फिस्टुलाका केही प्रकारहरु हुन्छन् । तर, यसका सबैभन्दा प्रचलित प्रकार हो एनल फिस्टुला । एनल फिस्टुला एउटा सानो नली समान हुन्छ । जुन आन्द्राको अन्त्यको भागलाई गुद्वारको नजिकैको छालासँग जोडिदिन्छ । फिस्टुला, अंगहरु अथवा नशाहरुको बीच हुने एक असमान्य जोड हो । यसले त्यस्ता दुई अंगहरु अथवा नशाहरुलाई जोडिदिन्छ । जुन प्राकृतिक रुपले जोडिएका हुन्नन् । जस्तो आन्द्रा अथवा छालाको बीचमा, योनी तथा मलाशयको बीचमा फिस्टुला हुने सम्भावना हुन्छ ।

यो साधारणतया त्यो बेला हुन्छ, जब कुनै संक्रमण सही तरिकाले ठिक भएको हुँदैन । अधिकांश एनल फिस्टुला तपाईको गुद्द्वारको नलीमा पीप जम्मा भएर हुन्छ । उक्त पीप छालाबाट आफैं पनि बाहिर निस्कन्छ अथवा यसका लागि शल्यक्रियाको आवश्यकता पनि पर्न सक्दछ । एनल फिस्टुला त्यो बेला हुन्छ । जब पीप छालाबाट बाहिर आउनका लागि बनाइएको बाटो खुल्लै हुन्छ अथवा त्यो राम्ररी ठिक भएको हुँदैन ।

यसको लक्षणहरुमा दुःखाई, सुजन, सामान्य रुपमा दिसामा देखिने परिवर्तन तथा गुद्वारमा हुने रक्तश्राप आदि हुन् । यसको परीक्षणका लागि डाक्टरले तपाईको एउटा शारीरिक परीक्षण गर्दछन्, जसमा तपाईको गुद्वार तथा आसपासको क्षेत्रमा फिस्टुलाको परीक्षण गरिन्छ । फिस्टुलाको उपचारका लागि शल्यक्रिया समेत गर्न सकिन्छ । जसमा संक्रमित ठाउँबाट पीपलाई बाहिर निकालिन्छ ।

फिस्टुलाका प्रकार

फिस्टुलालाई निम्न लिखित आधारमा वर्गीकरण गरिन्छ ।

सामान्य तथा जटिल

एक अथवा एकभन्दा बढी फिस्टुला भएकोलाई सामान्य अथवा जटिल फिस्टुलाको रुपमा वर्गीकृत गरिन्छ ।

कम अथवा बढी

फिस्टुला भएको ठाउँ तथा मांशपेशीहरु (गुद्वारलाई खोल्ने र बन्द गर्ने मांशपेशी) को दुरीका आधारमा यसलाई कम अथवा बढी भनेर वर्गीकृत गरिन्छ ।

फिस्टुलाका लक्षणहरु

फिस्टुलाका निम्न लिखित लक्षणहरु हुन सक्छन्

गुद्वारमा पटक-पटक फोका आउनु

गुद्वारका वरपर दुख्नु अथवा सुजन हुनु

दिसा गर्दा दुख्नु ।

रक्तश्राप

गुद्वारको छेउबाट गन्हाउने रगत मिसिएको पीप आउनु (पीप निस्किएपछि दुखाई कम हुनसक्छ)

पटक-पटक पीप निस्किन थालेपछि गुद्वारको वरपरको छालामा जलन हुनु ।

ज्वरो, चिसो लाग्नु अथवा थकान महसुस हुनु ।

कब्जियत हुनु ।

सुजन हुनु आदि ।

यदि तपाईलाई पनि यीमध्ये कुनै लक्षण देखिए भने तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ ।

