मारिया सारापोभा प्रसिद्द टेनिस खेलाडी हुन् । खेल बाहेक मोडलिङ र समाजसेवामा समेत सक्रिय रहेकी यी रुसी खेलाडीको जन्म सन् १९८७ अप्रिल १९ मा भएको थियो । आज हामीले उनको जीवन उपयोगी प्रेरक भनाइहरु यहाँ साभार गरेका छौ ।

१. मान्छेहरुले तिम्रो बारेमा के सोच्छन् भन्ने कुरालाई तिमीले कन्ट्रोल गर्न सक्दैनौ । अगाडी बढ, कडा मेहेनत गर र कामले आफ्नो परिचय देऊ ।

२. म कसैको अर्को रुप होइन । म पहिलो मारिया सारापोभा हुँ ।

३. मलाई मेरो बिगत राम्रोसंग थाहा छ र मैले त्यहाँदेखि मेरो यहाँसम्मको यात्रा बिर्सिन सक्दिन ।

४. खेलको प्रदर्शनको समयमा भन्दा राम्रो प्रशिक्षणको समयमा, पर्दा पछाडी बढी मेहेनत गर्नुपर्छ । र, हरेक क्षेत्रमा सफलताको रहस्य यहि हो ।

५. तिमीले आफ्नो हारबाट जति छिटो सिक्छौ, त्यति नै छिटो त्यो हारको चोटबाट बाहिर निस्किन सक्छौ ।

६. पहिलो स्थान पाउनु मात्र ठुलो कुरा होइन । पहिलो स्थान पाउन आफु लायक छु भनेर प्रमाणित गर्नु महत्वपूर्ण कुरा हो ।

७. यदि तिमीलाई आफु कहाँबाट आएको हु भन्ने थाहा छैन भने, तिमीलाई आफु को हु भन्ने पनि थाहा छैन ।

८. म अरुभन्दा छुट्टै हुन मन पराउछु । अरु सबैले रातो लगाउदै छन् भने, म कालो लगाउन मन पराउछु ।

९. जब कुनै कुरामा प्रतिबद्द हुन्छु, त्यो पुरा नगर्दासम्म म त्यहि कुरामा अडिरहन्छु ।

१०. घरबाट बाहिर निस्किदा मेरो ध्यान सधै आफुले कसरि सक्दो राम्रो गर्ने भन्ने कुरामा केन्द्रित रहन्छ ।

११. प्रत्येक जित र हारको निर्धारण गर्ने शक्ति तिमी भित्र नै हुन्छ ।

१२. जब म कमजोर महशुस गर्छु, मैले खेलाडीहरुले चम्किला ट्रफीहरु उठाईरहेको सम्झिन्छु, उनीहरुको ठाउँमा आफुले ट्रफी उठाएको कल्पना गर्छु र आफूभित्र शक्ति भर्छु ।

१३. आफुलाई अरुको अगाडी कसरि राम्रो देखाउने भन्ने प्रयास नगर । आफुलाई के राम्रो लाग्छ, त्यो बन्यौ भने तिमीमा आत्मविश्वास जाग्छ र त्यो आत्मविश्वासले अरुको मन जित्न सक्छौ ।

१४. मैले अरु खेलाडी कसरी खेल्छन् भनेर उनीहरुलाई पच्छ्याउन थाल्दीन । मेरो आफ्नै तरिका छ र त्यो मेरो परिचय हो ।

जीवन उपयोगी भिडियो :

थप महत्वपूर्ण जानकारी :

सफल दाम्पत्य जीवन कसरी बनाउने ?

विवाह दुई फरक लिङ्गबीचको सम्बन्धलाई वैधानिकता दिने सामाजिक प्रचलन हो । विवाह एक जिम्मेवारी पनि हो । त्यो जिम्मेवारी विवाह गरेर मात्र पूरा हुँदैन त्यसलाई कसरी सफल बनाउन सकिन्छ भन्ने ज्ञान हुनु पनि आवश्यक छ ।

सफल वैवाहिक जीवनका लागि ध्यान दिनुपर्ने केही पक्षहरु

फिटनेस र डाइट प्लान

फिट एण्ड फाइन सबैले मन पराउने पक्ष हो । आर्कषक शरीर तथा लोभलाग्दो व्यक्ति सबैको आर्कषणको केन्द्र हुन्छ । त्यसका लागि ‘वेट कन्ट्रोल’का गर्नु पर्छ । इच्छाअनुसार एरोबिक्स क्लास वा जिमको सहारा पनि लिन सकिन्छ । जंकफूड तथा तैलीय खानाबाट जोगिनुपर्छ । त्यसको साटो डाइटिसियनको सल्लाहमा सही डाइट प्लान गर्नुपर्छ । यसले सुन्दरता कायम राख्छ । फिटनेस ट्रेनर तथा डायटिसियनको सल्लाह अनुसार गर्दा राम्रो हुन्छ ।

तनावमुक्त रहनुपर्छ

विवाह नजिकिँदै गर्दा धेरैलाई अब मेरो भविष्य के हुन्छ ? भन्ने विषयले तनाव बनाउने गर्दछ । तर यसलाई तनावभन्दा पनि अवसरको रुपमा लिएर भविष्यको सुन्दर योजना बनाउनु राम्रो हुन्छ । धेरै तनाव भएमा मर्निङ वाक, योगा वा मेडिटेसन गर्दा राम्रो हुन्छ ।

