हाम्राे आज हिजाे हामीले लिएका निर्णय, हामीले हिजाे छानेका राेजाइहरूमा भर पर्छ । त्यस्तै, हाम्राे भविष्य आजका हाम्रा निर्णय तथा राेजाइहरूमा भर पर्छ ।

हामीले कुनै पनि निर्णय लिँदा ध्यान दिनुपर्ने महत्वपुर्ण कुराहरू यस्ता छन्

आफ्ना धेरै राेजाइ, चाहना, जिम्मेवारी र प्राथमिकताहरू हुने हुनाले हामीले निर्णय लिदाँ अलमलमा पर्ने गर्छाैँ । त्यसैले सबैभन्दा पहिले आफ्ना प्राथमिकताहरू छुट्याउनुहाेस् । कुन कुरा तपाइकाे लागी सबैभन्दा महत्वपुर्ण छ, त्याे कुरालाइ पहिले प्राथमिकतामा राख्रे गर्नुहाेस् ।

यसरी प्राथमिकताहरूलाइ लेखेर नै मुल्याङ्कन गर्नुभयाे भने तपाइलाइ निर्णय लिन सजिलाे हुन्छ । निर्णय लिँदा आफ्नाे खुसी र आत्मसम्मानलाइ पनि मह्व दिनुहाेस् । आफ्नाे खुसी र आत्मसम्मानलाइ महत्व नदिइ गरिएका निर्णयले जिवनमा पश्चताप र निराशा ल्याइदिन सक्छन् ।

महत्वपुर्ण निर्णय लिदा भावनामा बगेर र आवेगमा आएर निर्णय नलिनुहाेस् । छाेटाे बाटाे अपनाउने हाेडमा नलाग्नुहाेस् । आफ्नाे परिस्थिति, वर्तमान र भविष्य सबैलाइ मुल्याङ्कन गर्नुहाेस् । आफ्नाे निर्णयका लागी सम्भावित विकल्पहरू बनाउनुहाेस् । ति विकल्पहरूले कस्ताे कस्ताे नतिजा ल्याउन सक्छन्, मुल्याङ्कन गर्नुहाेस् र सबैभन्दा उत्कृष्ट नतिजा ल्याउन सक्ने विकल्पलाइ छान्रुहाेस्।

तपाइ आज कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ र भाेलीकाे लागी के चहानुहुन्छ ? तपाइले आज लिएकाे निर्णयले तपाइकाे भाेलीकाे लक्ष्य तथा याेजनालाइ कस्ताे असर गर्छ भन्रे विचार गर्नुहाेस् । तपाइले हिजाे र आज गरिरहेकाे कामले तपाइकाे भाेलिकाे लक्ष्य तथा याेजनालाइ सहयाेग पुर्याइरहेकाे छ कि छैन ? यदि छैन भने, तपाइले निर्णयलाइ बदल्ने समय भएकाे छ कि ? साेच्ननुहाेस्, विकल्पहरू बनाउनुहाेस् र मुल्याङ्कन गर्नुहाेस् ।

भिडियाे हेर्नुहाेस्ः

थप जानकारीः

ध्यान के हो ? किन गर्ने ?

ध्यान बस्नु भनेको कुनै पनि कुरामा एकाग्र हुनु भनेर सोच्छौं हामी । तर, ध्यानको अर्थ त्यस्तो होइन । चलनचल्तीमा मेडिटेशन भनिने ध्यानको अर्थ र महत्त्व निकै गहन छ । जापानीहरुका झेन र चीनको च्यान शब्द नै ध्यानको अपभ्रंस शब्द हो । अंगे्रजीमा ध्यानलाई मेडिटेशन पनि भन्ने गरिन्छ ।

ध्यानलाई जे जसरी सम्बोधन गरे पनि यसको मुख्य अर्थ भनेकै जागरुकता, जनचेतना, होस, साक्षी भाव तथा दृष्टा भाव हो । योगमा विभिन्न अंगहरु हुन्छन् । जसमध्ये आठौ अंग हो, ध्यान । ध्यानमात्र यस्तो तत्व हो जसलाई मानिसहरुले स्वतः स्फूर्त रुपमा सध्रने विधिका रुपमा उपयोग गर्छन् । जबकि योगका अन्य अंगहरुमा यो नियम लागू हुँदैन ।

के हो ध्यान ?

