हिन्दू सम्प्रदायहरुको रंगीन पर्व होली आउँदैछ । विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीका कारण यसको माहोल त तुलनात्मक रुपमा कम हुँदैछ । तर, होलीको विशेषताको रुपमा रहेको खुशी सञ्चार गर्ने पर्वलाई भने कुनैपनि महामारीले खल्लो बनाउन सक्दैन ।

यो रमाइलो पर्वमा खुशीको सञ्चार गर्ने नाममा सावधानी गुमाउँदा मानिसहरुलाई गम्भीर समस्या हुने सम्भावना पनि उत्तिकै हुन्छ । विशेषगरी होलीमा छाला र आँखाको सुरक्षा धेरै गर्नुपर्ने देखिन्छ ।

धेरैले होलीमा छालाको समस्यालाई लिएर चिन्ता लिने गर्छन् । तर, छालासँगै आँखामा समेत धेरै जोखिम थपिने गरेको पाइन्छ । आँखा, हाम्रो शरीरको सबैभन्दा नाजुक र संवेदनशील अंग हो । यसको विशेषध्यान यसकारण पनि चाहिन्छ कि सानो लापरबाहीले पनि हामीहरु यो संसारलाई नदेख्ने बन्न सक्छौं ।

यसको अर्थ यो रंगीन मौसममा रंगमाथि ब्रेक लगाउनु पर्छ भन्ने पनि होइन । तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सक डा.रोहित सैजु विशेषगरी आँखाको सुरक्षाको लागि कालो चस्मा लगाएर होली खेल्न सुझाव दिन्छन् ।

उनले रंगहरु सिधै आँखामा पर्दा यसले गम्भीर संकट निम्त्याउन सक्ने भन्दै यस बारेमा साबधानी अपनाउनु पर्ने बताए । अहिलेको कोरोनाको सन्त्रास बढिरहेको भन्दै उनी आफ्नो संस्कारलाई निरन्तरता दिने गरी सामान्य रुपले परिवारमा मात्रै होली मनाउन पनि सुझाव दिन्छन ।

होलीको रंगीन मौसममा खुशी भित्र्याउँदै आफ्नो शरीरलाई पनि हानि नपुर्‍याउनको लागि केही मूलभूत विषयहरुमा ध्यान दिनु जरुरी देखिन्छ ।

होलीमा आँखाको सुरक्षा कसरी गर्ने ? भन्ने बारेमा जान्नुहोस् ताकि होलीको रंगले तपाईको आँखालाई कुनै तरिकाले हानि नहोस् ।

सबैभन्दा पहिले निश्चित गर्नुहोस् कि तपाईं रासायनिक रंगबाट सुरक्षित हुनुहुन्छ । यी रंगहरू तपाईंको छाला र तपाईंको आँखाको लागि निकै हानिकारक हुनसक्छ । त्यसैले तिनीहरूबाट टाढा राख्नु यो नै स्वास्थ्यको लागि लाभदायक मानिन्छ ।

यदि तपाईं कसैलाई रंग लगाईरहनु भएको छ भने पहिले यकीन गर्नुहोस् कि तपाईंले कसैलाई जबर्जस्ती गर्नुहुन्न । किनकि यस्तो अवस्थामा रंग पनि आँखामा जान सक्छ ।

यदि र रंग तपाईंको आँखामा गएको छ भने यसलाई बिलकुल नराख्नुहोस् । किनभने त्यसो गर्दा तपाईंको आँखा खराब हुन सक्छ ।

सर्वप्रथम, आँखालाई सफा पानीले धुनुहोस् र आँखामा बारम्बार पानी छर्किनुहोस् ।

सनग्लासहरू प्रयोग गर्न नबिर्सनुहोस् । किनकि यसले तपाईंको आँखामा हुनसक्ने रंगबाट बचाउन मद्दत गर्छ ।

यदि तपाईंको आँखा धेरै चिढचिढिएको छ वा तपाईंको आँखा रातो भएको छ भने तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुहोस् ।

बालबालिकालाई होलीको जोखिम

होलीका लागि भनेर बालबालिकामा रङ र पानीको फोहोरालाई लिएर विशेष किसिमको उत्साह देखिन थालेको छ । कयौं गल्लीहरुमा त बालबालिकाको हात रङ र लोलाले हान्ने चलन समेत देखिन्छ ।

होली बालबालिकाको लागि जति रोमाञ्चक छ, उति नै जोखिमपूर्ण पनि हुन्छ । किनकी रङकै मामलामा भएको सानो असावधानीले पनि बालबालिकाको जीवनमा ठूलै समस्या निम्त्याउन सक्छ ।

त्यसैले, बालबालिकाको साथमा होलीको तयारी गर्दा उनीहरुलाई सुरक्षाबारे पनि विशेष ध्यान दिनुपर्छ । त्यसको लागि यी उपाय अपनाउनु पर्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

आँखामा औषधि कसरी हाल्ने ?

