हाम्रो स्वास्थ्य सेवा एकदमै खर्चिलो र जटिल छ । त्यसैले रोग लागेपछि हामी ऋणको चंगुलमा फस्न सक्छौं । यस्तो अवस्थामा संभावित स्वास्थ्य संकट एवं उपचार खर्चबाट बच्नका लागि स्वास्थ्य विमा निकै उपयोगी हुन्छ । यद्यपि स्वास्थ्य विमाप्रति हामी त्यती जागरुक छैनौं । त्यसैले कुन अवस्थामा, कसरी स्वास्थ्य विमा गर्ने ? विमा गर्नुअघि के कस्ता कुरामा ध्यान दिने भन्ने जान्नुपर्छ ।

विमा गर्नुअघि तुलना गरौं

स्वास्थ विमा छनोट गर्नुअघि तपाईंले तीन-चार वटा वीमा कम्पनिहरुको योजनालाई परीक्षण गर्नु पर्छ । यसो गर्दा तपाईंलाई कुन विमा कम्पनिमा के-कस्ता सुविधाहरु छन्, के-के छैनन् भन्न कुराको जानकारी हुन्छ । ध्यान दिनु पर्ने कुरा के छ भने जुन योजनामा आवश्यता भन्दा बढी शर्तहरु राखिएको हुन्छ, त्यस्तो कम्पनिसंग स्वास्थ विमा गराउनु हुँदैन । स्वास्थ बीमाका हरेक शर्तहरुलाई राम्ररी नियाल्नु पर्छ ।

आफ्नो आवश्यकतालाई बुझ्नु पर्छ

यदि तपाईं स्वास्थ विमा गर्ने निर्णयमा पुग्नु भएको छ भने आफ्नो परिवारको आवश्यकतालाई ध्यानमा राख्नु पर्छ । परिवारका सदस्यको संख्या तथा उमेरमा विशेष ध्यान दिनु आवश्यक छ ।

जान्नै पर्ने कुरा

स्वास्थ विमा गर्ने कम्पनिलाई के कुरा सोध्नु पर्छ भने पहिलो दिनदेखि नै एक्सिडेन्टल ड्यामेज कभर छ कि छैन, सीजनल बिरामीहरु कहिलेदेखि कभर हुन्छन्, पोलिसी लिएको कति दिनपछि गम्भिर बिरामीहरु कभर हुन्छन् । केही कम्पनीले सुरुवातदेखि नै प्लान्ड सर्जरी जस्तै स्टोन (पत्थरीं), गलब्लाडर आदिलाई समावेश गर्छन् । त्यसकारण यो कुराको सम्पूर्ण जानकारी विमा गराउनुअघि नै लिनु पर्छ ।

आजिवन नविकरण

तपाईंले त्यस्तो स्वास्थ बीमाको नीति लिनु पर्छ, जसले आजिवन नविकरणको सुविधा दिन्छ । किनभने कहिले बिरामी परिन्छ भन्ने कुराको जानकारी कसैलाई पनि हुँदैन । त्यस्तो बेला सही नीतिको छनोटले जीवनभरी सुरक्षा प्रदान गर्छ ।

निशुल्क मेडिकल चेकअप

त्यस्तो पोलिसी लिनु पर्छ, जसमा निशुल्क मेडिकल चेकअपको सुविधा छ । केही कम्पनिहरुको आफ्नै डायग्नोस्टिक सेन्टर अथवा प्यानल अस्पताल हुन्छन्, त्यहीं गएर चेकअप गर्नु पर्ने हुन्छ भने केही कम्पनिहरुले बाहिरै चेकअप गर्ने सुविधा पनि प्रदान गर्छन् ।

प्री एण्ड पोस्ट हस्पिटलाइजेशन

अपरेसन गराउनुभन्दा अघि अथवा पछि डाक्टरलाई देखाउने अथवा टेस्ट गराउने नाममा धेरै पैसा खर्च हुन्छ । त्यस्तो बेलाका लागि पोलिसी लिने बेलामा नै त्यसमा प्री एण्ड पोस्ट हस्पिटलाइजेशनको सुविधा छ कि छैन भन्ने कुरा सोध्नु पर्छ । यसबाट पनि तपाईंले जीवनभरीको सुविधा पाउनु हुनेछ ।