धारणाको अर्थ चित्तलाई एउटै ठाउँमा केन्द्रित गर्नु हो । तर ध्यान भनेको भावशून्य अवस्थामा रहनु हो । र, त्यसमा जागृत रहनु नै ध्यान हो । कसैले ध्यानलाई आफ्ना इष्टदेवको स्मरणको रुपमा परिभाषित गर्छन् भने कसैले अन्य प्रतिकमा एकाग्रता अभ्यास गर्ने कुरालाई जोड दिन्छन् । कसैले नृत्यलाई ध्यान भनेका छन् भने कसैले मूर्ति वा फोटो अगाडि धुप बाली सघन मनका साथ बस्नुलाई ध्यान भनेका छन् ।

ध्यानको अर्थ

ध्यानको अर्थ एकाग्रता मात्र हैन । एकाग्रता टर्चको स्पाटलाइट सरह हुन्छ, जसले एउटै ठाउँलाई मात्र फोकश गर्छ । तर ध्यान त्यो बल्ब सरह हुन्छ जसले चारै दिशामा प्रकाश फैलाउँछ । सामान्यतया मानिसहरुको ध्यान कम वाटको चिम जस्तो हुने गर्छ । जबकि योगीहरुको ध्यान भने सूर्यको प्रकाश जस्तो हुन्छ, जसमा पूरा ब्रम्हाण्ड नै समायित हुने गर्दछ ।

ध्यान कुनै क्रिया हैन

कैयौं मानिसहरु ध्यानलाई नै सर्दशन क्रिया भावातीत ध्यान क्रिया तथा सहज योग ध्यान सम्झने गल्ती गर्छन् । अन्य विधिलाई समेत उनीहरु ध्यान सम्झने गर्छन् । कैयौ सन्त, गुरु तथा महात्मा ध्यानको प्रकारका क्रान्तिकारी विधिहरु बताउने त गर्छन् । यद्यपि, उनीहरुले विधि र ध्यानबीच फरक भने कहिल्यै बताउँदैनन् । जबकि क्रिया र ध्यानमा आकाश जमिनको फरक छ ।

किनकि क्रिया साधना होइन, साध्य हो । केवल एउटा औजार हो । त्यसैले त, आँखा बन्द गरेर बस्दैमा ध्यान हुँदैन । कुनै मुर्तिलाई स्मरण गर्नु वा माला जप्नु पनि ध्यान हुँदैन । हामी भन्छौ, पाँच मिनेट भगवानको ध्यान गरौं । जबकि यो ध्यान नभएर स्मरण हो । ध्यान त तब गरिन्छ, जब क्रियाबाट मुक्त भइन्छ । विचारबाट मुक्त भइन्छ ।

 

ध्यानको स्वरुप

हाम्रो मनमा असंख्य कल्पना तथा विचार एकसाथ चल्ने गर्छ । यसका कारण हाम्रो मन तथा मस्तिष्कमा अनेकौं कुरा खेल्ने गर्छ । यस्ता कुरा जुन हामी सोच्न पनि चाहँदैनौ । र, यही ध्यानले हामीलाई अनावश्यक कल्पना तथा विचारलाई मनबाट हटाएर शुद्ध तथा निर्मलतर्फ होहोर्याउँछ ।

ध्यान जति जति गहिरो हुँदै जान्छ, व्यक्ति साक्षी भावमा स्थित हुन थाल्दछ । त्यसमा कुनै पनि भाव, कल्पना तथा विचारका क्षण मात्रले पनि प्रभाव पर्न दिँदैन । मन तथा मस्तिष्कका मौन हुनु नै ध्यानको प्राथमिक स्वरुप हो । विचार, कल्पना तथा अतीतको सुख–दुःखमा बाँच्नु ध्यानविरुद्ध हो ।