सेक्स सम्बन्धी ज्ञान

हाम्रो परम्परागत मूल्य मान्यताअनुसार विवाह सम्बोगलाई वैधानिकता दिने माध्यम पनि हो । त्यसैले सफल वैवाहिक जीवनका लागि यससम्बन्धी ज्ञान हुनु आवश्यक छ । त्यसैले शारीरिक सम्बन्धको प्रगाढता र त्यसका आयामहरूको जानकारी राख्नु आवश्यक हुन्छ । अन्यथा सम्बन्ध बन्नुपूर्व नै टुट्नसक्छ । यसका लागि सेक्सका बारेमा सही जानकारी प्राप्त गर्नुपर्छ । यसबाट डर तथा असहजता हटाउन सहयोग प्राप्त हुन्छ ।

तालमेल कायम गर्ने प्रयास

श्रीमान तथा श्रीमती बिचको तालमेल होस या घरपरिवार सबैसँग राम्रो व्यवहार गर्नु पर्छ । महिलाले श्रीमानको घरमा परिवारजनसितको राम्रो व्यवहारले नै सबैको प्रिय हुने भएकाले, सासू–ससुरा, नन्द, देवर आदिप्रति राम्रो व्यवहार गर्नुपर्छ । रिस, घमण्ड, स्वार्र्थीपनजस्ता कुरामा सचेत रहनु आवश्यक छ । पुरुषले आफ्नो ससुरालीलाई पनि आफ्नै परिवार जस्तो व्यवहार गर्नु आवश्यक हुन्छ ।

खाने कुरा बनाउन सिक्नुपर्छ

खाने कुरा बनाउन सिक्नु अरुलाई ख्वाउनका लागि मात्र नभएर आवश्यक समयमा आफैँले पकाएर खानका लागि पनि हो । यसो गर्दा खानका लागि अरुमाथि वा होटल–रेस्टुराँमा निर्भर हुनुपर्दैन । भान्सा सम्हाल्न जान्नु होममेकरको राम्रो पक्ष भएकाले यस विषयमा ज्ञान हुनु राम्रो हुन्छ । आफैँले पकाएको खाने कुरा खाँदा स्वास्थ्य हुनुको साथै आत्मीयता पनि बढ्छ ।

आफ्नो रुचिलाई बेवास्ता नगरौं

आफ्नो रुचिका कुराका लागि समय निकाल्नुपर्छ । चाहे त्यो पुस्तक पढ्न होस्, संगीत सुन्न अथवा नृत्य, पेन्टिङ आदि जे गर्दा खुसी प्राप्त हुन्छ, त्यो गर्नु राम्रो हुन्छ । अब आफ्नो खुसी अनुसार काम गर्न वा समय बिताउन सकिन्छ, तब मात्र मानिस खुसी हुन सक्दछ ।

हेल्थ चेकअप

नियमति स्वास्थ्य स्वास्थ्य जाँच गराउनु राम्रो हुन्छ । यसबाट स्वास्थ्य प्रतिकूलताका बारेमा थाहा पाइन्छ र समयमै उपचार सम्भव हुन्छ । रोग लाग्न नदिनु राम्रो हो । रोगको पहिचान गरी समयमा नै उपचार गराए वैवाहिक जिवनमा समस्या भोग्नुपर्दैन ।

आफ्नो खुसीलाई महत्व दिनुपर्छ

मानिस खुसी हुन आफूले चाहेको पूरा गर्नु एक अनिवार्य सर्त हो । आफ्नो मनको इच्छा पूरा गर्नुपर्छ चाहे त्यो खानपानका कुरा होस् वा घुमफिरको, सपिङ गर्ने होस् वा कुनै काम गर्ने । आफ्नो इच्छा पूरा गर्दा खुसी र आत्मविश्वास दुवै प्राप्त हुन्छ । स–साना खुसीले जीवनलाई आनन्ददायक बनाउँछ ।

ग्रुपिङ वर्कसप

‘फस्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन’ भन्ने भनाई नै छ तसर्थ उठ्ने–बस्ने, खानपिन एवं व्यवहार गर्ने तरिका बुझ्नुपर्छ । यसैबाट अरूलाई प्रभावित तुल्याउन सकिन्छ । गु्रपिङ वर्कसप गर्दा अरुको भवनाको कदर गर्न सिकिन्छ । यसबाट विविध सोसल म्यानर्स तथा एटिकेट सिक्न सकिन्छ ।

अनावश्यक खानु हुँदैन

घरपरिवार आफन्तजन साथीभाइसित विभिन्न पार्टी, जमघटमा धेरै खाइन्छ । अनावश्यक खाना खाँदा शरीरको तौल बढ्नुका साथै एसिडिटी समेत हुनसक्छ । आफ्नो भोकअनुसार खानुपर्छ । यसरी खानालाई ब्यालेन्स गर्दा शारीरिक रुपमा पनि स्वास्थ्य भइन्छ ।

तुलना गर्ने बानी छोड्नुपर्छ

एकले अर्काको वातावरण, व्यवहार, सुविधा, सम्पन्नता आदिको तुलना गर्ने बानी ठीक होइन । यो बानीको सिकार भए दुःखबाहेक अरु केही हात पर्दैन । यस्तो बानीलाई छोड्नुपर्छ, तुलना गर्नु राम्रो होइन ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।