सामान्य खाजाघरदेखि ठूला रेस्टुरेन्टसम्म खानेकुराको स्वाद बढाउन भन्दै ‘अजिनोमोटो’ प्रयोग गरिन्छ । सेतो मसला भनिने ‘अजिनोमोटो’ वर्षमा ४ हजार मेट्रिक टन सम्म आयात हुन्छ । चिकित्सकका अनुसार खानेकुरामा यसको प्रयोग स्वास्थ्यका दृष्टिले हानिकारक छ ।

हेर्दा टलक्क टल्किएका यी दाना खानेकुरालाई थप स्वादिलो बनाउन प्रयोग गरिने मोनोसोडियम ग्लुटामेट अजिनोमोटो हो । खानामा मिसाएपछि पग्लिने ‘अजिनोमोटो’ यस्तो केमिकल हो जसले जिब्रोको स्वाद लिने भागलाई सक्रिय बनाउँछ । खुद्रा पसलदेखि ठूला स्टोरसम्म सजिलै पाइने यो मोनोसोडियम ग्लुटामेट स्वास्थ्यको लागि भने अत्यन्त हानिकारक छ ।

अजिनोमोटोयुक्त खानेकुरा खाँदा

रगतमा ग्लुटामेटको स्तर बढ्छ, मुख्य अंगको कार्यक्षमता कमजोर बनाउँछ ।

आँखाको रेटिनामा नोक्सान पुर्याउँछ, मस्तिष्कको न्यूरोन्समा असर गर्छ ।

प्रजनन् क्षमता कमजोर बनाउँछ, गर्भवती र गर्भको बच्चाबीच खाद्य अपूर्तीमा अवरोध पैदा गर्छ ।

शरीरमा सोडियमको मात्रासँगै ब्लड प्रेसर पनि बढ्छ ।

क्यान्सरको जोखिम बढाउछ ।

यस्तै, ‘अजिनोमोटो’ले अधिक भोजन रोक्न मस्तिष्कलाई संकेत गर्ने शरीरमा रहेको लेप्टिन हर्मोनलाई कमजोर बनाउँछ । त्यसैले ‘अजिनोमोटो’ हालेको खाना जत्ति खाए पनि अघाएको जस्तो लाग्दैन ।

भारत, पाकिस्तान, युरोपका केहीसहित विश्वका करिब ५० देशमा स्वास्थ्यका लागि घातक ‘अजिनोमोटो’को प्रयोग बर्जित छ । तर, नेपालमा अत्यधिक आयात भैरहेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक बर्षमा ४ लाख ८४ हजार केजी अजिनोमोटो आयात भएको छ ।

नेपालजस्तो सानो मुलुकमा यति धेरै मनोसोडिएम आयात हुनुले केहि बर्षपछि क्यान्सर रोग भयाभह हुन सक्ने चिकित्सक औंल्याउँछन् । बाइट डा समिर शर्मा, क्यान्सर रोग विशेषज्ञ

एकातिर घरको भान्सादेखि होटेलसम्म प्रयोग गर्न ‘अजिनोमोटो’को माग बढिरहेको छ भने अर्कातिर उपभोक्ता घातक हुने÷नहुनेबारे ज्ञान नै नभएको बताउँछन् । कतिलाई त खानामा प्रयोग गरिन्छ भन्ने ज्ञानसमेत छैन ।

नेपालमा अजिनोमोटो अत्यधिक प्रयोग हुने खाजा मम र चाउमिन हो । हामी पुग्दा एक मम सेन्टरमा अत्यधिक ‘अजिनिमोटो’ प्रयोग गरिँदै थियो । पकाउदा मिसाइने मात्र होइन प्याकेट बन्द चाउचाउ, चिप्स, फास्टफुडमा पनि अजिनोमोटोको प्रयोग गरिन्छ । मन्द बिषको काम गर्ने ‘अजिनोमोटो’को प्रयोगमा सचेत हुन आवश्यक छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

हामी स्वादको चक्करमा स्वास्थ्यलाई पार्दैछाै बर्बाद, जंक फूडले यसरी पार्दैछ शरीर सखाब

