अरस्तु ग्रीक दार्शनिक तथा वैज्ञानिक हुन् । ग्रिसमा ३८४ बिसिमा जन्मिएका उनी एलेक्जेन्डर द ग्रेट क गुरुका रुपमा समेत प्रशिद्द छन् । उनको पश्चिमी दर्शनमा महत्वपूर्ण स्थान छ । पश्चिमी दर्शनमा सामाजिक, आर्थिक लगायतका सबै कुराहरुको व्याख्या गरेर दर्शनलाई ब्यापक बनाउने श्रेय अरस्तुलाई जान्छ । आज हामीले यहाँ उनका महान भनाईहरुलाई साभार गरेका छौ ।

१. खुसि बाहिरबाट पाइने चिज होइन । त्यो हामी आफुमा नै नर्भर रहन्छ ।

२. आफुलाई बुझ्नु भनेको सम्पूर्ण ज्ञान प्राप्तिको पहिलो चरण हो ।

३. लडाई जित्नु ठुलो कुरा होइन, शान्ती स्थापना गर्न सक्नु महत्वपूर्ण कुरा हो ।

४. तिमीले जति थाहा पाउदै जान्छौ, त्यति नै तिमीलाई थाहा हुदै जान्छ कि तिमीलाई थाहा छैन ।

५. मनमा नपुगेर दिमागमा मात्र रहेको शिक्षा भनेको शिक्षा नै होइन ।

६. तिमीले पाउने अवसरले होइन, तिमीले लिने निर्णयले तिम्रो गन्तव्य तय गर्छ ।

७. अनुशासनले तिमीलाई स्वतन्त्रता दिन्छ ।

८. तिम्रो दैनिक बानीले तिम्रो परिचय बनाउछ ।

९. अँध्यारोको समयमा आफुलाई प्रकाश आएतिर केन्द्रित गर ।

१०. दिमागको शक्तिले नै जीवनको सार बताउँछ ।

११. तिमीले शाहस बिना संसारको कुनै पनि काम गर्न सक्दैनौ ।

१२. धैर्यता निकै नै कठिन हुन्छ, तर त्यसको फल त्यो भन्दा कैयौ गुणा मिठो हुन्छ ।

१३. जुन व्यक्तिले आफु भित्रको डरलाई जितेको छ, त्यो व्यक्ति स्वतन्त्र व्यक्ति हो ।

१४. पिडा बिना तिमीले केहि पनि सिक्दैनौ ।

१५. आफुलाई जित्नु भनेको अरुलाई जित्नुभन्दा कठिन काम हो ।

१६. साथी बन्न सजिलो हुन्छ । तर मित्रता निभाउनु भनेको फल पाक्नु जत्तिकै कठिन हुन्छ ।

१७. युवावस्थामा निर्माण गरिएका राम्रा बानिहरुले जीवनमा ठुलो फरक पार्छ ।

१८. जसलाई कुनै चिज थाहा हुन्छ, उनीहरुले त्यो गर्छन् र जसले कुनै चिजलाई बुझ्छन्, उनीहरुले त्यो अरुलाई सिकाउछन् ।

१९. आशा भनेको हिडिरहने सपना हो ।

२०. शिक्षाका जराहरु तिता हुन्छन्, तर फल मिठा हुन्छन् ।

२१. रिसाउँन जो कोहि सक्छ । तर, उचित समयमा, उचित व्यक्तिसंग, उचित कुराको लागि, उचित मात्रामा, उचित तरिकाले रिसाउने क्षमता जोकोहीमा हुदैन ।

२२. ठुलो सफलताको लागी थोरै पागलपन त चाहिन्छ नै ।

जीवन उपयोगी भिडियो :

थप महत्वपूर्ण जानकारी

जाडोमा दम रोगबाट यसरी बच्न सकिन्छ

जाडो बढेसँगै दमखोकी अर्थात् सीओपीडी (क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज)का बिरामीलाई श्वासप्रश्वासमा समस्या देखिन थाल्छ । यतिखेर दम रोगीले फोक्सोबाट पर्याप्त अक्सिजन छान्न सक्दैन । फोक्सोले शरीरलाई आवश्यक ९० प्रतिशत अक्सिजन प्रशोचन गर्न नसकेपछि कृत्रिम तवरले अक्सिजन लिनुपर्ने हुन्छ ।

