पालक पनिर मिठो परिकार हो । यस्तै यसमा स्वास्थ्यलाई फाइदा हुने कुरा पनि छन् । पालकमा पनि धेरै फाइदा हुने गुणहरु छन् । पालकले हड्डी बलियो बनाउने काम गर्छ, पालकले हाम्रो आँखालाइ तेजिलो बनाऊछ, मुटुलाइ पनि स्वस्थ राख्छ, यसको यति मात्र होइन धेरै फाइदाहरु छन् ।

स्वास्थ्यवधर्क खाद्यपदार्थको रूपमा पनीर वा पनीर धेरै महत्वपूर्ण र जाडो हुने देशहरूमा बहुप्रचलित खाद्य हो । जस्तै रोगिहरू, बच्चाहरू तथा वृदहरूको लागि जसलाई मासुयुक्त भोजन पचाउनमा कठिनाई हुन्छ, तिनीहरूलाई पनीर श्रेष्ठ खाद्य पदार्थ मानिन्छ, किनकी यसमा प्रोटीन, मासुमा जत्ति नै यथेष्ट मात्रामा हुन्छ र पचाउँन पनि सजिलो रहन्छ । साथ साथै क्यालोरि (calories) को मात्रा मासुमा जति नै हुन्छ । पनीर (Cheese) घ्यू निकालएको, अथवा पूर्ण दूधमा यदि कुनै अम्ल मिलाईदिए पछि, या बाछ्छोको पेट बाट प्राप्त हुने रेनेठ नामक पदार्थ लाई दूधमा हाले पछि, दूध जम्छ ।

यस क्रियामा छेना (केसीन) दूधको जलवाला भागले अलग हुन्छ। कुनै कपडा देखि छानकर जल अलग गर्दा खेरि छेनेवाला भागको निकालिन्छ। यस छेनेवाला भागमा केसीनको अतिरिक्त, थोरै मात्रामा घ्यू, दुग्धशर्करा तथा जल रहन्छ । घ्यू अथवा मक्खन निकालएको दूध भन्दा पनि घ्यू रहित पनीर बनाइन्छ ।

पालक पनीर बनाउने बिधि यस प्रकार छन् ।

१. पालकलाइ मनतातो पानीमा राखेर नरम बनाउनुहोस् ।

२. पालक नरम हुनेबित्तिकै यसलाई चिसोपानीमा राखेर चिसाउँनुहोला ।

३. हल्का निचोरेर यसलाई मिक्सर जारमा राखेर पिस्नुहोला ।

४. प्यानमा तेल तताउनुहोस् त्यसपछि जीरा फुराउँनुहोला ।

५. जीरा फ्राई भयपछी यसमा प्याज लसुन अदुवालाइ पनि फ्राई गर्नुहोला ।

६. अब पिसेको पालकलाइ थप्नु होला अनि यसमा जीरा धुलो खुर्सानीको धुलो अनि नून हालेर राम्रोसंग मिसाउनु होला ।

७. पनीरलाइ पनि थपेर राम्रोसंग चलायर १-२ मिनेट छोपेर पकाउनुहोस् अनि पालक पनीर खानको लागि तयार हुन्छ ।

अब कुरा गरौ, दाँत चम्किलो बनाउने । यो घरेलु विधी हो ।

घिउकुमारी र ग्लिसरिन

घिउकुमारीले स्वास्थ्य र सौन्दर्य बढाउँछ । घिउकुमारी दाँतलाई सेतो पार्ने गजबको प्राकृतिक औषधि पनि हो । यसको टूथपेस्ट यसरी बनाउनुस्

एक कप पानी

आधी बेकिङ सोडा

एक चम्चा घिउकुमारीको धूलो

एक चम्चा ग्लिसरिन

तीन थोपा कागतीको रस

यी सबै कुरालाई मिसाएर पेस्ट तयार पार्नुस् । यसले दिनदिनै दाँत सफा गर्नुस् । यो प्राकृतिक पेस्टले दाँतलाई सफा पार्नुका साथै, पहेलोपना हटाउँछ र गिजाको पीडाबाट मुक्ति दिन्छ ।

बेकिङ सोडा

भान्सामा अनि सौन्दर्यका लागि बेकिङ सोडा प्रयोग गरिन्छ । दाँतको पहेलोपन हटाउन पनि यो असरदार हुन्छ । एक चम्चा बेकिङ सोडामा एक चिम्टी नून मिसाउनुस् ।

दिनदिनै दुईचोटि ब्रशमा यसको धूलो हालेर दाँत सफा गर्ने गर्नुस् । यसो गर्नाले दाँतको पहेलोपन हराउने गर्दछ ।

