हामी नेपालीको खाना बिछट्टै राम्रो किसिमको छ । दाल, भात, तरकारी र त्यसमा जिब्रोबाट पानी आउँने अचार । यति मिलेको खान्की सायदै अन्त कतै छ । यस्तोमा थोरै देखिने अचारको साह्रै ठुलो महत्व छ । त्यसैले आज हामी काक्रोको स्वादिलो अचार कसरी बनाउँने भन्ने कुरा लिएर आएका छौँ ।

वास्तवमा काक्रोको अचार कसरी बनाउँने भनेर कुनै नेपालीलाई सिकाउँनु भनेको त्यति उपयुक्त कुरा होइन सायद । लगभग जसो हरेक नेपालीलाई काक्रोको अचार बनाउँन आउँछ ।

आलुमा मिसाएर होस् या प्याजमा मिसाएर वा बट्टामा राखेर बनाइने खल्पिको रुपमा होस्, हरेक नेपालीको भान्सामा कुनै न कुनै तरिकामा काक्रोको अचार बनाइएकै हुन्छ वा भनौँ खाइएकै हुन्छ ।

गाउँघर तिर काक्रोको अचार बनाउँने पनि सिजन हुन्छ । भरसक बजारबाट किनिने भन्दा घरैमा फलाइएको काक्रोबाट अचार बनाइनु गाउँको विशेषता हो । अझ पहाडतिर नै पुराना काक्रोको खल्पि खाइने गरिन्छ ।

तर सबै अचारहरु मिठै हुन्छन् भन्ने पनि हुदैन । लगभग सबैले बनाउँने भए पनि वा बनाउँन जानेको भए पनि केवल घरायसी खानको लागि त हो नि भनेर काक्रोको अचार बनाउँदा त्यति ख्याल गरिदैन । यदि काक्रोको अचार बनाउँदा थोरै कुराहरु याद गर्ने हो भने अचम्मै मिठो काक्रोको अचार बन्ने रहेछ ।

आज हामीले तपाईहरुको सजिलोको लागि काक्रोको स्वादिलो बनाउँने सबै भन्दा सजिलो तरिकाको भिडियो ल्याएका छौँ । यो युट्युब च्यानल जुनाली कुकबुकबाट लिइएको हो । तपाईले यो लिंकमा क्लिक गरेर च्यानल सोझै सब्सक्राइब पनि गर्न सक्नु हुन्छ ।

काक्रोको स्वादिलो अचार बनाउँने सबै भन्दा सजिलो तरिका भिडियोमा हेर्नुहोस्

Topics #जुनालीज् कुक बुक