फिस्टुलाको कारण तथा चुनौतीहरु

अधिकांश फिस्टुला गुद्वारमा फोका भएपछि हुनेगर्छ । यो त्यो बेला हुनसक्छ, जब फोकाबाट पीप निस्किएपछि त्यो ठिक हुँदैन । के अनुमान लगाइन्छ भने हरेक दुईदेखि चार व्यक्ति, जसलाई गुद्वारमा फोका आउँछ, तीनलाई फिस्टुला हुन्छ ।

यसका केही असामान्य कारणहरु यसप्रकार छन्

एउटा लामो समयदेखि चलिरहेको एउटा त्यस्तो रोग, जसमा पाचनतन्त्रमा सुजन हुन्छ ।

गुद्वारको छेउछाउको छालामा फोका आउनु तथा दाग बस्नु ।

क्षयरोग अथवा एचआईभी संक्रमित हुनु ।

गुद्वारको नजिक गरिएको कुनै शल्यक्रियाको जटिलता ।

फिस्टुलाका कारक तत्वहरु

फिस्टुलाको निम्न लिखित कारक तत्वहरु हुन सक्छन्

सुगर (मधुमेह)

धुम्रपान गर्नु

मदिरापान

मोटोपना

एचआईभी

गुद्वारमा विगतमै चोट लाग्नु

विगतमा गुद्वारको वरपरको क्षेत्रमा रेडिएसन थेरापी गरिनु ।

फिस्टुलाबट कसरी बच्ने ?

यदि तपाईलाई एक पटक फिस्टुला भएको छ भने निम्न लिखित तरिकाबाट भविष्यमा यसबाट बच्नुहुनेछ ।

प्रशस्त फाइबर

यदि तपाईलाई कब्जियत छ, कडा दिशा आउँछ भने तपाईलाई फिस्टुला हुने सम्भावना अत्यधिक हुन्छ । तपाईले खानपिनमा प्रशस्त मात्रामा फाइबर लिनुपर्छ । खासगरी फलफूल तथा सब्जिहरुको सेवनले तपाई कब्जियतबाट बच्न सक्नुहुनेछ ।

जबसम्म तपाईलाई मुलायम तथा पहिलाकोभन्दा बढी दिसा आउन कम हुन्छ । त्यो बेलासम्म फाइबरको सेवनलाई बिस्तारै बढाउँदै लैजानुपर्छ । साथै प्रशस्त मात्रामा पानी पिउनुपर्छ । जसबाट पेटमा सुजन अथवा ग्याष्ट्रिक नहोस् ।

तरल पदार्थको सेवन

तरल पदार्थको अत्यधिक सेवनले कब्जियतबाट बच्न सकिन्छ । किनभने यसले दिशालाई नरम बनाउँछ र दिसा गर्नपनि सजिलो हुन्छ । गर्मीको मौसममा तथा अत्यधिक शारीरिक गतिविधिहरु गरेपछि अत्यधिक तरल पदार्थ पिउनुपर्छ । अधिक मात्रामा मदिरा तथा कफी पिउनाले शरीरमा पानी कम हुन सक्छ ।

व्यायाम गरौ

कब्जियत हुने सबैभन्दा सामान्य कारण भनेको कम शारीरिक गतिविधिहरु हुनु पनि हो । हरेक दिन कमसेकम तीस मिनेटसम्म व्यायाम गर्ने प्रयास गर्नुपर्छ । जसले तपाईको पाचन प्रणाली राम्रो हुनेछ र तपाईफिट रहनुहुनेछ ।

दिसालाई लामो समयसम्म नरोकौ

जब तपाईलाई दिशा गर्न मन लाग्छ । त्यही बेला नै दिशा गर्नुपर्छ । यदि त्यही बेला दिशा गर्नुभएन भने भविष्यमा त्यस्तो मन लाग्ने सम्भावना घट्नसक्छ । तपाईले दिशालाई जति लामो समयसम्म रोक्नु हुनेछ । त्यो त्यत्ति नै सुख्खा तथा कडा हुने सम्भावना हुन्छ । जसबाट दिशा गर्न गाह्रो समेत हुन्छ ।

