चीनमा देखा परेको नयाँ भाइरस स्वरूप परिवर्तन गरेर फैलन सक्ने चिनियाँ अधिकारीहरूले चेतावनी दिएका छन् । उक्त भाइरस फैलन नदिने प्रयास भइरहेका बेला चिनियाँ अधिकारीहरूले त्यस्तो चेतावनी दिएका हुन् ।

चिनियाँ सरकारका अनुसार उक्त भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । सङ्क्रमित हुनेको सङ्ख्या पनि ४४० पुगेको बताइएको छ ।

राष्ट्रिय स्वास्थ्य आयोगका एक अधिकारीले चीन रोकथाम र नियन्त्रणको ‘सबैभन्दा महत्त्वपूर्ण चरण’मा रहेको स्वीकार गरेका छन्  ।अधिकारीहरूले मान्छेबाट मान्छेमा त्यो भाइरस सरेको पुष्टि मङ्गलवार गरेका थिए ।

वैज्ञानिकहरूले चीनमा एक प्रकारको नयाँ भाइरसबाट सङ्क्रमित हुने मानिसको सङ्ख्या आधिकारिक सङ्ख्याभन्दा बढी हुन सक्ने बीबीसीलाई बताएका छन् ।

चिनियाँ आधिकारिक विवरण अनुसार अहिलेसम्म ४५ जना सो भाइरसबाट सङ्क्रमित भएको प्रयोगशाला परीक्षणबाट पुष्टि भएको छ । तर यूकेका विज्ञहरूका अनुसार त्यो सङ्ख्या १,७०० को नजिक हुन सक्छ ।

गत डिसेम्बर महिनामा वुहान शहरमा पहिलो पटक देखिएको नयाँ प्रकारको कोरोनाभाइरसबाट अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ ।

के हो कोरोनाभाइरस ?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो ।

वुहानमा देखिएको नयाँ प्रकारको कोरोनाभाइरस यसअघि मानवमा नदेखिएको भाइरस हो ।

कोरोनाभाइरस जूनोटिक अर्थात् जनावर र मानिसबीच सर्ने भाइरस हो ।

पहिचान भएका थुप्रै अन्य प्रकारका कोरोनाभाइरस जनावरहरूमा देखिए पनि तिनले मानिसहरूलाई सङ्क्रमित बनाएका छैनन् ।

लक्षण के हुन् ?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसहरूमा केही साझा लक्षणहरू देखिन्छन् ।

ज्वरो आउनु र खोकी लाग्नु

छिटोछिटो सास फेर्नु

श्वासप्रश्वासमा कठिनाइ हुनु

गम्भीर भएमा निमोनिया हुनु

सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु

मिर्गौलाले काम गर्न छोड्छ र मृत्यु समेत हुन सक्छ

कसरी जोगिन सकिन्छ ?

यो भाइरसको सङ्क्रमणबाट जोगिन विश्व स्वास्थ्य सङ्गठनले निम्न प्रकारका सुझाव दिएको छ

नियमित रूपमा हात सफा गर्ने

खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने

मासु र अण्डा राम्रोसँग पकाएर खाने

कोरोनाभाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने

अमेरिकामा पनि भेटियो

श्वासप्रश्वासमा सङ्क्रमण गराउने कोरोनाभाइरस पहिलो पटक आफ्नो भूमिमा फेला परेको अमेरिकाले पुष्टि गरेको छ।

द सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार पहिलो पटक चीनमा फेला परेको त्यो भाइरस चीनबाट सिएटल सहर आइपुगेका एकजना अमेरिकी नागरिकमा देखिएको हो।

चीनको वुहान सहरबाट उक्त भाइरस फैलन सुरु भएको हो। अहिलेसम्म नौजनाको ज्यान गइसकेको छ।

एकजना पर्यटन व्यवसायीका अनुसार उत्तर कोरियाले पनि अस्थायी रूपमा विदेशी पर्यटकहरूका लागि आफ्नो देशको सीमा बन्द गरेको छ।

सीडीसीका अनुसार उक्त भाइरसबाट सङ्क्रमित अमेरिकी पुरुष गत ज्यानुअरी १५ तारिखमा वुहानबाट फर्केका थिए।

