दिमागलाइ तिक्ष्ण बनाएर आफ्नाे स्मरणशक्तिलाइ वृद्दि गर्न, दिमागलाइ सक्रिय बनाउनु आवश्यक छ । दिमागलाइ नकारात्मक विचारहरूले भर्दा दिमागकाे शक्ति झन् कमजाेर हुन्छ । त्यसैले सधै सकारात्मक रहनुहाेस् र शारिरीक तथा मानशिक रूपले स्वस्थ बन्रुहाेस् ।

तपाइकाे दिमाग तिक्ष्ण बनाउनकाे लागी केही साधारण टिप्सहरू यसप्रकार रहेका छन्ः

नियमीत व्यायम गर्नुहाेस् । मेडिकल र याेगा गर्नु अझ फाइदाजनक हुन्छ । नियमीत व्यायम गर्नले हाम्राे शरीर फुर्तिलाे हुन्छ र स्यास्थ्यका लागी पनि नियमीत व्यायम गर्नु फाइदाजनक छ । शरीर फुर्तिलाे र स्फुर्त भयाे भने हाम्राे जुन कुरामा पनि मन लाग्ने गर्दछ ।

धेरै चिल्ले र गह्राैँ भाेजन नगर्नुहाेस् । चिल्लाे खानाले हाम्राे शरीरलाइ असर गरिरहेकाे हुन्छ । चिल्लाे खाना खानाले हाम्राे स्वास्थ्यमा खराबी आउँन सक्छ । त्यसैले सकेसम्म चिल्लाे खाना नखानुहाेस् । धेरै खानाले पनि हाम्राे शरीरमा असर गर्दछ । धेरै खाना खानाले अल्छी लाग्ने, थकित महसुस हुने भएकाले कुनै पनि काम गर्न मन लाग्दैन । यसाे भयाे भने हामीलाइ सफलता हासित गर्न गाह्राे हुन्छ ।

प्रशस्त मात्रामा पानी पिउनुहाेस् । पानी हाम्राे जिवनकाे लागी अति आवश्यक पदार्थ हाे । पानीबिना हामी हाम्राे जिवनकाे कल्पना सम्म पनि गर्न सक्दैनाैँ । पानी हाम्राे शरीरकाे लागी फाइदाजनक छ । धेरै पानी पिउनाले विभिन्र राेगहरूबाट बच्नुका साथै शरीर फुर्तिलाे पनि हुने गर्दछ । त्यसैले पानी पिउनाले दिमाग तिक्ष्ण हुनुका साथै स्वास्थ्यमा पनि फाइदा पुग्ने गर्दछ ।

घडी सधै देब्रे हातमा लगाउनुहुन्छ भने, २/३ दिन दाहिने हातमा लगाउनुहाेस् । यसरी साटफेर गरेर घडी लगाउँदा, घडी हेर्ने समयमा तपाइकाे दिमाग सक्रिय बन्छ र स्मरणशक्ति बढ्छ । त्यसैले घडी कहीले एउटा हातमा त कहीले अर्काे हातमा साटफेर गर्दै लगाउने बानी गर्नुहाेस् ।

दाहिने हातले ब्रस गर्नुहुन्छ भने, कहिलेकाहीँ देब्रे हातले पनि गर्नुहाेस् । यसाे गर्दा, दिमाग त्याे काममा केन्द्रित हुन्छ र सक्रिय बन्छ । त्यसैले तपाइकाे सधै एउटै हातले ब्रस गर्ने बानी छ भने त्याे बानी तुरून्तै छाेडेर याे बानी अपनाउनुहाेस् । यसाे गर्दा तपाइकाे दिमाग तिक्ष्ण बनाउन मद्दत पुन्नेछ ।

‘मलाइ सम्झिनै गाह्राे हुन्छ’ भन्रे कुरा दिमागमा ल्याउदै नल्याउनुहाेस् । म सम्झिन सक्छु भनेर सधै सकारात्मक प्रयास गर्नुहाेस् । केही काम गर्दै हुनुहुन्छ भने सुरूमै नकारात्मक कुरा मनमा लिएर त्याे काम सुरू गर्नुभयाे भने तपाइ जिवनमा कहिले पनि सफलताकाे सिखरमा पुग्न सक्नुहुन्न । त्यसैले सधै सकारात्मक साेच राख्ने गर्नुहाेस् ।