अन्य बानीहरु

निम्नलिखित तरिकाहरुले कब्जियतको समस्यालाई कम गर्न सकिन्छ र गुद्वारको नलीको तनावलाई कम गर्न सकिन्छ ।

१. ट्वाइलेटमा दिशा गर्नका लागि प्रशस्त समय लिने तर धेरै समयसम्म ट्वाइलेटमा बसिरहनु पनि हुँदैन ।

२. दिशा गर्नका लागि धेरै बल नगर्ने ।

३. गुद्वारको क्षेत्रलाई सुख्खा राख्ने ।

४. हरेक पटक दिशा गरेपछि आफूलाई राम्ररी सफा गर्ने ।

५. नरम खालको ट्वाइलेट पेपर प्रयोग गर्ने ।

फिस्टुलाको उपचार

फिस्टुलाका लागि शल्यक्रियाकै आवश्यकता पर्दछ । यसलाई औषधिले ठिक पार्न सकिँदैन ।

एउटा सामान्य फिस्टुलाका लागि चिकित्सकले फिस्टुलाको नलीको छाला तथा वरपरको माशंपेशीहरुमा एउटा चीरा बनाएर घाउ भर्ने काम गर्छन् । सामान्य फिस्टुलालाई गुद्वारको मांशपेशीलाई हानि नपुर्‍याई ठिक बनाउन सकिन्छ भने जटिल फिस्टुलालाई ठिक गर्ने क्रममा जोखिम समेत बढ्छ ।

यदि स्थित जटिल छ भने फिस्टुलाको उपचारका लागि चिकित्सकले त्यसको प्वालमा एउटा ट्यूब हाल्छन् । त्यसलाई सेटन भनिन्छ र त्यो एउटा रबरको हुन्छ । सेटलले संक्रमित तरल पदार्थलाई सोस्ने काम गर्छ । यसका लागि छ हप्ता अथवा त्योभन्दा बढी समय लाग्नसक्छ ।

फिस्टुलाको स्थानको आधारमा चिकित्सकले तपाईको गुदद्वारको मांशपेशीलाई काट्न सक्दछन् । चिकित्सकहरुले उक्त मांशपेशीलाई हानि नपुर्‍याउने कोसिस समेत गर्छन् । यद्यपि, शल्यक्रियापछि दिशालाई नियन्त्रित गर्नमा कठिनाई हुनसक्छ ।

फिस्टुलाको शल्यक्रियापछि बिरामीको विशेष हेरचाह गर्नुपर्छ । त्यसका लागि निम्न कुराहरुमा ध्यान दिनुपर्छ ।

फिस्टुलाको शल्यक्रियापछि चिकित्सकद्वारा भनिएको पेन किलर तथा एन्टिबायोटिक्स औषधि सेवन गर्नुपर्छ । आफ्नो खुशीले औषधि पसलमा गएर औषधि किन्नु हुँदैन ।

दिनमा तीनदेखि चार पटक तातो पानीले नुहाउनुपर्छ ।

फिस्टुला ठिक हुने बेलासम्म आफ्नो गुद्वारमा प्याड लगाउनुपर्छ ।

चिकित्सकले भने पछि मात्र आफ्नो दैनिक जनजीवनका कामहरु गर्नुपर्छ ।

फाइबरयुक्त खानेकुरा र प्रसस्त मात्रामा तरल पदार्थको सेवन गर्नुपर्छ ।

हामीले काेहि सम्बन्धित थप जानकारी दिइएका छाै

कब्जियत (constipation) भनेको के हो?

