सामान्य ब्रेडबाट यसरी बन्छ ग्रिल्ड चिज स्याण्डविच – भिडियो सहित

हाम्रो तिर खासै ब्रेडको चलन छैन । जति छ त्यो पनि ब्रेड वा पाउरोटीलाई चियामा चोपेर खाने चलन छ धेरै जसो त । धेरै नै जाँगर गरियो भने ब्रेडमा बटर दल्यो वा अलिअलि मह दल्यो र खायो ।

ब्रेड खाने यो सबै भन्दा साधारण तरिका हो । तर अलिकति मिहिनेत गर्ने हो भने ब्रेडलाई साह्रै मिठो बनाउँन सकिन्छ ।

साँच्चै अलिकति मिहिनेत । धेरै त हुदै होइन । त्यहि अलिकति मिहिनेतले सामान्य ब्रेडको नाममा मात्र फरक ल्याउँने होइन कि स्वाद पनि गजब फरक ल्याउँछ ।

यसैले आज हामीले तपाईहरुको सजिलोको लागि ग्रिल्ड चिज स्याण्डविच बनाउँने सबै भन्दा सजिलो तरिकाको भिडियो ल्याएका छौँ । यो युट्युब च्यानल कुकबुकबाट लिइएको हो । तपाईले यो लिंकमा क्लिक गरेर सब्सक्राइब पनि गर्न सक्नु हुन्छ ।

सामान्य ब्रेडबाट यसरी बन्छ ग्रिल्ड चिज स्याण्डविच – भिडियो हेर्नुहोस् ।