शर्तको बन्धनमा नबाँधिनु होला

केही विमा कम्पनिहरुको पोलिसी यति अस्पष्ट हुन्छ कि तपाईं अस्पतालमा भर्ना भए पछि कोठाको भाडा निर्धारित पैसाभन्दा बढि मिल्दैन । यदि पोलिसीमा त्यस्ता केही शर्तहरु छन् भने त्यस्ता पोलिसी नलिनु नै बुद्धिमानी हुन्छ, किनभने कुन बिरामीको अवस्थामा त्यसका लागि कति दिनु पर्छ भन्ने कुरा तपाईंलाई थाहा हुँदैन ।

पुरानो रोग लुकाउनु हुँदैन

विमा कम्पनिहरु के चाहन्छन् भने विमा गर्ने व्यक्तिले आफ्नो रोग तथा आनीबानीका बारेमा सबै कुरा स्पष्ट बताउन् । जस्तो जीवनशैली कस्तो छ, मेडिकल हिस्ट्री कस्तो छ आदि । यी कुराको जानकारी पाएपछि कम्पनिले पनि तपाईंलाई बीमाको रकम दिन कुनै झन्झट नव्यहोर्नु परोस् । त्यसकारण तपाईंले आफूलाई कुनै रोग लागेको छ भने नलुकाइ बताइदिनु पर्छ, भलै तपाईंले त्यसका लागि केही बढी पि्रमियम तिर्नु पर्छ ।

महिलाहरुका लागि

भविष्य तथा करियरप्रति महिलाहरुको सजगता बढ्न थालेको छ । कामकाजी महिलाहरु लगानी तथा अलग-अलग प्रकारका विमा पोलिसीहरुको आवश्यकतालाई बुझ्दै समय रहनुअघि नै आवश्यक कदम उठाउन थालेका छन् । गृहिणीहरुले पनि विमा पोलिसीको महत्वको बारेमा बुझ्नु पर्छ, खासगरी स्वास्थ बीमाको पोलिसी । अधिकांश घरहरुमा गृहिणीहरु नै गृहस्थी चलाउनका लागि घर खर्चको हिसाब हेर्छन् । त्यस्तो बेला घरका कुनै सदस्य अचानक बिरामी भए भने अथवा गृहिणी स्वयं गर्भवती भइन् भन् बजेटको गडबडी हुनु स्वभाविकै हो ।

त्यस्तो बेला स्वास्थ विमा निकै नै उपयोगी हुन्छ । हालै मात्रै एउटा सर्वेक्ष्ँणमा के कुरा सार्वजनिक भएको छ भने अधिकांश नेपाली गृहिणीहरु नियमित रुपले आफ्नो स्वास्थ परिक्षण गराउँदैनन्, जसका कारणले उनीहरुको स-साना स्वास्थ समस्याले नै ठूलो रुप लिन पुग्छ र त्यसपछि अस्पताल जानुको बिकल्प नै हुँदैन ।

ब्रेस्ट क्यान्सर, पाठेघरको क्यान्सर आदि महिलाहरुमा हुने सामान्य समस्या बन्दै गएको छ । स्वास्थ विमा पोलिसीले मेटरनल हेल्थका साथ-साथै यी सबै समस्याहरुको उपचारमा हुने खर्चलाई पनि कभर गर्छन् ।

महिलाहरुका लागि स्वास्थ विमा पोलिसीका थुप्रै फाइदाहरु पनि छन् । स्वास्थ विमा गर्नाले एकातिर महिलाहरु आर्थिक रुपले मजबुत समेत हुन्छन् भने अर्कोतिर उनीहरुलाई लाग्न सक्ने गम्भिर रोग तथा सुत्केरी हुने बेलामा गर्नु पर्ने खर्च जस्ता कुराहरुलाई पनि स्वास्थ बीमाले कभर गर्दछ । यसबाहेक तपाईं विवाहित हुनुहुन्छ र स्वास्थ विमा गर्नु भएको छ भने तपाईंलाई करमा समेत निश्चित छूट प्राप्त गर्न सक्नु हुनेछ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

खाना खाँदा गरिने गल्तिहरु जसले स्वास्थ्यमा प्रतिकुल असर गरिरहेको हुन्छ

कतिपय सामान्य आनीबानीले पनि हाम्रो स्वास्थ्यमा प्रतिकुल असर गरिरहेको हुन्छ । जस्तो कि, खाना खाने शैली, नुहाउने तरिका, हिँड्ने, सुत्ने, बस्ने ।

सामान्यतः के भनिन्छ भने स्वस्थ्य जीवनको लागि स्वस्थ्य दिनचर्या पालना गर्नुपर्छ । यसमा कस्तो खाने भन्ने मात्र होइन, कसरी खाने भन्ने कुराले समेत अर्थ राख्छ । कहाँ हिँड्ने भन्ने कुरा मात्र होइन, कसरी हिँड्ने भनने कुराले अर्थ राख्छ । कतिबेला सुत्ने भन्ने कुरा मात्र होइन, कसरी सुत्ने भन्ने कुराले पनि अर्थ राख्छ ।

स्वस्थ्य दिनचर्याका लागि उचित आहार, बिहार र बिचार महत्वपूर्ण हुन्छ । यससँगै खाने तरिका, सुत्ने तरिका, बस्ने तरिका पनि सहि हुनुपर्छ ।

खाना खादा के गर्नु हुन्छ र के गर्नु हुदैन ?