श्वासनली तथा फोक्सोका कोषहरू नष्ट भएर श्वासप्रश्वास प्रणालीको कार्यक्षमता घट्न गई श्वासप्रश्वास प्रक्रियामा अवरोध उत्पन्न भएर सास फेर्न अति कठिन हुने त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. नीरज बमले बताए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार नेपालमा करिब १२ प्रतिशत नेपालीलाई सीओपीडीको समस्या छ । यी दीर्घ रोगीलाई जाडोमा थप समस्या हुने गर्छ ।

फोक्सोका श्वासप्रश्वास नलीमा लामो समयसम्म धूमपान, वायुप्रदूषण तथा भान्साबाट निस्कने धुवाँ र धुलोबाट असर पुग्छ । श्वासप्रश्वास नलीमा क्रोनिक इन्फ्लामेसनका साथै फाइब्रोटिक प्रक्रिया भई श्वासप्रश्वास नली स्थायी रूपमा साँघुरिने र श्वासप्रश्वास तथा प्रवाह प्रक्रियामा गतिरोध उत्पन्न हुन्छ । र, सास फेर्न कठिन हुन्छ ।

समयमै उपचार भएन भने यो रोग क्रमिक रूपमा बढ्दै गई अन्य अंगमा पनि असर पु¥याउने डा. बमले बताए । प्रायः ४० वर्षपछि कतिपय व्यक्तिमा सीओपीडीको समस्या देखा पर्दछ । फोक्सोले कार्बनडाइअक्साइड पर्याप्त मात्रामा फाल्न नसकी शरीरमा समस्या बढ्न सक्छ । सीओपीडी रोगले स्नायु प्रणाली, मुटु, हाडजोर्नी र रगतमा असर गर्दछ । यो रोगले डिप्रेसनसमेत गराउन सक्छ ।

अत्यधिक धूमपान गर्ने व्यक्तिलाई सीओपीडीका साथै फोक्सोको क्यान्सरसमेत हुन सक्छ । यस्तै , शरीरका मांसपेशी कमजोर हुँदै जाने, पाचनप्रणाली कमजोर हुँदै जाने र शरीर सुन्निने समस्या आउन सक्छन् । संसारभरको तथ्यांक हेर्दा सीओपीडी ज्यान लिने प्रमुख रोगमध्ये छैटौं नम्बरमा पर्छ ।

तर, विश्व स्वास्थ्य संगठनले अहिलेको अवस्थामा व्यापक सुधार गर्न सकिएन भने सन् २०२० सम्ममा यो ज्यान लिने प्रमुख रोगहरूको तेस्रो नम्बरमा आउन सक्ने चेतावनी दिएको छ । अहिले विश्वमा वार्षिक करिब ३० लाख मानिसको ज्यान सीओपीडीबाट जाने गरेको तथ्यांकमा उल्लेख छ ।

कस्ता व्यक्तिलाई सीओपीडी ?

३५ वर्षको उमेरदेखि नै यो समस्या देखिन थालेको छ । चुरोट सेवन गर्ने व्यक्ति र लामो समयदेखि घरभित्र धुवाँ निस्कने गरी दाउरा र गुइँठा बालेर चुलोमा खटिनेमा यो रोग देखिएको छ ।

बढी समय धुवाँमा बस्ने व्यक्तिलाई यो रोग बढी देखिने गरेको छ । यसमध्ये पनि उपचारमा आउने बिरामीमध्ये ८० प्रतिशतलाई सीओपीडी देखिनुको कारण धूमपान नै रहेको छ । सानैदेखि निमोनिया तथा छातीको संक्रमण भइरहने व्यक्तिमा पनि यो समस्या बढी देखिने गर्दछ । प्रदूषित वातावरणमा ओहोरदोहोर गर्नेलाई पनि यो समस्या देखिन्छ ।

सीओपीडी कसरी हुन्छ ?

फोक्सोमा दुईवटा ठूला श्वासनली हुन्छन् । फोक्सोमा पुगिसकेपछि तिनीहरू ससाना नलीमा विभक्त भएका हुन्छन् । हामीले श्वास फेर्दा श्वाससँगै जाने धुलोधुवाँका कण ससाना नलीका भित्तामा टाँसिन्छन् । यो बढ्दै गएपछि ससाना नलीका भित्तामा क्रोनिक इन्फ्लामेसन हुन्छ ।

श्वासनलीका भित्ता सुन्निएर नली साँघुरिन थाल्छ । साँघुरो भएपछि श्वास फेर्न गाह्रो हुँदै जान्छ । श्वासनलीमा बारम्बार संक्रमण भएपछि श्वासनलीमा समस्या हुन्छ । त्यही बेला उत्पादन हुने विभिन्न खालका हर्मोनले थप जटिलता ल्याउन थाल्छ । र छातीमा घ्यारघ्यार आउन थाल्छ ।

