अहिले मौसम परिवर्तनको समय चलिरहेको छ । जाडो मौसम सकिएर ग्रीष्म ऋतुको आगमनसँगै शरीरले भिन्न तापक्रमको आवश्यकता महसुस गरिरहेको हुनसक्छ । बिहान र बेलुका हल्का चिसो हुने एवं दिउँसो धेरै तातो हुने समस्या हुन्छ ।

यस्तो अवस्थामा प्राय: भाइरल इन्फेक्सन, चिसो खोकी र शरीरको दुखाई पनि बढ्ने गर्छ । शरीरले भिन्दै किसिमको तापक्रमका कारण समस्या ब्यहोरिरहेको हुन्छ । दिनको कडा घामको कारण हाम्रो शरीर आफैंमा तातो हुन्छ भने बेलुका एक्कासी चिसो हुँदा शरीरको स्वास्थ्य सन्तुलन बिग्रन सक्छ ।

जब तपाईं यी सामान्य समस्याहरूको बारेमा डाक्टर कहाँ जानुहुन्छ । त्यहाँ तपाईंलाई एन्टिबायोटिकको गोली बोकाएर पठाउने गरिन्छ । धेरै पटक मानिसहरू यसले पूरा निको नभएपछि काउन्टरमा औषधि लिने गर्छन् ।

डाक्टरलाई नसोधी एन्टिबायोटिकको फाइदा वा साइड इफेक्टको बारेमा जानकारी समेत नलिई एन्टिबायोटिक धेरै लिनु स्वास्थ्यको लागि अर्को हानिकारक कुरा हो ।

त्यसकारण औषधिको गोली लिनुको सट्टा यस्तो अवस्थामा भान्साकोठामा नै पाइने प्राकृतिक एन्टिबायोटिकहरू प्रयोग गर्नु स्वास्थ्यको लागि राम्रो हुने चिकित्सकहरुको सुझाव छ ।

चिकित्सकका अनुसार धेरै मौसमी रोगहरुमा एन्टिबायोटिक सेवन गर्दा पाचन प्रणाली प्रभावित हुन्छ । साथै यसले साइड इफेक्टहरु समेत धेरै गर्ने गर्छ ।

त्यस्तै, कतिपयलाई यी एन्टिबायोटिकसँग एलर्जी पनि हुनेगर्छ । साथै, एन्टिबायोटिकको अत्यधिक प्रयोगको कारण, ब्याक्टेरिया पनि औषधि प्रतिरोधी हुँदै गइरहेको पाइन्छ ।

सन् २०१४ मा गरिएको एक सर्वेक्षणले यो पनि पत्ता लगाएको छ कि हर्बल उपचार रासायनिक एन्टिबायोटिक जत्तिकै प्रभावकारी छ र यसको कुनै साइड इफेक्ट पनि छैन ।

यस्तो अवस्थामा ओटीसी औषधिहरु लिनुको सट्टा आहारमा यी प्राकृतिक एन्टिबायोटिकहरूको प्रयोग गर्नुु स्वास्थ्यको लागि लाभदायक हुने मानिएको छ ।

ब्याक्टेरियाको संक्रमणसँग लड्न लसुन प्रभावकारी

लसुनको एन्टिब्याक्टेरियल गुणहरूको कारण रोगसँग लड्नसक्ने क्षमता एकदमै धेरै हुनेगर्छ । लसुन सयौं वर्षदेखि प्रयोग हुँदै आएको कृषि उपज हो । लसुन ब्याक्टेरियाको संक्रमणसँग लड्न धेरै प्रभावकारी मानिन्छ ।

लसुनमा फेला पार्ने कम्पाउन्ड एलिसिन, साल्मोनेला र ईकोली जस्तो खतरनाक ब्याक्टेरिया निर्मूल गर्न पनि यो धेरै प्रभावकारी छ । यद्यपि लसुन धेरै फाइदाजनक छ । तर, धेरै लसुन खानु स्वास्थ्यको लागि हानिकारक मानिन्छ ।

त्यसैले प्रत्येक दिन २ वटाभन्दा बढी लसुन खानु हुँदैन । यदि तपाईंले पहिले नै कुनै रोगको औषधि लिइरहनु भएको छ भने लसुन खानुभन्दा पहिले डाक्टरको सल्लाह लिनु राम्रो हुन्छ ।

