झन् झन् पछी पर्छन्, सधै अरुको नजरमा झुक्नुपर्छ जो सानो-सानो कुराका लागी पनि अरुलाई सहयोग माग्ने गर्दछन । अब नझुक्नुहोस, निराश नबन्नुहोस्, पछी नपर्नुहोस् किनकी तपाई भित्र पनि केहि खास छ । तपाइँको डरलाई भगाउनुहोस, छोड्दिनुहोस् त्यो डरलाइ जसले तपाईलाई कमजोर बनाउदछ । एकचोटी डरलाई छोडेर अघि बढ्नुहोस्, नामाग्नुहोस कसैलाई सहायता, ति छिमेकीको सोच भन्दा एक कदम अघि बढ्नुहोस् त्यसपछी तपाईको हरेक पाइला मजबुत हुनेछ ।

छिमेकी समझदार छ र म छुइन भन्ने सोच्नुहुन्छ भने तपाई गलत हुनुन्छ किनकि तपाई उसको अगाडी आफुलाई कमजोर सम्झनुहुन्छ, यदि तपाइँ ऊ समझदार छ भने म पनि हुन सक्छु भनेर सकारात्मक सोच राख्नु हुन्छ भने तपाई जिन्दगीमा सधै आत्मविश्वासको साथ् अघि बदन सक्नुहुनेछ ।

एक पटक कयौ दिनसम्म मुसलधारे पानी पर्यो र बाढी आयो । अनेकौ घरहरु भत्किए र घरका सामानहरु पानीमा बगे । संयोगको कुरा थियो कि दुइवटा गाग्रीहरु पानीको धारमा संग-सगै बग्न थाले । तिनीहरु मध्ये एक गाग्री पित्तलको थियो र अर्को माटोको ।

पित्तलको गाग्री त निकै बलियो थियो तथा त्यसलाई कुनै पनि चिजसग ठोक्किएमा कुनै खतरा थिएँन । तर माटोको गाग्रीलाई सदैव भय थियो कि यदि ऊ कुनै चिज सग ठोक्कियो भने फुट्नेछ ।

पित्तलको गाग्रीले माटोको गाग्रीलाई देख्यो र त्यसले त्यसको अनुहारमा भयको छायाँ स्पष्ट देख्यो । त्यसपछी पित्तलको गाग्रीले भन्यो, “भाई मेरो नजिक आऊ । म हर प्रकारले तिम्रो रक्षा गर्नेछु ।”

“तर यो त झनै खतराको कुरा हुनेछ, दाइ । तपाईबाट टाढा रहेरनै शायद म ठिक रहनु सक्नेछु । तपाइको नजिक आउनु त मेरो लागी अवश्य पनि घातक सिद्द हुनेछ,” माटोको गाग्रीले उत्तर दियो ।

त्यसपछी माटोको गाग्री हरेक कुरा बाट जोगिदै आफुलाई रक्षा गर्न थाल्यो । पित्तलको गाग्री त जोगियोनै तर जब बाढी रोकियो तब माटोको गाग्री पनि सुरक्षित भयो किनकि उसले कसैको सहायता नलीकनै आफ्नै बलमा आफुलाई जोगायो । यसरीनै हामी जुनसुकै परिस्थितिमा पनि आफु आफै डटेर काम गर्न थाल्यौ भने हामी सधै सफल बन्ने छौ र हामीलाई कसैको सहायता पनि चाहिदैन ।

साथीहरु यदि हामी अरुको अगाडी झुक्न चाहदैनौ भने सदैव आफ्नै बलमा काम गर्ने गर्नुहोस् किनकि यदि तपाई सानो-सानो कुरामा पनि अरुलाई सहायता माग्न थाल्नु भयो भने तपाइँ पछिनै पर्नुहुनेछ । आफुलाई कमजोर ठान्न छोड्दिनुहोस् किनकि कोहि पनि जन्मिदा कोहि बलमान र कोहि कमजोर हुने गर्दैनन् । त्यो सबै हाम्रै सोचम भर पर्दछ । अब सोच बदल्नुहोस्, डरलाइ दश कोष पर छाडीदिनुहोस् र अघि बढ्नुहोस् ।

थप अन्य जानकारी :

आत्मविश्वासलाई कसरी बलियो बनाउने ?

