यस्तै, तिहारमा आफूले खाने खानेकुराको क्यालोरीको मात्राबारे ध्यान दिएको अवस्थामा पनि मधुमेह बढ्नबाट रोक्न सकिन्छ । यस्तै, खान मिल्यो भन्दैमा अत्यधिक गुलियो पदार्थको सेवन पनि स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । तिहार, झिलिमिली चाड । र, मिठाइको चाड । माघे संक्रान्तिमा तरुल, तिजमा खीर, दशैंमा मासु भनेजस्तै तिहारमा खाइने परिकार हो, मिठाइ । त्यसमा पनि सेलरोटी ।

मिठाइ, मीठो र गुलियो परिकार । तर, सबैका लागि यो उपयोगी नहुन सक्छ । चिनीजन्य परिकार भएकाले यसले रगतमा ग्लुकोजको मात्रा बढाउाछ । र, मधुमेहको जोखिम पनि निम्त्याउाछ । मधुमेह रोगीका लागि त मिठाइ उपयोगी हुादै हुादैन । मधुमेह भएकाहरुले अनिवार्य रुपमा तिहार अघि र पछि रक्त परिक्षण गराउन आवश्यक छ । यसले उनीहरुलाई मधुमेह नियन्त्रण गर्न सघाउ पुर्‍याउाछ । मधुमेह भएकाहरुका लागि गुलियो खानेकुरा पचाउन व्यायाम उत्तिकै जरुरी छ ।

के गर्ने त ?

मधुमेहका विरामीले अघिपछि खानपानमा विशेष ध्यान पुर्‍याउन आवश्यक छ । अझ, तिहारको समयमा विशेष ध्यान पुर्‍याउनु आवश्यक छ ।

तिहारमा मिठाइ, लड्डु, जेरी, लालमोहनलगायत परिकारका साथमा सेलरोटीको विशेष महत्व हुन्छ । पिठोको साथमा चिनीको सम्मिश्रणबाट बन्ने सेलरोटीले जो कसैको मन लोभ्याउाछ । मधुमेह रोगी अपवाद बन्न सक्दैनन् ।

यसो गरौं

चाडवाडमा गुलियो खानेकुराको सेवन अन्य समयको तुलनामा बढी हुने गर्छ । मधुमेह रोगीले बिहान कम क्यालोरीयुक्त खानेकुरा सेवन गर्न सक्छन् । दिनभर कम गुलियो खानेकुरा सेवन गरेको अवस्थामा सााझ केही मात्रामा गुलियो खाादा शरीरलाई खासै बेफाइदा गर्दैन ।

कुन खानामा कति क्यालोरी ?

१. गुलाव जामुन

क्यालोरी प्रतिगोटाः १५० केसीएएल
व्यायामः निश्चित गतिमा करिब ३० मिनट शरीरलाई नचाउने

२. रसवरी

क्यालोरी प्रतिगोटाः १२५ केसीएएल
व्यायामः १५ मिनट स्टेप एरोविक

३. काजुकत्री

क्यालोरी प्रतिगोटाः ५८ केसीएएल
व्यायामः १६ किलोमिटर प्रतिघण्टाको दरले तीन मिनट कुद्ने

४. वर्फी

क्यालोरी प्रतिगोटाः १४२ केसीएएल
व्यायामः करिब २५ मिनटको फटाफट हिाडाइ

५. आाटा हलुवा

क्यालोरी प्रतिगोटाः २६३ केसीएएल
व्यायामः करिब ४५ मिनटको फटाफट हिाडाइ

६. सुजी लड्डु

क्यालोरी प्रतिगोटाः १३४ केसीएएल
व्यायामः २० किलोमिटर प्रतिघण्टाका दरले करिब २० मिनट साइक्लिङ गर्ने

७. जेरी

क्यालोरी प्रतिगोटाः २०० केसीएएल
व्यायामः १६ किलोमिटर प्रतिघण्टाका दरले करिब ५ मिनट दौडने

