जग्गी वासुदेव सधगुरुको नामले प्रसिद्द छन् । भारतीय आध्यात्मिक गुरु तथा लेखक सधगुरुको जन्म ३ सेप्टेम्बर १९५७ मा भएको थियो । उनले स्थापना गरेको इशा फाउन्डेसनले योगा, वातारण, शिक्षा तथा विभिन्न सामाजिक कार्यहरुमा आएको छ । हामीले आज सधगुरुले दिएका सफल जीवनका लागी ७ सुझावहरु यहाँ साभार गरेका छौ ।

१. जीवनमा केहि कुरालाइ मार्छु भन्ने सोंच । मार्ने कुनै प्राणीलाई होइन । तिमी भित्रको कुनै कुरालाई मार, जसको तिम्रो जिन्दगीमा आवश्यकतानै छैन । जस्तो सोच कि, “म मेरो रिसलाई मार्छु” ।

२. एकै ठाउमा जरा गाडेर नबस । केहि न केहि परिवर्तन ल्याइराख ।कम्तिमा महिनाको एक पटक निर्णय गर कि, “म यो कुरा अब परिवर्तन गर्छु” । यसमा तिम्रो काम हुनसक्छ , प्राथना गर्ने बानी हुनसक्छ, पानी बचत गर्ने प्रण हुनसक्छ, कुनै पनि सकारात्मक कुरा जसले तिम्रो जीवनमा परिवर्तन ल्याओस् ।

३. मान्छे अजम्बरी हुदैन भन्ने कुरालाई दिमागमा राख । समयले तिमीलाई पर्खदैन । तिमीले अझ धेरै गर्न बाकी छ भनेर मृत्युले कुरेर बस्दैन । त्यसैले आजमै रमाऊ । जे गर्नु छ, आजनै सुरु गरिहाल । हरेक पललाई बिशेष बनाऊ ।

४. रिस, घृणा, इर्ष्यालाइ पर राख । रिस, घृणा, इर्ष्यालाइ पर राख्नु भनेको तिमीले अरुमाथी उपकार गर्नु वा अरुको भलो गर्नु होइन । यसो गर्नु भनेको तिमीले आफ्नो भलो गर्नु हो । जब रिस, घृणा, इर्ष्यालाइ पर राखेर बाच्छौ तब शान्ती र खुसी भेट्छौ ।

५. तिमी पहिले त्यो बच्चा जस्तै खुसी र निस्फिक्री थियौ । तर जब बढ्दै गयौ र भौतिक कुराहरुप्रति आकर्षित हुदै गयौ, तिम्रो सन्तुष्टि, खुसी, स्वतन्त्रता पनि घट्दै गयो । तिमी संग के छ होइन । तिमीभित्र के छ भन्ने कुरालाई महत्व देउ । तबमात्र तिमीले खुसी भेट्न सक्छौ ।

६. तिम्रो मानवीय ब्यबहार नै तिम्रो ज्ञानको मापक हो । प्रकृती, तिम्रो वरिपरिका व्यक्ति, तिम्रो भोजन सबै प्रति कृतज्ञ बन । आवश्यक परेका ब्यक्तीको सहयोगका लागी हात अगाडी बढाउ ।

७. आफुले खराब देखेको कुरालाइ पूर्ण अलग नराख । कुनै पनि कुरा रामो मात्र र नराम्रो मात्र भन्ने हुदैन । त्यसलाई तिमीले राम्रो देख्छौ या नराम्रो देख्छौ भने त्यो तिम्रो दृष्टिकोण हो । तिमीले जस्तो देख्छौ, त्यसको प्रतिबिम्ब तिमीभित्र बस्छ । यसको अर्थ, तिमीले जे देख्छौ त्यसको त्यसको सिर्जना तिमि आफुले गरेका हुन्छौ । हरेक कुरा तिम्रो सोंचमा भर पर्छ ।

जीवन उपयोगी भिडियो :

थप महत्वपूर्ण जानकारी :

जाडोमा के खाने ?