फोक्सोमा भएका ससाना श्वासनली धुलोले टालिन्छ, जसले सीओपीडी हुन्छ । यो रोग प्रदूषण र धुलोधुवाँका अतिरिक्त वंशाणुगत कारण पनि हुने गर्छ । गर्भावस्थामा धूमपान गरेमा आमा र शिशुलाई यो रोग लाग्ने जोखिम हुन्छ । बच्चाको फोक्सोको विकास राम्रोसँग नभएमा पनि यो रोग लाग्छ ।

सीओपीडीका लक्षण

खोकी लाग्न सुरु हुन्छ । धेरै दिन अर्थात् धेरै हप्तासम्म खोकी लागिरहन्छ । छाती गह्रौं हुन्छ । उकालोमा श्वास फेर्न गाह्रो हुन्छ । पछि गएर समथरमा समेत श्वास फेर्न गाह्रो हुन्छ । त्यसपछि बिस्तारै छातीमा घ्यारघ्यार हुन्छ । श्वास फुल्न थाल्छ । राति सुत्दा श्वास फेर्न समेत अप्ठ्यारो हुन्छ । खोक्दा पहेंलो खकार आउँछ । भ¥याङको दुई–चार खुड्किलो चढ्दा पनि समस्या हुन्छ । ज्वरो आउने र जीउ पोल्ने हुन्छ ।

सीओपीडीबाट कसरी जोगिने ?

धूमपान अर्थात् चुरोट सेवन गर्दै नगर्ने, धुवाँधुलोमा नबस्ने । दाउरा–गुइँठा बाल्ने घरमा धुवाँ जाने भेन्टिलेसन बनाउने र धुवाँरहित चुलो निर्माण गर्ने । बाहिर धुलोमा हिँड्दा क्लिनिकल मास्क प्रयोग गर्ने ।

घर वरिपरि रुख–बिरुवा रोप्ने, हरियाली कायम गर्ने । सरकारलाई धुवाँ निस्कने र प्रदूषण गर्ने उद्योग बस्तीभन्दा पर राख्न लगाउन पहल गर्नुपर्छ । लगातार खोकी लाग्यो, छाती घ्यारघ्यार भयो, श्वास फुलेजस्तो भयो भने तत्काल चिकित्सकको परामर्शमा उपचार थाल्नुपर्छ ।

सीओपीडीको उपचार

सुरुमा अस्पतालमा रगत परीक्षण गरिन्छ । त्यसपछि एक्सरे र स्पाइरोमेट्रो माध्यमबाट रोगको निदान गरिन्छ । कहिलेकाहीँ छातीको सीटी स्क्यान गर्नुपर्ने हुन्छ । यसमा खानेभन्दा पनि तान्ने औषधि बढी हुन्छन् । जस्तै ः क्याप्सुल र मिटरडोज इन्ह्यालर लिन सकिन्छ । यो तान्ने थेरापी हो । कडा खालको दम भए अक्सिजन थेरापी गर्नुपर्छ । यस्तो बेला सीओपीडीका बिरामीका लागि घरमै अक्सिजनको व्यवस्था गर्न‘पर्छ ।

सीओपीडीको समयमै उपचार हुन सकेन भने अक्सिजन लगाउनुपर्ने अवस्था आउँछ । अक्सिजन चाहिने अवस्था भनेको फोक्सो कमजोर हुने अवस्था हो । यस्तो बेला हरेक दिन १५–१६ घण्टा अक्सिजन लगाउनुपर्ने हुन्छ ।

सीओपीडीका बिरामीको परिवारले पल्स अक्सिमिटर घरमै राख्दा धेरै राम्रो हुन्छ । यो अक्सिमिटरले स्याचुरेसन ९० भन्दा माथि देखायो भने अक्सिजन लगाउनुपर्दैन । बिरामीलाई संक्रमण भएको भए फ्रोफाइलाइटिक एन्टिबायोटिक पनि चलाउनुपर्ने हुन्छ ।

यसैगरी, इन्फ्लुएन्जा र निमोनियाको सुई पनि लगाउनुपर्छ । निमोनियाको सुई जीवनमा एकपटक लगाए हुन्छ । तर, इन्फ्लुएन्जाको सुई वर्षमा एकपटक लगाउनुपर्छ । त्यस्तै, सीओपीडीका बिरामीलाई पल्मोनरी रिहाबलेटेसन थेरापी पनि गर्नुपर्ने हुन्छ, जसले छातीको व्यायाम हुन्छ । सीओपीडीका बिरामीले प्रोटिनयुक्त खाना खानुपर्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।