८. मोतीचुरको लड्डु

क्यालोरी प्रतिगोटाः १५० केसीएएल
व्यायामः ३० मिनट जगिङ

९. क्यालोरी प्रतिगोटाः १९२ केसीएएल
व्यायामः करिब ४० मिनटको व्याडमिन्टन

१०. मालपुवा

क्यालोरी प्रतिगोटाः ३२५ केसीएएल
व्यायामः एक घण्टाको गल्फ

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

के हो मधुमेह ? रोकथाम कसरी गर्ने ? मधुमेहबाट बच्ने घरेलु उपायहरु यस्ता छन्

मधुमेहलाई अङ्ग्रेजीमा डायबिटिज भनिन्छ भने नेपालीमा चिनीरोग भनेर पनि चिनिन्छ । मानव शरीरमा हुने विभिन्न रासायनिक प्रतिक्रियाका कारण रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगहरूलाई सामूहिक रूपमा अङ्ग्रेजीमा डायबिटिज मिलाइटस भन्ने गरिन्छ ।

रगतमा चिनीको मात्रा बढी भएपछि तारनतार पिसाब लाग्ने, धेरै तिर्खा र भोक लाग्ने जस्ता लक्षणहरू देखिन्छन् । उपचार गरेन भने मधुमेहले धेरै जटिलताहरू निम्त्याउन सक्छ । छोटो अवधिका लागि देखिने कडा खालका जटिलताहरू डायबेटिक केटोएसिडोसिस र नन्केटोटिक हाइपरोस्मोलार कोमा हुन् भने लामो अवधिसम्म रहने जटिलताहरूमा मुटु तथा रक्तनलीका रोगहरू (कार्डियोभास्कुलर डिजिजेज), स्ट्रोक, मिर्गौलाको खराबी, खुट्टामा हुने अल्सर तथा आँखामा खराबी आउने जस्ता समस्याहरू पर्दछन् ।

मधुमेह पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेमा वा उत्पादन भएको इन्सुलिनप्रति शरीरका कोषहरूले राम्रोसँग प्रतिक्रिया जनाउन नसकेमा उत्पन्न हुने समस्या हो ।

के हो मधूमेह ?

हाम्रो शरीरमा रहेको प्यानक्रियाजको आईलेट अफ् ल्यागरह्यान्समा रहेको बेटा सेलबाट इन्सुलिन उत्पादन हून्छ । कुनै कारणबस इन्सुलिन कम बनेमा वा इन्सुलिनले राम्रोसँग काम नगरेमा रगतमा ग्लूकोजको मात्रा बढ्न जाने अवस्थालाई भधुमेह अथवा डाईबेटिज भनिन्छ ।

मधुमेह टाईप वान्, टाईप टु, गर्भाअवस्थामा हुने गेस्टेस्नल डाईबेटिज र मच्युरिटि अन्सेट अफ् डाईबेटिज इन योङ्ग गरी ४ प्रकारको हुन्छ तर प्राय टाईप वान र टाईप टु डाईबेटिज नै धैरै हून्छ । मधुमेहलाई मुख्यतया तीन प्रकारमा बाँडिएको छ

टाइप वान डायबिटिज ( पहिलो प्रकारको मधुमेह )

मानिसको पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेका कारण देखिने समस्या हो । यसलाई पहिला ‘इन्सुलिनमा आधारित डायबिटिज मिलाइटस’ वा ‘अपरिपक्क मधुमेह’ भनेर चिनिन्थ्यो । के कारणले गर्दा पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न सक्दैन भन्ने तथ्य हालसम्म पत्ता लागेको छैन ।

टाइप टू डायबिटिज ( दोस्रो प्रकारको मधुमेह )

इन्सुलिनको प्रतिरोधका कारण उत्पन्न हुने समस्या हो । यस्तो अवस्थामा शरीरका कोषहरूले इन्सुलिनप्रति राम्रोसँग प्रतिक्रिया जनाउन सक्दैनन् । रोग बढ्दै गएपछि इन्सुलिनको अभाव पनि देखिन सक्छ । यसलाई पहिला “इन्सुलिनमा आधारित नहुने डायबिटिज मिलाइटस“ वा “परिपक्व हुन लागेको मधुमेह“ भनेर चिनिन्थ्यो । अत्याधिक तौल तथा अपर्याप्त शारीरिक व्यायाम टाइप टू डायबिटिजका प्रमुख कारकहरू हुन् ।

