बिल गेट्स विश्वकै सफल तथा धनी व्यक्तिहरु मध्ये एक हुन् । माइक्रोसफ्ट कम्पनीका मालीक उनी समाज सेवाका काममा पनि उत्तिकै अग्रसर छन् । विश्वको ध्यान आफूतिर तानिरहेका उनको जन्म १९५५ अक्टोबर २८ मा भएको थियो । आज हामीले यहाँ बिल गेट्सका प्रेरक भनाईहरु साभार गरेका छौ ।

१. मानीसहरु परिवर्तनसंग सधै डराउछन् । बिजुलीको आविष्कार पहिलोपटक हुदा पनि त मानीसहरु डराएका थिए, होइन र ?

२. यदि गरिब जन्मिएको हौ भने, त्यो तिम्रो गल्ती होइन । तर गरिब नै भएर मार्यौ भने, त्यो तिम्रो गल्ती हुनेछ ।

३. धैर्यता सफलताको चाबी हो ।

४. आफुलाई आफैले खोज र पत्ता लगाऊ ।

५. ठुलो सफलता प्राप्त गर्नको लागी ठुला चुनौतीहरुको सामना गर्ने हिम्मत गर्नुपर्छ ।

६. सफलताको उत्सव मनाउनु ठिक हो । तर, असफलताले दिन खोजेको पाठलाई बुझ्नु महत्वपूर्ण हो ।

७. मैले मेरो धेरै समय पुस्तक पढ्नमा बिताएको छु ।

८. सबै मानीसको लागी आलोचक र सल्लाहकारको आवश्यकता हुन्छ । त्यसको सफलताको बाटोमा हिड्न मद्दत गर्छ ।

९. आउँदा शताब्दिहरुमा, अरुलाई सशक्त बनाउने व्यक्तिहरु नै नेतृत्वदायी हुनेछन् ।

१०. सिर्जनात्मक कामको परिक्षणमा असफलता मिल्यो भने पनि, त्यो पुरस्कार योग्य हुन्छ ।

११. हामीलाई कामको अन्त्यमा मिल्ने सफलता, सुरुवात गर्दा देखिका दिनहरुको परिणाम हो ।

१२. टेलिभिजन वास्तविक जीवन होइन । वास्तविक जीवनमा त, मानिसहरु कफी सपलाई छोडेर जागिरको लागी हिड्नुपर्छ ।

१३. जीवन सजिलो छैन । यसमा आफुलाई अभ्यस्त बनाऊ ।

१४. तिम्रा असन्तुष्ट ग्राहकहरु नै तिम्रो लागी सिकाईका मुख्य स्रोत हुन् ।

१५. तिमीले बोल्ने ‘मैले जान्दिन’ वाक्यलाई ‘मैले अहिलेसम्म जान्दिन’ बनाऊ ।

१६. आफुलाई यो संसारको कुनै पनि व्यक्ति संग नदाज । यदि त्यसो गरिरहेको छौ भने, तिमीले आफुलाई हेपिरहेका छौ ।

जीवन उपयोगी भिडियो :

थप महत्वपूर्ण जानकारी :

जाडोमा के गर्ने ?

जाडोमा महको प्रयोग

जाडो मौसम सुरु भइसकेको छ । पर्यावरणमा तापक्रम घट्दै जाँदा शरीरमा पनि अनेकौं समस्या आउँछन् । ओठ फुट्ने, छाला सुक्खा हुने, घाँटी दुख्नेजस्ता समस्या आइलाग्छ । यस्ता समस्या देखिनासाथ औषधि खाने गर्नुभएको छ भने त्यो गलत हो । प्राकृतिक रूपमा आउने स-साना समस्यामा औषधि खानु उचित हुँदैन । त्यसका लागि प्राकृतिक उपचार खोज्नु नै बुद्धिमानी हुन्छ । मह त्यस्तै बहुपयोगी प्राकृतिक उपचार हो । जाडोमा पनि महको निम्न प्रयोग गर्न सकिन्छ ।

ओठ फुटेकोमा

महमा थोरै मात्रामा नरिवल वा जैतुनको तेल, गुलाफ जल र थोरै मैन मिसाएर लगाएमा ओठ फुटेको निको हुन्छ । साथसाथै ओठ फुट्नबाट पनि जोगाउँछ ।

सुक्खा छालामा

दूध र सुन्तलाको रससँग मह मिसाएर सुक्खा वा फुटेको छालामा लगाउन म्वाइस्चराइजर बनाउन सकिन्छ । यसको प्रयोगले छालामा भएका पानी सोस्ने ब्याक्टेरिया हटाएर छालाको सुक्खापन कम हुन्छ ।

त्यसरी प्रयोग भएको दूधले छालामा मरेका कोषको पुनर्निर्माण गर्छ । सुन्तलाको छालामा भएको भिटामिन सीले छालालाई नरम बनाउँछ । हल्का तताएको एक कप महमा दुई चम्चा शुद्ध दूध र सानो सुन्तलाको जुस मिसाएर त्यस्तो म्वाइस्चराइजर बनाउन सकिन्छ । प्रत्येक दिन दुईपल्ट ४५÷४५ मिनेट त्यो म्वाइस्चराइजर प्रयोग गरेर तातो पानीले पखाल्नुपर्छ ।

घाँटी दुखेमा

तातो दूधसँग वा चियासँग मिसाएर मह खाने गरेमा घाँटी दुखेको निको हुन्छ । त्यस्तै अदुवालाई ससाना टुक्रामा काटेर महमा भिजाई चुस्ने गर्दा पनि घाँटी दुखेको निको हुन्छ ।

चिसोबाट जोगिन

हरेक बिहान तातोपानीमा दुई चम्चा मह र कागती मिसाएर खाँदा शरीर स्वस्थ हुन्छ । यसले चिसोबाट जोगाउँछ । नियमित प्रयोगले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ जसले रुघाखोकी हुन दिँदैन ।

जाडोमा आनीबानी

-जाडो मौसममा अन्य सिजनभन्दा बढी पानी शरीरका लागि आवश्यक हुन्छ ।

-अधिक मात्रामा पानी पिउनुपर्छ ।

– तनावमा हुने व्यक्तिलाई जाडोमा चिसो र फ्लुले चाँडै समात्छ ।

– तनाव घटाउनुपर्छ वा तनावमुक्त हुनुपर्छ ।

– शरीरलाई चाहिने पोषणका लागि हरेक दिन ताजा फलफूल र तरकारी खानुपर्छ ।

– जाडोमा कम्तीमा १५ मिनेट कसरत गर्नुपर्छ । केहीबेर भए पनि हिँड्नु राम्रो हुन्छ ।

– ६ देखि ८ घन्टा सुत्नु आवश्यक छ ।

– जाडोको बेला समयसमयमा हात धुनुपर्छ । भाइरस र ब्याक्टेरियालाई आफूबाट टाढा राख्नुपर्छ ।

– धूमपान, गर्ने बानीले इम्युन सिस्टमलाई कमजोर बनाउँछ ।

– मदिरा, धूमपान जाडोमा झनै घातक हुन्छ ।

-दूधबाट बनेका खानेकुराहरू थोरै खानुपर्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।