हाम्राे जिवन हाम्राे निर्णयहरूकाे थुप्राे हाे । हामी बिच हरेक काममा, हरेक परिस्थितिमा, हरेक दिनमा, हरेक पलमा विकल्पहरू हुन्छन्। ति विकल्पहरू मध्येबाट हामीले गरिने निर्णयले नै हाम्राे जिवनकाे यात्रा अगाडी बढिरहेकाे हुन्छ ।

आफ्नाे लागी कसरी लिने सही निर्णय ?

सबैभन्दा पहिले आफ्ना विकल्पहरू हेर्नुहाेस् । तपाइसँग कतिवटा र कस्ता विकल्पहरू छन् भन्रे चिन्रुहाेस् । मन धेरै चँचल नबनाउनुहाेस् । सबैभन्दा प्रभावकारी हुनसक्ने विकल्पहरूकाे बारेमा मात्र साेच्नुहाेस् । आफ्नाे दिमागमा चलिरहेका कुराहरू र ति विकल्पहरूका बिच तुलना गर्नुहाेस् ।

अब ति विकल्पहरूलाइ क्रमबद्द तरिकाले आफ्नाे दिमागमा सेट गर्नुहाेस् या डायरीमा लेख्नुहाेस् । तपाइले आज राेज्ने विकल्पले तपाइलाइ भाेलीकाे दिनमा अगाडी बढ्न सहयाेग गर्छ कि गर्दैन ? यदि तपाइले आज लिनुभएकाे निर्णयले भविष्यमा तपाइलाइ कुनै सहयाेग गर्दैन भने आज त्याे विकल्प राेज्नुकाे अर्थ रहँदैन ।

त्यसैले तपाइसँग भएका ति विकल्पहरूलाइ आफ्नाे भविष्यसँग जाेडेर हेर्नुहाेस् । ति हरेक विकल्पलाइ आफ्नाे लक्ष्यसँग मिलाएर हेर्नुहाेस् । निर्णय लिदा आफ्नाे खुसीलाइ पनि प्राथमिकतामा राख्नुहाेस् । यदि आज तपाइले आफ्नाे खुशीलाइ बेवास्ता गरेर अरूकाे खुशीकाे लागी निर्णय लिनुहुन्छ भने, त्यसले तपाइलाइ दिनप्रतिदिन भित्र भित्रै मार्नेछन ।

भविष्यमा पछुताे हुनेछ । त्यसैले ति विकल्पहरूमा आफ्नाे खुसी खाेज्नुहाेस् । आफ्नाे कमजाेरी, क्षमता, अवसर र चुनाैतिकाे बारेमा विचार गर्नुहाेस् । आफ्नाे भविष्यसँग पनि मिल्दाे र खुशी पनि भेटिने निर्णय लिदा त्यसलाइ कार्यन्वयन गर्नकाे लागी आफुलाइ तयार पार्नुहाेस् ।

‘मैले यस्ताे गरेकाे भए हुनेथियाे’, ‘यस्ताे भइदिएकाे भए’ जस्ता साेच कहिल्यै नराख्नुहाेस् । उचित निर्णय लिनकाे लागी ढिला भएकाे छैन, कहिल्यै ढिला हुँदैन । र, यदि तपाइले आफ्नाे निर्णय फेर्ने अवस्था छैन भने आफ्नाे पुरा निर्ययलाइ कसरी प्रभावकारी बनाउने भन्रे याेजनामा लाग्रुहाेस् ।

भिडियाे हेर्नुहाेस्ः

थप जानकारीः

यस राेगकाे बारेमा पनि जान्रहाेस्ः

के हो मानसिक रोग ?

मस्तिष्कबाट उत्पन्न हुने भावना, आभाष, स्मृति, विचार, बोली, चेतना आदिमा गडबवडी हुने समस्या मानसिक रोग हो । यो अवस्था लगातर रहिरहेमा मानसिक समस्याको शंका गर्नुपर्छ ।

मानसिक रोगका प्रकार

हाल विश्वमा प्रचलित मुख्य दुई मानसिक रोग वर्गीकरण विधि इन्टरनेशनल क्लासिफिकेसन अफ डिजिज दशौं रिभिजन र डायग्नोष्टिक एण्ड स्टास्टिकल म्यानुअल चौथो रिभिजनले विभिन्न मानसिक रोगहरूलाई लगभग समान किसिमले व्याख्या गरेका छन् । एन्जाइटी डिस्अर्डर, डिप्रेसन, सिजोफेर्नियाजस्ता पहिलेदेखि नै मानसिक समस्याका रूपमा परिचित रोगहरूका साथै बच्चाहरूमा उत्पन्न हुने व्यावहारिक समस्या, सुस्त मनस्थितिका साथै लागू औषधिको प्रयोगले उत्पन्न हुने व्यावहारिक समस्याहरूलाई पनि मानसिक समस्याको सुचीमा राखिएको छ ।

