हाम्रो क्यालेन्डरहरू १२ महिनामा विभाजन गरिएको छ। प्रत्येक महिनाले हामीसँग बिभिन्न सम्बन्ध राख्छन । हामी सबै महिना मनाउँदछौं जस्तै जन्मदिन वा वार्षिकोत्सव वा हामीले पहिलो पटक रोजगार प्राप्त गरेको महिना |
मिति र महिनाहरू विशेष हुन्छन तर के तपाईंले कहिल्यै सोच्नुभएको छ महिनाहरुको नाम कसरि राखियो होला | पक्कै पनि ति नामहरु बिनाकारण राखिएका हैनन् | ति नामहरुको पछाडी भएका रहस्यहरुका बारेमा बुझौ |

१. जनवरी

जनवरी महिनालाई रोमानको भगवान जानुसको नाम दिइएको हो । जेनसको २ अनुहारहरू थिए भन्ने विश्वास गरिन्छ | जानुसले एउटा अनुहारको मदतले भविष्यलाई हेर्ने गर्थ्यो भने अर्को अनुहारको मदतले अतीतलाई हेर्न गर्थ्यो भन्ने बिश्वाश गरिन्छ |

२. फेब्रुअरी

फेब्रुअरी महिना रोमन भगवान फेब्रुयलिया पछि नामाकरण गरिएको हो , फेब्रुअरी महिनाले एक विशेष महत्व राख्ने गर्छ । यस महिनालाई शुद्धिकरण हुने महिना पनि भनिन्छ |

३. मार्च

यस महिना रोमनका युद्धका देवता मार्स पछी नामाकर गरिएको हो | यो महिना रोमन क्यालेण्डरमा पहिलो पटक राखिएको हो तर जनवरी र फेब्रुअरी पछि थपिएको महिनाहरू हुन् | पहिलो पटक क्यालेण्डरमा राखिएको महिना भएकाले यसले बिषेश महत्व राख्ने गरेको छ |

४. अप्रिल

यस महिनाको नाम ल्याटिन शब्द “Aperire” बाट आएको हो । यस शव्दको अर्थ “खोल्न” भन्ने हुन्छ | यस महिनाले बसन्त ऋतुमा फुलहरु फुल्ने र सुगन्ध फैलाउने भनेर अर्थ राख्ने गर्छ |

५. मे

मे महिना ग्रीक देवी “Maia” पछि नामाकरण गरिएको हो । “Maia” बोटबिरुवा हुर्काउने देवी हुन् भनेर विश्वास गरिन्छ। मे एक सुन्दर महिना हो जसलाई एक सुन्दर नाम दिएको छ |

६. जुन

जून एक यस्तो महिना हो जहाँ धेरै विवाहहरू हुन्छन् र अचम्मको कुरा के छ भने, यो रोमन देवी “जुनो” को नाममा राखिएको महिना हो | “जुनो”लाई जन्म र विवाहको देवी मानिन्छ | उनी बृहस्पतिकी श्रीमती पनि हुन् , जसलाई देवताहरूको राजा पनि भनिन्छ ।

७. जुलाई

यस महिनाको नाम पुरानो रोमन साम्राज्यको प्रभावशाली व्यक्ति जुलियस सीजरको नाम पछि राखिएको हो |

८. अगस्ट

अगस्ट महिना पुरातन रोमन विश्वको एक प्रभावशाली व्यक्तित्वको नाममा राखिएको हो, अगस्टको नाम अगस्टस सिजरबाट आएको हो |

९. सेप्टेम्बर

सेप्टेम्बर सेप्टेमबाट आएको शब्द हो, जुन ल्याटिन भाषामा ७ नम्बरका लागि प्रायोग हुने गर्छ |

१०. अक्टुबर

सेप्टेम्बर जस्तै, अक्टुबर शुरुमा आठौं महिनाको रुपमा “ओक्टो”बाट लिइएको हो | ओक्टो ल्याटिन भाषामा ८ नम्बरका निम्ति प्रायोग हुने गर्छ |

११. नोभेम्बर

नोभेम्बर महिना जनवरी र फेब्रुअरी महिना भन्दा अगाडी नामकरण गरिएको महिना हो र यस महिनालाई बर्षको ९ औ महिनाको रुपमा प्रयोग गरिएको थियो | यस महिनाको नाम ल्याटिन शब्द नोभेमबाट लिइएको हो, जसको अर्थ ल्याटिन भाषामा ९ हुन्छ |

१२. डिसेम्बर

यस महिनाको नाम ल्याटिन शब्द, डेसेमबाट आएको हो, जसको अर्थ अंग्रेजीमा दस हो।