स्वादिलो गुणकारी पेय दही सेवन गर्दा स्वास्थ्यमा अनेक लाभ मिल्छ । तर, दही खाने समय र तरिकामा भने ख्याल गर्नुपर्छ । किनभने दही गुणकारी हुँदाहुँदै पनि यसको सेवन गर्ने विधि र समय थाहा नहुँदा यो विषाक्त बन्न पुग्छ ।

दहीको आर्युवेदिक महत्व छ । यो स्वाद र स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि उत्तिकै उपयोगी मानिन्छ । दहीमा केहि यस्ता तत्व हुन्छ, जसले पाचन क्रियालाई चुस्त राख्न सहयोग गर्छ ।

दही कहिले, किन र कसरी खाने ?

दही खाने उपयुक्त समय विहान हो । हात–गोडाको जलन, पेटको इन्फेक्सन, अपच, भोक नलाग्नु, कमजोरीका साथै अरु पनि थुप्रै समस्याहरु बिहान दही सेवन गर्दा ठीक हुन्छ । नास्तामा एक कचौरा दहीमा सख्खर मिलाएर खाँदा शरीरमा रगत बढ्छ ।

यसमा यस्ता रसायनिक पदार्थ हुन्छन् जसले गर्दा यो दूधभन्दा चाँडै पच्छ पनि । अपच, कब्जियत, ग्यास जस्ता पेटको समस्या भोगिरहेका व्यक्तिलाई दही वा त्यसबाट बनेको लस्सी, मोही आदिको उपयोग गर्नु फाइदाजनक हुन्छ ।

दही खाँदाका फाइदाहरू

मिठो निन्द्रा

हरेकदिन एक कचौरा दहीखाने बानी गर्नाले राति मिठो निन्द्रा लगाउन मद्दत गर्छ

पसिनाको गन्धबाट मुक्ति

दही र बेसनलाई मिक्स गरेर त्यो मिश्रणले मालिस गर्नुहोस् केही समयपछि नुहाउनुहोस् यसले पसिनाको गन्धबाट मुक्ति दिलाउँछ ।

हड्डीलाई मजबुत बनाउँछ

दहीमा प्रसस्त मात्रामा पाइने क्याल्सियमले हड्डीलाई मजबुत र स्वस्थ राख्न मद्दत गर्छ । दहीमा क्याल्सियम, फस्फोरस, आइरनको मात्रा उच्च हुने भएकाले दही खाँदा हड्डी बलियो हुन्छ ।

स्वस्थ मुटु

दिनहुँ दही खाने गरेमा मुटुसम्बन्धी समस्या कम हुँदै जान्छ । दहीले शरीरमा कोलेस्ट्रोल र रक्तचापलाई नियन्त्रित राख्छ । यसले तपाईंको मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।

जोर्नीको दुखाईबाट मुक्ति

दहीमा हिंग मिसाएर खानाले जोर्नीको दुखाईबाट मुक्ति मिल्छ ।

पाचन प्रक्रियामा सुधार

दहीमा पाईने चिनिको मात्राले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ ।

तौल बृद्धि

दहीमा किसमिस बदाम वा काजु मिलाएर खानाले तौल बढाउन मद्दत गर्छ ।

चमकदार त्वच्चा

छालामा दही र कागतिको रस मिलाएर लगाउनुस् र केही समयपछि सफा पानीले छाला पखाल्नुस् । यसले छाला चम्किलो सुन्दर र स्वस्थ राख्छ ।

स्वस्थ कपाल

दहीले कपाल पाँच मिनेट जति मालिस गर्नुस् र केही बेर पछि नुहाउनुस् यसले कपाल चम्किलो, बलियो र सुन्दर राख्छ ।

चाँया भगाउछ

दहीमा मरिच पाउडर मिसाएर त्यसले टाउकोमा मालिस गर्नुस् हप्ताको दुईपट यसो गर्नले तपाईको चाँयाको समस्या कम हुन्छ ।