आँखा हाम्रो संवेदनशील अंगमध्ये पर्छ । त्यसैले यसको देखभालका क्रममा निकै होसियारी अपनाउनुपर्छ । साना गल्तीले पनि दृष्टि गुमाउनुपर्ने जोखिम हुन्छ । आँखाको उपचार वा सुरक्षाका क्रममा विभिन्न औषधि वा ड्रप प्रयोग गरिन्छ । ती प्रयोग गर्दा निम्न कुरामा सचेत रहनुपर्छ ।

औषधि राख्ने व्यक्तिले साबुन र पानीले सफासँग हात धुने ।

फिंज नआउने गरी हल्कासँग हल्लाउने ।

औषधीको बिर्को खोल्दा भित्रको टुप्पोलाई नछुने ।

बिरामीलाई आरामसँग बसाउने वा सुताउने ।

औषधि हाल्दा औषधिका टुप्पोले आँखाको वरीपरी वा अन्य ठाउँमा नछुने ।

औषधि हाल्नु पर्ने आँखाको तल्लो भाग हल्का तान्ने ।

औषधिको बोतलबाट एक थोपा मात्र झर्ने गरि विस्तारै थिच्ने । आँखामा औषधि परेपछि तल्लो भागको परेला बिस्तारै बिचको चोरी औलाले दुई मिनेट सम्म थिचेर राख्ने वा आँखा राम्ररी चिम्लने ताकि आफूले राखेको औषधि अश्रुनली हुँदै नाक र घाँटीमा जान नपाओस् ।

औषधि प्रयोग गरिसकेपछि बिर्को राम्रोसँग बन्द गर्ने साथै बालबच्चहरुले भेट्न नसक्ने तथा घाम नलाग्ने ठाउँमा सुरक्षित राख्ने ।

आफ्नो औषधि अरुलाई प्रयोग गर्न नदिने ।

औषधि सधैँ जान्ने मान्छेलाई राख्न लगाउने ।

औषधि खोलेको तीस दिनसम्म प्रयोग गर्न सकिन्छ त्यसपछि बाँकी रहेमा प्रयोग नगर्ने ।

औषधि सधैँ चिनेर मात्र प्रयोग गरौँ र गर्न लगाऔँ ।

आँखाको दृष्टि कमजोर छ ? यस्तो विधी अपनाउनुहोस्

हिजोआज हरेकजसो घरका एक न एक सदस्य चस्मा लगाउनुपर्ने वाध्यतामा हुन्छन् । कसैमा टाढाका बस्तु नदेख्ने त कसैलाई नजिकको बस्तु खुट्याउन नसक्ने समस्या हुन्छ । यस्तो समस्या कसैले जन्मजात लिएर आउछन् भने कसैलाई विभिन्न परिस्थितीबस हुने गर्छ ।

यस्तो अवस्थामा सामन्य दिनचर्या कठिन बन्छ । खान, बस्न, हिँड्न, पढ्न, हेर्न, काम गर्न असहज हुन्छ । त्यसैले आँखाप्रति हामी सर्तक र संवेदनसिल हुनैपर्छ ।

आँखा पाक्ने, चिलाउने, दुख्ने अवस्था यदाकदा आउँछ । यो आम समस्या हो, जसलाई उपचारपछि सामन्य अवस्थामा फर्काउन सकिन्छ । तर, जटिल वा दीर्घकालिन समस्याहरुमा भने उपचारसँगै विभिन्न सावधानी अपनाउनुपर्ने हुन्छ ।

आँखाको दृष्टि कस्तो हुनुपर्छ ?

हामी सबैको दृष्टि एकसमान हुँदैन । कसैको दृष्टि राम्रो हुन्छ, जसले आसपासका दृश्यहरु स्पष्टसँग देख्नत सक्छन् । तर, कसैले त्यस्ता दृश्यहरु धमिलो देख्छन् । आँखाको दृष्टि कति राम्रो छ भनेर मापन गर्ने सरल बिधी छ । सामन्यतः एउटा निश्चित दुरीमा, निश्चित आकारको अक्षरहरु राखेर त्यसलाई देख्न सक्ने क्षमताको आधारमा आँखाको दृष्टिको स्तर जाँच्न सकिन्छ ।

सामन्यतः दृश्यको तीक्ष्णता एक चार्ट तीन मिटर वा ६ मिटर वा ४० सेन्टिमिटर दुरीमा राखेर नाप्ने गरिन्छ । यसैको आधारमा कसको दृष्टि सामन्य छ, कसको दृष्टिमा समस्या छ र कसको अन्धापन छ भन्ने कुरा छुट्याउन सकिन्छ ।

के कारणले दृष्टिमा समस्या हुन्छ ?