टाइप थ्री डायबिटिज ( तेस्राे प्रकारको मधुमेह )

गर्भावस्थामा हुने मधुमेह तेस्रो मुख्य प्रकारको मधुमेह हो । यस्तो मधुमेह गर्भवती महिलामा पहिला कहिल्यै नभएको भए पनि रगतमा चिनीको मात्रा बढेर अचानक देखा पर्ने गर्दछ ।

कारणहरु

टाईप वान डाईबेटिज साधारणतया अटो इम्युनिटि, प्यानक्रियाजका रोगहरु र कहिलेकाही भाइरसको सङ्क्रमणबाट पनि हुन्छ । टाईप टु डाईबेटिज प्राय वशांणुगत, अव्यवस्थित जीवनशैली र मोटोपनाका कारणबाट हुन्छ ।

मधुमेहका मुख्य लक्षण तथा चिह्नहरू

उपचार नगरिएका मधुमेहका रोगीहरूमा साधारणतया तौल घट्ने, धेरै पटक पिसाब लाग्ने (पोलियुरिया), धेरै तिर्खा लाग्ने (पोलिडिप्सिया) तथा धेरै भोक लाग्ने (पोलिफेइजिया) जस्ता लक्षणहरू देखिन्छन् ।

टाइप वान डायबिटिजमा (पहिलो प्रकारको मधुमेह) लक्षणहरू छिट्टै (हप्ता वा महिना) देखा पर्छन् तर टाइप टू डायबिटिज (पहिलो प्रकारको मधुमेह) लागेको बेलामा लक्षणहरू बिस्तारै तथा थोरै मात्र देखिने वा नदेखिने हुन सक्छ ।

मधुमेहका विशेष लक्षण नभए पनि केही अन्य लक्षणहरूले पनि यो रोग लागेको जनाउ दिन सक्छन् । आँखा धमिलो देख्ने, टाउको दुख्ने, थकाइ लाग्ने, काटेका घाऊहरू ढिलो निको हुने र छाला चिलाउने आदि यसका थप लक्षणहरू हुन् ।

यदि रगतमा ग्लुकोजको मात्रा लामो समयसम्म बढी भएमा आँखाको लेन्समा पनि ग्लुकोज जम्मा भएर यसको आकार बढ्न जान्छ र आँखाको दृष्टि परिवर्तन हुन्छ । मधुमेह लागेको बेलामा शरीरका केही विशेष भागमा खटिराहरू देखिन सक्छन् । यस्ता खटिराहरूलाई अङ्ग्रेजीमा डाइबिटिक डर्माड्रोम्स भनेर चिनिन्छ ।

यसरी बच्न सकिन्छ मधुमेहबाट

मधुमेहबाट बच्न तथा यसको उपचारको लागि स्वास्थ्यकर भोजन खाने, शारीरिक व्यायाम गर्ने, शरीरको तौल सामान्य राख्ने तथा सुर्तीजन्य पदार्थहरू नखाने गर्नु पर्छ ।

मधुमेहका रोगीहरूले रक्तचाप नियन्त्रणमा राख्नु तथा खुट्टाहरूको हेरविचार गर्नु आवस्यक हुन्छ। टाइप वान डायबिटिजलाई (पहिलो प्रकारको मधुमेह) इन्सुलिनको सुई लगाएर उपचार गर्नु पर्छ।ृ३े टाइप टू डायबिटिजको (दोस्रो प्रकारको मधुमेह) उपचार अन्य औषधिहरूको साथमा इन्सुलिन दिएर वा नदिइकन गर्ने गरिन्छ ।