“ती बिरामी वासिङ्टनस्थित एउटा स्वास्थ्य सेवा केन्द्रमा उपचारका लागि पुगेका थिए,” विज्ञप्तिमा भनिएको छ, “उनले यात्रा गरेको स्थान र रोगको लक्षण हेरेपछि उनी कोरोनाभाइरसबाट सङ्क्रमित भएको अनुमान गरिएको थियो।”

त्यो भाइरसको सङ्क्रमण रहेको पुष्टि ज्यानुअरी २० तारिखमा भएको थियो।

गत हप्ता वुहानबाटै फर्किएका एक नेपाली विद्यार्थीलाई पनि भाइरसको सङ्क्रमण रहेको शङ्का गर्दै चिकित्सकहरूको निगरानीमा राखिएको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालले जनाएको थियो ।

हामीले याे समाचार बि बि सी बाट लिएकाे हाे

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

जाडाेमा रूघाखाेकी अर्थात् चिसाेका राेगहरूबाट यसरी जोगिनुहाेस्

जाडो महिना शुरु भईसकेको छ । काठमाडौँ लगायत देशभर जाडो बढ्दैछ । विषेश गरि जाडोमा हामीले हाम्रो स्वास्थ्यमा धेरै ध्यान पुर्याउनै पर्दछ । जाडो महिनामा कयौँ मानिसहरुलाई नाक बन्द हुने, नाकबाट पानी बग्ने आदि समस्या देखापर्दछ । यस्तै कयौँलाई त ज्वरोले सिकिस्त पनि बनाउने गर्दछ । यहिकारण तपाईंले एन्टिबायोटिक नै चलाएर अस्पताल भर्ना हुनुपर्ने स्थिती आउने गर्दछ ।

तसर्थ, जाडोको समयमा आफ्नो स्वास्थ्यको आफैँ हेर विचार गर्न जरुरी छ । दिइएको टिप्समा ध्यान दिनुहोस र जाडोबाट बच्नुहोस ।

अदुवाको टुक्राको रस २० मि.ली. देखि ३० मि.ली. सम्म दिनमा तीन पटक लिनाले र्सर्दीबाट आराम मिल्छ ।

दश ग्राम लसुनलाई १ कप दुधमा उमालेर साँझमा सुत्नेबेलामा वा खाजा खानुभन्दा अघी सेवन गर्नुहोस् ।

एक चम्चा प्याजको रस बराबर मात्रामा मह मिसाएर दिनमा तीनपटक लिनुहोस् ।

वेसार र सौंठको धुलोको लेप बनाएर टाउकोमा लगाउनुहोस् ।

कालो मरिच डढाएर धुवा सुँघनाले बन्द नाक खुल्छ ।

अलिकति अदुवा, अजवाइन, ल्वाङ ५ वटा, कालो मरिच ३ वटा, मेथी १ चम्चा, तुलसी र पुदिनाको पात १० वटा यी सबैलाई मिलाएर दिनमा दुइपटक सेवन गर्नाले आराम हुनेछ ।

एक गिलास तातो पानीमा १ चिम्टी नुन, १ चिम्टी खाने सोडा मिसाएर दिनमा दुइपटक र सुत्ने समयमा कुल्ला गर्नाले घाँटीको खसखसबाट आराम मिल्छ ।

तपाईँलाई हाच्छिउले कत्तिको सताउँछ ?

हाच्छिउ गर्नु एक प्राकृतिक प्रकृया हो । जसले शरीरलाई चिसो धुलो धुवा तथा एलर्जीबाट बचाउने काम गर्छ । नाकभित्र हुने सिलिया( रौँ)हरुमा बाहिरी तत्वहरुको प्रवेश भयो भने शरीरको सिस्टमले भित्र छिर्न नदिनका लागि हावा, पानी, सिघान र भित्र छिरेका तत्व सहित बेगले बाहिर निकन्छ । यसलाई रोक्नु स्वास्थ्यको दृष्टिकोणले खराब मानिन्छ ।

आउनुस हेरौँ हाच्छिउ सम्बन्धी केही रोचक तथ्यहरु 

१. हाच्छिउ गर्दा निस्कने वायु पानी तथा धुलोका कणका गति १६० किलोमिटर प्रतिघण्टा सम्म पुग्न सक्छ ।

