मौसम परिवर्तन हुँदैछ । चिसो मौसमको समस्या गुजारेर आएकाहरुलाई वसन्त ऋतुको सुरुवातसँगै गर्मीको समस्या सुरु हुन लाग्दैछ । हामी मौसम अनुसारको लवाईखवाईलाई मात्रै ध्यान दिने गर्छाै तर, चिसो र गर्मी मौसममा खाने खानाको बारेमा भने खासै धेरै ख्याल गर्दैनौ ।

आयुर्वेदले विभिन्न मौसम अनुसारको खाने कुराको वर्गीकरण गरेको छ । आयुर्वेद सम्बन्धी जानकारी दिएका विभिन्न शास्त्रहरुमा यसबारे उल्लेख पाइन्छ । चरक संहिताले कुन मौसममा कुन उमेरका मानिसले कति मात्रामा खानेकुरा खाने ? भन्ने उल्लेख गरेको छ ।

तिनीहरुले सामान्यतया मानिसले प्रत्येक मौसममा खाने समान किसिमका आहारहरुको विरोध गर्ने गर्छन् । आयुर्वेदले मौसमलाई कूल ६ भागमा विभाजन गरेको छ । जसमा ६ वटा ऋतुहरु छन् । सोही ऋतु अनुसार हामीले खानामा फरक पन ल्याउँदा हाम्रो शरीरमा पाचन क्षमतामा बृद्धि हुने र शारीरिक शक्तिलाई त्यसले असर गर्नेगर्छ । त्यसकारण हामीले हाम्रो खानाको चयन र मात्रामा ऋतु अनुसार विशेष ध्यान दिनुपर्छ । यदि तपाईं आफ्नो स्वास्थ्यलाई सुधार गर्न चाहनुहुन्छ भने या आफूलाई सधैं निरोगी बनाउन चाहनुहुन्छ भने आफ्नो खानामा ध्यान दिनै पर्छ ।

शरद ऋतु (असोज र कात्तिक)

यस मौसममा धेरै हल्का, मीठो र नरम खाना खानुपर्छ । किनकि यो मौसममा मानिसको पाचन प्रणाली कमजोर हुने भएकोले पचाउन सजिलो हुने खालका खानेकुरा खानुपर्छ ।

शरीरमा पित्त सम्बन्धी समस्या रोक्न, नीम, करेला जस्ता खानेकुराहरू खानुपर्छ । यस समयमा, लौकी, राजगिरा जस्ता सागको सेवन लाभकारी हुन्छ । दालको स्थितिमा यस मौसममा मुगीको दाल, त्रिफला, सुख्खा अंगुर, खजुर, जामुन, परवल, अमला जस्ता फलफूल खानुपर्छ ।

हेमन्त मौसम (मंसिर र पुष)

यस मौसममा रातहरू लामो र दिनहरू छोटा हुन्छन् । यस्तो अवस्थामा शरीरको गतिविधि सुस्त हुन्छ र शरीरमा उर्जा बचत हुन थाल्छ । त्यसैले यो समयमा ढिलो पच्ने खालका खानाहरु खानु आवश्यक हुन्छ । यो समयमा रात लामो हुन्छ । त्यसैले बिहान अल्पाहार (ब्रेकफास्ट) गर्नु राम्रो हुन्छ । साथै, घिउ, दुध आदिले युक्त भएको र त्यस्ता दुग्ध पदार्थ मिसाएर पकाएको खानेकुरा खानु राम्रो हुन्छ ।

पौष्टिक खाना जस्तै लड्डु, पाक, हलुवा आदि पनि खानुपर्छ । मांसाहारीहरुले मासु, माछा आदिको सेवन गर्नुपर्छ । यो मौसममा टाउकोमा तेलले मालिस गर्नुपर्छ र जति सकिन्छ धेरैबेर घाममा बस्नुपर्छ ।

जाडो शिशिर (माघ फाल्गुन)

यस मौसममा शरीरमा उर्जा प्रबल मात्रामा आवश्यक हुन्छ । पाचन प्रकि्रया तीब्र रुपमा चल्छ । तसर्थ, यो मौसममा खाली पेट बस्नु स्वास्थ्यको लागि हानिकारक हुन्छ । यस मौसममा पौष्टिक खाना अरु बेलाको तुलनामा धेरै खानुपर्छ ।