इन्सुलिन तथा केही मुखबाट खुवाइने औषधिहरूले रगतमा हुने चिनीको मात्रा घटाउन सक्छन् । मोटोपन भएका तथा टाइप टू डायबिटिज (दोस्रो प्रकारको मधुमेह) लागेका व्यक्तिहरूमा तौल घटाउने सर्जरी पनि कहिलेकाहिँ लाभदायक हुने गरेको छ । गर्भावस्थामा हुने मधुमेह साधारणतया बच्चा जन्माइसकेपछि हराएर जाने गर्दछ ।

यसलाई नियन्त्रणमा राख्न भने अवस्य सकिन्छ । मधुमेहबाट बच्न हरेक व्यक्तिले पाँचवटा सूत्र पालन गर्नुपर्छ ।

१. जीवनशैली परिवर्तन

मनमोजी रूपको जीवनशैलीलाई मधुमेहले स्विकार्दैन । खानपान, रहनसहन बानी व्यहोरामा तपाईंले केही परिवर्तन गर्नैै पर्ने हुन्छ । तर यसको अर्थ कठोर जीवनयापन गर्नुपर्छ भन्ने होइन ।

मधुमेही रोगीले पनि नियमित औषधि सेवन गरी परिवर्तित जीवनशैलीको कारणबाट मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ । योगाभ्यास, सहनशील, सादा जीवन र उच्चविचार शैलीले मधुमेह नियन्त्रण गर्न सकिन्छ । चिन्ता र भयमुक्त वातावरणमा हाँस्ने हँसाउने मनस्थितिमा रहनु मधुमेहीका लागि लाभदायक हुन्छ ।

२. आहार

मधुमेहीले आहारमा विशेष ध्यान दिनुपर्छ । नियमित निर्धारित समयमा खाना र खाजा खानुपर्छ । लामो समयसम्म नखाइकन भोको बस्नु हुँदैन । चिनी र चिनी भएका खाद्यवस्तु जस्तै चिनी हालेको (चिया वा कफी, हर्लिक्स, कोकाकोला, पेप्सी) आदि खानु हुँदैन । यसका अलावा आइसक्रिम, मह, चकलेट, सक्खर, चाकु, जाम खानु हुँदैन ।

खाना खाँदा एकैपटक टन्न नखाई दिनको तीन चारपटक खाना खाइरहनुपर्छ । एकपटक भात र अर्को पटक रोटी खानु राम्रो हुन्छ । खानपानमा विचार गर्न नसकिए औषधि सेवनले मात्र यसबाट नियन्त्रणमा राख्न सकिँदैन ।

३. औषधि सेवन

मधुमेहको किसिमअनुसार टाइप एक र दुईमा चिकित्सकको सल्लाहमा मधुमेहीले औषधि सेवन गर्नुपर्छ । इन्सुलिन इन्जेक्सन लिनुपर्ने भएमा इन्जेक्सन लिन्न भन्नु हुँदैन । खाने औषधिजस्तै बानी परेपछि इन्सुलिन लिन झन्झट महसुस हुँदैन ।

चिकित्सकसँंग नियमित परामर्श लिइरहनुपर्छ । समयसमयमा रगत परीक्षण गराई रहनुपर्छ । चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ । औषधि बीचमा छोड्नु हुँदैन । अब त निको भइसक्यो भन्दै औषधि खान छोड्नु हुँदैन ।

४. व्यायाम

व्यायामले शरीरमा भएको इन्सुलिनको उचित प्रयोग हुन्छ । मधुमेहीले व्यायाम गर्दा आफ्नो शरीरको क्षमताअनुसार हलुका व्यायाम मात्र गर्नुपर्छ । मौसमअनुसार बिहान आधा घन्टादेखि एक घन्टासम्म नरोकी एकै गतिमा फूर्तिसाथ फटाफट हिँड्नु मधुमेहीका निमित्त राम्रो व्यायाम मानिन्छ । व्यायाम भने बीचमा छुटाउनु हुँदैन । यसले मधुमेहीलाई आत्मविश्वास प्रदान गर्छ ।