२. हाच्छिउ गर्दा निस्कने किटाणुहरु ९ मिटर अर्धव्यासको क्षेत्रसम्म फैलन सक्छ ।

३. हाच्छिउ गर्दा शरीरको सिस्टम रिस्टार्ट हुन्छ र शरीरमा पुर्नस्फुर्ति ल्याँउछ ।

४. धुवा धुलो चिसो एलर्जी बाहेक सूर्यको किरण पनि हाच्छिउको कारण बन्न सक्छ । करीब चार मध्ये एक जनामा यो प्रभाव देखिन्छ ।

५. नाक भित्र रहेका खराब पदार्थ एकै पटक बाहिर ननिस्कने हुँदा हाच्छिउ दुई तीन पटक सम्म लगातार आउन सक्छ ।

६. हाच्छिउ गर्दा हाम्रो आँखा आफै बन्द हुने गर्छ ।

७. हाच्छिउ गर्दा मुटुको धडकनको गति पूर्ण रुपले बन्द त हुँदैन तर घट्छ ।

८. आइरहेको हाच्छिउ रोक्नु एकदमै खराब मानिन्छ । त्यसो गर्दा बेगसंग भित्रबाट निस्किएको हाच्छिउको दवाव आँखाका धमनीहरु कानको जाली मस्तिस्क तथा डायफ्राम पर्न गई नराम्रो असर गर्छ ।

९. तर यदि तपाईँलाई हाच्छिउ आउला जस्तो भएको छ भने त्यसलाई भने रोक्न सकिन्छ । नाक कन्याउने, नाक र ओठको बीचको भागलाई औलाले दवाव दिने लामो स्वास लिने गर्दा हाच्छिउ रोक्न सकिन्छ ।

सबैले बुझ्ने भाषामा क्यान्सर भनेको के हो ?

क्यान्सर एउटा दीर्घ रोग हो । जुन शरीरको कुनै पनि अंगमा हुन सक्छ । यो एक प्रकारको घाउ हो जुन फैलिंदै जान्छ र अन्त्यमा बिरामीको मृत्युको कारण बन्छ । अहिले संसारमा वार्षिक एक करोडको क्यान्सरका कारण मृत्यु हुने गरेको तथ्याङ्क छ । नेपालमा हरेक बर्ष ४० हजार जना क्यान्सरका बिरामी थपिने गरेको भए पनि धेरै जनाले उचित उपचार पाएका छैनन् ।

हाम्रो शरीर करोडौ सुक्ष्म कोषहरुले बनेको हुन्छ । ती कोषहरूले हाम्रो शरीर बनाउँछन । जब तीमध्येका केही कोष बिग्रिन्छन, तिनीहरूले आफ्नो काम गर्न छोड्छन् र अप्राकृतिक तरिकाले बढ्न थाल्छन् । त्यसरी बढ्दै गएपछि त्यो अंगमा घाउ बन्छ, जसको उपचार गरिएन भने त्यो अंगले राम्ररी काम गर्न सक्दैन र क्यान्सरका लक्षण देखिन थाल्छन् ।

क्यान्सर यो अर्थमा डर लाग्दो रोग हो, किनभने ती बिग्रेका कोषहरु अरु अंगहरूमा सर्दै जान्छन् र अरू अंगहरूलाई पनि असर गर्दै जान्छ् । यसलाई फैलिएको क्यान्सर भनिन्छ ।

क्यान्सर लाग्ने कारण के के हुन् ?

सामान्य अवस्थामा काम गरिरहेका कोषहरूमा केही परिवर्तन आउँछ र ती बढ्न थाल्छन् । अनि क्यान्सर हुन्छ । ती कोषहरूमा आउने त्यो डरलाग्दो परिवर्तनका कारण बिभिन्न छन् । हामीलाई थाहा भएका कारणहरूमध्ये मुख्य कारण चुरोट, खैनी हो ।

नेपाली महिलाहरूमा भेटिने एउटा मुख्य क्यान्सर पाठेघरको क्यान्सर हो, जसको कारण ह्युमन प्यापिलोमा भाइरस हो । बाँकी क्यान्सरका कारणहरूमा जंकफुड, विषाक्त पदार्थ हालिएका खानेकुरा, कीटनाशक छरेर उमारिएका तरकारी फलफूलको सेवन, वंशाणुगत कारणहरू तथा प्रदुषण हुन् । केही क्यान्सरहरूको कारण अहिलेसम्म पत्ता लागेको छैन ।

क्यान्सरका लक्षणहरू के के हुन् ?

