नजान्नेले पनि मिठो आलु पराठा यसरी बनाउँन सकिन्छ – भिडियो सहित

आलु पराठा नेपालमा त्यति प्रचलित छैन । हामी नेपालीलाई खासमा दाल, भात, तरकारी र अचार पाएदेखि दिनमा तिनै छाक खाइदिन सक्छौ । भन्नलाई त, दाल, भात, तरकारी र अचार बनाउँन सजिलो र छिटो हुन्छ भनिन्छ तर आलु पराठा बनाउँन पनि एकदमै सजिलो र छिटो हुन्छ ।

घर बाहिर खान नरुचाउँने तर घरमै विभिन्न परिकार खान चाहनेहरुका लागि आलु पराठा एकदमै राम्रो विकल्प हुन सक्छ । यसलाई बनाउँनका लागि घरमा नै उपलब्ध समानहरु प्रयोग गर्न सकिन्छ ।

खर्च पनि कम लाग्ने भएकाले आलु पराठालाई भातको राम्रो विकल्पका रुपमा खान सकिन्छ । अडिलो र पोसिलो भएकाले साना देखि वृदवृदासम्म सबै उमेर समूहका लागि यो परिकार उपयुक्त हुन्छ ।

हामीले आज आलु पराठा कसरी बनाउँने भन्ने सजिलो तरिकाको भिडियो सहित यो लेख तयार पारेका छौँ ।

यो लेखमा प्रयोग गरिएको भिडियो युट्यब च्यानल कुक बुक (COOKBOOK) बाट साभार गरिएको हो । कुक बुक युट्युब च्यानलमा यो सँगै अन्य मिठा मिठा परिकारहरु कसरी बनाउँने भन्ने सजिलो बिधि सिकाइएको छ ।

भिडियो हेर्नुहोस् र घरैमा स्वादिस्ट परिकारको मज्जा लिनुहोस् । युट्युबबाट थप जानकारी लिनका लागि कृपया युट्यब च्यानल कुक बुक (COOKBOOK) लाई सब्सक्राइब गर्नुहोला ।