दिसा समयमा नहुने वा हुँदा निकै बल गर्नु पर्ने अवस्थालाई कब्जियत (constipation) भनिन्छ । सामान्यतय हप्तामा कम्तिमा ३-४ पटकसम्म दिसा हुनुलाई राम्रो मानिन्छ । तर दिनहु दिसा हुनेलाई पनि कब्जियत हुन सक्छ । त्यसकारण Constipation को ब्याख्या व्यक्ति अनुसार फरक पर्न सक्छ ।

गलत खानपान, वोसोयुक्त खानेकुराको सेवन तथा पानीको कम सेवनका कारण कब्जियतको समस्या हुने गर्छ । कब्जियत भएमा पेट सफा हुँदैन र पेटको फोहर बाहिर निस्कदा मलद्वारमा पिडा हुने गर्दछ । धेरैले कब्जियतलाई सामान्य रुपम लिन्छन् तर समयमै उपचार नगरेको अवस्थामा आन्द्रा सम्बन्धी गम्भीर समस्या निम्त्याउने भएकाले समयमै सर्तक हुन जरुरी छ ।

कब्जियतको कारणले उच्च तथा निम्न रक्तचाप, मधुमेह, मोटोपन, ग्यास्ट्र्रिक, अल्सर, आन्द्रा तथा पेटको क्यान्सर, इरिटेबल बवेल सिन्ड्राम, एसिडीटी, एपेन्डीसाइटिस, अपच, गुदद्वार खस्नु, डकार आउनु, चाया, पोतो, डन्डीफोर, आउनु, जोर्नी दुख्नु, हड्डी खिइनु, सुन्निएर विकृत हुनु जस्ता समस्या आउन सक्छ । शरीरमा रेशेदार तथा फाइबरयुक्त खानेकुराको कमी भएमा कब्जियत हुने गर्दछ ।

त्यसैले, हामीले सेवन गर्ने खानामा यस्ता खानेकुरा सामेल गर्न जरुरी छ, जसमा भरपूर मात्रामा फाइबर पाइयोस्, विशेष रोगावस्था जस्तै आन्द्राको घाउ, ट्युमर, प्यारालाईसिस, मधुमेह, थाइराइडिजम, पराकिन्सन जस्ता समस्याबाहेक अधिकांश कब्जियतको मुख्य कारण अप्राकृतिक जीवनशैली हो।

कब्जियत हुँदाका लक्षण

१. दैनिक विहान दिसा खलाश हुने गरी नहुन, दिसा कडा हुनु, बारंबार दिसा हुनु ।

२. भोक नलाग्नु ।

३. पेट भारी हुनु, पेट फुल्नु ।

४. ग्यासको समस्या हुनु ।

५. दिशा खलास नहुनु, दिशा कडा र सुख्खा हुनु ।

६. आलस्य, चिडचिडापन हुनु, अनिद्रा हुनु ।

७. टाउको दुख्नु, वाकवाक लाग्नु, छाती, घाँटी पोल्नु, आँखा पोल्नु ।

उचित विहार

विहारको गडबडीले पनि कब्जियत हुन्छ । विहार भन्नाले हामीले शरिर हल्लाएर गर्ने सबै गतिविधि हुन् । त्यसैले विहार जहिले पनि उचित हुनुपर्छ ।

१.उठ्दा, बस्दा, उभिँदा, हिँड्दा, जुनसुकै काम गर्दा जहिले पनि ढाड खुकुलो सिधा राख्नुपर्छ । जसले सबैतिर रगत संचालन सुचारु हुन सहयोग पुग्छ । विहार अनुचित गरेमा ढाड दुख्ने, नशा च्यापिने जस्ता समस्या आउनुकासाथै पाचन कृयामा गडबडी भई कब्जियत हुन्छ ।

२. खाना छिटो छिटो खाने बानीले पनि कब्जियत हुन्छ । खाना छिटोछिटो खानाले खाना ¥यालसंग मुछिन पाउँदैन र पाचन कृया ढिला हुन्छ । फलस्वरुप खाना भित्रै अड्किन्छ ।

३. त्यसैगरी एउटा खाना र अर्को खाना खाने समयको अन्तर करिब ४ देखि ५ घण्टा हुनुपर्छ । वीचमा घण्टा घण्टामा पानी मात्र लिनुपर्छ । वीचमा अर्को खाना खाएमा पहिलेको खाना पनि पच्न पाउँदैन र पछिको खाना पनि पच्न सक्दैन र कब्जियत हुन्छ ।

