हर्रो र बर्रो आयुर्वेदिक औषधिका लागि प्रयोग हुने अत्यन्तै उपयोगी फल हुन् । हर्रो नेपालको मध्य तथा पश्चिमी क्षेत्रमा करिब एक सय ५० देखि ११ सय मिटरको उचाइमा पाइन्छ भने बर्रो ११ सय मिटर उचाइमा रहेको तराई तथा भित्री मधेसका जंगलमा पाइने गर्छ । वैशाख–जेठमा फुल्ने हर्रो–बर्रो पतझर बिरुवामध्येमा पर्छन् । यिनिहरुको प्रयोगले धेरै रोगहरु निको हुन्छ । के के छन त फाईदा ?

हर्रो

१. हर्रो कमलपित्तका रोगीका लागि फाइदाजनक मानिन्छ । करेलाको रसमा हर्रोको धुलो हालेर नियमित खाँदा जन्डिस निको हुन्छ ।

२. कागतीको रसमा हर्रो मिसाएर छालामा लगाउँदा दाद निको हुन्छ ।

३. हर्रोको सानो टुक्रा मुखमा चपाएर राख्दा त्यहाँभित्र आउने घाउ, खटिरा आदि निको हुन्छ । यो खाएमा भोक नलाग्ने समस्याबाट समेत राहत मिल्छ ।

४. नियमित हर्रो खाएमा पेट सफा हुने, एसिडिटी बढ्ने, पेटमा ग्यास भरिने र कब्जियत हुने समस्याबाट बचाउँछ ।

५. हर्रोको चूर्ण कालो नुनसँग मिलाएर खाँदा कफ निको हुन्छ । त्यस्तै, हर्रोले अनावश्यक बान्ता आउनबाट पनि रोक्छ ।

बर्रो

१. बर्रो कब्जियतका लागि एकदमै उपयोगी हुन्छ ।

२. दाँत वा गिजासम्बन्धी रोगको औषधि बर्रोको फलबाट बनाइन्छ ।

३. बर्रोको बियाँबाट निकालिएको तेल छालाको रोगका लागि उपयोगी हुन्छ ।

४. बर्रोको फल दम र खोकीका बिरामीका लागि लाभदायी हुन्छ ।

५. बर्रोले मूत्रजलनलगायत मूत्रसम्बन्धी विकार हटाउन मद्दत गर्छ ।

चिसो पानीमा बर्रोको चूर्ण भिजाइएको पानीले बिहान उठेर आँखा धोएमा आँखाको ज्योति बढ्छ । त्यस्तै, आँखाको रातोपन, आँखा सुन्निएको र आँखा पोल्ने समस्या पनि ठीक हुन्छ ।

बर्रोको तेलले कपाललाई फाइदा पुर्‍याउँछ । त्यसैगरी, कानसम्बन्धी समस्याका लागि पनि यो उपयोगी छ ।

थप जानकारी :

अमलाको फाईदा

अमला नेपालमा पाइने एउटा सानो पतझर रुख हो । यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ । यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ । अमला त्रिफलाको ३ औषधिमध्ये एक अमला गुणी जडिबुटी हो । अमला धेरै भिटामिन हुन्छ जसले गर्दा यसलाई हिन्दु धर्ममा पनि पुजनीय फलको रुपमा हेरिन्छ ।

अमलाको रुखको फेदमा अथवा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ । अमलाले युवाहरुमा यौबन शक्ति प्रदान गर्नुका साथै बृद्धहरुमा युवाअवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ । तर अमला दिनहुँ सेवन गर्नुपर्छ । यो प्रसिद्ध आयर्वे्दिक औषधि त्रिफलाको एउटा अवयव हो । त्रिफलाले दिसा सफा गराउने , सुन्निएको कलेजो ,ववासिर र पेटसम्बन्धी सिकायतहरूमा फाईदा गर्दछ ।

अमलाको फल खाना पचाउने ,रक्तअल्पत्ता ,कमलपित्तमा पनि उपयोगी मानिन्छ । सुकेका फलहरू आउँ र दिसा पखालामा पनि प्रयोग गर्ने चलन छ । यस बाहेक यसका फलहरू कपाल कालो बनाउने, कालो मसी बनाउने काममा प्रयोग गरिन्छ ,भने फल तथा बोक्रा छाला प्रशोधन गर्न र रङ्गाउन पनि प्रयोग गरिन्छ । यी समस्यामा अमला फाईदाजनक मानिन्छ :

भिटामिन ‘सी’ को कमी पूरा

अमला भिटामिन ‘सी’ को प्रमुख स्रोत भएकाले यसलाई भिटामिन ‘सी’ को भण्डारणको रुपमा मानिन्छ । भिटामिन सीको अभावमा स्कर्भी, छालाका रोग, रक्तनली र मुटुका रोग हुन सक्छ ।