५. नियमित रक्त परीक्षण

नियमित रक्त परीक्षणले मधुमेहीहरूको उपचारमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । मधुमेहीहरूले यदि रगतमा चिनीको मात्रा घटबढ छैन भने १५ दिनमा एकदेखि दुई पटकसम्म रक्त परीक्षण गर्ने तर रगतमा चिनीको मात्रा घटबढ भइरहेमा कम्तीमा हप्ताको दुई पटक अनिवार्य रक्त परीक्षण गर्नुपर्छ ।

मधुमेहको उपचार

मधुमेहको उपचार सम्भव छैन । यो रोग लागिसकेपछि रोगीको आयु बढाउने अर्थात् यो रोगको व्यवस्थापन गर्ने विकल्प मात्र बाकि रहन्छ । मधुमेहको व्यवस्थापन भनेकै रगतमा भएको चिनिको मात्रा घटाउनु हो र रक्तकोशमा क्षति पुराउने अन्य तत्वको निवारण गर्नु हो । जसको लागि निम्न उपाय अपनाउन सकिन्छ ।

१. इन्सुलिनको मात्रा यथावत राखी रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न अस्पतालमा उपचार गरी खोपमार्फत नियमित इन्सुलिन लिने

२. रक्तचाप नियन्त्रण गर्ने

३. खानामा विशेष ध्यान पुराउने , बढि कार्वोहाइड्रेट भएका खानेकुराको सेवन नगर्ने

४. धुम्रपान र मध्यपान त्याग्ने

५. बढि चिल्लो युक्त पदार्थको सेवन नगर्ने

६. सन्तुलित र नियमित भोजन लिने , नियमित व्यायाम गर्ने

घरेलु औषधि प्रयोग

खाद्य पदार्थकै रूपमा प्रयोग गरिने वस्तुद्वारा पनि चिकित्सा गर्न सकिन्छ ।यदि मधुमेह वंशानुगत छ र शरीर मोटो पनि छ भने निमको पातलाई थिचेर २ चम्चा रस बिहान खालीपेटमा दैनिक ४–५ महिनासम्म खाने ।

तितेकरेलालाई खानाको रूपमा सधैं प्रयोग गर्ने । तिते करेलाको पातलाई थिचेर २ चम्चा बिहान खाली पेटमा खाने यदि पेटमा वायु बनेको छ भने सानो केराउको गेडा जति हिङ फुराएर रसमा मिलाई खाने ।

अंकुरित चनालाई दिनमा २ पटक काँचै र रोटीतरकारी पकाएर खानाले राम्रो गर्दछ । यो पौस्टिक पनि छ । लसुन १ पिस (कली–केसरा) बिहान खाली पेटमा खाने । १० पिस सफा बेलपत्र पिसेर कल्क बनाई पानीसँग खाने ।

हर्रो २५ ग्राम, बर्रो २५ ग्राम, अमला २५ ग्राम, जिरा २५ ग्राम, कुटकी २५ ग्राम, चिराइतो २५ ग्राम, सुठो २५ ग्राम, तेजपात ५० ग्राम, गुर्जो ५० ग्राम, मेथी १०० ग्राम, जामुनको भित्रको कडा भाग (गुठली) १०० ग्राम, आँपको बियाँभित्रको गुदी १०० ग्राम खाने ।

माथि उल्लिखित द्रव्यको अलग अलग चूर्ण गरी एक साथ मिलाई १(१ चम्चा निम पत्ताको रस, करेला पत्र स्वरस, गुर्जो पत्र स्वरससँग बिहान बेलुकी खाली पेटमा खानाले अत्यन्त फाइदा गर्दछ । उपर्युक्त चूर्ण खानलाई स्वरस (थिचेर चिरेर निकालेको रस) नमिले पानीसँग मात्र पनि खान सकिन्छ ।