मानसिक समस्या विश्वका सम्पूर्ण जनसंख्यामा समानुपातिक हिसाबमा पाइन्छ । द्वन्दग्रस्त समुदायमा भने मानसिक समस्या मात्र नभई आत्महत्या पनि बढी देखिएको छ । डा.ध्रुब मान श्रेष्ठको टोलीले नेपालमा सन् १९८३ मा जनसमुदायमा गरिएको एक अध्ययनमा नौ वर्षभन्दा माथिका १४ प्रतिशत व्यक्तिहरूमा कुनै न कुनै मानसिक रोगबाट ग्रसित भएको र २ प्रतिशत व्यक्तिहरू त तुरुन्त उपचार चाहिने मानसिक रोगबाट पीडित भएको पाइएको छ । तुरुन्त उपचार चाहिने रोगीहरू पनि विभिन्न कारणहरूले सही उपचारबाट वञ्चित रहेको कुरा पनि उक्त अध्ययनले देखाएको थियो । मानसिक रोगीमध्ये केही प्रतिशत दीर्घरोगी हुन्छन् । यिनको उपचारमा पुनस्र्थापना आवश्यक हुन्छ ।

मानसिक रोगप्रति किन चनाखो हुने ?

मानसिक रोगीहरूले सही उपचार नपाउनुका मुख्य कारणहरूमध्ये यस्ता रोगहरूप्रति रहेका मिथ्या तथा गलत धारणाहरू हुन सक्दछन् । मानसिक रोगलाई दैवी शक्ति, भूत प्रेत एवं मन कमजोरीको समस्या ठानेर रोग नै नभएको कतिपय व्यक्तिको धारणा छ ।
कतिपय व्यक्ति मानसिक समस्यालाई सोझै पागलपनसँग दाँजेर पारिवारिक मान प्रतिष्ठामा आँच उत्पन्न गराउन सक्ने ठान्छन् ।

कतिलाई त यस्ता समस्याहरूको आधुनिक चिकित्सा प्रणालीद्वारा उपचार सम्भव छ भन्ने पनि थाहा र विश्वाश छैन र धामी झाँक्रीको शरणमा जाने गर्दछन् । समस्या ठीक नभएमा या बढ्दै गएमा त्यस्ता व्यक्तिलाई बाँध्ने, शारीरिक तथा मानसिक यातना दिने जस्ता घटनाहरू त छापाहरूमा बेलाबेलामा प्रकाशित भइ नै रहेका हुन्छन् ।

जनमानसमा विद्यमान मानसिक रोगहरूप्रति रहेका मिथ्या तथा गलत धारणाहरू हट्नुपर्छ । अन्यथा मानसिक रोगको वर्तमान अवस्थामा खासै परिवर्तन आउन सक्दैन । विश्व स्वास्थ्य संगठनले एक्काइसौ शताब्दीमा हृदय रोगपश्चात् मानव जातिलाई पिरोल्ने दोस्रो डिप्रेसन भनेकाले मानसिक समस्याबारे चनाखो बन्नुपर्ने अवस्था आइसकेको छ ।

पागलपनका लक्षण

पागलपनलाई अंग्रेजीमा साइकोसिस भनिन्छ । यी रोगीहरुले सामाजिक परिप्रेक्ष्यमा नमिल्ने व्यवहार गर्ने, कुराकानीमा गडबड, मानसिक असन्तुलन ठम्याउन नसक्ने भएकाले पागलपन भन्ने गरिएको छ । यी लक्षणमध्ये तीन चार लक्षणहरू लगातार दुई हप्ता वा बढी रहेमा डिप्रेसनको शंका गर्नुपर्छ ।