आत्मविश्वास सफल व्यक्तिको पहिचान हो । तपाईले तपाईको बारेमा महशुस गर्ने भावना हो आत्मविश्वास । आत्मविश्वासी मानिसले जहिले पनि आफनो बारेमा राम्रो सोच्दछ भने उनीहरु जिवनप्रति सकारात्मक हुनुको साथै अझै धेरै कुरा प्राप्त गर्न सकिन्छ भन्नेमा विश्वस्त हुन्छन् । यो त्यो अनुभव पनि हो जस्ले मानिसलाई आफु आफनो वशमा रहेको कुरा आभाष गराउँदछ । तपाईको आत्मविश्वासले अरु धेरै अवसरहरु तपाईको जिवनमा ल्याउने गर्दछ । आज म यहाँहरुसँग हामी भित्र भएको आत्मविश्वासलाई कसरी जगाउने र बढाउन सकिन्छ भन्ने विषयमा विचार राख्न चाहन्छु ।

सकारात्मक वातावरणमा रहनुहोस् :

हामी त्यस्तै हुन्छौ, जस्तो हाम्रो वरपरको वातावरण हुन्छ । त्यसैले बढि समय आफुलाई सकारात्मक वातावरणमा राख्ने कोशिस गर्नुहोस् । जसरी पेटको लागी खानाको आवश्यक्ता पर्दछ, त्यसरीनै दिमागको लागी पनि विभिन्न किसिमको खुराकको आवश्यक्ता पर्दछ । र त्यो खुराक हो तपाईले अध्ययन गर्ने कुरा । त्यो कुरा पढ्नुहोस् जसले तपाई भित्र रहेको क्षमतामा तथा ज्ञान विकास गर्नको लागी मद्दत गरोस् । यस्तो अध्ययनले मानिसकोे आत्मविश्वास निर्माण गर्न मद्दत गर्दछ । त्यहि कुरा अध्ययन गर्नुहोस् जस्ले तपाईलाई जिवनमा तपाईको स्तर माथि उठाउन मद्दत गर्दछ ।

धेरै मानिसहरु धेरैजसो समय नकारात्मक सुचना तथा अनावश्यक कुराहरुपनि अध्ययन गरिरहेको हुन्छन् । जस्ले माानिसलाई भावनात्मक रुपमा कमजोर बनाउँदै लगिरहेको हुन्छ । यसको सिधा असर तपाईको आत्मविश्वासमा परिरहेको हुन्छ । हामी अझबढी आफुले आफुलाई कमजोर महशुस गर्न थाल्दछौं । सफल मानिसहरुको जिवनी तथा सकारात्मक विचार दिने कितावहरुको अध्ययनले हामीले प्राप्तगर्ने असफलतालाई कसरी व्यवस्थापन गर्ने उपाय दिनुका साथै मानसिक तथा भावनात्मकरुपमा हामीलाई अझ बलियो बनाउँदै लैजान्छ । यसको परिणमस्वरुप हामी आफुले आफैलाई अझ बढि आत्मविश्वासी भएको देख्छौ साथै हुन्छ तथा सकिन्छ भन्ने भावनाको पनि विकास भएको हुन्छ । सकारात्मकताले जहिले पनि तपाईको आत्मविश्वासलाई बलियो बनाउने काम गरेको हुन्छ ।

आफनो विगतको सफलतालाई सम्झिनुहोस् :

प्रायः मानिसको बानीनै हुन्छ आफनो विगतको असफलतालाई सम्झिने । जति बढि समय मानिस आफनो विगतको असफलताको अनुभवलाई सम्झिन्छ, त्यत्तिनै उसको आत्मविश्वासमा पनि गिरावट हुन्छ । म गर्न सक्दिन, म मा खुवि छैन, म सँग पर्याप्त स्रोत र साधन छैन जस्ता नकारात्मक भावनाले त्यस मानिसलाई वर्तमानमा कुनै काममा सफल हुन दिंदैन । तर यस्को विपरित तपाई आफनो सफलताको अनुभवलाई सम्झिनुहुन्छ भने त्यसले तपार्ईलाई वर्तमानमा हिम्मत दिने काम गर्दछ । तपाईलाई तपाई सफल हुन सक्ने सम्भावनाहरुलाई अनुभव गर्द मद्दत गर्दछ । चाहे त्यो सफलता ठूलो होस् या सानो त्यसले खासै फरक पर्दैन । त्यसैले तपाईको दिमाग पनि एक किसिमको पुस्तकालय जस्तैनै हो ।

जहाँ धेरै अनुभवहरुको पुस्तक सुरक्षित गरि राखिएको छ । र्दुभाग्यवस धेरै मानिसलले असफलताको अनुभव लेखिएको पुस्तकको छनौट गर्ने गर्दछन् । जतिबढी उनिहरु आफनो असफलताको कुराहरु समझिंदै जान्छन्, उनिहरु आफु असफल मानिस भएको महशुस गर्दछन् । त्यसैले तपाईको दिमागमा भएकोे अनुभवका पुस्तकालय प्रति सचेत रहनु होस् । यदि तपाई आफनो जिवनमा अझ बढि आत्मविश्वास प्राप्त गर्न चाहनुहुन्छ भने सफलताको अनुभवलाई सम्झिने गर्नुहोस् ।