मह एक पुरानो एन्टिबायोटिक

धेरैले सोच्ने गर्छन् कि मह गुलियो हुन्छ । त्यसैले यो स्वास्थ्यको लागि हानिकारक हुन्छ । यदि सो सोचाई कसैको छ भने यो शतप्रतिशत गलत कुरा हो । मह धेरै पुरानो र लाभदायक एन्टिबायोटिक हो जुन धेरै पुस्ता अघिदेखि प्रयोग हुँदै आएको छ ।

लामो समयसम्म घाइते भएर बसेकाहरुको उपचारमा यो निकै प्रभावकारी मानिन्छ । छालामा देखिएको समस्या र धेरै तरिकाले ब्याक्टेरिया संक्रमितहरुको उपचारमा यो प्रभावकारी मानिन्छ । सन् २०११ को एक अध्ययन अनुसार, महले ६० प्रकारका ब्याक्टेरियालाई रोक्न सफल भएको देखिएको थियो ।

बेसारको प्रयोग

बेसारमा पाइने कर्क्यूमिन भनिने तत्व अत्यन्त शक्तिशाली एन्टिआक्सिडेन्ट हो । एन्टी–इन्फ्लेमेटरी गुणहरू पनि यसमा धेरै हुन्छ । नेपाली भान्छामा भेटिने सबैभन्दा सामान्य मसला हो, बेसार ।

यसले शरीरमा स्वतन्त्र रेडिकलहरूको कारणबाट हुने क्षति रोक्न मद्दत गर्छ । साथै, बेसारको नियमित सेवनले शरीरमा रोग फैलाउने थुप्रै प्रकारका ब्याक्टेरियालाई रोक्न पनि मद्दत गर्छ ।

साथसाथ बेसार एक ब्याक्टेरिया मात्र नभएर यसले फन्गलस र ट्यूमर कोषहरूको बृद्धि गर्न समेत मद्धत गर्छ । समग्रमा, बेसार एक शक्तिशाली प्राकृतिक एन्टिबायोटिक पनि हो ।

अदुवा

अदुवा एन्टि–ब्याक्टेरिया र एन्टी–इन्फ्लेमेटरी गुणहरूले धनी छ । वैज्ञानिकको समुदाय पनि अदुवालाई एक शक्तिशाली प्राकृतिक एन्टिबायोटिकको रुपमा मान्छ ।

यो धेरै अध्ययनबाट पत्ता लागेकोकुरा हो । सन्२०१६ मा भएको एक अध्ययन अनुसार अदुवामा धेरै प्रकारका ब्याक्टेरियासँग लड्ने क्षमता देखिएको थियो । जसमा एन्टि–माइक्रोबियल गुण हुन्छ । जसले माइक्रोब र ब्याक्टेरियासँग लड्न मद्दत गर्छ ।

ल्वाङ

त्यस्तै, मौसम परिवर्तनसँगै आउने समस्याको लागि ल्वाङ पनि एउटा अति महत्वपूर्ण घरेलु उपचार हो । शताब्दीयौंदेखि दाँत सम्बन्धी समस्याबाट छुटकारा पाउनको लागि प्रयोग गरिँदै आएको कुरा हो ।

अहिले धेरै अनुसन्धानहरुले ल्वाङले ईकोलाई जस्ता खतरनाक ब्याक्टेरियाहरूको विरूद्ध क्लोभ पानी निकाल्ने अर्थात् ल्वाङलाई पानी पनि धेरै प्रभावकारी छ । तसर्थ, ल्वाङ पनि एक प्राकृतिक एन्टिबायोटिकको रूपमा देख्न सकिन्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

रुघाखोकी निको पार्ने घरेलु तरिका जान्रुहाेस्

अहिले चिसो मौसम सुरु भएको छ । गर्मी महिना सकिएर विस्तारै जाडो बढ्दै गएसँगै रुघा खोकि र चिसोका कारण आउने समस्याहरु देखा पर्न थालेको छ । मौसम परिवर्तन हुँदा शरीरले पनि प्रतिक्रिया जनाउँछ । शरीरले प्रतिक्रिया जनाउनु भनेको रुघा,खोकी लाग्नु, नाक बन्द हुँनु घाँटीमा टन्सिल हुनु आदि हो । मौसम परिवर्तनको समयमा सामान्य रुघाखोकी लाग्दा आत्ति हाल्नु पर्दैन । मौसम परिवर्तनको समयमा लाग्ने रुघाखोकीबाट बच्न घरेलु उपाय अपनाउन सक्नुहुन्छ ।