ध्यानमा इन्द्रिया मनको साथ, मन बुद्धिको साथ आफ्नो स्वरुप आत्मामा लिन हुन थाल्दछ । जसले साक्षी वा द्रष्टा भाव बुझ्दैन, उनीहरुले सुरुमा अभ्यास गर्दा आँखा बन्द गर्नु पर्छ । र, अभ्यास हुँदै गएपछि आँखा बन्द होस् वा खुला, साधक आफ्नो स्वरुपको साथ नै जोडिएर रहन्छ । र, अन्तमा ऊ साक्षी भावमा स्थिर रहेर कुनै कामलाई पूरा गर्दै पनि ध्यानमा बस्न सक्छ ।

यी हुन् ध्यान गर्दाका ४ फाइदा

ओशोका अनुयायीले किन ध्यान गर्छन्, यसमा धेरैको जिज्ञासा होला । वास्तवमा ध्यान विचारसिद्धिको अवस्था हो । ध्यान कुनै वस्तुप्रतिको एकाग्रता भने होइन । यो आफैँमा विश्राम पाउने एउटा प्रक्रिया हो । ओशो दर्शनअनुसार यस (ध्यान)लाई सक्रिय ध्यान पनि भनिन्छ । यसभित्र योग, प्राणायाम (श्वासप्रश्वासको अभ्यास) आदि पर्छन् । अब जानौँ ध्यान गर्दाका फाइदा :

मनमा शान्ति

ध्यान गरेरै मनमा हुने अनेक अशान्तिबाट टाढा रहन सकिन्छ । ध्यान गर्दा मन एकाग्र हुने भएकाले बाहिरी कामबाट हुने भय, डर र चिन्तालाई हटाउन सकिन्छ । त्यस्तै, आफूमा धैर्यताको विकास गर्न ध्यान गर्न आवश्यक छ ।

तनाव व्यवस्थापन

भौतिक जीवनबाट हुने हरेक किसिमको तनावलाई ध्यानको माध्यमले सजिलै व्यवस्थापन गर्न सकिन्छ । यसका कारण हुने स्वास्थ्य समस्याबाट समेत बच्न सकिन्छ । ध्यान गर्दा आफ्नो मस्तिष्कलाई आफैँले एकाग्र गरिने हुनाले व्याकुलता, ईष्र्या तथा निराशा हटेर जान्छ ।

सकारात्मक सोच

ध्यान गर्दा मानिसमा नकारात्मकता हटेर जान्छ, सकारात्मक सोच पलाउँछ । सकारात्मक सोचले मानिसको व्यक्तित्वमा नै परिवर्तन ल्याउँछ । मनबाट नकारात्मक सोच हट्नेबित्तिकै मानिसमा सिर्जनशीलता स्वतः बढ्छ । जसले गर्दा मानिसको व्यवहारमा नम्रता आउने भएकाले उसले समाजमा राम्रो सम्बन्ध कायम राख्न सक्छ ।

शारीरिक तन्दुरुस्ती

शरीरमा राम्ररी रक्तसञ्चार गराउन ध्यानले भूमिका खेल्छ । जसबाट प्रत्येक कोषिकामा ऊर्जा उत्पन्न हुने गर्छ । नियमित गरिने ध्यानबाट रक्तचाप र रगतमा ग्लुकोजको मात्रा नियन्त्रण हुन्छ । त्यस्तै, रोगप्रतिरोधी क्षमताको विकासका साथै घाउ, अनिद्रा, जोर्र्नी, टाउको दुखाइबाट राहत पाउन सकिन्छ । भावनालाई बढाउने सेरोटोनिन हार्मोनको विकास पनि ध्यानबाट प्राप्त हुन्छ । जसबाट व्यक्तिको भावदशा र व्यवहारमा सुधार आउँछ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।