ओठ फुट्न कम

दहीको मलाइ(नौनी) दिनको दुई तीन पटक ओठमा लगाउनाले ओठ फुट्ने समस्याबाट मुक्ति मिल्छ ।

शरीरलाई ठंडा/चिसो राख्छ

दहीमा पानी मिसाई लस्सी बनाई वा मही बनाई पिउनाले शरीरमा पानीको मात्रा प्रशस्त हुनुका साथै पेटको गर्मी पनि हराएर जान्छ ।

अपच हट्छ

दहीमा भुटेको जिरा पिसेर हाली त्यसमा अलिकति नुन र मरिच हालेर बिहान खाएमा खाना राम्रोसँग पच्छ ।

टाउको दुखाइ हटाउँछ

बिहान सूर्योदयसँगै टाउको दुखाइ बढ्दै जाने समस्या छ भने सूर्योदयअघि दहीसँग भात मुछेर खाने गरेमा टाउको दुखाइ कम हुन्छ ।

वजन घटाउँछ

पेटमा बोसोको मात्रा निरन्तर बढ्दै गएको छ भने बिहान खाली पेटमा पाँच चम्चा दही खाने गरेमा पेटमा जम्मा भएको बोसो कम हुँदै जान्छ ।

पोषण प्रदान गर्छ

दहीमा भिटामिन–ए, भिटामिन–डी, भिटामिन–बी १२, आइरन, प्रोटिनजस्ता पोषक तत्व प्रचुर मात्रामा पाइन्छ ।

एसिडिटी हटाउँछ

एसिडिटी छ भने बिहान एक कचौरा दही खाएमा एसिडिटी हटेर जान्छ । दही खाने गरेमा पेटसम्बन्धी अन्य समस्याको पनि समाधान हुन्छ । बाथको असर कम गर्छ बाथसम्बन्धी समस्या भएकाहरूले दही खाँदा राहत मिल्छ ।

रोगप्रतिरोधात्मक क्षमता बढाउँछ

दहीमा लाभकारी ब्याक्टेरिया पाइन्छ, जसले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछ । योनिको खटिरा हटाउँछ योनिमा खटिरा आउने (भेजिनल यिस्ट इन्फेक्सन) छ भने दिनहुँ दही खाने गर्नाले खटिरा हराउँदै जान्छ ।

चिन्ता हटाउँछ

दिनहुँ दही खानाले दिमाग स्थिर रहन्छ । जसले चिन्तामुक्त हुन मद्दत गर्छ ।

अनुहार चम्किलो बनाउँछ

दहीमा भिटामिन–ई, जिंक र फस्फोरस प्रशस्त मात्रामा पाइन्छ । जसले छालालाई चम्किलो र सुन्दर बनाउँछ । साथै, गहुँको पिठोमा दही र कागती मिसाई फेसप्याक बनाएर अनुहारमा लगाएर २० मिनेटपछि धुने । यसो गर्दा अनुहार सफा र चम्किलो बन्छ ।

दूधको अभाव पूर्ति गर्छ

अपच हुने समस्या, एलर्जीलगायत कारणले दूध खान सक्नुहुन्न भने दही खानुस् । दूधबाट शरीरले पाउने यावत लाभ दहीले पनि दिन्छ ।

यौनशक्ति बढाउँछ

यौन दुर्बलता भएमा खानाअघि दही खाने गर्नाले यौन क्षमता वृद्धि हुने विभिन्न अनुसन्धानले देखाएको छ । व्यायामपछि लाभदायक दहीमा प्रोटिन, कार्बोहाइड्रेटलगायत सन्तुलित मात्रामा पाइने भएकाले व्यायामपछि दही खानु राम्रो हुन्छ । व्यायामका क्रममा पसिनामार्फत निकास भएका शरीरका खनिजको अभाव दही खानाले पूर्ति हुन्छ ।

रुघाखोकी कम गर्छ

रुघाखोकी लाग्ने गरिरहन्छ भने दिनहुँ दही खाने गर्नुपर्छ । दहीमा पाइने लाभकारी ब्याक्टेरियाले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछ, जसले गर्दा रुघाखोकी लागिरहने क्रम कम हुन्छ ।