रुघाखोकी निको पार्ने घरेलु तरिका

पुँदिनाको पात मिसाएर पानी उमालेर त्यसको बाफ लिने यसले गर्दा रुघाखोकीलाई निकै फाइदा पुग्छ । बाफ लिन काम दिनमा दुईपटक गर्नु उपयुक्त हुन्छ ।

रुघाखोकी लागेकाले तातो पानीको प्रयोग गर्न आवश्यक हुन्छ । यसका साथै कागती हालेको चिया पिउँदा पनि रुघाखोकीलाई फाइदा पुग्छ ।

यस्तै मह मिसाएको पानी पिउँदा पनि रुघाखोकी लागेका व्यक्तिलाई राहत मिल्छ । तातो पानीमा मह मिसाएर नियमित सेवन गर्दा अन्य समस्याहरुमा पनि राहत मिल्छ ।

रुघा लाग्दा नियमित रुपमा सिगान बग्छ । उक्त सिगा‍न रुमालको सहायतमा पुछ्नु पर्छ । कहिलेकाही हातले पनि पुछिन्छ त्यस क्रममा नाक वरपर ‍ब्याक्टेरिया रहेको हुन्छ । त्यसैले त्यसका लाग नूनपानीले नाक वरीपरि सफा गर्नुपर्छ नाकमा भएका ब्याक्टेरिया नष्ट गर्छ ।

त्यस्तै सफा रुमालको प्रयोग गरेर तातोपानीले बन्द नाकलाई सेक्ने, पानीमा बेसार, नुन र कागती राखेर पिउनाले पनि फाइदा पुग्छ ।

त्यस्तै तुलसीको पात खानाले पनि रुघाखोकीमा राहत मिल्छ ।

थव जानकारीः

रुघाखोकी र घरेलु उपचार

जाडोयाम सुरु हुनासाथ, मौसममा आएको परिवर्तनका कारण रुघा–खोकीको समस्या देखिन थाल्छ । घाँटी खसखस हुनु, नाक बन्द हुनु, नाकबाट पानी बग्नु, रुघाखोकी आदि यो मौसममा देखिने सामान्य समस्या हुन् । बूढापाका, बालबालिका र जटिल स्वास्थ्यस्थिति भएकाहरूका लागि सामान्य रुघाखोकीले समेत स्वास्थ्यसम्बन्धी जटिलता निम्त्याउन सक्छ । यस्ता व्यक्तिहरूले सामान्य रुघाखोकी हुँदा पनि चिकित्सकको सल्लाहअनुसार उपचार प्रक्रिया अघि बढाउनुपर्छ ।

तर स्वस्थ व्यक्तिलाई जाडोयाममा सामान्य रुघाखोकी लागे हाम्रा पुर्खाहरूले परापूर्वकालदेखि अपनाउँदै आएका घरेलु उपायबाटै सन्चो हुन सक्छ । जाडोयाममा स्वस्थ व्यक्तिलाई समस्यामा पार्ने रुघाका लागि हाम्रो घरदैलोमै पाइने जडीबुटी आदिको उपयोग गर्दा राम्रो हुन्छ । ‘तुलसीको पात सामान्य रुघाखोकीका लागि सबैभन्दा राम्रो उपचार हो,’ डा. ऋषिराम कोइराला भन्छन्, ‘यसले भाइरसलाई समेत निष्क्रिय पार्छ ।’ तुलसीको पात चपाउनाले वा चियाजस्तो पकाएर खानाले रुघा निको हुन्छ ।

यो मौसममा रुघा प्रभावितले दिनहु दुईतीन पटक र सामान्य व्यक्तिले समेत एक पटक तुलसीपात, बेसार, अदुवालाई चियाजस्तै पकाएर महको साथ सेवन गर्नाले धेरै फाइदा पुग्छ । धेरै खोकी भए ज्वानो पकाएर पिउँदा खोकी निको हुनुका साथ खकार आदि समेत शरीरबाहिर निस्किन्छ । ज्वानो र अदुवा हालेर उमालेको पानीको बाफ लिँदा नाक खुल्छ, घाँटीको खसखस दुईतीन दिनमै निको हुन्छ । यस्तै बेसार, मह, अदुवा चपाइरहँदा पनि फाइदा गर्छ ।