केही कुरा पढ्दा या गर्दा, त्यसकाे चित्र आफ्नाे दिमागमा ल्याउनुहाेस् । जस्तै कुकुर भनेर पढ्दै हुनुहुन्छ भने कुकुरकाे चित्र आफ्नाे दिमागमा ल्याउनुहाेस् । यसाे गर्नाले तपाइ त्याे कुरा हत्तपत्त बिर्सीनु हुन्न । यसाे गर्नाले तपाइकाे दिमाग तिक्ष्ण हुने गर्दछ ।

तपाइ जति खेर पढ्दा पनि के पढ्नु हुन्छ त्याे कुरा लेखेर पढ्ने गर्नुहाेस् । पढ्दै लेख्दै गर्नुभयाे भने तपाइ त्याे कुरा धेरै लामाे समयसम्म भुल्नु हुन्न । पढ्ने राम्राे बानीहरू मध्येकाे सबैभन्दा राम्राे बानी भनेकाे पढ्दै लेख्दै गर्ने बानी पनि हाे ।

आफ्नाे दिमागलाइ एकाेहाेराे पढाइ वा कुनै पनि काममा मात्र नलगाउनुहाेस् । दिमागलाइ घरी घरी फ्रेस बनाउदै पढ्ने गर्नाले पढेकाे कुरा सबै दिमागमा घुस्ने गर्दछ । मनाेरञ्जनात्मक कामहरूकाे लागी पनि केही समय छुट्याउने गर्नुहाेस् । यसाे गर्नाले तपाइकाे दिमाग फ्रेस हुन्छ ।

सम्झेर अभ्यास हप्तामा कम्तिमा ३ पटक, एकपटकमा कम्तिमा ३० देखी ६० मिनेटसम्म गर्नुहाेस् । यसले तपाइकाे दिमागलाइ सक्रिय बनाउँछ । अभ्यास गर्नाले तपाइकाे दिमाग तिक्ष्ण हुन पनि मद्दत गर्दछ ।

तपाइले कुनै पनि कुरा घाेक्नु छ भने त्याे कुरा एकापटक हेर्ने र त्यसलाइ आखाँ बन्द गरेर एकपटक सम्झिने प्रयास गर्नुहाेस् । यसाे गर्नाले तपाइले त्याे कुरा हत्तपत्त बिर्सिन सक्नुहुन्छ ।

निन्द्रासँग सम्झाैँता नगर्नुहाेस् । मस्तसँग निन्द्रापुग्नेगरि सुत्नुहाेस् । नसुती नसुती काम गर्न थाल्नु भयाे भने तपाइ झन् थकित हुनुहुन्छ र फ्रेस हुन पनि पाउनु हुन्न । फ्रेस नभइ कुनै पनि काम गर्न धेरै नै गाह्राे हुन्छ ।

बाेलिरहेकाे मान्छेले भनेकाे कुराकाे अर्थ बुझ्नेगरि गहिरिएर सुन्रुहाेस् । तपाइलाइ कुनै पनि कुरा याद गर्नुछ भने त्याे कुराकाे बारेमा राम्राेसँग बुझ्नु जरूरी हुन्छ । अनि मात्र त्याे कुरा याद हुन्छ । त्यसैले राम्ररी बुझेर सुनेर त्याे कुरा याद गर्ने बानीकाे विकास गर्नुहाेस् ।

विगतकाे दुःख र भविष्यप्रतिकाे डरलाइ दिमागमा नभर्नुहाेस् । विगतका कुरालाइ सम्झेर र भविष्यमा के हाेला भन्रे डरलाइ दिमागमा भर्न थाल्नुभयाे भने तपाइले कहिले पनि केही कुरा याद गर्न सक्नुहुन्न र तपाइकाे दिमाग तिक्ष्ण हुनुकाे साटाे झन् बाेधाे हुँदै जान्छ । आज बाँच्ने र राम्राे गर्ने प्रयास गर्नुहाेस् ।

आफ्नाे काममा सधै आत्मनिर्भर बन्रुहाेस् । यसाे गर्नाले तपाइकाे दिमाग सक्रिय हुन्छ । आफ्नाे जुन काम पनि आत्मनिर्भर भएर गर्ने बानीकाे विकास गर्नुहाेस् । यसले तपाइकाे दिमाग तिक्ष्ण बनाउनकाे लागी धेरै मद्दत गर्दछ ।