आलस

शरीरलाई तातो बनाइराख्न आलसको सेवन प्रभावकारी मानिन्छ। आलसलाई भुटेर पाउडर बनाउने र बिहान दूध वा पानीसँग तीनचार चम्चा खाने। खानामा पनि आलसलाई अचारका रूपमा प्रयोग गर्ने। बेलुका पनि दूध वा पानीसँग आलस खाने। आलसमा ‘ओमेगा थ्री फ्याट्टी एसिड’ हुन्छ, जसले दिमागलाई सामथ्र्यशील बनाउन मद्दत गर्छ भने शरीरलाई तातो बनाइराख्छ।

तिल

हामीहरू जाडो मौसममा तिल खान्छौँ। खास गरी माघेसंक्रान्तिमा तिलको लड्डु खाने परम्परा छ। तिलले शरीरलाई तताउने भएकाले उल्कै जाडो हुने माघमा तिलको लड्डु खाने सांस्कृतिक विधान बनाइएको हो। संक्रान्तिको दिन खाने तिललाई हामीले दैनिक भोजनमा सामेल गर्नुपर्छ। आफ्नो स्वाद र इच्छाअनुसार लड्डु, पाउडर वा जुनसुकै रूपमा पनि तिलको सेवन गर्न सकिन्छ।

काजु, पिस्ता र बदाम

काजु, पिस्ता र बदाममा रहेको तैलीय गुणले शरीरलाई तातो बनाइराख्छ। अरू सामान्य अवस्थामा भन्दा जाडो सुरु भएपछि काजु, पिस्ता र बदाम बढी खान सकिन्छ।

अदुवा

सामान्यतया मसलाका रूपमा प्रयोग गरिने अदुवा जाडो समयमा शरीरलाई तातो बनाइराख्न अत्यन्तै गुणकारी मानिन्छ। बहुऔषधिको गुण भएको अदुवाले शरीर दुखाइदेखि लिएर स्त्रीरोगका विभिन्न समस्या समाधान गर्न मद्दत गर्छ। जाडो सुरु भएपछि पाँच–पाँच ग्राम काँचो अदुवा बिहान र बेलुका सेवन गर्नुपर्छ।

बेसार

बेसारले पनि शरीरलाई तातो बनाउन सहयोग पुर्‍याउँछ। जसले गर्दा जाडो समयमा अन्य अवस्थामा भन्दा बढी बेसार खान सकिन्छ।

सुप

जाडोमा सुप बनाएर खानुपर्छ। सबैभन्दा बढी भिटामिन र खनिजको मात्रा हुने तरकारी गोलभेँडा हो। त्यसैले जाडोमा गोलभेँडाको सुप बनाएर खान सकिन्छ। गोलभेँडाको सुपमा अदुवा र लसुनको मात्रा प्रशस्त राख्न सकिन्छ। यसरी बनाएको सुपले जाडोमा शरीरको तापक्रम सन्तुलित राख्न सहयोग पुग्छ।

चिकेन सुप

चिकेनले शरीरलाई तातो दिन्छ। तपाई मांसाहारी हुनुहुन्छ भने जाडोमा चिकेन सुप बनाएर खान सक्नुहुन्छ। खास गरी, युरोपतिर चिकेन सुपलाई रुघाखोकी भगाउने औषधिका रूपमा पनि प्रयोग गरिन्छ। युरोपका धेरै देशमा अत्यन्तै जाडो हुन्छ। ती देशमा जाडोबाट बच्न चिकेन सुप खाने प्रचलन छ।

जौ, गहुँ र फापर

हामी नेपाली भातप्रेमी छौँ। भात हाम्रो जिन्दगीको अभिन्न अंश हो। तर, जाडो याममा यसलाई शरीरका लागि उपयुक्त मानिन्न। किनकि, भातले शरीरलाई चिस्याउँछ। भात गर्मीका लागि राम्रो हो। जाडो समयमा खाने सबैभन्दा राम्रो अन्न जौ हो। जौ नभए गहुँबाट बनेका परिकार खानुपर्छ। सम्भव भए फापरका परिकार पनि अत्यन्तै लाभकारी हुन्छन्। थायराइड लगायतका समस्या हुनेहरूले गहुँ खानु हुँदैन। उनीहरूका लागि फापर उपयुक्त हुन्छ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।