रुघा लाग्दाताका दूधमा बेसार मिलाएर सेवन गर्नाले समेत आराम हुन्छ । पानको पातमा थोरै मह र अदुवा राखेर दिनमा दुईतीन पटक खाँदा खोकी राम्रो गर्ने डा. कोइराला बताउँछन् । लसुन उमालेको पानी खानाले वा यसको पोटी खाँदा समेत रुघाखोकीमा राहत मिल्छ । रुघाखोकीको प्रत्यक्ष सम्बन्ध हाम्रो रोगप्रतिरोधक क्षमतासँग हुन्छ । आयुर्वेदले रोगप्रतिरोधक क्षमता बढाउन भूमिका खेल्छ ।

कुल्ला गर्ने

नुन हालेको मनतातो पानीले कुल्ला गर्दा रुघाखोकीबाट निकै आराम पाइन्छ । कुल्ला गर्दा घाँटीको सुन्नाइ कम हुन्छ, दुख्न पनि छोड्छ । कुल्ला गर्दा मुखभित्रको मांसपेशीको पीडा कम हुन्छ । यसले प्रभावित क्षेत्रमा ताप बढाएर रक्तसञ्चार बढाउँछ ।

यति मात्र नभई, कुल्ला गर्दा मुखको ब्याक्टेरियासमेत नष्ट हुन्छ । ब्याक्टेरियाले मुखभित्रको प्राकृतिक पीएचको सन्तुलन बिगारेको हुन्छ । नुनपानीले कुल्ला गर्दा मुखको प्राकृतिक पीएचको सन्तुलन सामान्य अवस्थामा फर्किन्छ ।

४ सय व्यक्तिमा गरिएको एउटा अध्ययनले के देखाएको छ भने, जाडो याममा मौसमी रुघाखोकी भए वा नभए पनि नुनपानीले दिनमा तीन पटक कुल्ला गर्दा छातीसम्बन्धी संक्रमणको सम्भावना ४० प्रतिशतसम्म कम हुन्छ ।

यस्तै, चियापत्ती, बेसार, नुन हालेर उमालेको पानीले कुल्ला गर्दा घाँटीलाई धेरै सन्चो हुने डा. कोइराला बताउँछन् । तुलसी प्राकृतिक एन्टिसेप्टिक हो, जसले घाँटीको संक्रमण हटाउन सघाउँछ ।

योग

विज्ञहरूका अनुसार योगका केही आसनसमेत मौसमी रुघाखोकीको उपचारमा सहायक हुन्छन् । योगले हाम्रो शरीरलाई स्वस्थ र शक्तिशाली बनाउनुका साथै मनलाई स्थिर र केन्द्रित गर्न सघाउँछ । योगले रोगप्रतिरोधक क्षमता बढाउँछ, साथै बाहिरी किटाणु/जीवाणुसँग लड्ने क्षमता वृद्धि गर्छ ।

मौसमी रुघाखोकी लागेका बेला नाडी शोधन प्राणायाम, अनुलोम विलोम, कपालभाति, मत्स्यासन, शवासन आदि गर्नु उपयुक्त हुन्छ । तर रुघाखोकीबाट पीडित भएकाहरूले योगविशेषज्ञको सल्लाह लिएर मात्र आफ्ना लागि उपयुक्त आसन छनोट गर्नुपर्छ ।

तुलसीको पात सामान्य रुघाखोकीका लागि सबैभन्दा राम्रो उपचार हो । यसले भाइरसलाई समेत निष्क्रिय पार्छ ।

खोकी गढेको भए ज्वानो पकाएको पानी खानुपर्छ ।

ज्वानो र अदुवा हालेर उमालेको पानीको बाफ लिँदा नाक खुल्छ ।

पानको पातमा थोरै मह र अदुवा राखेर दिनमा दुई–तीन पटक खाँदा खोकी निको हुन्छ ।

लसुन हालेर उमालेको पानी खाँदा वा यसको पोटी मात्रै खाँदा पनि रुघाखोकीमा आराम हुन्छ ।

नुनपानीले दिनमा तीन पटक कुल्ला गर्दा छातीसम्बन्धी संक्रमणको सम्भावना ४० प्रतिशतसम्म कम हुन्छ ।

किन जाडोमा धेरै रुघाखोकी लाग्छ, जोगिने कसरी?