क्यान्सरका लक्षण कुन अंगको क्यान्सर हो, त्यसै अनुसार फरक हुन्छन् । यस्ताखालका लक्षणहरू महिना दिनभन्दा लामो समयसम्म भए डाक्टरलाई देखाउनु पर्ने हुन्छ । अरु लक्षणहरु यस्ता छन्

कमजोरी हुने र तौल घट्ने

शरीरका कुनै पनि अंगमा गिर्खा गाँठाहरू आउने

छालामा नयाँ कोठी पलाउनु वा भएका कोठी ठूलो हुँदै जाने

मुखमा र जिब्रोमा लामो समयदेखि घाउ हुने

खाना निल्दा दुख्ने र स्वर फेरिने

सास फेर्न गाह्रो हुने, खोकी लाग्ने वा खकारमा रगत देखा पर्ने

लामो समयदेखि ग्यास्टिक, पेट पोल्ने वा उल्टी हुने

कारण पत्ता नलागेको ज्वरो आइरहने

दिसामा रगत देखिने हुन्छ ।

क्यान्सर लाग्नै नदिनको लागि के गर्न सकिन्छ ?

यसका लागि निम्न कुरामा ध्यान दिनुपर्छ

सूर्तिजन्य पदार्थ र जाँडरक्सीको प्रयोग नगर्ने

पान सुपारीहरु नखाने

अस्वस्थ्यकर खानपिनको बानी व्यवहारमा सुधार गर्ने

अविवाहित महिलाहरूले ह्युमन प्यापिलोमा भाइरसको भ्याक्सिन लगाउने

सामान्य समस्या भए पनि लामो समयसम्म रहिरहे डाक्टरसँग जाँच गराउने ।

अझै महत्वपुर्ण कुरा के छ भने अविवाहित महिलाहरूले ३ पटक ह्युमन प्यापिलोमा भाइरसको भ्याक्सिन लगाएमा पाठेघरको क्यान्सर ९५ प्रतिशतसम्म रोक्न सकिन्छ ।

चुरोट खैनी खाने सबैलाई क्यान्सर हुने, अनि नखानेलाई क्यान्सर नहुने हो त ?

क्यान्सर सबैलाई हुन सक्छ तर सूर्तिजन्य पदार्थ (चुरोट र खैनी) खानेलाई मुख, घाँटी र फोक्सोको क्यान्सर हुने सम्भावना धेरै हुन्छ ।

एकजना सूर्तिजन्य पदार्थ प्रयोग नगर्ने मान्छेलाई क्यान्सर हुँदा, २० जना चुरोट खैनी खानेलाई क्यान्सर भइसकेको हुन्छ ।

क्यान्सर लागे पछि के के कुरामा ध्यान दिने त  ?

तुरन्त क्यान्सर रोग विशेषज्ञसँग भेटेर सही उपचार सुरु गर्ने

आयुर्वदले क्यान्सर निको हुँदैन त्यसैले अन्धविश्वासमा नलाग्ने

क्यान्सरको डाक्टरसँग बसेर उपचार र त्यसका प्रभावबारे राम्रोसँग कुरा गर्ने ।

नेपालमा अहिलेसम्म क्यान्सरको अवस्था कस्तो रहेको छ त  ?

नेपालमा क्यान्सरको अवस्था दुःखलाग्दो छ । रोगीहरूको सँख्या बढिरहेको छ, सरकारले सूर्तिजन्य पदार्थको उत्पादन र बेचबिखनमा रोक लगाउन सकेको छैन । सरकारी क्यान्सर अस्पतालमा सबै सुविधा अहिले उपलब्ध छैनन् । त्यसैले क्यान्सर लागेर उपचार गराउनु भन्दा लाग्नै नदिनेतिर लाग्नुपर्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।