई डिस्ट्रब गर्न सक्छ। त्यसैले सबैभन्दा उपयुक्त विकल्प भनेको मोबाइललाई तपाईंबाट टाढा राख्नुहोस्। अथवा तपाईंले साइलेन्टमा पनि राख्न सक्नुहुन्छ। बरु, काम छैन भने मोबाइल नै स्विच अफ गरिदिनुहोस्। इमर्जेन्सी छ भने बेलाबेलामा मोबाइल चेक पनि गर्न सक्नुहुन्छ। तपाईंको मुख्य ध्यान भनेको पढाइमै हुनुपर्छ। यो कुरा तपाईंका साथीहरूलाई पनि भन्नुहोस्। म्यासेज हेर्न सक्नुहुन्छ। जरुरी फोन गर्न सक्नुहुन्छ।

 

४) विश्राम लिनुहोस्

अध्ययन सँगसँगै वि श्रामको पनि जरुरी हुन्छ। कलेजको अध्ययन गर्नु पनि अन्य काम गरेजस्तै परि श्रम गर्नु नै हो। यहाँ पनि मेहनत पर्छ। तर, अध्ययनलाई बोझको रूपमा नलिनुहोस्। कलेजले गृहकार्य दिएको हुन सक्छ। एउटा विषयको गृहकार्य सकाएर अर्काे थाल्नुअघि वि श्राम लिनुहोस्। अध्ययन सामग्रीमा केन्द्रित हुन पनि बेलाबेलामा वि श्रामको जरुरी पर्छ। त्यसैले अध्ययनका क्रममा ब्रेकलाई पनि ध्यान दिनुहोस्। दिमागलाई फ्रेस बनाएर अध्ययन गर्नुहोस्।

५) नोट गर्नुहोस्

लेक्चर नोट गर्नुहोस्। शिक्षकले बोलेको कुरा ट्रान्सक्राइब गरेर अध्ययन गरिरहनुपर्छ। यसरी लेखेको तपाईंको नोटकपी एकदमै पुरानो देखिने गरी अध्ययन गर्नुहोस्। ट्रान्सक्राइब गरेर सरले पढाएको कुरा अध्ययन गर्दा दिमागमा पनि बस्छ। समयसमयमा यसरी बनाएको नोट हेरिरहनुहोस्।

नियमित अध्ययन गरिरहनुभयो भने मात्र त्यो सामग्री तपाईंको दिमागमा ताजै बस्छ। आफूले अध्ययन गरेको कुराहरू साथीहरूलाई भन्नुहोस्। यसरी अध्ययन गर्दा जाँचको बेला तपाईंलाई कनै समस्या पर्ने छैन। लेक्चर ट्रान्सक्राइब गरेर अध्ययन गर्नु सबैभन्दा छिटो सिकिने ‘विधि’ हो। पुनर्लेखनले तपाईंलाई याद दिलाउँछ। अध्ययन गरेका सामग्रीहरू छिटो सम्झिन सक्नुहुन्छ।

६) अध्ययन समूह बनाउनुहोस्

कलेजमा मेहनत नै गर्नुपर्छ। अध्ययनका लागि परिश्रम गर्नुपर्छ। कलेजमा आफूसँग मिल्ने केही साथीहरू जम्मा गर्नुहोस्। तर, आफ्नै क्लासका साथीहरू हुनुपर्छ, तिनीहरू। साथीहरूसँग मिलेर एउटा अध्ययन समूह बनाउनुहोस्। त्यसपछि, अध्ययन पनि समूहमै गर्न थाल्नुहोस्। यसरी अध्ययन गर्दा तपाईंलाई नआएको कुरा अर्काे साथीलाई आउन सक्छ। एकलाई नआएको कुरा अर्काेले भन्न सक्छ। यहाँ सबैले एकअर्कालाई सघाउनुपर्छ।

७) अध्ययनपछि समीक्षा गर्नुहोस्

अध्ययन गरिसकेपछि अन्तिममा पढेको कुरालाई सम्झिनुहोस्। समीक्षाका लागि केही समय छुट्याएर अध्ययन गर्नुहोस्। पढेर किताब बन्द गर्ने हैन, केही समय रिभ्यु गर्ने हो। पढेका कुरा सम्झिनका लागि यो उपयुक्त माध्यम हो। अध्ययनमा बानी लगाउन यो उपयुक्त माध्यम बन्न सक्छ। पढेको कुरालाई लेख्नु पनि पर्छ। लेखर पढ्दा सम्झिन सजिलो हुन्छ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।