अहिलेका पुस्ताको मेनुमा के कस्ता खानेकुरा छन् ? चाउचाउ, चाउमिन, मम, पिज्जा, बर्गर, स्याडविच इत्यादी । घरमा पकाइने खाजामा उनीहरु त्यती अभ्यस्त छैनन्, जति बजारमा उपलब्ध तयारी खाजामा छन् ।

जब भोग लाग्छ, चाउचाउ खान्छन् । चाउमिन मगाउँछन् । पिज्जा खोज्छन् ।

यस्तो दिन हुँदैन, जुन दिन उनीहरुले यस्ता खानेकुरा नखाएका होस् । हरेक दिनजसो केही न केही यस्ता खानेकुरा खाइरेका हुन्छन्, जसले जिब्रो लोभ्याउँछ । पेट भरिन्छ । तर, स्वास्थ्यलाई हानी गर्छ ।

बजारमा उपलब्ध खानेकुरालाई स्वादिलो र टिकाउयुक्त बनाउनका लागि कतिपय अखाद्य पदार्थ मिश्रण गरिएको हुन्छ । त्यही तत्व हाम्रो पेटमा नपच्ने मात्र होइन, विषाक्त पनि हुन्छ । पछिल्लो पुस्तामा बढ्दो क्यान्सर, मधुमेह, उच्च रक्तचाप आदिको मूल कारण नै उनीहरुको खानपान बनिरहेको छ ।

अक्सर के देखिन्छ भने, जुन चिज खानमा स्वादिष्ट हुन्छ, त्यो हाम्रो स्वास्थ्यका लागि उत्तिनै हानिकारक हुन्छ । यस्ता खानेकुराले पेटमा समस्या निम्त्याउँछ ।

हामी सबैजसो बेखबर छैनौ कि, जंकफूड स्वास्थ्यका लागि हानिकारक छ । तर, अहिलेको पुस्ताको दैनिकीमा जंक फूड अभिन्न रुपमा जोडिएको छ । जंक फूडको स्वाद नलिएसम्म उनीहरुको तलतल मेटिदैन । किनभने जंक फूड तुलनात्मक रुपमा स्वादिलो हुन्छ । यही स्वादको चक्करमा अहिले जंकफूड सेवन गर्नेहरु बढ्दो छन् ।

किन स्वादिलो हुन्छ ?

जंक फूड बनाउने क्रममा त्यस्ता केही चिज प्रयोग गरिन्छ, जो खानामा एकदम स्वादिलो हुन्छ । तर, हामीले यो भुल्न हुँदैन कि, जुन चिज स्वादिलो बनाउनका लागि प्रयोग गरिन्छ, त्यो स्वस्थ्यवर्द्धक हुँदैन । हाम्रो शरीरको लागि अत्यान्तै हानिकारक हुन्छ ।

जस्तो कि, डबल ह्यामबर्गर खानमा सबैलाई स्वादिलो लाग्छ । तर, जब यसको सेवन गरिन्छ, साथसाथै ९४२ क्यालोरी पनि शरीरमा पुग्छ । अर्थात बर्गर खानमा त स्वादिलो होला, तर त्यसमा रहेको हानिकारक फ्याटले शरीरलाई उत्तिकै दुषित बनाइदिन्छ ।

कुनलाई भनिन्छ जंक फूड ?

जंक फूड त्यसलाई भनिन्छ, जसमा अत्याधिक मात्रामा खराब पोषणयुक्त चिज, ट्रान्स फ्याट, चिनी, सोडियम र अनेक किसिमको रसायन हुन्छ । खासगरी जंक फूडलाई स्वादिलो, आकर्षक बनाउनका लागि त्यसमा केही किसिमको खाद्य पदार्थ र रंग मिश्रण गरिन्छ ।

जंक फूडको जानकारी

चाउचाउ, कुरकुरे, आलु चिप्स, विस्कुट, लेज, कोल्ड डिं्रक, पिज्जा, बर्गर, मम, चाउमिन, डोनट, पपकर्न, प|mेन्च प|mाइज सबै जंक फूड हुन् । बजारमा पाइने तयारी अधिकांश खाद्य पदार्थ जंक फूड हो ।

जंक फूडले के असर गर्छ ?