१.खाना खाँदा बोल्नु हुँदैन । जुत्ता चप्पल लगाएर, उठेर, नराम्रा कुराहरु हेर्दै र सुन्दै खाना खानु हुँदैन ।

२.दक्षिण दिशातर्फ फर्केर खाना खान हिन्दुधर्म ग्रन्थहरुमा निषेध गरिएको छ । दक्षिण दिशातिर फर्केर खाएको खानाले शरीर र स्वास्थ्यमा विभिन्न प्रकारका समस्याहरु दिने गर्दछन् । त्यसकारण सकेसम्म खाना खाँदा पूर्व वा उत्तरतिर फर्केर नै खानुपर्छ । पश्चिमतिर फर्केर खानुलाई पनि ठिकै मानिएको छ ।

३.आयुर्वेदमा खाना खानु भन्दा ठीक अघि पछि र खाना खाने समयमा पानी खानु हुँदैन भनेको छ । खाना खाँदा पानी पिएमा त्यसले विषको काम गर्छ भन्ने मान्यता छ । यस कुरालाई भौतिक विज्ञानले पनि स्वीकारेको छ ।

४.खाना खाइसकेपछि बज्र आसनमा बस्नाले खाएको कुराहरु पच्दछ । खाना खाएपछि १०० पाइला हिँड्नाले शरीरलाई अनावश्यक मोटो हुन दिँदैन भन्ने कुरा आयुर्वेदमा भनिएको छ ।

५.खाने बित्तिकै सुत्यो भने अनेक प्रकारका रोगहरु लाग्छन् । मोहीले पाचन क्रियालाई मजबुत बनाउने भएकाले खाना खाएपछि मोही खानु उत्तम हुन्छ । खानेबित्तिकै ध्यान गर्न, व्यायाम गर्न, शरीरमा तेल लगाउन हुँदैन ।

६.चुठेपछि चिसो हातले आँखामा स्पर्श गर्नाले आँखा तेजिलो हुन्छ भन्ने शास्त्रीय मान्यता छ । खाना सकेसम्म चरेशको थालमा खानु उत्तम हुन्छ ।

७.आफूले नसक्ने खाना जुठो लगाएर फाल्नु हुँदैन, यसो गर्नाले घरमा दरिद्रता लाग्दछ भनिन्छ । नरुच्ने र नपच्ने खाना खानु हुँदैन । महर्षि चरकले दीर्घ जीवनको लागि कम खाना खानु भनेका छन् ।

७.यज्ञवल्क्यका अनुसार पेटको पाँच भागमध्ये तीन भाग अन्न, एक भाग पानीले भर्नुपर्छ भने एक भाग हावाको लागि खाली नै राख्नुपर्छ । यसरी भोजन गर्ने मानिस पेटका रोगहरुबाट पीडित हुनुपर्दैन र उसले स्वस्थ र शान्तसँग आफ्नो जीवनयापन गर्न सक्दछ भन्ने शास्त्रीय मान्यता छ ।

खाना खानसाथ हिँड्नु ठिक कि बेठिक ?

खाना खानसाथ तुरुन्तै हिँड्नु सहि हुँदैन । किनभने यसले रक्त संचारमा प्रभाव पार्छ । यस्तोमा पाचन प्रक्रिया पनि सहि हुँदैन । खाना खाएको आधा घण्टापछि मात्र टहल्नु राम्रो हो ।

खाना खाए लगत्तै चिया पिउनु ठिक कि बेठिक ?

खाना खाएको दुई घण्टाबीचमा चिया पिउनु हुँदैन । किनभने चियाको पातमा एसिडिक तत्व हुन्छ । त्यसैले खाना खाए लगत्तै चिया पिउँदा प्रोटिनको डाइजेशन सहि ढंगले हुन पाउँदैन ।

खाना खानसाथ फलफूल सेवन गर्नु ठिक कि बेठिक ?