डिप्रेसनका प्रमुख लक्षण

सँधै उदासिन भइरहने

खुशी महसुस गर्न नसक्ने

इच्छाशक्ति मर्ने

मनमा नकारात्मक र निराशावादी विचार आउने

मर्न मन लाग्ने

ध्यान केन्द्रित गर्न नसक्ने

विर्सने

शरीर भारी, गल्ने वा दुख्ने

टाउको भारी हुने, शरीर गल्ने वा दुख्ने

चिडचिडाहट लाग्ने

निद्रा गडबडी

खानामा रुची घट्ने

यौन इच्छामा कमी

मन आत्तिने रोगका लक्षण

अत्यधिक डर, त्रास र भय

औसत मानिस भन्दा बढी चिन्तित

सामान्य समस्यालाई भयंकर ठान्ने

शारीरिक लक्षणमा मुटु काप्ने, श्वास फेर्न गाह्राे अनुभव हुने

जिउ या हातखुट्टा काप्ने

चिटचिट पसिना आउने

तनाव महसुस हुने

मनमा लगातार ईच्छा नलागेका विचार आउने

एक्कासी पहिले भोगेका पिडा या यातना स्मरण हुने

कुनै खास वस्तु या स्थानका कारण मन आत्तिने

एन्जाइटी आत्तिने या डराउने रोग

यस प्रकारको मानसिक समस्यामा डर लागिरहने, मन आत्तिरहने र शरीरका विभिन्न भागमा लगातार अप्ठ्यारो महसुस भइरहने हुनसक्छ । यस किसिमको समस्या प्रायः किशोरावस्थाबाट शुरु भएको पाइन्छ । यसले व्यक्तिको पढाइ तथा व्यवसायिक जीवनमा नकारात्मक असर पर्न सक्छ ।

लक्षण

यदि तपाईंलाई कसैले एक्कासी आक्रमण गर्न खोजेमा वा अन्य कुनै कारणले खतरा महसुस भएमा मन र शरीरमा एक्कासी परिवर्तन आउँछ र मन डराउँ । तपाईंको अवचेतन मस्तिष्कले केही गर्न नसकेको सोच्छ र यस्तो सोचाई मनमा आउनासाथ मांशपेशी कडा हुन्छन् र यसले तपाईंलाई आफ्नो प्रतिरक्षा गर्न या भागेर आफूलाई जोगाउन तयार पार्छ ।

यस्तो अवस्थामा मांशपेशीलाई शक्ति चाहिने भएकाले मुटु छिटो गतिमा चलेर मांशपेशीलाई आवश्यक पर्ने अक्सिजन उपलब्ध गराउँछ । यसका लागि श्वास चाँडो फेर्नुपर्छ । यदि तपाईंका मांशपेशीहरू कडा नभएमा तुरुन्त भाग्न सकिदैन । यसबाट ज्यान जोखिममा पर्न सक्छ । जब डराउनुपर्ने कारण हट्छ, तपाईंको सोचाई र शरीर सामान्य अवस्थामा आउँछन् ।

यदि तपाईंमा विनाकारण ‘केही नराम्रो हुने पो हो कि’, ‘मरिने पो हो कि ?’, ‘मेरा केही शारीरिक खराबी पो छन् कि, डाक्टरले पत्ता लगाउन नसकेको पो हो कि ?’, ‘यि मानिसहरू मेराबारे नराम्रो पो सोच्दैछन् कि ?’ भन्ने सोच आएमा असामान्य अवस्था हुनसक्छ ।

नआत्तिने बेलामा आत्तिने, सानो समस्यामा पनि निकै धेरै आत्तिने अवस्था भएमा आत्तिने रोग हुनसक्छ भनेर शंका गर्नुपर्छ । आत्तिने रोगमा शारीरिक परिवर्तनहरू पनि आउँछन् ।

मुटुको धड्कन तेज हुने

श्वासको गति बढ्ने

श्वास रोकिएको जस्तो हुने

शरीर या हातखुट्टा काप्ने

चिट् चिट पसिना आउने

तनावका कारण टाउको र गर्दन दुख्ने

नचाहिने चिजको अनावश्यक चिन्ता लागिरहने जस्तोः पारिवारीक चिन्ता,आर्थिक चिन्ता, भविष्यको चिन्ता धेरै ।

मानसिक कारणले मुटुको कम्पन भए पनि मुटुको कुनै रोग लागेको भन्ने ठानेर मुटु सम्बन्धी विभिन्न जाँच गराउँदै, सामान्य रिपोर्ट आए पनि ‘मेरो त मुटु कै रोग हो, तर डाक्टर ले पत्तै पाउदैन’ भन्दै गरेका भेटिन्छन् । यो कम कडा मानसिक समस्या भएपनि केही व्यक्तिमा भने यो यति कडा किसिमले प्रस्तुत हुन्छ कि उक्त व्यक्ति आफ्नो नियमित काम पनि गर्न नसक्ने हुन्छ । यो रोग लम्बिएमा यस रोग माथि अन्य मानसिक रोगहरू पनि थपिन सक्छन् ।

आत्तिने रोगका प्रकार

लगातर आत्तिने रोग

एक्कासी आत्तिने रोग

समूहमा या सामाजिक अवस्थाहरूमा आत्तिने रोग

उपचार

यस समस्यालाई पूर्ण नियन्त्रणमा ल्याउन सक्छ । आवश्यक उपचार शुरु भएको केही हप्तापश्चात् सामान्य अवस्थामा आफ्ना सम्पूर्ण कार्यहरू सुचारु गर्न सकिन्छ । यस रोगका लागि औषधि र मनोवैज्ञानिक उपचार छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।