असफलतालाई सिक्ने अवसरको रुपमा लिनुहोस्ः

जब थोमस एल्वा एडिसन बिजुली बत्ति बनाउने प्रयोगमा हजारौं पटक असफल भए । उँहाको असफलताको परिभाषा अलि फरक थियो । उँहाले भन्नुभयो मैले यस्तो हजारौं तरिकाहरु पत्ता लगाए जस्ले बिजुली बत्ति बन्न मद्दत गर्दैन र अब म सफलताको धेरै नजिक छु । जिवनको अनुभवहरुको अर्थ हामी आफैले लगाईरहेको हुन्छौ । असफलताको अर्थ पनि तपाई असफल मान्छे भन्ने पक्कै होईन, यसको अर्थ हुन्छ तपाईले प्रयोग गर्नुभएको तरिका चाहि असफल भएको हो न कि तपाई ।

मैले मेरो जिवनमा कोहि पनि मानिस त्यस्तो भेटेको छैन जस्ले जिवनमा खालि ठूलो सफलतामात्रै प्राप्त गरेको होस् विना कुनै असफलता । असफलताले मानिसलाई सबै भन्दा ठूलो पाठ पढाउँछ यदि हामी सिक्न तयार हुने हो भने । जसरी सफलता साँचो हो त्यसरिनै असफलता पनि साँचो हो । यसलाई स्विकार गर्नुहोस् । धेरै मानिसहरु हुन सक्ने असफलताको डरले जिवनमा सफलताको लागी कोशिसनै गर्न छाडिसकेका हुन्छन् । जब असफलतालाई स्विकार गर्नुहुन्छ, त्यसको डर तपाईको मनबाट बिलिन हुन्छ र तपाई त्यसबाट सिक्दै सफलताको बाटोमा अगाडि बढ्न शुरु गर्नुहुन्छ । जब तपाई आफनो असफलताको प्रति दृष्टिकोण बदल्नुहुन्छ भने तपाई आफनो आत्मविश्वासलाई पनि मजबुत बनाउनु हुन्छ ।

कर्म गर्नुहोस् :

कुनै चिज सकारात्मक हुने तथा वातावरण बन्ने भनेर प्रतिक्षा नगर्नुहोस् । सहि समय कहिले पनि आउँदैन । र त्यो नै सहि समय हो जब तपाई र्निणय गर्नुहुन्छ र काममा जुट्नुहुन्छ । जिवनमा सकारात्मक काम गर्नको लागी नडराउँनुस् । असफलताको डर त्यत्तिबेला सम्म भईरहन्छ जव सम्म तपाई काम गर्न शुरु गर्नुहुन्न । जब तपाई काम गर्न शुरु गर्नुहुन्छ विस्तारै तपाई भित्र भएको असफलताको डरको भावना कमजोर हुँदै जान्छ र तपाईको आत्मविश्वार मजबुत ।

आत्मविश्वासका साथ गरिएका कामहरुमा सफलता प्राप्त गर्न सकिने सम्भावना पनि पक्का हुन्छ । र प्राप्त हुने अनुभवले तपाईको आत्मविश्वासलाई फेरी माथि लैजान मद्दत गर्दछ । आफनो विगतको सफलताको अनुभवलाई सम्झिनुहोस् र आत्मविश्वासको साथ काममा अगाडि बढ्नुहोस् । यदि कुनै चिज असफल भई हाल्छ भने पनि त्यसलाई सिक्ने सुअवसरको रुपमा लिननुहोस् । हेनरी फोर्डले एकचोटि भन्नुभयो, असफलता मात्रै त्यो अवसर हो जसको कारणले कुनैपनि काम अझ बढी विवेकपूर्ण तरिकाले फेरी शुरु गर्न सकिन्छ ।

माथि उल्लेखित सम्पुर्ण कामहरुले तपाईको आत्मविश्वासलाई अझ बढी दिगो र गाढा बनाउन पक्कै मद्दत गर्दछ । यी सबैकुराहरु हेर्दा सामान्य झै लाग्न सक्दछ । तर पनि हामी आफनो दैनिक बानीको कारणले फेरी पनि पुरानै शैलीमानै फर्किन्छौ र आफुले आफनो बारेमा नकारात्मक सोच्न शुरु गर्दछौ । त्यसैले माथि लेखिएको कुराहरुमा तपाईले न्यूनतम पनि ३ हप्ता प्रयोग गर्नुभयो भने विस्तारै यो तपाईको जिवनको नयाँ बानी बन्दछ । बलियो आत्मविश्वासले तपाईले तपाईको जिवनको कुनै पनि लडाई जित्न सक्नुहुन्हुन्छ ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।