आँखामा धेरैखाले समस्या हुन्छन् । कसैले जन्मजात दृष्टि गुमाएका हुन्छन् । कसैको विभिन्न संक्रमणले आँखाको ज्योति हराउन सक्छ । आँखा सम्बन्धीका समस्याहरुको सहि उपचारको अभावमा दृष्टि गुमाउनु पर्ने हुनसक्छ ।

शक्तिशाली प्रकाशमा निरन्तर पढ्ने, लेख्ने, निरन्तर कम्प्युटर वा मोवाइल हेर्ने, हावामा हानिकारक प्रदूषणको सम्पर्कमा आउनु, पाचन विकार, अन्तुलित खानपान, भिटामिन ए को कमी जस्ता कुरा कमजोर दृष्टिका लागि जिम्मेवार हुन्छ । मदिराको सेवनले पनि आँखामा समस्या निम्त्याउँछ ।

सावधानी

जटिल किसिमको समस्यामा शल्याक्रिया वा विशेष उपचार पद्धतीबाट आँखाको दृष्टि जोगाउन सकिन्छ । यद्यपी सामन्य अवस्थामा भने खानपान, जीवनशैलीमा परिवर्तन गनुपर्ने हुन्छ । यसका साथसाथै विशेष सावधानी अपनाउनुपर्छ ।

धूलो, धूँवा, चहकिलो प्रकास, हानिकारक वायु आदिबाट आँखालाई जोगाउनुपर्छ । यसका लागि चस्मा लगाउन सकिन्छ ।

आँखा आसपासको भागलाई सधै सफा राख्नुपर्छ । खासगरी सुत्नुअघि आँखा सफा पानीले धुनुपर्छ ।

मधुमेह, उच्च रक्तचापले पनि आँखाको दृष्टि कमजोर बनाउँछ, त्यसैले मधुमेह, रक्तचाप नियन्त्रण राख्नुपर्छ ।

आँखामा जथाभावी औषधी नराखौं ।

कमसल खालको चस्मा लगाउनु हुन्न ।

आँखामा कुनै बस्तु पस्यो भने रगड्नु हुँदैन ।

घरेलु उपचार बिधी

१. आँखाको दृष्टि कमजोर भएकाले हरेक दिन गाजरको जुस सेवन गर्नुपर्छ । हरियो एवं ताजा सागपात आफ्नो खानामा सामेल गर्नुपर्छ ।

२. खानामा भिटामिन-ए अनिवार्य सामेल गरौं । गाजर, सुन्तला, मेवा, पहेंलो रंगको सब्जी, पालक, धनिया, माछा, अन्डामा भिटामिन ए बिद्यमान हुन्छ ।

३. मोतियाबिन्दुको समस्या भिटामिन सिको कमीले हुनेगर्छ । त्यसैले भिटामिन सि प्राप्त गर्नका लागि सुन्तला, कागति, गोलभेडा, गोभी जस्ता खानेकुरा सेवन गर्नुपर्छ ।

४. बदाम, ओमेगा-३ फ्याटी एसिड, भिटामिन इ र एन्टि अक्सिडेन्टयुक्त खानेकुराले दृष्टिमा सुधार ल्याउँछ ।

अन्य विधी के छ ?

रातभर पानीमा १० वटा जति बदाम भिजाएर राख्ने । बिहान त्यसको बोक्रा उतारेर पेस्ट बनाउने । यस पेस्टलाई तातो दुधसँग सेवन गर्नुपर्छ । यसलाई केहि महिनासम्म निरन्तरता दिनुपर्छ ।

पिसेको सुकुमेललाई दुधमा राखेर उमाल्ने । यसलाई राती पिउने गर्नुपर्छ, जसले आँखालाई स्वस्थ्य बनाउँछ ।

धनियाको तीन भागका साथ एक भाग चिनीको मिश्रण तयार गर्ने । यसलाई पिसेर पानीमा उमाल्ने, एक घण्टा त्यतिकै राख्ने । एक सफा कपडाले छानेर उक्त रस पिउनुपर्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।