सबै मिलाउन नसकेमा एक द्रव्यमा मेथी बिज चूर्ण, तिते करेलाको तरकारी, पत्र स्वरस, कुटकी चूर्ण, तिते करेलाको तरकारी, पत्र स्वरस, कुटकी चूर्ण, चिराइतो चूर्ण, निम्ब बिज चूर्ण कुनै एक मात्र भए पनि माथि उल्लिखित स्वरस, पानीसँग खाने गर्नाले मधुमेहका रोगीमा अत्यन्त फाइदा गर्दछ ।

हर्रो ५० ग्राम, वर्रो ५० ग्राम, अमला ५० ग्राम लिई अलग अलग चूर्ण बनाई एउटा बट्टामा राख्ने । १–२ चम्चा सुत्ने समयमा खानाले शरीर स्वास्थ राख्नमा पद्दत पुर्याउँछ । सकभर दैनिक प्रातः भ्रमण गर्ने र रात्रिमा सम्पूर्ण शरीर मालिस गर्ने । यदि शरीर दुख्ने भएमा सातामा १–२ दिन वाष्प स्नान गर्ने ।

मधुमेहका बिरामीका लागि एरोबिक कसरतका फाइदा

१. कसरत गरिरहेको समयमै मांसपेशीभित्र ग्लुकोज (सुगर) को प्रबाह बढी हुन्छ, जसले गर्दा रगतमा अत्यधिक ग्लुकोजको मात्रा कम हुन जान्छ ।

२. एरोबिक कसरतले इन्सुलिन हर्मोनलाई २ – ७२ घण्टासम्म अझै प्रभावशाली बनाउँछ ।

३. यी माथिका कारणले गर्दा रगतमा प्रायःजसो सुगरको मात्रा कम भइरहने हुनाले चिकित्सकको सल्लाह अनुसार केही समयपछि औषधिको मात्रा पनि घटाउन सकिन्छ ।

४. मुटुको कार्य अझै प्रभावशाली बनाउँछ र मधुमेहका बिरामीलाई मुटुरोग हुनदेखि जोगाउँछ ।

५. उच्च रक्तचापलाई कम गर्न मद्दत गर्छ र मोटोपना बढ्नबाट पनि रोक्छ ।

एरोबिक कसरत के हो ?

एरोबिक कसरत यस्तो शारिरीक गतिविधि हो जसले मुटुको धड्कनको साथै स्वासको गतिलाई पनि बढाउँछ र शरीरका विभिन्न मांशपेशीलाई सक्रिय बनाउँछ । लम्किँदै हिँड्नु, दगुर्नु, उकालो हिँड्नु, नाच्नु, उफ्रनु, पौडिनु, साइकल चलाउनु आदि एरोबिक कसरत हुन् । यसैगरी नेपालको परिपेक्षमा बारी वा खेतमा काम गर्नु, पँधेरोबाट पानी बोकेर ल्याउनु, गाउँघरमा उकालो-ओरालो हिँड्नु, नदीमा डुंगा खियाउनुजस्ता दैनिक काम पनि एरोबिक कसरतभित्रै पर्छन् ।

एरोबिक कसरतको तह

एरोबिक कसरतको तहले हामीले गर्ने कसरतको सजिलोपना वा गाह्रोपनालाई दर्शाउँछ । अमेरिकन कलेज अफ स्पोर्ट्स मेडिसिनका अनुसार एरोबिक कसरतका पाँच तह छन् । यसलाई मुटुको धड्कनको गति अथवा नाडीको गति अनुसार विभाजित गरिन्छ । मानौं, एक मधुमेह रोग लागेको महिला ५० वर्षको हुनुहुन्छ र उहाँ आरामसहित मेचमा बस्दा उहाँको मुटु प्रतिमिनेट ७० को दरले धड्किरहेको छ । अब उहाँका निम्न ५ तहको एरोबिक कसरत गर्दा उहाँको धड्कनको गति तल दिइएका दायराभित्र पर्न जान्छ:

१. अत्यन्तै सजिलो तह : मुटुको धड्कन प्रतिमिनेट कम्तिमा ७९ – ८७ सम्म हुन्छ।

२. सजिलो तह : ८८ – १०६

३. मध्यम तह : १०७ – १२४

४. कठिन तह : १२५ – १४७

५. अत्यन्तै कठिन तह : १४७ भन्दा माथि

बुझिने गरी भन्नुपर्दा ती महिला लम्केर हिँड्दा यदि उहाँको मुटु १०७ प्रतिमिनेटका दरले धड्किरहेको छ भने उहाँले मध्यम तहको एरोबिक कसरत गर्दै हुनुहुन्छ भन्ने बुझिन्छ । तर, यी तहहरु हरेक व्यक्तिका लागि फरक-फरक हुन्छ । हरेक मानिसको मुटु एउटै गतिले धड्किँदैन र उमेर अनुसार धड्कनको गति पनि फरक हुन्छ ।

यी सबै फाइदा पाउन मधुमेह बिरामीले कति कसरत गर्नुपर्छ ?

अमेरिकन डाइबेटिज संघ र अमेरिकन कलेज अफ स्पोर्ट्स मेडिसिन अनुसार कुनै पनि एरोबिक कसरतबाट फाइदा पाउन मधुमेह बिरामीहरुले मध्यम तहको एरोबिक कसरत हप्ताको कम्तिमा १ सय ५० मिनेटजति गर्नेपर्छ । अर्थात् कसैले हप्तामा ५ दिन गर्नुभयो भने हरेक दिन ३० मिनेटसम्म कसरत गर्नुपर्छ । २ दिन लगातार कसरत छुटाउनु हुँदैन ।

कुनै पनि एरोबिक कसरत गर्दा मुटु प्रतिमिनेट कम्तिमा १०७ वा बढीमा १२४ का दरले धड्किनुपर्छ । यही धड्कनको गतिमा सकेसम्म लगातार वा नसके बीचबीचमा आराम गरेर भए पनि जम्मा ३० मिनेटसम्म कसरतलाई कायम राख्नुपर्छ र सातामा ५ दिन कसरत गर्नुपर्छ ।

ध्यान दिनुपर्ने कुरा

१. मुटुको धड्कन र नाडीको चाल समान हो । नाडीको गतिलाई आफैंले नाडी छामेर नाप्न सकिन्छ । आजकल बजारमा स्मार्ट/फिट्नेस घडीहरु पनि पाइन्छन् । जसले मुटुको गति सजिलै देखाउँछ।

२. एरोबिक कसरतले प्रकार-१ भन्दा पनि प्रकार-२ मधुमेह रोगीलाई फाइदा पुर्‍याउँछ ।

३. मधुमेह बिरामीले सुरुमै मध्यम तहको एरोबिक कसरत गर्नु हुँदैन तर अत्यन्त सजिलो तहबाट कसरत सुरु गर्नुपर्छ र अवधि पनि ५ देखि १० मिनेट मात्रै राख्नुपर्छ । हरेक हप्ता आफूले सकेसम्म कसरतको तह र अवधि दुवै बढाउँदै जानुपर्छ ।

४. एरोबिक कसरतको तह हरेक मानिसका लागि फरक हुने भएकाले चिकित्सक वा फिजियोथेरापिस्टको निगरानीमा वैज्ञानिक तरिकाले मात्र ठिक तह पत्ता लगाएर कसरत सुरु गर्नुपर्छ । यो तरिकालाई ‘कसरत तोकिदिने विधि’ भनिन्छ । यसो गर्नाले मधुमेह बिरामीका लागि एरोबिक कसरत प्रभावकारी मात्र नभई सुरक्षित पनि साबित भएको छ ।

५ . उच्च रक्तचाप कम गर्न लिइने ‘बिटा ब्लकर’ समूहका ‘अटेनोलोल’, ‘मेटोप्रोलोल’जस्ता औषधिले एरोबिक कसरत गरे पनि मुटुको धड्कन बढ्नबाट केही हदसम्म रोक्छ ।
त्यसकारण एरोबिक तहको यो पद्द्ति यी बिरामीमा लागू हुँदैन । उनीहरुका निम्ति स्वासको गति र थकाइबाट एरोबिक कसरतको तह निश्चित गर्न सकिन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।