३.सुत्ने र उठ्ने समय नमिल्नाले पनि कब्जियत हुन्छ ।

बेलुकी खाना खाने वित्तिकै सुत्नु हुँदैन । खाना खाएको करिब एक–डेढ घण्टापछि मात्र सुत्नु पर्छ । खाना खाने वित्तिकै सुत्नाले खाना पच्न ढिलो हुन्छ ।

बिहान ढिला उठेमा पनि पचेर बाहिर निश्कासन हुन तयार भएको मल निस्कासन हुन पाउँदैन त्यसैले बेलुकी दस बजे र बिहान पाँच बजे उठ्नु उत्तम हुन्छ ।

४. दिशा बस्दा गर्ने गतिविधिले पनि कब्जियत हुन जान्छ । दिशा गर्दा बल बलले गर्नु हुँदैन । बल गर्दा मलद्धारमा घाउ हुने जस्ता समस्या हुन्छ।

रोकथाम

१. प्रशस्त पानी पिउने बानी बसाल्नु पर्दछ ।

२. चाउचाउ, बिस्कुट जस्ता तयारी खाना र बोतलमा पाइने चिसो पेय पदार्थको साटो उसिनेको पदार्थ, कोदो, फापर, चना भटमासजस्ता पोषिला खानाका साथै मही, महपानी या सर्बत आदि खाने बानी बसाल्नुपर्दछ ।

३. काम र आरामको निश्चित तालिका बनाउनुपर्छ । आराम र श्रम नियमित र सन्तुलित बनाउनुपर्दछ । निश्चित समयमा काम गर्ने, निश्चित समयमा खाने र निश्चित समयमा आराम गर्ने बानी बसाल्नुपर्दछ ।

४. दिसा आउँदा रोकेर राख्नु हुदैंन र दिसा लाग्ने बित्तिकै तुरुन्तै सबै काम छाडेर दिसा जानुपर्दछ ।

५. धेरै कम्मर कसिलो गरी पटुका या पेटी कस्नु हुदैंन ।

६. धेरै सागपात, हरिया, तरकारी सलाद, फलफूल प्रशस्त खानुपर्दछ ।

७. भोकै उपवास या कोची कोची धेरै खाना खाने गर्नुहुदैंन ।

८. तारेको, भुटेको, मसलादार खाना र माछा, मासु, अण्डाजस्ता मांसाहार त्याग्ने ।

९. सेतो चामलको बदला ढिकीमा कुटेको रातो चामल, मैदा बदला चोकर सहितको मोटो, पीठो, चिनीको बदला गुड खाने बानी बसाल्नुपर्दछ ।

१०. बोक्रा फालेको सफा दालको सट्टा टुसा निकालेको या अङकुररित गरेको गेडागुडी खाने बानी बसाल्ने ।

११. खाना खाने बित्तिकै सुत्नु हुदैंन । खाना खाएको २।३ घण्टामा पाचन प्रक्रिया सकिएको हुन्छ र सुत्न जाने ।

१२. मनमा कुरा खेलाउने, चिन्ता लिने, रिसाउने, डराउने, तनावको अबस्थामा आराम गर्ने ।

घरेलु उपचार

१. सानो हर्रो घिउमा भुट्ने र पिसेर धुलो बनाएर १ चिया चम्चा, सुत्ने बेलामा मनतातो पानीसँग पिउनुपर्दछ ।

२. इसबगोलको भुसी एक चम्चा बिहान साँझ पानी, दूध या अरु झोल कुरासँग पिउने ।

३. राजवृक्षको गुदी ५ ग्राम र मुनक्का २० ग्राम मिलाएर चटनी जस्तो पिसी बिहान साँझ खानाले पनि पेट सफा हुन्छ ।

४. एक भाग हर्रो, दुई भाग बर्रो, चार भाग अमला मिलाएर चूर्ण बनाउने र एक एक चिया चम्चा बिहान साँझ मनतातो पानी सँग पिउने ।