जाडोयाममा शरीरमा भाइरस बढी सक्रिय हुने भएकाले रुघाखोकी बढी लाग्छ। रुघाखोकीमात्रै होइन रुघाखोकीसँगै एलर्जी पनि हुन्छ। नाकभित्र संक्रमण अर्थात् पिनास हुन्छ। नाकमा बढी डिस्चार्ज (नाकबाट कुनै प्रकारको तरल पदार्थ आउनु वा बग्नु) आउने र नाक बन्द हुने हुन्छ।

घाँटीमा टन्सिलको समस्याले स्वास फेर्न गाह्रो भएजस्तो हुन्छ। कसैकसैलाई दमको समस्या पनि अलि बढी हुने गर्छ। शरीरले एक्कासी चिसो सहन सक्दैन,जसले गर्दा जाडो समयमा भाइरसको किटाणु अलि बढी लाग्ने गर्छ।

यसको धेरै अध्ययन त भइसकेको छैन तर जाडोमा शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई भाइरलले अलि चाडो आक्रमण गर्छ। रुघाले नाकलाई मात्रै अप्ठ्यारो पारेको हुँदैन। यसले कानमा पनि समस्या पार्छ। कानको सुन्ने शक्तिमा समेत अप्ठ्यारो पार्न सक्छ। रुघाखोकी लाग्दा ज्वरो आउने, खानेकुरा निल्न गाह्रो हुने अनि ज्यान करकर खाने हुन्छ।

रुघाखोकी लाग्दा के गर्ने?

रुघाखोकी कस्तो खालको हो त्यसको आधारमा उपचार गर्नुपर्छ। कोही बिरामी हुन्छन्,जसलाई सधै रुघा लाग्छ भने त्यो एलर्जीले हो। धुलो,ढुसी चिसोले अनि कसैलाई फूलको एलर्जी, कुकुर बिरालोको एलर्जीले सधैभरि रुघा लाग्ने हुन्छ। यसका लागि जेबाट एलर्जी भएको हो,त्यहीबाट बच्नु नै पहिलो उपाय हो।

हाम्रो समाजमा जतासुकै मेडिकल छन्। ज्वरो र रुघामा सिटामोल खानु सामान्य हो। तर त्योभन्दा बाहेक एन्टिबायोटिक खाइन्छ। बच्चाहरूलाई कडा ‌औषधि खुवाउने,झोल औषधि अनि भिटामिन पनि दिइन्छ। यसले बिरामीको स्वास्थ्यमा असर पार्छ नै बच्चाहरूलाई पनि झन् समस्या हुन्छ। त्यस्तो भयो भने बिरामीलाई कडा भन्दा कडा एन्टिबायोटिक खुवाउन पर्छ।

रुघाखोकीबाट कसरी बच्ने ?

रुघाखोकीबाट बच्न बाटोमा हिँड्दा समेत धुलोबाट जोगिनेगरी मास्क लगाएर हिँड्नु पर्छ। साधारण खाले रुघा छ भने घरेलु उपायले नियन्त्रण गर्न सकिन्छ। भाइरलको संक्रमण फैलिएको बेलामा विद्यालयमा जाँदा र अन्यत्र हिँड्दा जोगिनु पर्छ। साधारण खाले रुघाखोकीलाई घरमै उपचार गर्न सकिन्छ। तर रुघाखोकीसँगै नाकबाट पहेलो सिंगान आउने, नाक बेस्सरी बन्द हुने, घाँटीको समस्या आउने, कानमा पनि समस्या छ भने होसियारी अपनाउनुपर्छ।

किनकी नाक, कान र घाँटीले एक आपसमा असर पारिरहेका हुन्छन्। बालबालिकाको हकमा त अझै ध्यान दिनुपर्छ। यदि बालबालिकालाई रुघाखोकी लागेको बेलामा कानमा पनि समस्या देखियो भने चिकित्सककहाँ जानुपर्छ। रुघाखोकी लाग्दा जे पनि बार्नुपर्छ भन्ने छ, त्यो गलत हो। रुघाखोकी लाग्दा बारेन भने टाइफाइड हुन्छ भन्ने होइन। झोलिलो र तागतिलो खाना सबै खान हुन्छ। तर एकदमै चिसो चिल्लो पिरो खानु हुँदैन। जुन खानाले अन्यलाई पनि असर गर्छ त्यो खान हुँदैन ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।