स्वस्थ र मजबुत दाँतको लागि ध्यान दिनुपर्ने कुराहरु

मानिसहरुले आफ्ना शरीरका विभिन्न अंगहरुलाई स्वस्थ राख्न हरसम्भव प्रयास गर्छन् तर, धेरैले दाँतको भने ख्याल गर्दैनन् । धेरै मानिसहरुलाई दन्त स्वास्थ्यको बारेमा राम्रो जानकारी छैन् र उनीहरु दाँतको स्वास्थ्यलाई महत्वपूर्ण मान्दैनन् ।

तर, कुनै पनि मानिसको सम्पूर्ण स्वास्थको लागि स्वस्थ दाँत आवश्यक हुन्छ । दाँतमा समस्या देखिएमा यसले हाम्रो स्वास्थलाई मात्रै प्रभावित गर्दैन, लुक्सलाई पनि प्रभावित गर्छ । त्यसैले दाँतको स्वास्थ्य र सरसफाइमा ध्यान दिन जरुरी छ ।

हुन त हामी धेरैले दिनको दुई पटक ब्रस गर्ने गर्छौं नभए कम्तीमा पनि दिनको एकपटक त पक्कै ब्रस गर्छौं । हामीले ब्रस गर्न सानैबाट सिकेका हुन्तौं तर, आश्चर्यजनक कुरा धेरैजसो मानिसहरुले अझै पनि सहि ढंगले ब्रस गर्न जान्दैनन् ।

दन्त चिकित्सकहरुका अनुसार स्वस्थ र मजबुत दाँतको लागि दैनिक ब्रस गरिसकेपछि जिब्रो पनि राम्रोसँग सफा गर्नुपर्छ ।

चिकित्सकका अनुसार हामीले दिनमा कम्तीमा पनि दुई पटक ब्रस गर्नुपर्छ र ब्रस गरेपछि नुनपानीले कुल्ला वा माउथ वास गर्नुपर्छ । यसले हाम्रो दाँत र गीजाहरुलाई ब्याक्टेरियाबाट बचाउँछ । ब्रस गर्ने सहि तरिका थाहा पाइराख्नु दाँतको सुरक्षाको पहिलो कदम हो । त्यसैले यी कुराहरु जानीराखौं

दाँतको सफाई

ब्रस गर्नको लागि कुनै पनि मानक समय हुँदैन् । तर, दन्तचिकित्सकहरुले कम्तिमा दुई मिनेटसम्म ब्रस गर्नुपर्ने सल्लाह दिन्छन् । यसले मुखभित्रको सतहबाट विभिन्नखाले ब्याक्टेरिया निस्कन्छ । यसले दाँतमा हुने क्षतिलाई पनि रोक्छ ।

यस्तो हुनुपर्छ टुथब्रस

यदि ४ महिना भन्दा धेरै समय एउटै ब्रस प्रयोग नगर्नुहोस् । ४ महिना भन्दा धेरै प्रयोग गर्दा पनि तपाईको ब्रस खराब नभएको हुनसक्छ तर तपाईंले त्यसलाई छोडेर नयाँ ब्रस किन्नुपर्छ ।

त्यसैगरि बजारमा विभिन्न आकार, प्रकार, लम्बाई र गुणको टुथब्रस आँउछ तर दन्तचिकित्सकका अनुसार सहि टुथब्रसको लम्बाई २५.५ देखि ३१.९ मिलिमटर हुनुपर्छ र चौडाई ७.८ देखि ९.५ मिलिमिटर हुनपर्छ ।

दाँतमा दाग देखियो भने

यदि तपाइहरूकाे दाँतमा कालो दाग देखिएको छ, खाना दाँतमा फस्न थालेको छ, चिसो तातो खाँदा दाँतमा झनझनाहट हुन्छ वा गीजाबाट रगत आउन थालेको छ भने दन्त चिकित्सकसँग भेटेर उचित उपचार गर्न ढिला नगर्नुहोस् ।

आफ्नो दाँत स्वस्थ र मजबुत बनाउन चाहनुहुन्छ भने निश्चित समयको अन्तरालमा चिकित्सकसँग भेटेर सल्लाह लिनुहोस् ।

सय प्रतिशत प्राकृतिक, प्रभावकारी र दाँत सम्बन्धी सम्पूर्ण समस्यालाई सहि समाधान गर्ने अचुक घरेलु औषधी

सहनै नसक्ने गरी दाँत दुख्ने, किरा पर्ने जस्ता दाँत सम्बन्धी समस्याबाट धेरैजस्तो मानिस ग्रसित छन् । दाँत दुख्दा खेरीको पिंडा कल्पना समेत गर्न नसकिने हुन्छ । सहनै नसक्ने गरि दाँत दुखिरहँदा यसलाई एकछिन त औषधीले शान्त बनाउँछ तर यसबाट संधैका लागि भने छुटकारा दिलाउँदैन ।