रगत बग्ने

रगत बढी बग्ने समस्या जस्तैः नाथ्री फुट्ने, महिलाको रक्तप्रदर ९महिनावारीमा बढी रगत जाने०, अलकाईको रक्तश्राव आदि समस्यामा अमलाको सेवन बढी गर्दा रक्तश्राव हुने क्रम घट्छ ।

कब्जियत

अमलाको सुकेको धुलोमा हर्रो र बर्रोको धुलो बराबर मिसाई एकदुई चम्चा सुत्ने बेलामा खाँदा बिहान दिसा खु्ल्छ । सुकेको अमलाको चूर्ण नियमित रूपमा पानीसँग सेवन गर्दा आउँ, अपच र कब्जियतमा फाइदा गर्छ ।

शरीरको गर्मीपना हटाउन

जिउ बढी तात्तिने, मुख सुक्ने वा हातगोडा पोल्ने भएमा त्यसबेला अमला भिजाएर पानीमा थोरै मिश्री राखी खाँदा लाभ मिल्छ ।

आँखाको दृष्टिशक्ति बढाउन

अमलाको सुकेको चूर्णमा गाईको घ्यु वा मह मिसाई राती सुत्नुअघि नियमित सेवन गर्दा आँखा तेजिलो हुन्छ । मोतिविन्दु वा आँखाको अरू रोग भएमा ताजा अमलाको रस आधादेखि एक चम्चा दिनहुँ महमा मिसाई चाट्ने अथवा सँधै आँखालाई सुकेको अमला वा त्रिफलाको पानीले धुने गरेमा आराम हुन्छ ।

स्वास गन्हाउने

अमलाको चूर्णले दाँत मल्ने, अमलाको पानीले कुल्ला गरेमा स्वास गन्हाउने समस्या हट्छ । केही समयसम्म अमला पनि नियमित रूपले खाने गर्नुपर्छ ।

कपालको चायाको लागि

हप्तामा एकदुईपटक अमलाको चूर्ण वा त्रिफला चूर्ण पानीमा भिजाई टाउकोमा रौंको जरासम्म पुग्ने गरी मालिश गर्ने र त्यसपछि त्यसकै पानीले टाउको धुने गर्दा चाया पर्न छाड्छ ।

थप केहि :

अमलाका फाइदाहरु

१. मोटोपन कम गर्न चाहानु हुन्छ भने विहान खाली पेटमा महसँग अमलाको रस एक गिलास मनतातो पानीसंग सेवन गर्नु पर्छ ।

२. तपाईलाई एसीडिटीको समस्याले ग्रस्त हुनु हुन्छ भने एक ग्राम अमलाको धुलो र अलिकति चिनी एक गिलास पानी अथवा दुधमा मिलाएर पिउनु पर्छ ।

३.अमला सेवन गर्नाले चिसोको कारण हुने रुघाखोकीबाट छुट्कारा पाइन्छ ।

४. अमलाको जूसमा मह मिलाएर पीउनाले मोतिबिन्दुको समस्या भएकाहरुलाई फाइदा प्राप्त हुन्छ ।

५.अमलाले हाम्रो पाचनतन्त्र र मृगौलालाई पनि स्वस्थ राख्छ ।

६.अमलाको सेवनले केश र्झन कम हुन्छ, यसले केशको जरालाई बलियो प्रदान गर्छ ।

७. यदि कब्जियतको समस्या छ भने अमलाको सेवन यसको लागि फाइदाजनक हुन्छ ।

८.मुटुलाई स्वास्थ बनाउनको लागि जाडो मौसममा दिनहुँ अमला खाने बानी बसाल्नु पर्छ । यसो गर्दा यसले मुटु मांसपेशीहरु बलियो हुन्छ, जसका कारण मुटुले शरीरमा सफा रगत सन्चार गर्न सक्छ र तपाईं स्वास्थ रहनु हुन्छ ।

९.अमला डाइबिटीजको समस्या भएको व्यक्तिको लागि पनि अति लाभकारी हुन्छ । वास्तवमा यो क्रोमियम इन्सुलिन बनाउने सेल्सहरुलाई एक्टिभेट गर्छ र यो हार्मोन्सको काम शरीरमा ब्लड शुगरलाई नियन्त्रण गर्नु हो ।

१०. जाडो मौसममा बिहान खानामा अमलाको अचार अथवा मुरब्बा सेवन गर्नाले तपाइर्ं वर्षभरि नै स्वस्थ रहनु हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।