सकारात्मक कुराले सबैको जीवनमा उज्यालो पन छर्ने गर्दछ । मानीसको जीवनमा सकारात्मक सोच हुन एकदमै जरुरी हुन्छ । आज हामीले यहाँ महान रुमीका जीवन उपयोगी प्रेरक भनाईहरु साभार गरेका छौ ।

१. तिमी जन्मदै पखेटा लिएर उड्न आएका हौ, तब किन जिन्दगीभर घिस्रीन चाहन्छौ ।

२. हिजो म बाठो थिए, त्यसैले संसार बदल्न चाहन्थे तर आज म समझदार भएको छु, त्यसैले म आफुलाई बदलिरहेछु ।

३. चिन्ता नगर, तिमीले जे गुमायौ त्यो पुन: अर्को रुपमा तिमीसामु घुमेर आइपुग्नेछ ।

४. तिमीले जे खोजीरहेका छौ, त्यसले पनि तिमीलाई खोजीरेहेको छ ।

५. कहिल्यै आफुलाई सानो नठान, आनन्दको गतिमा तिमी पनि एउटा ब्रम्हाण्ड हौ ।

६. जति पनि राम्रा, सुन्दर, आकर्षक बनेका छन्, ति हेर्नेका नजरमा बनेका छन् ।

७. आफ्नो तर्कलाई बढाउ, स्वरलाई होइन । यो ख्याल राख कि बर्षाले फूललाई बढ्न मद्दत गर्ने हो, चट्याङले होइन ।

८. गुडबाई भन्ने तिनीहरुलाई मात्र हो, जसले आखाद्वारा प्रेम गर्दछन् तर तिनीहरु जो आत्मा र हृदय देखि प्रेम गर्दछन, उनीहरुको निम्ति बिछोड भन्ने नै हुदैन ।

९. हो मलाई थाहा छ, तिमी थकित छौ तर आउ अघि बढ किनकि यहि नै तिम्रो बाटो हो ।

१०. तिमी जहाँ छौ, जे गर्छौ, प्रेममा हुने गर ।

११. प्रेमको अघि कारणको कुनै शक्ति हुने गर्दैन ।

१२. तबसम्म आफ्नो मनलाई छिया-छिया बनाइ राख जबसम्म यो खुल्दैन ।

१३. पिडा जुन तिमीले भोगेका छौ. यी संदेशवाहक हुन्, यिनीहरुलाई सुन्ने कोसिस गर्नु ।

१४. तिम्रो हृदय सागर जत्तिकै गहिरो छ । जाउ आफुलाई त्यो गहिराइमा खोज्ने प्रयास गर ।

प्रेरणादायी भनाई र कथाको भिडियो :

थप महत्वपूर्ण जानकारी :

जाडोमा कालो चियाको फाइदा

जाडो मौसममा मानिसहरु बढी मात्रामा चिया पिउने गर्दछन् । चिया तातोका लागि मात्रा नभईे कालो चियालाई तौल घटाउने माध्यमको रुपमा समेत लिने गरिन्छ ।

कालो चिया मुटु रोगीका पनि फाइदाजनक मानिन्छ । कालो चियामा प्रचुर मात्रामा पाइने फ्लेवनाइड र क्वार्सटीन रक्त धमनीलाई स्वस्थ राख्न मद्दत गर्छ । कालो चियामा पाइने तत्वहरुले धमनीसम्बन्धी रोगहरुको सम्भावना पनि कम गर्छ ।

नेतेली वार्ड, केविन क्राफ्ट र उनको समूहले मुसामा गरेको एक अनुसन्धानको आधारमा क्वार्सटीन मुटुको रक्तनलिको अक्सिडेन्टबाट हुने नेक्सानबाट बचाउन सक्षम हुने बताईएको छ ।

बिशेषज्ञका अनुसार फ्लेवनायड् उच्च रक्तचाप कम गर्न तथा एथेरोस्क्लीरोसिस (धमनीको कडापन) को समस्या कम गर्न समेत प्रभावकारी मानिन्छ ।

दुध चिया जिब्रोलाई कालो चिया शरिरलाई !