दाँत स्वस्थ राख्छ

दहीमा अमिलोपन भए पनि यसमा दाँतका इनामेल हटाउने खालको अम्लीय तत्व हुँदैन । दहीमा ल्याक्टिक एसिड पाइन्छ, जसले दाँतको इनामेल हटाउनुको सट्टा दाँत र गिजालाई स्वस्थ राख्न मद्दत गर्छ ।

कपाल झर्न रोक्छ

दहीले कपाल मालिस गरी केही समय त्यसै छोडेर धुने । यसो गर्दा कपाल झर्ने क्रम कम हुन्छ । कपाल उम्रिन्छ दहीलाई तामामा निरन्तर रगडेर हरियो बनाई कपाल खुइलिएर तालु भएको ठाउँमा मालिस गर्नाले कपाल उम्रँदै जान्छ ।

रतन्धो हटाउँछ

राति आँखा नदेख्ने समस्या छ भने दहीको पानीमा मरिचको धुलो मिसाई गाजलजसरी आँखावरिपरि लगाउनाले समस्या कम हुँदै जान्छ । जिब्रोको समस्या दहीको पानीले बिहान कुल्ला गर्नाले अथवा दहीमा पाकेको केरा मिसाई खानाले जिब्रो पोल्ने अथवा जिब्रो सुनिने समस्या कम हुन्छ स्रोत-स्वास्थ्य खबर

यहाँ तपाईहरूलाई हामीले थप सम्बन्धित जानकारी पस्केका छाैँ ।

यस्ता रोग लाग्न सक्छ क्याल्सियमको कमी भएमा

यदि हामीले शरीरलाई चाहिने आवश्यक क्याल्सियम उपभोग गरिएन भने शरीरले हड्डीबाट क्याल्सियम लिई रक्तसन्चारप्रणालीमा पठाउँछ । यसले हड्डी कमजोर भई ओष्टियोपोरोसिस रोग लाग्ने सम्भावना हुन्छ ।

हाम्रो शरीरमा पाइनेमध्ये अधिकांश क्याल्सियम हड्डीमा पाइन्छ । यसले हड्डी मजबूत पार्छ । क्याल्सियमकै कारण मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

क्याल्सियमको कमीका कारण लाग्ने रोगहरू

-उच्च रक्तचाप

-कोलोन क्यान्सर

-स्तन क्यान्सर

-मेटाबोलिक सिण्ड्रोम

-प्रिमेनुष्ट्रल सिण्ड्रोम

कति चाहिन्छ मानिसलाई क्याल्सियम दैनिक   ?

वयस्क

१ हजार मिलिग्राम दैनिक

किशोर

५० वर्षभन्दा बढी उमेरका महिला तथा ७० वर्षभन्दा बढी उमेरका पुरुष – १३ सय मिलिग्राम दैनिक

एकवर्षदेखि माथि र नौ वर्षभन्दा मुनीका बच्चा

५ सय देखि ८ सय मिलिग्राम दैनिक

क्याल्सियम पाइने मुख्य खाद्यपदार्थ

दूध

क्याल्सियम पाइने मुख्य पदार्थ दूध हो । विशेषगरी गाइको दूधमा बढी क्याल्सियम पाइन्छ । चिल्लोरहित दुधले मानिसलाई आवश्यक पर्ने ३० प्रतिशत क्याल्सियम दुधले पूर्ति गर्छ ।

दहि

दहि दुधभन्दा पनि सजिलै पच्छ । २२५ग्राम दुधमा भन्दा त्यतिनै मात्राको दहीमा बढी क्याल्सियम पाइन्छ । सादा दहीमा प्रोटिन पनि हुन्छ ।

चिज

तरकारी तथा हरिया सागसब्जी

फलफूल तथा बदाम

सामुद्रिक खाद्यपदार्थ

सेरल्स

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।