५. अदुवा पानी खानाले पनि कब्जियतलाई भगाउँछ । – अम्बा तथा मेवाको सेबनले पनि दिसालाई नियन्त्रण गर्दछ ।

६. गाँजरको जूस दिनको एक गिलास खाली पेटमा तथा स्याउ खानु फाइदाजनक हुन्छ ।

७. १ चम्चा मह तातो पानीमा मिसाएर बिहान खाली पेटमा खाने ।

८. दिनमा दुई तीन कोसा पाकेको केरा खानाले वा एक चम्चा सुप र अदुवाको धुलोमा थोरै वीरेनुन मिसाई राती सुत्ने बेलामा मनतातो पानीसँग खानाले कब्जियत रोग ठिक हुन्छ ।

९. घिउकुमारीको गुदी १० ग्राम बिहान खाली पेटमा खाने गर्नुपर्दछ ।

१०. सानो हर्रो, सौंफ र मिश्री बराबर तौल लिएर पिसेर चूर्ण बनाई आवश्यकताअनुसार १ या २ चम्चा सुत्ने बेलामा खाएर पानी पिउने गर्नुपर्दछ ।

११. सुकाएर अमलालाई पिसेर बनाएर चूर्ण १ चम्चा बिहान साँझ खाना पछि खाने ।

१२. खाना खानु १–२ घण्टा पूर्व नै १–२ गिलास पानी पिउने । – तोरीको तेलले बिहान बेलुका मालिस गर्ने ।

१३. बिहानको समय ३–४ कि।मि हिंडडुल गर्ने ।

कब्जियत हटाउने यस्ता छन् उपाय

१. धेरै रेशायुक्त खानेकुरा खाने

आफ्नो भोजनमा सागसब्जी, फलफूल र होल ग्रेनजस्ता रेशायुक्त खानेकुरा समावेश गर्नुपर्छ । भोजनमा सागसब्जी र फलफूलको मात्रा बढी हुनुपर्छ । रेशा (फाइबर)ले कब्जियत हुन दिँदैन र पेट सफा रहन्छ । तर दुधजन्य पदार्थ, मासु र तयारी (चाउचाउ र यस्तै प्याकेटका) खानेकुरा कब्जियत नहटुन्जेल भरसक नखाने र खाए पनि थोरै मात्र खाने । किनभने यी खानेकुरा रेशायुक्त हुँदैनन्।

२. पानी धेरै पिउने

हाम्रो पाचन प्रणालीले धेरै कुरा शरीरबाट निष्काशन गर्नुपर्ने हुन्छ । त्यसैले पानी धेरै पिउने, पानीले पाचन प्रणालीलाई निष्काशन गर्नुपर्ने विकार वा फोहर बाहिर निकाल्न सघाउँछ भने कतिपय अनावश्यक र बढी खनिज तथा भिटामिन निष्काशनमा पनि सघाउँछ ।

बिहान शौचालय जानु केही बेरअघि एक गिलास मनतातो पानीमा एक चिम्टी नुन हालेर पिउने र दुई मिनेट हलुका व्यायाम गर्ने । यसले पनि पेट सफा गर्न सघाउँछ।

३. व्यायाम

शारीरिक व्यायामले पाचन प्रणालीका मांसपेशीलाई सशक्त बनाउँछ र राम्रोसँग काम गर्न सघाउँछ । अर्थात ठोस भोजनलाई सहज रुपमा पाचन प्रणालीले पचाउँदै अगाडि पठाउँछ । त्यसैले सकेसम्म दैनिक रुपमा नै केही न केही व्यायाम गर्नाले कब्जियत घटाउन मद्दत पुग्छ।