१. जब हामी जंक फूड सेवन गर्न थाल्छौं, हामीलाई अघाएको अनुभव हुन्छ । पेट भरिन्छ । त्यही कारण हामी अन्य पोषिलो खानेकुरा खान सक्दैनौं । यसबाट के हुन्छ भने, शरीरमा पोषणको अभाव । किनभने जंकफूडमा पोषक तत्व हुँदैन । त्यही जंक फूडले पेटमा कब्जा जमाएपछि पोषणयुक्त खानेकुरा कहाँ अटाउने ?

२. जंक फूडमा उच्च क्यालोरी हुन्छ । यसले हाम्रो शरीरको तौल अनियन्त्रित रुपमा बढ्न थाल्छ । यदि हामीले प्रत्येक दिन पाँच सय क्यालोरी ग्रहण गर्‍यौं भने एक हप्तामै तौल बढ्छ । तपाईं/हामीलाई थाहै छ, तौल बढ्नु भनेको मोटोघाटो हुनु होइन । बरु, शरीरमा बोसोको मात्रा बढ्नु हो । यो अवस्थामा शरीरका भित्री अंगहरुलाई आफ्नो काममा अवरोध हुन्छ । नतिजा, हाम्रो शरीर रोगहरुको घर बन्न पुग्छ ।

३. अहिले मधुमेहका रोगी बढ्दो छ । मधुमेह युवा, किशोरदेखि बालबालिकालाई समेत हुन थालेको छ । यसको मूख्य कारण हो, जंक फूड । विभिन्न अध्ययनबाट के थाहा भइसकेको छ भने, जुन बच्चा अत्याधिक मात्रामा जंक फूड सेवन गर्छ, उनीहरु मधुमेहको चपेटामा पर्छन् । जब मधुमेहको समस्या हुन्छ, जीवनभर त्यसबाट छुटकारा पाउन सकिदैन ।

४. जंक फूडमा सोडियमको मात्रा उच्च हुन्छ । चिकित्सकहरु भन्छन्, अधिक सोडियम मुटुको लागि घातक छ । त्यती मात्र होइन, आवश्यक्ताभन्दा बढी सोडियमले उच्च रक्तचाप र स्ट्रोकको खतरा पनि निम्त्याउँछ ।

एक विश्वविद्यालयका शोधकर्ताद्वारा गरिएको एक अध्ययनमा पाइएको थियो कि, हरेक पाँच सय मिलिग्राम सोडियम सोडियम सेवन गर्दा स्ट्रोकको खतरा १७ प्रतिशतले बढ्छ ।

जुस पनि हानिकारक ?

हामीलाई स्वस्थ्य रहनका लागि जुस सेवन गर्नुपर्छ भनिन्छ । फलफूलबाट बन्ने जुस स्वास्थ्यका लागि फाइदजनक पनि हुन्छ । तर, बजारमा पाइने जुसले फाइदा होइन, बेफाइदा गर्छ ।

प्याकेटमा उपलब्ध यी जुसमा विभिन्न फल र फ्लेवर पाइन्छ । तर, त्यो विशुद्ध वा प्राकृतिक फलको जुस होइन । त्यसमा केवल फ्लेवर र स्वाद मिश्रण गरिएको हो । यस्ता परिकारमा रंग र स्वादका लागि अखाद्य पदार्थ पनि मिश्रण गरिएको हुन्छ ।

हानिकारक पेस्ट्री

अधिकांश पेस्ट्री, कुकी र केक स्वास्थ्यका लागि एकदमै हानिकारक हुन्छ । यसलाई तयार गर्नका लागि सामान्यत रिफाइन्ड चिनी, रिफाइन्ड गहुँको आटा र वोसो मिसाइएको हुन्छ । त्यसैले यस्ता खानेकुराको सेवनबाट बच्नुपर्छ ।

के बजारमा पाइने सबै कुरा अस्वस्थ्यकर हुन्छ ?

बजारमा पाइने सबै तयारी खानेकुरा जंकफूड हो ? होइन । बजारमा उपलब्ध खानेकुरामध्ये कतिपय स्वस्थ्यकर हुन्छ । जंक फूडमा जस्तो अखाद्य पदार्थ मिश्रण गरिएको हुँदैन । तर, त्यसको पहिचान भने गर्नुपर्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।