ममलाई नेपालको राष्ट्रिय खाजा भन्दिए पनि हुन्छ । पहिले काठमाण्डौँमा मात्रै असाध्यै धेरै खाइने मम, अहिले देशैभरी प्रचलित खाजा हो । काठमाण्डौँमा त कुन गल्लि त्यस्तो होला र, जसको सुरु मम पसल र अन्त्य पनि मम पसल नभएको होस् ।

वास्तवमा, सबै स्वादमा रमाउँने मानिसहरुका लागि उपयुक्त खाजा नै मम हो । भेज मम होस् या चिकेन मम वा वफ मम नै किन नहोस्, यसका पारखीका लागि मम विशेष नै हुन्छ । अझ यदाकदा मात्रै पाइने पनिर मम पनि खुब स्वादिलो हुन्छ ।

नेपालीहरुको लागि मम विशेष रहने नेपालमा भइञ्जेल मात्र पनि होइन । विदेशीएका नेपालीहरु खासगरि युरोप, अमेरिका र अष्ट्रेलिया तिर भएका नेपालीहरुको त मम खाने दिन विशेष नै रहने गर्छ । छुट्टीमा कसैको घरमा भेला भएका बेला कसैले के बनाउँने भन्नै पर्दैन, ममका सामग्रीहरु अघि नै तयार भइसकेका हुन्छन् ।

नेपालीहरुको लागि ममको रोजाइ यति विघ्न महत्वपुर्ण हुन्छ कि, विदेश जाने भिसा लाग्ने बित्तिकै नेपालीहरु मम बनाउँने भाँडो सबैभन्दा पहिले किन्छन् रे । भाँडो पनि किनिएला र मम पनि बनाइएला तर ममको अचार स्वादिलो भएन भने ममको मिठास त्यसै खेर जान्छ । यसैले यहाँ हामी नेपाली ममको अचार बनाउँने सबै भन्दा सजिलो तरिका देखाउँदैछौँ ।

यसैले आज हामीले तपाईहरुको सजिलोको लागि ग्रिल्ड चिज स्याण्डविच बनाउँने सबै भन्दा सजिलो तरिकाको भिडियो ल्याएका छौँ । यो युट्युब च्यानल कुकबुकबाट लिइएको हो । तपाईले यो लिंकमा क्लिक गरेर सब्सक्राइब पनि गर्न सक्नु हुन्छ । यो युट्युब च्यानल कुकबुकबाट लिइएको हो । तपाईले यो लिंकमा क्लिक गरेर सब्सक्राइब पनि गर्न सक्नु हुन्छ ।

नेपाली ममको अचार बनाउँने सबै भन्दा सजिलो तरिका भिडियोमा हेर्नुहोस्