नकारात्मक कुराहरू नसाेच्नुहाेस् र मुस्कुराउने गर्नुहाेस् । सकारात्मक साेच र मुस्कानले शरीर तथा दिमागमा स्फुर्तिकाे तरङ्ग ल्याइदिन्छ । नकारात्मक कुरा मात्र साेच्न गर्नाले दिमाग नकारात्मक कुराहरूले मात्र भरिन्छ ।

थप जानकारीः

स्मरण क्षमता बढाउने प्रभावकारी काइदा, यी हुन् ८ तरिका

कुनैपनि निणर्य सही समयमा, सही ढंगले लिनका लागि हामीमा त्यही किसिमको बुद्धि चाहिन्छ । र, बुद्धिको सोझो कनेक्सन दिमागसँग हुन्छ । अब अर्को प्रश्न, दिमाग चाहि कसरी तगडा बनाउने ? यस सन्दर्भमा हिन्दी विविसीको अनलाइन संस्करणमा एउटा लेख प्रकासित छ, जसलाई हामीले यहाँ पेश गरेका छौं ।

तपाईलाई कहिल्यै यस्तो भएको छ कि, तपाईं कुनै ठाउँ वा व्यक्तिको नाम स्मरण गर्ने प्रयास गर्नुहुन्छ, तर जति गरेपनि त्यो याद हुँदैन । भनिन्छ, उमेर बढ्दै जाँदा हाम्रो स्मरणशक्ति पनि कमजोर हुन्छ । यस्तो हुनपनि सक्छ । तर, स्मरणशक्तिलाई हामी उमेर ढल्कदै गएपनि तन्दुरुस्त राख्न सकिन्छ । त्यसका लागि केही काइदा छन् ।

हामीलाई सधै एउटा प्रश्नले घेरा हालिरहेको हुन्छ, ‘कसरी सफल हुने ? कसरी प्रगति गर्ने ?’ वास्तवमा कुनैपनि कर्ममा सफलता हासिल गर्नका लागि शारीरिक र मानसिक लगाव, सक्रियता, दृढता, आत्माविश्वास आवश्यक हुन्छ । सही ढंगले तय गरिएको योजनालाई उत्तिकै कुशलतापूर्वक निर्वाह गरेर हामी प्रगतिपथमा लम्कन सक्छौं । अतः यसका लागि हामीसँग उर्जावान्, सक्रिय र तन्दुरुस्त शरीर मात्र होइन, तिक्ष्ण बुद्धी पनि आवश्याक हुन्छ ।

व्यायाम गर्ने बानीकाे विकास गर्नुहाेस्

नियमित व्यायाम गर्नुपर्छ, स्मरणशक्ति बढ्छ । कसरी ? प्रश्न उठ्नु स्वभाविक हो । जब हामी व्यायाम गर्छौं, दिमागको कोशिकाबीच आपसी सम्पर्क राम्ररी हुन्छ र नयाँ कोशिका पनि निर्माण हुन्छ । कार्डियो एक्सरसाइज अझ राम्रो हो, शरीरमा अक्सिजन प्रवाह हुन्छ । यदि यो व्यायाम तपाईले घर बाहिर गर्नुभयो भने भिटामिन डि पनि प्राप्त हुन्छ ।

छिटाे छिटाे याद गर्ने बानीकाे विकास गर्नुहाेस्

कुनैपनि गतिविधीसँगै कुनैपनि कुरा याद वा स्मरण गर्ने पद्धती हो यो । यस किसिमको पद्धती अक्सर फिल्मका अभिनेताहरु गर्छन् । यदि तपाई कुनैपनि कुरा मुभमेन्टका साथै गर्नुहुन्छ भने, त्यसलाई याद अर्थात स्मरण गर्न बढी संभव हुन्छ । यदि तपाईंले कतै प्रेजेन्टेशन दिनुपर्ने छ र त्यसको तयारी गरिरहनु भएको छ । मानौं, त्यसका लागि तपाईंले नोट पढेर तयारी गर्नु भयो र नाचेर वा शारीरिक हाउभाउ गरेर तयारी गर्नुभयो भने दोस्रो विधी बढी प्रभावकारी हुनेछ ।