खाना खाएको एक घन्टापछि मात्र फलफूल सेवन गर्न सकिन्छ । खाना खाए लगत्तै फलफूल सेवन गर्दा त्यो पचाउन गाह्रो हुन्छ । त्यसको न्यूटि्रशन शरीरले ग्रहण गर्दैन । फलतः एसिडिटी वा डाइसेसनको समस्या हुनसक्छ ।

के गर्ने सकिन्छ खाना खाये लगत्तै ?

खाना खानसाथ चिया, कफी, पानी पिउनु पनि ठीक हुँदैन । यद्यपी खाना खानुअघि र खाना खाए लगत्तै थोरै पानी पिउनु राम्रो हो, जसले पचाउन मद्दत गर्छ । खाना खाइसकेपछि सुत्नु वा सुत्ने पोजिसनमा बस्नु पनि पाचन यन्त्रको लागि अनुकुल हुँदैन । खानालाई राम्ररी पचाउनका लागि खाना खाए लगत्तै बज्रासनमा बस्नुपर्छ । कम्तिमा पाँच मिनेट यो आसनमा बस्नु राम्रो मानिन्छ ।

केहि टिप्स हरु

घ्यू–तेल तथा अन्य चिल्लोको मात्रा जति सक्यो कम प्रयोग गर्नु उचित हुन्छ ।

खाना पकाउन शुद्ध तोरीको तेल सबैभन्दा उत्तम हुन्छ ।

नून दैनिक ३ देखि ५ ग्रामभन्दा बढी प्रयोग गर्नुहुँदैन । नून थपेर खाने बानी छोड्नुपर्छ ।

बिहान–बेलुकीको खानामा हरियो सागले फाइदा गर्छ ।

दैनिक कम्तीमा एकपल्ट फलफूल खानुपर्छ ।

बेलुकीको खानामा २–३ वटा सुख्खा गहुँको रोटी, साग र मौसमी तरकारी हुनुपर्छ ।

बेलुकीको खाना ८ बजेभित्र खाइसक्नुपर्छ ।

बिहान एक छाक मात्र भात खाने गर्नुपर्छ ।

खानाको मात्रा सबैका लागि एकैनास हुँदैन । शारीरिक श्रम बढी गर्नेले धेरै र कम गर्नेले थोरै खानुपर्छ । काम कम माम धेरै गर्नुहुँदैन ।

बेलुकीको खाना खाएपछि कम्तीमा दुई घण्टापछि मात्र सुत्नुपर्छ ।

शाकाहारी हुनु मुटुका लागि फाइदाजनक छ । तर नियन्त्रित रूपमा माछा मासु खाएमा हानि हुँदैन । खसी, राँगो, बंगुरको मासुले कोलेस्टेरोल धेरै बढाउँछ । माछा र कुखुराको मासुले कम बढाउँछ ।

चिल्लो नराखी माछा र कुखुराको मासु पकाउने तरिका सिक्नुपर्छ । यस्तो खानाले हानि गर्दैन । माछामासु बिहान र दिउँसोको खानामा मात्र प्रयोग गर्नुपर्छ । बेलुकी माछा मासु नखानु नै उत्तम हुन्छ ।

उच्च फाइवरयुक्त खानाले मुटुलाई फाइदा गर्छ । खानामा फाइबरको प्रमुख स्रोत गहुँ, गेडागुडी, हरियो सागपात हुन् ।

गेडागुडीलाई अंकुरित रूपमा खानु अझ बढी लाभदायक हुन्छ । फापर, कोदो, जौ, मकैले पनि मुटुलाई फाइदा गर्छ ।

हाम्रो गाँउघरमा धेरै प्रयोगमा आउने गुन्द्रुक, आँटो, फापर र कोदोको रोटी, कूरिलोको सूप, कोइरालो, तीते करेला र केराको बुङ्गाको अचार, निउँरोको र लौकाको तरकारी, भुटेको मकै, भट्मास, चना, केराउ, दाँते ओखर आदिले मुटुलाई फाइदा पुर्याउँछ ।

खाना थोरै–थोरै गरेर धेरैपल्ट खानु उचित हुन्छ ।

दुई छाक मात्रै पेट कसिने गरी खाने र लगत्तै सुत्ने बानी मुटुका लागि खतरनाक हुन् । त्यसैले थोरै तर धेरैपल्ट उचित खाना खाएर आहार व्यवस्थापन गर्नुपर्छ ।

बेलुकीको खानामा दैनिक एक पोटी काँचो लसुन खाँदा फाइदा हुन्छ । यसले रगतको कोलेस्टेरोल घटाइ एस्पिरिनले जस्तै रगतलाई पातलो बनाउँदछ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।