कामकाे उत्पादनशिलता चाहे अनुसार ल्याउनकाे लागी काम गरेर मात्र हुँदैन । काममा शतप्रतिशत दिनुपर्छ । त्यसकाे लागी आफ्नाे पुर्ण ध्यान काममा मात्र केन्द्रित गर्नुपर्छ । बिहानमा याेगा या ध्यान गर्ने गर्नुहाेस् । यसले दिमाग शान्त बन्छ । दिमागमा ताजापन आउँछ । जसले गर्दा काम गर्दा दिमाग काममा केन्द्रित हुन्छ र काम सिर्जनात्मक बन्छ ।

अहिले हामी सामाजिक सँजालकाे धेरै प्रयाेग गर्ने गर्छाैँ । सामाजिक सँजाल प्रयाेग गर्नु नराम्राे हुँदै हाेइन, तर कामकाे समयमा भने सामाजिक सँजालबाट केही छिन टाढा हुनुपर्छ । यसकाे लागी माेवाइलमा आउने नाेटिफिकेसनहरूलाइ अफ गर्ने गर्नुपर्छ । मानिस सधै काममा लागेर मात्र हुँदैन ।

आफ्नाे व्पाक्तिगत र सामाजिक जिवन पनि हुन्छ । तर कामकाे समयमा भने व्याक्तिगत र सामाजिक कुराहरूले ध्यान बाँडिन सक्छ । यसकाे लागी पहिले नैँ समय तालिका बनाउँदा आफ्नाे व्याक्तिगत र सामाजिक कामकाे लागी छुट्टै समय छुषट्याउनुपर्छ । एकै पटकमा धेरै काम गर्न खाेज्रु हुँदैन ।  एउटा काम सकेर मात्र अर्काे काम गर्नुपर्छ ।

प्रथमिकताकाे आधारमा कामलाइ छुट्याउन सकिन्छ । खाना खादै काम गर्ने, माेबाइल चलाउँदै काम गर्ने गर्दा काम हामीले जति राम्राे गर्न सक्थ्याैँ, त्यति राम्राे गर्न सक्दैनाैँ । यसले आफु धेरै ब्यस्त जस्ताे देखिए पनि काम भने थाेरै मात्र पुरा भएकाे हुन्छ । त्यसैले कामबाट केही छिन विश्रामकाे लागी समय निकालाैँ, खाना खाने समय निकालाैँ । तर खाना खाँदै या माेबाइल चलाउँदै काम गर्ने नगराैँ ।

भिडियाे हेर्नुहाेस्ः

थप जानकारीः

दिमाग कमजोर बनाउने तपाईंका १० गलत बानी

उमेर वृद्धिसँगै स्मरण शक्तिमा ह्रास आउनुलाई सामान्य रुपमा लिन सकिन्छ तर युवा अवस्थामा नै यदि कुनै व्यक्तिको स्मरण शक्तिमा कमि आउँदै गएको छ भने त्यसको पछाडि कुनै गम्भीर कारण हुनसक्ने डाक्टरहरु बताउँछन् ।

मुख्यतयाः तपाईंको दैनिक जीवनयापनको कारण दिमाग कमजोर भइरहेको हुन्छ । सामान्य लाग्ने कतिपय बानीव्यवहारले मानिसको मस्तिष्कमा नराम्रो असर पारिरहेको हुन्छ । जसको कारण छिट्टै विर्सने, पढेको कुरा याद नआउनुका साथै दैनिकमा कामकाजमा समेत झमेला ब्यहोर्नु परिरहेको हुन्छ ।

यस्तो समस्या दिनप्रतिदिन बढ्दै जाने र अन्तमा दिमागमा खतरनाक समस्या पैदा हुने विभिन्न अनुसन्धानमा देखाइएको छ । मानिसका केही यस्ता बानी छन् जसले उनीहरुको दिमागमा प्रत्यक्ष असर पारिरहेका छन्ः

खानपानमा लापरवाही

व्यस्तताका कारण कतिपय मानिसहरु खाना समयमा नखाने, अस्वस्थ खाना खाने गरिरहेका हुन्छन् । जसले शरीर मात्र होइन दिमाग पनि कमजोर बनाउँछ । बिहान खाने विहानदेखि लिएर रातिको खानासम्म स्वस्थ खान जरुरी हुन्छ । विहान खाली पेट बस्दा तपाईंको दिमागले काम गर्न सक्दैन र त्यसपछि धेरै खाना खाँदा दिमागमा उल्झन पैदा हुन्छ । जसले गर्दा तपाईं दिनभरी राम्रोसँग काम गर्न सक्नुहुन्न ।

धुमपान

धुमपान स्वास्थको लागि हानिकारक छ । यसले जीवनलाई छोट्याउने मात्र होइन दिमागलाई पनि कमजोर बनाउँछ । म्याकगिल युनिभर्सिटीले गरेको एक अध्ययनका अनुसार धुमपानले मस्तिष्कको संवेदनशील भाग कर्टेक्सलाई सीधा असर गर्छ जसको कारण स्मरण शक्तिमा कमी आउँछ ।

गलत बानी

आजभोलि मानिसहरुको जीवनशैली अन्तर्गत राति अबेरसम्म नसुत्ने, व्यायाम नगर्ने जस्ता बानीहरु पर्छन् । राति अबेरसम्म ल्यापटप, मोबाइल वा कम्प्युटरको अगाडि बस्नाले दिमागमा सीधा असर पर्छ ।

पानी कम पिउँदा

तिर्खाएको मानिसले भन्दा पानी पिउने मानिसको दिमाग १४ प्रतिशत तेज हुन्छ । यदि तपाईँ लामो दुरिको यात्रा, कुनै परीक्षामा सामेल हुँदै हुनुहुन्छ भने साथमा पानी बोक्ने बानी बसाल्नुहोस् जसले तपाईंको दिमागलाई ताजा बनाइराख्छ र कुनै पनि महत्वपूर्ण कुरा बिर्सनबाट जोगाउँछ ।

अल्छी

अल्छी मानिसहरुको दिमाग कम रचनात्मक र कमजोर हुन्छ । किनकी उनीहरु दिमागको प्रयोग नै धेरै गर्दैनन् । तपाईं जति धेरै दिमागी काम गर्नुहुन्छ त्यति नै दिमाग रचनात्मक र सिर्जनशील बन्छ । साथै हरेक दिन कसरत गर्दा पनि दिमागलाई शक्ति मिल्छ र राम्रोसँग काम गर्न सक्छ ।

तनाव

तनावले पूरै शरीरको शत्रु हो । त्यसैले तनावबाट मुक्त हुन जरुरी छ । तनावले दिमागमा नराम्रो असर गर्छ । जब तनाव हुन्छ तब हाम्रो मृगौलाले तनाव ग्रन्थीको उत्पादन गर्छ । धेरै तनाव ग्रन्थीको उत्पादन हुँदा दिमागमा प्रत्यक्ष असर पर्छ ।

ईयरफोन

तपाईंले देख्नुभएको होला प्रायः मानिसहरु आजभोलि कानमा ईयरफोन, हेडसेट लगाएर गीत सुनिरहको हुन्छन् । तर लामो समयसम्म ईयरफोनको प्रयोग गर्दा कानसँगसँगै ब्रेन टिशुजको पनि नोक्सान पुर्याउँछ । लगातार यसो गर्दा अल्जाइमरको समस्या हुन् ।

निन्द्रा

एकजना स्वस्थ्य व्यक्तिलाई हरेक दिन ७ देखि ८ घण्टा सम्म सुत्न जरुरी हुन्छ । यसले दिमागलाई स्वस्थ राख्न मद्दत गर्छ । यदि निन्द्रा पुगेन भने दिमागले भोलिपल्ट राम्रोसँग काम गर्न सक्दैन । जसले गर्दा दिमागले काम गर्ने क्षमतामा ह्रास आउँदै जान्छ ।

एक्लोपन

केहि मानिसहर भिडभाडभन्दा एकान्तमा बस्न रुचाउँछन् । लामो समयसम्म एक्लै बस्दा दिमागमा असर गर्ने अनुसन्धानमा उल्लेख भएको पाइन्छ ।

 

दिमाग स्वस्थ राख्ने ६ टिप्स

जीवनमा उतारचढाव आइरहन्छ । जसको दिमाग स्वस्थ हुन्छ, उसले यस्ता उतारचढावलाई सहजै स्वीकार्छ । दिमागलाई स्वस्थ राख्नका लागि आफूसँग रहेका सामान्य अस्वस्थ व्यवहार पन्छाउनुपर्छ । आफ्नो व्यवहार, भावना र विचार नियन्त्रण गर्न सकियो भने सफलता नजिकिँदै जान्छ ।

गल्ती महसुस गर्ने, तनाव नलिने

गल्ती कसले गर्दैन ? जानेर पो गर्नुहुँदैन । नजानेर हुने गल्तीका लागि धेरै मान्छे पछुताउँछन् । तर, यो बानी राम्रो होइन । एकचोटी भएको गल्तीलाई सम्झिरहँदा दिमागको क्षय हुन्छ । त्यसैले गल्ती नदोहोर्याउनेमा प्रतिबद्ध भएर पुराना गल्तीमा नअल्झिने सोच बनाउनुपर्छ ।

अर्काको नजरबाट आफूलाई नहेर्ने

धेरै मान्छेले जिन्दगीमा दोहोर्याउने गल्ती हो यो । अरुले ‘राम्रो’ भन्दा मख्ख पर्ने र ‘नराम्रो’ भनेपछि खिस्रिक्क हुने प्रायः को बानी हुन्छ । यही गल्तीले मान्छेलाई निरन्तर पछारिरहेको हुन्छ । सधैँ अरुले हौसला प्रदान गर्दैनन् र सबै आफ्ना अनुकूल हुँदैनन् । अरुको नजरमा आफूलाई सही नदेखेकै अवस्थामा आफू गलत नहुन पनि सकिन्छ । त्यसैले सही सुझावलाई ग्रहण गर्ने तर उनीहरुको नजरिया अनुसार आफूलाई मूल्यांकन नगर्ने बानीले दिमागलाई स्वस्थ राख्न मद्दत गर्छ ।

परिवर्तनसँग नडराउने

मान्छे ठीकठाक अवस्थामा छ भने ऊ परिवर्तनदेखि डराउँछ । यथास्थितिमै रमाउन वातावरण सिर्जना गर्न थाल्छ । जसले गर्दा दिमागमा नयाँ सोच सिर्जना हुँदैन । परिस्थितिको परिबर्तनलाई अवसरको नयाँ दैलो ठान्नेहरु मात्रै यो दुनियाँमा तेज बुद्धि भएकामध्ये परेका छन् ।

सफलताको माथिल्लो सिँढीमा उनीहरु नै पुगेका छन् । मान्छेको दिमाग परिवर्तनलाई सदा स्वागत गर्छ । तर, समयसँगै आफूलाई बदल्न चाहन्छ । हामी यथास्थितिमा राख्न खोज्छौँ, जसले गर्दा बुद्धिको विकासमा असर पुर्याउँछ । परिवर्तनसँग डराउने होइन, डटेर सामना गर्ने विचारले दिमाग बढाउँछ ।

एक्लोपन महसुस नगर्ने

धेरै मान्छे अधिकांश समय साथीसँग कटाउन रुचाउँछन् । यो दिमाग क्षय गर्ने सबभन्दा ठूलो कारण हो । किनकि साथीहरुमाझ दिमागले नयाँ कुरा सोच्ने र एकोहोरिने अवसर पाउँदैन । बिस्तारै त्यसरी सोच्ने ग्रन्थी बन्द हुँदै जान्छ । गहन कुरा सोच्न खोज्दा समेत एकाग्र हुन सकिदैन । त्यसैले एक्लोपनसँग डराउने होइन, त्यसको सदुपयोग गर्ने बानी बसाल्नुपर्छ । आफ्नो खुसीका लागि साथीमा निर्भर नभइ एक्लै रमाउनु पनि सफलताको कारक बन्न सक्छ । त्यसरी रहँदा नयाँ सोच आउने सम्भावना धेरै हुन्छ ।

अर्काको सफलतामा रमाउने

सामूहिक रोग हो, अर्काको प्रगतिमा जल्ने । आफ्नो सफलता भन्दा अर्काको असफलतामा रम्ने बानीले अन्ततः दिमाग नै त्यही रुपमा बदलिन्छ । नकारात्मक कुरालाई महत्व दिने ग्रन्थी दिमागबाट चाँडो निस्किन थाल्छन् । अन्तमा गएर आफ्नो सफलताका लागि भन्दा अर्काको असफलताका लागि दिमाग चल्छ । आफू अघि बढ्ने समय अर्काको खुट्टा तान्न खर्चिंदा कहिल्यै सफलता हासिल गर्न सकिँदैन। अर्काको सफलतामा समेत रमाउने स्वभावको विकास गर्दा आफ्नो सफलताका लागि सोच्ने शक्तिको विकास हुन्छ ।

अरुसँग तुलना नगर्ने

आफ्नो तुलना अर्काे कोहीसँग गर्नुहुँदैन । किनकि जन्मिने वातावरण, समय र अवस्था नै फरक भएपछि कुनै कुरामा समानता हुने सम्भावनै हुँदैन । आफूलाई अरुसँग दाँज्ने बानीले कहिल्यै बुद्धिको विकास हुन दिँदैन । आफू अरुभन्दा फरक हो र हुनुपर्छ भन्ने सोचाइले अन्ततः फरक बनाएरै छाड्छ । अरुसँग तुलना गर्दा कि त आफू कमजोर भएको महसुुस हुन्छ, कि त बलियो । दुइटै दिमागलाई नयाँ तरिकाले उपयोग गर्ने प्रक्रियाका बाधक हुन् । आफूसँग भएको कुरालाई उच्चतम प्रयोगका लागि सोच्ने बानीका कारण दिमाग सदा विकल्प ठम्याउनेतिर अघि बढ्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।