सन्तुलित भोजन खाने गर्नुहाेस्

तपाईं जब चिनीजन्य खानेकुरा सेवन गर्नुहुन्छ, त्यसको २० प्रतिशत हिस्सा सोझै दिमागमा पुग्छ । त्यही कारण हो कि, दिमागको कामकाजी हालत ग्लुकोजको स्तरमा निर्भर रहन्छ । यदि तपाईंले सुगर लेभल नियन्त्रण गर्नुभएन भने तपाईंको दिमाग द्विविधाग्रस्त हुनसक्छ । बरु यस्तो खानेकुरा दिमागको लागि सही हुन्छ, जसले डोपामाइन केमिकल निकाल्छ । यो कुरा पनि ख्याल राखौं कि, दिमागको कोशिका फ्याटबाट बनेको हुन्छ । त्यसैले खानामा बोसोको मात्रा हुनुपर्छ । यसका साथै ओखर, वियाँ, नासपाती, माछा दिमागका लागि एकदमै राम्रो हुन्छ ।

दुनियाबाट बेखबर रहनुहोस्

तनाव दिनमागका लागि राम्रो पनि हुन्छ । किनभने आपतकालमा त्यही दिमागले तिब्र रुपमा निर्णय लिन सक्छ । तर, धेरै समय तनावमा रहँदा त्यही दिमागलाई असर गर्छ । साथै कहीले काहीँ दुनियाबाट बेखबर रहनु पनि राम्रो हो । यसले दिमागलाई विश्राम दिन्छ । त्यसबेला दिमागको अर्को हिस्साले काम गर्छ । त्यो हिस्सा, जो सपना देख्दा सक्रिय हुन्छ । स्मरणशक्ति बढाउनका लागि यो अभ्यास निकै प्रभावकारी हुनसक्छ ।

नयाँ चुनौतीको खोजी गर्नुहाेस्

दिमागलाई तन्दुरुस्त राख्नका लागि आवश्यक छ कि, तपाईं त्यसलाई चुनौती दिनुहोस् । यसले तपाईंलाई नयाँ कुरा सिक्न प्रेरित गर्छ ।अर्थात कुनै नयाँ भाषा सिक्ने अभ्यास, कुनै नयाँ कला सिक्ने अभ्यासले पनि दिमागको क्षमता बढाउँछ । यी सबै गर्न पाउनुभएन भने पनि साथी तथा परिवारसँग बसेर अनलाइन गेम खेल्न सक्नुहुनेछ । संगीतले दिमागमा जादुई प्रभाव पार्छ । कुनै गीत सुन्नुहोस्, कुनै वाद्ययन्त्र बजाउनुहोस्, तपाईंलाई महसुष हुनेछ कि, शरीर पुरा सक्रिया भयो । कुनैबेला स्मरणशक्ति कमजोर भएमा गीत संगीतले प्रभावकारी उपचारको काम गर्न सक्छ ।

पढ्नुहोस् र सोच्नुहोस्

जब तपाई कुनै नयाँ कुरा पढ्नुहुन्छ, तब तपाईंको दिमागको दुई कोशिकाको तार जोडिन्छ । जब तपाईं सुत्नुहुन्छ, जुन यो सम्पर्क बलियो हुन्छ । तपाईंले पढ्नुभएको कुरा मस्तिष्कमा रहन्छ । यो कुनैपनि कुरा स्मरणमा राख्ने राम्रो काइदा हो । त्यही कारण त हो नि, सुत्नुअघि फिल्म वा डरलाग्दो कथा सुन्नु राम्रो होइन । यसले तपाईंको मास्तिष्कमा नकारात्मक प्रभाव पार्छ ।

बिहानै यसरी उठौं

तपाईंलाई थाहा छ कि, निद्रा एकदमै महत्वपूर्ण छ । यदि तपाईं दिनमा पाँच घण्टा सुत्नुहुन्छ भने मानसिक रुपले त्यती सर्तक हुन सक्नुहुन्न । यो स्थिती त्यसबेला पनि हुन्छ, जब तपाई १० घण्टाभन्दा बढी सुत्नुहुन्छ । यसको अर्थ के भने, तपाईं कति समय सुत्नुहुन्छ वा कतिबेला उठ्नुहुन्छ ? यसको साइनो स्मरण क्षमतासँग पनि जोडिएको छ । सबैभन्दा राम्रो स्थिती त यो हो कि, तपाईं अध्याँरोमा सुत्नुहोस् र क्रमस उज्यालो छाउन थालेपछि उठ्नुहोस् । जस्तो कि, सूर्यको किरण । उदाउदो घामको किरणको स्पर्शले पनि स्मरणशक्ति बढाउनमा निकै फाइदा गर्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः