नक्कली नोट पर्ला कि भनेर त्रासमा हुनुहुन्छ ? नडराउनुहोस् !! यसरि चिन्न सकिन्छ नक्कली नोट !!

पछिल्ला समयमा  नेपाली जाली नोटहरुको कारोबार एक्कासी बढेको छ  । विशेष गरि चाड पर्वको बेला यस्ता जाली नोट हरुको बिगबिगी अत्यधिक हुने गरेको छ । हाल बजारमा अत्याधिक रुपमा रु. ५०० र रु. १००० दरका तथा नगन्य मात्रामा रु.१०० दरका जाली नोटहरु देखा परिरहेका हुन्छन्, जसमा हामी पनि थाहै नपाई फस्न सक्छौँ । त्यसैले जाली नोटहरुबाट बच्न हामीले बेलैमा सजगता अपनाउनुपर्छ । जाली नोट र सक्कली नोट हामी आफैँले छुट्याउन सक्यौँ भने हामी ठगिनबाट बच्न सक्छौँ ।

नक्कली नोट चिन्ने केहि सरल उपाय हरु :

सक्कली र जाली नोटलाई  हल्लाएमा सक्कली नोटको आवाज कडा र खड खड गर्ने हुन्छ भने जाली नोटको आवाज कम हुन्छ ।

सक्कली नोटको कागज स्तरीय, अलि खस्रो र कडा हुन्छ भने जाली नोटको कागज छाम्दा चिप्लो, लुलो र मोटो हुन्छ ।

सक्कली नोटको रंग स्पष्ट र सफा गाढा हुन्छ भने जाली नोट हल्का, अस्पष्ट र फुङ्ग उडेको जस्तो देखिन्छ ।

सक्कली नोटलाई उज्यालो तिर फर्काएर हेरेमा नोटको दायातर्फ रहेको भागमा पानी छाप स्पस्ट देखिन्छ भने जलि नोटमा केहि कालो दले जस्तो अस्पष्ट देखिन्छ ।

सक्कली नोटमा रहेको सुरक्षा धागो नोटलाई उज्यालोतिर फर्काएर हेरेमा नेपाल राष्ट्र बैंक लेखिएको पढ्न सकिन्छ भने नक्कली नोटमा राखिएको सुरक्षा धागोले नोटका अक्षरहरु छोपिएका हुन्छन् ।

नोटको दायातर्फ रहेको सेतो भागको बायातर्फ भएको रंगीन आधा अक्षर नेपाल राष्ट्र बैंकलाई उज्यालोतर्फ फर्काएर हेर्दा नेपाल राष्ट्र बैंक स्पष्ट देखिन्छ भने जाली नोटमा सो अक्षर स्पष्ट देखिँदैन ।

सक्कली नोटमा रहेको स्टेप फिचर्सलाई उज्यालोमा दायाबाया पार्दा एउटा छुटै चहक आउछ भने जाली नोटमा यस्तो हुँदैन । खबर न्युज २४  बाट लिइएको हो ।