दाँत दुखाई र दाँतमा पर्ने किरा एक आम समस्याको रुपमा रहेको छ। हामी यस समस्या लाई निर्मुल पार्न अनेक औषधी सेवन गर्ने गर्छौं तर त्यो एकछिनको लागि मात्र हुन्छ । जब औषधीले काम गर्न छोड्छ फेरी दुख्न सुरु गरिहाल्छ ।

तर आज हामी दाँतको कीरालाई पूर्ण रुपमा निकाली दुखाईबाट सधैँका लागि छुटकारा पाउन मद्धत गर्ने अचुक घरेलु औषधीको बारेमा बताउन गइरहेका छौँ, जुन १०० प्रतिशत प्राकृतिक, प्रभावकारी र दाँत सम्बन्धी सम्पूर्ण समस्यालाई सहि समाधान गर्छ ।

१. तील र ल्वङको तेल

एक चम्चा तीलको तेलमा ३/४ थोपा ल्वङको तेल मिसाएर हरेक बिहान खाली पेटमा यस तेलले कुल्ला गर्ने । यसको साथै तील र ल्वङको तेललाई बराबर मात्रामा मिसाउने । एउटा कटनको डल्ला यो तेलमा चोपेर दुखेको दाँत वा किराले खाएर खाली भएको दाँतको बीचमा राखेर १० देखि १५ मिनेट सम्म दबाएर च्याप्ने।

यस विधिलाई दिनको ३/४ पटक प्रयोग गर्नको लागि तील र ल्वङको तेलको मिश्रणमा ३/४ ओटा कटनको बललाई चोपेर एउटा कन्टेनरमा राख्ने। त्यसपछि हरेक पटक खाना खाए पछी यस कटन बललाई १०-१५ मिनेटका लागि दाँतको बीचमा च्यापेर राख्ने। यसो गर्नले दाँतको दुखाईलाई तुरुन्तै ठिक गर्नुका साथै दाँतमा हुने किरालाई सधैँको लागि निकालीदिन्छ।

२. लसुन

३/४ ओटा लसुनको केस्रालाई मसिनो बनाएर काट्ने । यसमा एक चिम्टी रक सल्ट राखेर मज्जाले मिसाउने । अब यस लसुनलाई सडेको दाँतको बीचमा हालेर १० मिनेटको लागि च्यापेर राख्ने । बिहान बेलुका एक एक पटक यो विधि प्रयोग गर्नाले दाँतमा भएको ब्याक्टेरिया खत्तम हुन्छ र दाँतको कालोपन पुरै हटेर जान्छ ।

३. फिटकिरी

जस्तो सुकै दुखाई लाई पनि कम गर्न फिटकिरीलाई एक अचुक औषधीको रुपमा लिइन्छ । एक कप पानीमा एक टुक्रा फिटकिरी लाई डुबाएर १/२ मिनेटका लागि राख्ने । १/२ मिनेट पछी पानीलाई चम्चाले चलाएर फिटकिरीलाई निकाल्ने ।

अब यो पानीलाई मुखमा राखेर ३/४ मिनेटका लागि घुमाइराख्ने । यस प्रक्रियालाई दिनमा २/३ पटक दोहोर्याउने । लगातार यो विधि प्रयोग गर्नले ३/४ दिनमै जस्तोसुकै गम्भीर दाँतको दुखाईलाई सधैँको लागि हटाउँछ ।

४. नुन–पानीले कुल्ला गर्ने

एक कप मन तातो पानीमा एक चम्चा नुन मिसाएर मुख कुल्ला गर्दा दाँत दुखेको निको गर्छ । नुन–पानीले मुखमा भएका फोहर खानेकुरा हटाएर सफा गरिदिनुका साथै दुखाई निको गर्छ ।

५. निमपत्ता

ताजा निमको पातलाई पखालेर नुन मिसाई पिसेको लेदोलाई दाँत दुखेको ठाउँमा लगाउँदा निको गर्छ । निमको पातमा व्याक्टेरियाबिरुद्ध लड्ने गुणसमेत हुने भएकाले निमपत्ता दुखाई कम गर्ने प्रभावकारी घरेलु उपाय हो । हरियो निमपत्ता नभएमा सुकेको पातलाई पानीमा पकाएर सो मन तातो पानीले कुल्ला गर्न सकिन्छ । दैनिक तीनपटक मन तातो पानीले कुल्ला गर्नुपर्छ ।

याे कुरालाइ पनि नियमित रुपमा गर्नुहाेस्

त्यस्तै दिनको दुइ पटक ब्रस गर्ने, खाना खाए पछी कुल्ला गर्ने, सके सम्म मिठाई नखाने, दाँतमा अड्किने खालको खाद्यपदार्थ नखाने, प्रशान्त पानी पिउने, धुम्रपान,सुर्ती, तमाखु सेवन नगर्ने लगायतका सावधानी अपनाउनले दाँतमा किरा पर्ने वा दाँत दुख्ने जस्ता समस्या कहिल्यै आउँदैन ।

नाेट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।