लसुन, अदुवाको अचार आदि धेरै खानुपर्छ । दुध, घिउ, तेल आदिले बनेका खानेकुराहरु खानुहोस् । साथै, चिसोको सट्टा मनतातो पानी खानु राम्रो हुन्छ । यदि तपाईं रोगबाट जोगिन चाहानुहुन्छ भने यस मौसममा चिसो चीज खानु हुँदैन र उपवासबाट टाढा रहनु राम्रो हुन्छ ।

वसन्त ऋतु (चैत र बैशाख)

यस मौसममा पाचन रसको उत्पत्ति र त्यसको काम गर्ने क्षमता कम हुने गर्छ । यो मौसममा रुघा लाग्ने जस्ता समस्याहरु बल्भिmने गर्छ । यस्तो अवस्थामा पुरानो अन्न र धान आदिको सेवन गर्नु स्वास्थ्यबर्द्धक मानिन्छ । मुंगको दाल, मसुर, अरहर चना आदिको सेवन गर्नु राम्रो मानिन्छ । यो मौसममा शरीरको मसाज गर्नुहोस् ।

मनतातो पानीले स्नान गर्नुपर्छ । यस मौसममा चिसो प्रकृति खाना खानुहुँदैन । धेरै घिउ र भुटेको खाना, मिठाई नखानुहोस् । यो मौसममा दिनमा सुत्ने र रातमा अबेरसम्म जाग्नु पनि हुँदैन ।

ग्रीष्म (जेठ र असार)

यस मौसममा पाचन क्षमता अत्यन्त कमजोर हुन्छ । त्यसैले तातो, मसलेदार, नुनिलो, अमिलो र भुटेको खानाबाट सकेसम्म टाढा रहनु राम्रो हुन्छ । फलफूलहरुमा मौसमी अंगुर, अनार, तरबुजा आदि खानु राम्रो हुन्छ । रसिलो फल र फलहरुको रस, नरिवल पानी, उखुको जुस आदि पिउनु यो मौसममा राम्रो हुन्छ । जति सकिन्छ धेरै पानी पिउनुहोस् र चिसो तेलले टाउकोमा मसाज गर्नुहोस् ।

बर्षा ऋतु (साउन र भदौ)

यस मौसममा शरीरमा पाचनसँग सम्बन्धित रोगहरू बढी हुन्छन् । खानामा दुध, घिउ, मह, जौ, गहुँ, चामल आदि धेरै खानुपर्छ । यो समयमा धेरै सुक्खा अदुवा र कागती खानु राम्रो हुन्छ । यो समयमा पानी उमालेर पिउनु राम्रो मानिन्छ । यस मौसममा रक्सी, मासु, माछा र दही धेरै नखाएकै राम्रो ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

खाना त हामी जहिले खान्छाै तर हप्तामा एक दिन भोकै बस्दा नसाेचेकाे फाइदा पउनुहुन‍े । एकचाेटि अपनाउनुहास्

के तपाईंको पाचन यन्त्रले कहिल्यै विश्राम पाएको छ ? किनभने तपाईं केही न केही खाइरहुनुहुन्छ । दिनमा तीन, चार पटक खानुहुन्छ । भोक लाग्छ, भरपेट खाइदिनुहुन्छ । हेर्दा स्वादिलो खानेकुरा भेट्नुहुन्छ, पेट चर्कनेगरी खाइदिनुहुन्छ । खानेकुरामा तपाईं पछि हट्नुहुन्न । जे पाइन्छ, खाइदिनुहुन्छ । जे आउँछ, मज्जाले पचाउँछ शैलीमा ।

यद्यपी हाम्रो शरीरले सबै कुरा पचाउन सक्दैन । यसरी अपच हुने खानेकुरा शरीरबाट बाहिर निष्कासन हुन्छ । त्यसमध्ये कति विकार भने शरीरभित्रै रहन्छ । यही विकार हो, शरीरलाई रोगी बनाउने ।

हामी शरीरका लागि आवश्यक खानेकुरा पनि सेवन गरिरहेका हुँदैनौं । कुन खानेकुरामा कुन किसिमको पोषक तत्व पाइन्छ, कसरी सेवन गर्दा ति पोषक तत्व प्राप्त हुन्छ, दिनमा कति पटक खानुपर्छ ? इत्यादि कुरामा त हामीलाई न चासो छ, न ज्ञान । अर्थात खानपानमा हामी त्यती सर्तक र सचेत छैनौं । यही कारण हाम्रो पाचन यन्त्र क्रमस शिथिल हुँदै जान्छ । कलोजो लगायतका अंगले सही ढंगले कार्यसंचालन गर्न छाड्छ ।