४. नित्यकार्यका लागि बाथरुम जाने

कब्जियत छ भनेर शौचालय जान बन्द नगर्ने । जति बेला दिसा लागेजस्तो हुन्छ वा नलागे पनि सधैं शौच जाने समयमा शौचालय जाने । साथै पेट सफा हुन जति समय लागे पनि समय दिने ।
कहिलेकाहीँ यी नै उपायले पनि कब्जियत कम हुनसक्छ भने कतिपय अवस्थामा नहुन पनि सक्छ । त्यस्तो बेला कब्जियत हुने कारण पत्ता लगाउनु पर्ने हुनसक्छ ।

अरु कब्जियत कम गर्ने तरिकाहरु

१. राति चाँडै सुत्ने, बिहान ब्रम्ह मुहर्त (घाम झुल्किनु भन्दा ९६ मिनेटअगाडि देखि घाम झुल्किँदा सम्मको समय) भित्र उठिसक्ने। उठ्नेबित्तिकै १ लिटरजति मनतातो पानी पिउने बानीले कब्जियत नियन्त्रणमा सहयोग पुर्यािउँछ।

२. दैनिक ३० मिनेटको व्यायामलाई जीवनशैलीको अभिन्न अंग बनाऔँ। अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातःभ्रमण जस्ता क्रियाकलापले शरीर तथा पाचन प्रणालीलाई मजबुत राख्न सहयोग पुर्यााउँछ।

३. भोजनको समय निश्चित गरी उही समयमा मात्र भोजन गर्ने गरौँ। रातिको भोजन सकभर सूर्यास्त आसपासको समयमा होस्। भोजनलगत्तै सुत्ने बानी कब्जियतको मुख्य कारणमध्ये एक हो। भोजन गर्दा चपाइचपाइ खाने गरांै। भोजनको समयमा बातचित गर्ने, उठीउठी वा टिभी, कम्प्युुटर अथवा मोबाइलमा व्यस्त रहेर भोजन गर्नेहरूमा कब्जियत ज्यादा पाइएको छ।

४. खानामा मौसमी तथा स्थानीय (लोकल) अन्न तथा सागसब्जीको विशेष समायोजन होस्। सागसब्जी, सलाद तथा रेसादार फलफूलको समायोजनले कब्जियत नियन्त्रण गर्न सहयोग गर्छ।

५. मल त्यागको समयमा मनलाई पूर्ण रूपमा मल त्याग गर्नमा नै लगाऔं। शौचालयमा बसेर अखबार पढ्ने, गीतसंगीत सुन्ने तथा अन्य विषय सोच्ने गर्दा मस्तिष्कले मल त्याग सम्बन्धी सूचना सम्बन्धित अंगहरूलाई दिने बिलम्ब गर्ने हुुँदा कब्जियत हुने सम्भावना रहन्छ।

फलत

अंगहरूमा विषाक्त बढ्न गई महत्वूर्ण अंगहरूको कार्य क्षमतामा कमी आउँदा अनेक रोग देखिन सक्छ। पूर्वीय स्वास्थ्य विज्ञानहरूको मत अनुसार कब्जियतको कारणले उच्च तथा निम्न रक्तचाप, मधुमेह, मोटोपन, ग्यास्ट्रि्रक, अल्सर, आन्द्रा तथा पेटको क्यान्सर, इरिटेबल बवेल सिन्ड्राम, एसिडीटी, एपेन्डीसाइटिस, अपच, गुदद्वार खस्नु, डकार आउनु, चाया, पोतो, डन्डीफोर, आउनु, जोर्नी दुख्नु, हड्डी खिइनु, सुन्निएर विकृत हुनु जस्ता समस्या आउँछ।

मानसिक समस्या जस्तै

डर, चिन्ता, खिन्नता, उदासिनता, अनिद्रा, यौनशक्तिको क्षय, प्रतिरक्षा प्रणालीको कार्यक्षमता गडबड हुनु, सर्दीले सताइ रहनु, ज्वरो, खोकी बल्भि्करहनु, मांसपेसी तथा नसा-नाडीहरु कमजोर हुनु, अन्तश्रावी ग्रन्थीहरुको कार्य सुचारु नभएर हार्मोनको मात्रा घटवड भइरहनु लगायत समस्या पनि आउँछ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।