हामीमध्ये धेरैको बिहानी चियाको चुस्कीसँगै शुरु हुने गर्छ । त्यसपछि समय–समयमा हामी चिया पिउँछौं । यसकारण चिया धेरै नेपालीहरुको लागि ‘लत’ नै बनिसकेको छ । धेरै जसो मानिसहरु दुध हालेको चिया पिउँन रुचाउँछन् ।

स्वास्थ्यको हिसाबले दुध हालेको चिया भन्दा कालो चियालाई निकै लाभदायक मानिन्छ । यसले हामीमा ग्यास्ट्रिक जस्ता समस्या ल्याउँदैन । कालो चियामा ‘पोलिफेनाइल’ नामक एन्टिअक्सिडेन्ट बढी मात्रा पाइन्छ भने सोडियम, प्रोटिन र कार्बोहाइड्रेट पनि न्यून मात्रामा पाइन्छ ।

कालो चिया पिउनुका फाइदा यस्ता छन्-

हड्डीको मजबुती

चियामा फाइदाजनक फाइटोकेमिकल्स हुन्छन् । जसले हड्डीलाई समेत मजबुत बनाउन सहयोग गर्दछन् ।

क्यान्सरबाट बचाउन

चियामा पोलिफिनाइल्स तत्व हुन्छ । यसले क्यान्सरको जोखिम कम गर्दछ ।

बुढोपना घटाउने

चियामा एन्टी अक्सिडेन्ट तत्व पाइन्छ । यसले उमेर बढेसँगै देखिने बुढोपनका लक्षण कम गर्दछ ।

मुटु रोबाट जोगाउन

मुटु रोगीहरुले नियमित रुपमा कालो चिया पिउनाले कोरोनरी आर्टरीमा भएको समस्या हटाउन मद्दत गर्छ। यसले गर्दा कालो चिया सेवन गर्नेहरुमा कार्डियोभास्कुलर डिजिज लाग्ने सम्भावना कम हुन्छ ।

स्तन क्यान्सर हुनबाट रोक्न

कालो चियामा भएको थेप्लाभिनले शरीरमा हुने कोषको असामान्य वृद्धिलाई नष्ट गर्छ । यस्तै ब्ल्याक या र ग्रिन जुन खालको चिया सेवन गरेपनि त्यसले स्तन क्यान्सर हुनबाट बचाउँछ । चियाले महिलाको महिनावारीको चक्रभर ग्लोबुलिन हर्मोनको स्तर वृद्धि गर्छ ।

झाडापखाला रोक्न

कालो चियामा भएको क्षारीय गुणका कारण पेटसम्बन्धी समस्या समाधान गर्न मद्दत गर्छ । त्यसैले डाइरियापीडितहरुलाई सकेसम्म कालो चिया खाने सल्लाह दिइन्छ।

दमका रोगीलाई आराम

तातो झोलपदार्थले प्रायजसो दमका रोगीहरुलाई आराम दिन्छ। यसले दमका रोगीहरुलाई श्वासप्रश्वास राम्रोसंग गर्न सहयोग गर्छ।यदि तपाई थप एक कप कालो चिया खाने मुडमा हुनुहुन्छ भने निर्धक्क खाए हुन्छ ।

यो कुनै व्यक्तिगत धारणा नभएर वैज्ञानिकहरुको अध्ययनका आधारमा तयार गरिएको निष्कर्ष हो । विज्ञहरुका अनुसार कालो चिया बालकदेखि बृद्ध जोकोहीले खाँदा पनि फाइदा हुन्छ । तर कालो चिया भएपनि चिनीको मात्रा कम प्रयोग गर्नुपर्ने हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।