पाचन यन्त्र नै कमजोर भएपछि शरीरलाई आवश्यक पोषक तत्व पुग्दैन । शरीरलाई आवश्यक पोषक तत्वको अभाव भएपछि नै हो हामीलाई रोगले जित्ने । अर्थात शरीरले रोगसँग लड्ने क्षमता गुमाउँछ । यसर्थ पाचन यन्त्रलाई चुस्त, बलियो राख्नका लागि हामीले खानपानमा केही अनुशासन पालना गर्नैपर्छ ।

खानपान सम्बन्धी अनुशासनको कुरा गर्दा उपवास पनि आउँछ । सही र सन्तुलित खाना खाएर मात्र पुग्दैन, बेलाबखत पाचन यन्त्रलाई विश्राम पनि दिनुपर्छ । खाली पेट बस्नुपर्छ । यसलाई हामीले ब्रत, उपवास, फास्टिङ जे नाम दिएपनि हुन्छ ।

यो एक दिन, दुई दिन सम्मको हुन्छ, आफ्नो अवस्था हेरेर । शरीरको शुद्धिकरण गर्न विशेष किसिमको विधी अपनाउन सकिन्छ, खानपानलाई नियन्त्रण गरेर । यस्तो विधी अन्र्तगत भोकै बस्ने, फलफूल मात्र खाने, उसिनेको खानेकुरा मात्र खाने वा सुपाच्य भोजन मात्र गर्ने तौरतरिका अपनाइन्छ ।

अहिले साउन महिना पनि छ । साउनलाई हामी उपवासको महिना पनि भन्छौं । साउनको सोमबार कतिपय उपवास बस्ने गर्छन् । यसमा धार्मिक आस्था जोडिएको छ ।

धार्मिक आस्थाको हिसाबले होस् वा स्वास्थ्यप्रति सर्तक भएर, उपवास बस्नु फाइदाजनक छ । भरपेट खानुमा मात्र फाइदा छैन, भोको पेट बस्नुमा पनि फाइदा छ ।

हप्तामा एक दिन भोकै बस्नुको फाइदा

हप्तामा एक दिन भोकै बस्न सकिन्छ । यसका लागि हामीले यस्तो दिन छनौट गर्न सक्छौं, जुन दिन हामीले शारीरिक श्रम धेरै गर्नुपर्ने अवस्था हुँदैन । यसरी एक दिन खाली पेट बस्दा शरीरको आन्तरिक शुद्धिकरण हुन्छ । शरीरमा रहेको विषाक्त तत्व बाहिर निस्कन्छ । शरीर स्वस्थ्य हुन्छ ।

पेटको रोगबाट मुक्ति

हामी कुनै न कुनै किसिमको पेटको रोगबाट ग्रस्त छौं । खाना खान त लोभ गर्छौं, तर पेटले सहँदैन । पेट फुलिन्छ । अपच हुन्छ । धेरै खानेकुरा खाएमा पखला लाग्छ । खाना नखाएमा ग्याष्ट्रिकले सताउन थाल्छ ।

हप्तामा एकपटक भोकै बस्दा अपच, ग्याष्ट्रिक, कब्जियत, पखला, एसिडिटी, जलन आदिको समस्याबाट मुक्ती पाइन्छ ।

उच्च रक्तचाप र कोलेस्ट्रोलमा फाइदा

हप्तामा एक दिन भोको बस्दा कतिपय दीर्घ रोगमा पनि लाभ मिल्छ । खासगरी उच्च रक्तचाप नियन्त्रणमा सघाउ पुग्छ । यसका साथै कोलेस्ट्रोलको स्तर पनि घट्छ ।

मुटुलाई फाइदा

हप्तामा एक दिन खाली पेट बस्दा मुटुको समस्यामा पनि लाभ पुग्छ । किनभने खाली पेट बस्दा कोलेस्ट्रोलको स्तर घट्छ । कोलेस्ट्रोल नै हृदय रोगको जड हो ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।