यसरी बन्ने रहेछ नेपाली दुनट – भिडियो सहित

बिहानको खाजामा वा दिउँसोको खाजामा तपाई के खान रुचाउँनु हुन्छ ? अथवा के खाने गर्नु भएको छ ? कतै पकाउँन जानिदैन भन्दै सँधै उहि कुराहरु त खानु हुन्न ? वा यसो बाहिर तिर गएर खानाले खाजामा अधिक खर्च त भइरहेको छैन ?

आज हामी तपाईलाई स्वाद फेर्न पनि पाइने र बनाउँन पनि त्यति खर्च नहुने खाजाको परिकारका बारेमा जानकारी लिएर आएका छौँ । सबै भन्दा रमाइलो कुरा के छ भने यो परिकारलाई तपाईले बिसाइ बिसाइ उपयुक्त समय हेरेर खण्ड खण्डमा तयार पार्न सक्नु हुन्छ । लगातार भान्सामा बसिरहनु पनि पर्दैन । त्यस्तै लगातार यहि परिकारलाई समय दिइरहनु पनि पर्दैन । केहि बेर परिकारलाई समय दिएर अन्य काम पनि सँगसँगै गर्न सकिन्छ ।

शिर्षक हेरेर थाहा पाइसक्नु भयो, यस्तो परिकार हो नेपाली दुनट ।

अहिले काठमाण्डौका गल्लि गल्लिमा पनि यस्ता दुनट पसलहरु पाइन थालेका छन् । बाहिर पकाएको मन नपर्नेलाई त्यहि स्वादका दुनट घरैमा तयार गर्न मन भए यो भिडियो हेर्नुहोला ।

यो भिडियोमा हामीले नेपाली दुनट कसरी बनाउँने भन्ने सबै भन्दा सजिलो तरिका समेटेका छौँ ।

यो लेखमा प्रयोग गरिएको भिडियो युट्यब च्यानल जुनालीज् कुक बुक (COOKBOOK) बाट साभार गरिएको हो । कुक बुक युट्युब च्यानलमा यो सँगै अन्य मिठा मिठा परिकारहरु कसरी बनाउँने भन्ने सजिलो बिधि सिकाइएको छ ।

भिडियो हेर्नुहोस् र घरैमा स्वादिस्ट परिकारको मज्जा लिनुहोस् । युट्युबबाट थप जानकारी लिनका लागि कृपया युट्यब च्यानल जुनालीज् कुक बुक (COOKBOOK) लाई सब्सक्राइब गर्नुहोला ।